Thursday, December 9, 2010
आन्तरिक राष्ट्रियता वाह्य राष्ट्रियताको जग
नेपाली राजनीतिमा आन्तरिक र वाह्य राष्ट्रियताको चर्चा हिजोआज निक्कै हुने गरेको छ । कतिपयको दृष्टिमा राष्ट्रियता शब्द आफैमा सार्वभौम भएकाले यसको अगाडि कुनै प्रकारको फुँदा आवश्यक छैन । तरपनि, यी फुँदाहरु जबरजस्त स्थापित भैसकेका छन् ।
राष्ट्र वा मुलुकलाई हामीले मानिसको शरीरसँग तुलना गर्न सक्छौं । शरीरका अङ्गप्रत्यङ्गलाई राष्ट्रभित्र विभिन्न क्षेत्रमा बस्ने, फरक–फरक रहन–सहन, जातजाति र संस्कृति भएका मानिसहरुसँग तुलना गर्न सकिन्छ । यिनीहरुको समग्र रुपलाई राष्ट्र भनिन्छ । यी सबै मिलेर आफ्नो मुलुकलाई गर्ने साझा प्रेम राष्ट्रियता हो । पूर्वको राई छिमेकी मुलुकको सीमानजिक कुटिँदा पश्चिमा थारुमा आक्रोश पैदा हुनु राष्ट्रियता हो ।
बाहिरी आक्रमण, हस्तक्षेप वा हेपाइविरुद्ध उत्पन्न हुने प्रतिरोधको भाव, मुलुक प्रतिको मायालाई हामी वाह्य राष्ट्रियता भनेर बुभm्न सक्छौं । यसले अरु राष्ट्रसँग हाम्रो हैसियत कायम गर्दछ । कसैले हामीलाई आक्रमण गर्न थाले वा जोर जबरजस्ती गर्न थाले हामी शरीरको सबै अङ्गको स्वतस्फुर्त प्रयोग गरेर आपूmलाई जोगाउने प्रयत्न गर्दछौं । त्यसैगरी राष्ट्रविरुद्ध बाहिरी आक्रमण हुन थाले जुनसुकै क्षेत्र, लिङ्ग, भाषा, जात–जाति, रहनसहनका मानिस एकजुट भई मुकाविला गर्दछौं । अंग्रेज फौजविरुद्ध वीर नेपालीले गरेको सामूहिक मुकाविला राष्ट्रियताको अनुपम उदाहरण हो । समग्रमा आफ्नो मुलुकलाई गरिने यस्तो किसिमको प्रेमलाई बाह्य राष्ट्रियता भन्न सकिन्छ । वि.सं. तीसको दशकमा भारत निर्वासनमा रहेका विशेश्वरप्रसाद कोइरालाले मुलुकमाथि वाह्य हस्तक्षेप बढेको भन्दै राष्ट्रिय मेलमिलापको नारासहित स्वदेश फिर्ता हुनुभएको थियो । वाह्य राष्ट्रियता मजबुत बनाउन आन्तरिक मतभेद र आफैमाथि आइपर्ने खतराको मतलव नगरी कोइराला स्वदेश फर्कनुु भएको वाह्य राष्ट्रियताको स्वादिलो उदाहरण हो ।
एउटै राष्ट्रभित्र रहेका अनेकथरि जातजाति, भेषभुषा, संस्कृति, परम्परा आदिको भिन्दाभिन्दै अस्तित्व र त्यसप्रति गरिने प्रेम र आपसी सम्बन्धलाई आन्तरिक राष्ट्रियता भन्न सकिन्छ । यिनीहरुको आपसी मिलनले बाहिरी राष्ट्रियताको स्तर कायम गर्दछ । मुठ्ठी बलियो त्यतिबेला हुन्छ जतिबेला औंलाहरु मज्जाले कसिन्छन् । फरक–फरक जातजाति लिङ्ग, क्षेत्र, संस्कृति भएका नागरिकले एक–अर्कालाई गर्ने आन्तरिक प्रेम आन्तरिक राष्ट्रियता हो । एकले अर्कोलाई हेप्दा बाहिरी पक्षले खेल्ने वा आक्रमण गर्ने मौका पाउँछ । यस सन्र्दभमा हामीले भारतमा अंग्रेजहरुले गरेको शासनलाई उदाहरणका रुपमा लिन सक्दछौं ।
तत्कालीन भारतीय शासकवर्गले लाखौंको संख्यामा रहेका भारतीय कथित तल्लो जातिलाई थिचोमिचो गरेको थियो । थिचोमिचोका कारण ती जातिहरु शासक वर्गसँग असन्तुष्ट थिए । मुलुक आफ्नै हो भन्ने अपनत्वको भाव उनीहरुमा पैदा हुने वातावरण थिएन । यसको राम्रो ख्याल राखेको ब्रिटिस कम्पनीले उनीहरुलाई हातमा लियो र क्रमशः भारतलाई कब्जामा पा¥यो । इतिहासबाट पाठ सिकेका महात्मा गान्धीले छुवाछुत अवैज्ञानिक र असत्य रहेको घोषणा गरे । अछुतहरुसँग सहभोज गरे । दलित डा. अम्वेडकरले नयाँ भारतको खाका तयार गर्ने जिम्मेवारी पाए । शब्दमा जे भनिएपनि गान्धीले आन्तरिक राष्ट्रियताको राम्रै हेक्का राखेका थिए ।
