Friday, December 17, 2010

अब नेपालमा बोलिने भाषाको संख्या ''डेढ सय'' हुने।।।

एघारौं राष्ट्रिय जनगणना(२०६८ नजिकिंदै गर्दा भाषाशास्त्री र विज्ञले मुलुकको भाषाको संख्या बढ्ने बताएका छन् । भाषा र संस्कृति जातीय पहिचानको मुख्य आधार भएकाले देशमा बोलिने भाषाहरूको संख्या बढ्ने उनीहरूको दाबी छ ।
देशमा आएको राजनीतिक परिवर्तनले सुसुप्त अवस्थामा रहेका अल्पसंख्यक जातजाति, भाषाभाषीहरू स्वपहिचानमा जुटेकाले यो आकलन गरिएको हो ।
भाषाशास्त्रीहरूले अहिलेसम्म देशमा करिब १ सय ४० भाषा देखाएका छन् भने केन्द्रीय तथ्यांक विभागले ९२ वटामात्र देखाएको छ । ुयो पटक घटीमा पनि डेढ सयभन्दा बढी भाषाहरूको संख्या देखिनेछु, भाषाशास्त्री योगेन्द्रप्रसाद यादव भन्छन्, ुकिनभने भाषा भनेको पहिचानको मूल आधार हो ।ु
शिक्षाविद् विद्यानाथ कोइराला पनि पहिचानको मुख्य कडी मातृभाषा रहेकाले भाषासँगै जातिको संख्या बढ्ने औंल्याउँछन् । ुभाषा र जातिको संख्या बढ्नु स्वाभाविकै होु, उनले भने, ुराजनीति नै त्यही खालको हुनाले त्यसलाई नकार्न मिल्दैन ।ु
तथ्यांकले १ सय २ जाति रहेको उल्लेख गरेको छ । सरकारले पछिल्लो पटक गठन गरेको आदिवासी जनजाति सूची परिमार्जन कार्यदलले ८४ वटा जनजातिको सूची बुझाएको छ । यसअघि ५९ मात्र थियो ।
अर्का भाषाशास्त्री नोबलकिशोर राई अहिलेसम्म भाषिका मानिएकाले भाषाको मान्यता पाउने क्रम बढेको बताउँछन् ।
ुभाषिका मानिएकाले भाषाको आईएसओ नम्बर पाउन थालेकाले भाषाको संख्या बढ्ने निश्चित छ,ु उनले भने, ुअहिलेसम्म नेपालीको भाषिका मानिएको जुम्लीले भाषाको मान्यता पाइसकेको छ भने डोटेलले पनि पाउने क्रममा छ ।ु
यसैगरी लिम्बू भाषाको भाषिका मानिएको छ थरेले भाषाकै मान्यता पाउने क्रममा छ । काठमाडौंमा बोलिने नेवारी र दोलखाको नेवारीले अलग भाषाको मान्यता पाउने भएका छन् । मगरभित्र तीनवटा भाषा छन् । राई जातिभित्र २८ वटाभन्दा बढी भाषा भएको राईले बताए । तराईमा थोरै समुदायले बोल्ने भाषिकाहरूसमेत भाषाको मान्यता पाउने क्रममा छन् ।
केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक विकास विष्टले जनगणनाको लगतमा मातृभाषा र दोस्रो भाषा उल्लेख गरिएको बताए । ुयो पटक लगत लिने क्रममा कसको कुन मातृभाषा र दोस्रो भाषा कुन हो भन्नेबारे स्पष्ट उल्लेख गराइनेछ,ु यसअघि एकै जातिको भाषा एकमुष्ट लेखाउने गरिएको उल्लेख गर्दै भने, विभागले ुजनगणना २०६८ मा कोही नछुटौं र कोही नदोहोरिऔुं नारासहित देशभरिका ५८ लाख घरपरिवारको तथ्यांक संकलन गरिने समेत जनाएको छ ।
नेपालमा बोलिने भाषा ९२ छन् । एक लाखभन्दा बढी वक्ता भएका भाषाहरूमा, नेपाली, मैथिली, भोजपुरी, थारू (डगौरारराना०, तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ, लिम्बू, बज्जिका, उर्दु, राजवंशी, शेर्पा र हिन्दी छन् ।
एक लाखभन्दा कम वक्ता भएका( चाम्लिङ, सर्थाली, चेपाङ, दनुवार, झागडरधागड, सुनुवार, बार्ला, मारवाडी (राजस्थानी०, माझी, थामी, कुलुङ, धिमाल, अङ्गकिा, यार्खा, थुलुङ, साङपाङ, भुजेलरखवास, दराई, खालिङ, कुमाल, थकाली, छन्र्यालरछन्तेल, नेपाली सांकेतिक भाषा छन् । यसैगरी तिब्बती, दुमी, जिरेल, वाम्बुलेरउम्बुले, पुमा, ह्योल्मो, नाछिरिङ, दुरा, मेचे, पहरी, लेर्चारलाप्चे, बोटे, बाहिङ, कोईरकोयु, राजी, हायु, यासी, याम्फुरयाम्फे, घले, खडिया, छिलिङ, लोहोरुङ, पञ्जावी, चिनियाँ, अंग्रेजी छन् ।
एक हजारभन्दा कम वक्ता भएका भाषाहरूमा मेवाहाङ, संस्कृत, काइके, राउटे, किसान, चुरौटी, बरामरभ्रामु, तिलुङ, जेरोङरजेरङ, दुङमाली, उडिया छन् । एक सयभन्दा कम वक्ता भएका भाषाहरूमा लिङखिम, कुसुन्डा, सिन्धी, कोचे, हरियान्वी, मगही, साम, कुरमाली, कागते, जोङ्खा, कुकी, छिर्ताङ, मिजो, नागामी, ल्होमी, आसामी, सधानी
छन् । सधानीका वक्ता २ जनामात्र देखाइएको छ ।
प्रकाशित मितिस् २०६७ पुस १ ०८स्१९ Ekantipur

No comments:

Post a Comment