Thursday, December 23, 2010

नेपालको प्रस्ताविक नयाँ राष्ट्रिय झण्डामा विश्वको उच्च शिखर सगरमाथा समेट्नु पर्दछ

- विश्वास दीप तिगेला
देशको राष्ट्रिय झण्डाले जुनसुकै बेला सिंगो देशको प्रतिनिधित्व गरिरहेको हुन्छ । प्रायः विश्वका सबै देशका झण्डाहरुले आ-आफ्नो देशको इज्वत, अस्थित्व, प्रकृति अर्थात मुहार बोलि रहेका हुन्छ । विभिन्न फूलहरुले बनेको सुन्दर फूलबारी नेपालको सुन्दर र अर्थपूण राष्ट्रिय झण्डा हुनु आवश्यक हुन्छ ।



झण्डाले देशको यर्थाथ बोकेको हुनु पर्छ । झण्डा सबैको भित्रि मनले नै स्वीकार गर्ने प्रकारको हुनु पर्छ । जनताले जब झण्डा देख्छन्, छुन्छन्, बोक्छन् त्यसबेला उनीहरुमा आत्मा गौरव हुनु पर्दछ ।

विश्वको झण्डाको बनावट र अर्थ हेदा । मुख्य रुपमा उनीहरुको ऐतिहासिक, भौगोलिक, धार्मिक र राष्ट्रिय एकता दर्शाएको पाईन्छ । कट्टर धर्म मान्ने अर्थात झण्डै शतप्रतिशत एकै धर्म रहेका कतिपय मुलुकहरुका आफ्ना धर्म सम्मत झण्डा रहेको पाइन्छ । जस अर्न्तगत इस्लाम धर्म सम्मत साउदी अरब, इराक, अफगानिस्तान रहेका छन् । त्यस्तै गरि इर्साई धर्मसम्मत स्वीजरल्याण्ड, वेल्स, स्कटल्याण्ड आदी रहेका छन् । विश्वमा अस्थित्वमा रहेका झण्डै २ सय मुलुक मध्ये लगभग ८५ प्रतिशत देशका झण्डाहरु भौगोलिक र ऐतिहासिक अर्थका छन् यर्सथ भौगोलिक र ऐतिहासिक अर्थ बोक्ने झण्डाहरु विश्वमा लोकप्रिय छन् ।

हामी हाम्रो देशको झण्डालाई अत्यन्तै माया र श्रद्धा गछौ। हामी नेपाली हौ भनेर झण्डा बोकेर गौरव गछौ। हामीले राष्ट्रप्रति, झण्डाप्रति दायित्व पुरा गदै आएका छौ । हामीलाई पर्ढाईने नेपाल झण्डाको अर्थ बेग्लै छ । अर्न्तराष्ट्रले पढेका बुझेका हाम्रो देशको झण्डाको अर्थ विल्कुलै फरक छ ।

Meaning of the Flag

The flag of Nepal is the only national flag which is not rectangular, being based upon two separate pennants which belonged to rival branches of the Rana dynasty, which formerly ruled the country. The two pennants were first joined in the last century, but it was not adopted as the official flag until 1962, when a constitutional form of government was established.

The moon in the upper part represents the royal house. The sun in the lower part symbolizes a branch of the Rana family, members of which acted as prime ministers until 1961.

Sources:

1. Alter (1986) Banderas y escudos del mundo (Flags and coats of arms of the world). 2. Madrid: EASA (1986).

3. Flags. Philadelphia: Running Press (1994)

4. The Observer's Book of Flags. London: Frederick Warne & Co. Ltd. (1966)

5. Juan Vaquer, Jr., 25 February 1999

6. The faces were removed in 1962, I believe.

7. John Ayer, 30 September 2000

8. http://fotw.vexillum.com/flags/np.html

झण्डामा रहेका २ भाग मध्ये चन्द्रमा रहेको माथिल्लो भागले नेपालको शाही परिवार र र्सूय अंकित तल्लो भागले नेपालको राणा शासन्कालको प्रतिनिधित्व गर्दछ । अन्तराष्ट्रिय भाषामा लेखिएका विभिन्न पुस्तकहरुमा यस प्रकारको झण्डाको ब्याख्या गरिएको छ । यो झण्डाको परिभाषामा सिंगो देश र जनतालाई सम्बोधन छैन । नेपालको झण्डाले पूरानो नेपालको मात्र सम्झना गराउछ । हुन त यस झण्डालाई राष्ट्रिय मान्यता दिलाउन निक्कै गाह्रो पनि भएको थियो । यद्यपी १६ डिसेम्बर १९६२ मा संविधान निर्माणको लहर संगै मान्यता प्रदान गरिएको थियो ।





आजको परिवेश ब्यक्तिगत चिन्तन, राष्ट्रिय चिन्तन, विश्व चिन्तन मात्र नभएर ग्रह उपग्रहको अध्यायन र चिन्तन गर्नुपर्ने भएकोले हामी सानो देखि ठूलो कुराहरुमा पारदर्शि बन्नु पर्दछ । जसले काम गर्न छिटो छरितो र अर्थपूण हुन सकोस । हामी चाहान्छौ नेपाल विश्वमै विकास प्रगति र समृद्धिको नमुना बन्न सकोस । देश भित्र बाहिर हुने प्रत्येक कामले संमग्र नेपाल र नेपालीलाई समेट्न सकोस । नेपालको झण्डाले निश्चिय नै नेपाल र नेपालीलाई समेट्न सकेको छैन यर्सथ आज नेपालको राष्ट्रिय झण्डा बदल्नु पर्ने आवाज उठ्न थालेको छ । यो जायज र स्वभाविक आवाज हो । देशको राजनैतिक संरचना परिवर्तन गर्नु पर्ने मागको आफ्नै पाटो छदैछ ।

झण्डै एक दशक अघिको कुरा हो । एउटा साथीलाई मैले झण्डामा चन्द्र र्सूय राख्नुमा उल्टो भएको छ भनेर जिस्काएको थिए । उ दङ पर्‍यो । मलाई लाग्यो मैले ठिकै पहिचान गरेछु । तपाईले पत्ता लगाउनु भयो के हो त्यो उल्टो ? विज्ञानको हिसाबमा र्सूय टाढा छ र चन्द्रमा नजिक हुन्छ यर्सथ झण्डाको माथिल्लो भागमा र्सूय र तल्लो भागमा चन्द्रमा हुनु पर्दथ्यो ।

यस पटक नयाँ नेपालको परिकल्पना संगै मैले एउटा प्रस्तावित झण्डा तयार गरेको छु । संसारले नेपाललाई सगरमाथाको देश भनेर चिन्दछन्, गौतमबुद्ध जन्मेको देश भनेर चिन्दछन्, वीर गोर्खालीहरुको देश भनेर चिन्दछन्, एक गरिब तर सुन्दर देश भनेर चिन्दछन् । यी मध्ये देशविदेश सबैले सजिल्लै चिन्ने सबैको लागि स्वीकार्य हुने सगरमाथा मात्र हुने सक्ने भएकोले यो (चित्र-१) झण्डामा मुख्यरुपमा विश्वको सर्वोच्च शिखर राख्न उत्तम सम्झेको छु ।

चित्र न १ झण्डाको पूण अर्थ यस प्रकार रहने छः

हरियो रङले कृषि प्रधान देश नेपालको उर्वर माटोको प्रतिनिधित्व गर्दछ, त्यस भन्दा माथिको सेतो रङले हिमालय पर्वत श्रंखलामा रहेको विश्वको उच्च शिखर सागरमाथाको प्रतिनिधित्व गर्दछ । सबै भन्दा माथिल्लो भागमा रहेको नीलो रङले खुल्ला आकाश र नीलोरङको दाहिने कुनामा रहेको र्सूयले नेपाल र नेपालीको समृद्धिको लागि प्रकाश छदै नेपालीहरुको एकताको प्रतिनिधित्व गर्दछ ।

चित्र न २ को परिभाषा यस प्रकार छ:

तल्लो भागको रातो रङले हाम्रो क्रान्तिकारी इतिहास र वर्तमान नेपाल बनाउनको लागि योगदान दिने शहिदहरुको सम्झनाको प्रतिनिधित्व गर्दछ । रातो रङदेखि मास्तिरको हरियो रङले कृषि प्रधान देश नेपालको उर्वर माटोको प्रतिनिधित्व गर्दछ, त्यस भन्दा माथिको सेतो रङले हिमालय पर्वत श्रंखलामा रहेको विश्वको उच्च शिखर सागरमाथाको प्रतिनिधित्व गर्दछ । सबै भन्दा माथिल्लो भागमा रहेको नीलो रङले खुल्ला आकाश र नीलोरङको दाहिने कुनामा रहेको र्सूयले नेपाल र नेपालीको समृद्धिको लागि प्रकाश र्छर्दै नेपालीहरुको एकताको प्रतिनिधित्व गर्दछ ।

झण्डा परिवर्तन गर्नु त्यति सजिलो नहुन सक्छ तर हामीले इतिहासबाट देश विदेशको विकास र परिवर्तनबाट शिक्षा लिनै पर्छ । केही समय अघि बुल्गेरिया ।।मा पनि परिवर्तन भएको थियो । भर्खरै मात्र अफगानिस्तान र इराकको झण्डा परिवर्तन भएको छ । रेडक्रशका चिन्ह अर्थात झण्डा परिवर्तन भएको छ । पूर्वी टिमोरको झण्डा भर्खर निर्माण भएको छ । यस्ता परिवर्तनका उद्धारण धेरै पाउन सकिन्छ । प्रस्तावित झण्डा (चित्र न १ र चित्र न २) मा सूर्यको ठाउमा तारा वा चन्द्रमा राख्न सकिन्छ तर नीलो आकाश बिहान, दिउसो हुन्छ र चन्द्रमा र तारा बिहान, दिउसो सधै देख्न सकिन्दैन । झण्डा बनाउन विश्वमै सबै भन्दा छिटो सस्ता र सजिला जापान बङगलादेश, इन्डोनेशिया, लिबिया, मोनाको, पोल्याण्ड, पालाउ र सानमारिनोको राष्ट्रिय झण्डा रहेका छन । राष्ट्रिय झण्डा देशब्यापी बनाउनु पर्ने भएकोले हामीले सरल सजिलो बनाउनु पर्दछ । नेपालको झण्डामा रातो नीलो र सेतो कपडाको आवश्यकता पर्दछ भने प्रस्तावित नेपालको झण्डामा हरियो, नीलो, सेतो, र रातो रङको आवश्यकता पर्दछ । यस प्रस्तावित झण्डाको मुख्य मर्म भनेको देश र जनतालाई सम्बोधन गर्ने । कसैलाई असर नपर्ने अर्थात सबैबाट र्सवसम्मत हुन सक्ने निर्विकल्प सगरमाथाको हुन सक्दछ । डिजाइनमा परिवर्तन गरे पनि सगरमाथाको चिन्हलाई चाहि अनिवार्य राख्न सकेमा हाम्रो झण्डा अर्थपूण हुन जानेछ ।

अन्तमा, हामीले ऐतिहासिक नेपालको राष्ट्रिय झण्डालाई स-सम्मानका साथ परिवर्तन गरौं । नेपालको नयाँ राष्ट्रिय झण्डा निष्पक्ष बनाऔं । सम्पूण नेपाल र नेपालीपन अटाउन सकौ । जसले गर्दा विश्व सामु सधै गौरवको साथ हाम्रो शिर ठाडो बनाउन सकौं ।
धन्यबाद ।

No comments:

Post a Comment