नेपालको एकीकरणताका पृथ्वी नारायण शाहले आफ्नो राज्यका सबै जातजातिको सहायता लिएका थिए । गाइनेहरुले एकीकरणको भाव जन्माउने गीत गाउँदै हिडेका थिए । राई–लिम्बुहरु क्षेत्रीहरुसँगसगै लडाइँमा जुटेका थिए । तर एकीकरणपश्चात उनीहरुले राज्यभित्र उचित स्थान नपाएकाले आन्तरिक राष्ट्रियता मजबुत हुन नसकेको जनजाति सम्बद्ध विज्ञहरु बताउँछन् । पञ्चायतकालमा एउटै भाषा एउटै भेषको नीति लियो राज्यले, जसका कारण अरु राष्ट्रियता कुण्ठित भए । राजतन्त्रविरुद्धको आन्दोलनमा पिछडिएको वर्ग, क्षेत्र, लिङ्ग, जातजातिको उल्लेख्य सहभागिताले यसलाई पुष्टि गर्दछ । नेपालमा कम्युनिष्टहरुले आन्तरिक राष्ट्रियतालाई मुद्दा बनाउँदै आएकाले पिछडिएको राष्ट्रियतासँग सम्बद्ध समुदायको साथ उनीहरुलाई हुँदै आएको देखिन्छ ।
शरीर भित्रको एक अङ्गले आफ्नो ठाउँ छाड्दा वा अर्काको ठाउँ लिँदा त्यो भाग बाउँडिने गर्दछ । त्यसरी नै एउटा जाति, क्षेत्र, लिङ्ग, भाषाले अर्कोको सम्मान नगर्दा वा अर्काको ठाउँ ओगटिदिँदा खटपट पैदा हुने गर्दछ । आफैभित्र खटपट पैदा भए बाहिरी हस्तक्षेपविरुद्ध लड्न सक्ने कुरै भएन ।
सदियौंदेखि नेपाल एउटै जाति र क्षेत्रभित्रका खासखास मान्छेहरुको रजाइँमा रह्यो, जसका कारण त्यहाँभित्र रहेका आन्तरिक राष्ट्रियताहरुको सम्मान हुन सकेन, आपसी सम्बन्ध राम्रो हुन सकेन । शासक र शासितका रुपमा रहे यहाँभित्रका राष्ट्रियताहरु । अब, त्यस्तो खाले सम्बन्धको पुनमूल्याङ्ककन गरी सम्बन्ध सुदृढ गर्न आवश्यक भैइसकेको छ ।
हामी सबै एक हौं र एकले अर्कोलाई सम्मान गर्नुपर्छ भन्ने भाव पैदा गर्न अनिवार्य छ । अनेकतामा एकता र एकतामा पनि अनेकको अस्तित्व देख्न सक्नुपर्दछ । तर त्यो गरौं भन्दैमा भइहाल्ने होइन । सहयात्राका लागि बरोवरी क्षमता र तागत चाहिन्छ । अहिलेसम्म जे भयो भयो, अब सँगै यात्रा गरौं भनेर मात्र पुग्दैन । सक्षमले कहीं न कहीं त्याग गर्नैपर्छ । अक्षमलाई सक्षम बनाउन उसका लागि आवश्यक ग्राह्यता दिनसक्नुपर्छ । कुनै अङ्ग क्षतविक्षत हुँदा अर्को अङ्गबाट मासु झिकेर भर्ने गरिन्छ । यसो गर्दा तत्काल एउटा अङ्गलाई अन्याय भएजस्तो देखिएपनि शरीर स्वस्थ हुँदा मासु झिकिएको अङ्गले पनि आफ्नो क्षमता देखाउन सक्छ । अपाङ्ग शरीरभित्र रहेको सवलाङ्ग अङ्गले आखिर गर्न नै कति सक्छ र ? साथै, पिल्सिएको वर्गले शोषक वर्ग भनिएकाहरुप्रति सोलोडोलोरुपमा वैरभाव राख्ने र प्रतिशोधको भाव राखिरहे राष्ट्रिय एकता कायम हुनै सक्दैन । सन् १९९० ताका गोराहरुको एकल हैकमबाट दक्षिण अफ्रिका मुक्त भयो । बहुसंख्यक कालाहरुले अल्पसंख्यक गोराहरुमाथि रीस फेर्ने नीति लिएनन् । सहअस्तित्वको पाठ सिकाएका छन् दक्षिण अफ्रिकीहरुले ।
नयाँ र परिस्कृत नेपालको निर्माणमा लागेका हामीले यसबाट पाठ सिक्नु आवश्यक छ । पाठ सिक्न चाहने हरुका लागि दक्षिण अफ्रिको मात्र होइन विश्वका समाजवादउन्मुख मुलुक यस्ता धेरै उदाहरणहरु फेला पर्नेछन् ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment