Thursday, December 23, 2010

पर्यटकीय क्षेत्र -धरान -

धरान पर्यटकिय सम्भावना वोकेको सहर हो । नेपालको पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थल, भौगीलिक स्थिति, हावा पानी, यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरु साथै यसका आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थल तथा वस्तुहरुले यसको पर्यटकिय सम्भावनाहरुलाई देखाउदछ । धरानको शिरानमा रहेको विजयपुर डाँडा र त्यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिरहरु र ती मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरु, वाह्रै मास चिसो हावा पानी पाइने भेडेटार तथा वेलायका युवराज चार्ल्स चढेको पहाड चार्ल्स प्वाइन्ट (भेडेटार भ्यू टावर) तथा धरानमा विकसित हुदै गरेका विभिन्न पार्कहरुले धरानलाई पर्यटकीय केन्द्रको रुपमा विकास हुन सहयोग पुर्याएका छन ।

धरानको आसपासमा रहेका धार्मिक महत्वका स्थानहरु र त्यहाँ लाग्ने मेला बराहक्षेत्र, विष्णुपादुका, रामधुनी, पञ्चायनधाम आदिले पनि धरानको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा पुरयाएका छन । त्यस्तै कोशी टप्पु वन्यजन्तु आरक्षले पनि धरानको पर्यटकीय विकासलाई सहयोग पुर्याधएको छ ।
धरानबाट पूर्वी पहाडी जिल्लाका रमणीय ठाउँहरु धनकुटा, ताप्लेजुङ्ग, कुम्भकर्ण हिमाल, कन्चनजंगा हिमाल, मकालु वरुण राष्ट्रिय निकुन्ज, अरुण उपत्यका, तिनजुरे, मिल्के (लालिगुराँस क्षेत्र), गुफा पोखरी, सभा पोखरी, ह्यात्रुंग झरना आदिको प्रवेश मार्ग भएकाले पनि यसको पर्यटकीय महत्व उच्च रहेको छ ।

धरानका विभिन्न जाति जनजातिहरुका सांस्कृतिक र परम्परागत रहनसहन तथा रितिरिवाजले पनि पर्यटकीय महत्वलाई सहयोग पुर्‌याएको छ । राई जातिको चण्डीनाच, लिम्बू जातिको धाननाच, नेवार जातिको लाखेनाच, गाईजात्रा, तामाङ्ग जातिको शेलो, गुरुङ्ग जातिको रोदीधर तथा क्षेत्रीवाहुन जातिको बालननाच तथा संगिनी आदिको लागि पनि धरान महत्वपूर्ण थलोको रुपमा रहेको छ ।


- मेचीकाली




नेपालको प्रस्ताविक नयाँ राष्ट्रिय झण्डामा विश्वको उच्च शिखर सगरमाथा समेट्नु पर्दछ

- विश्वास दीप तिगेला
देशको राष्ट्रिय झण्डाले जुनसुकै बेला सिंगो देशको प्रतिनिधित्व गरिरहेको हुन्छ । प्रायः विश्वका सबै देशका झण्डाहरुले आ-आफ्नो देशको इज्वत, अस्थित्व, प्रकृति अर्थात मुहार बोलि रहेका हुन्छ । विभिन्न फूलहरुले बनेको सुन्दर फूलबारी नेपालको सुन्दर र अर्थपूण राष्ट्रिय झण्डा हुनु आवश्यक हुन्छ ।



झण्डाले देशको यर्थाथ बोकेको हुनु पर्छ । झण्डा सबैको भित्रि मनले नै स्वीकार गर्ने प्रकारको हुनु पर्छ । जनताले जब झण्डा देख्छन्, छुन्छन्, बोक्छन् त्यसबेला उनीहरुमा आत्मा गौरव हुनु पर्दछ ।

विश्वको झण्डाको बनावट र अर्थ हेदा । मुख्य रुपमा उनीहरुको ऐतिहासिक, भौगोलिक, धार्मिक र राष्ट्रिय एकता दर्शाएको पाईन्छ । कट्टर धर्म मान्ने अर्थात झण्डै शतप्रतिशत एकै धर्म रहेका कतिपय मुलुकहरुका आफ्ना धर्म सम्मत झण्डा रहेको पाइन्छ । जस अर्न्तगत इस्लाम धर्म सम्मत साउदी अरब, इराक, अफगानिस्तान रहेका छन् । त्यस्तै गरि इर्साई धर्मसम्मत स्वीजरल्याण्ड, वेल्स, स्कटल्याण्ड आदी रहेका छन् । विश्वमा अस्थित्वमा रहेका झण्डै २ सय मुलुक मध्ये लगभग ८५ प्रतिशत देशका झण्डाहरु भौगोलिक र ऐतिहासिक अर्थका छन् यर्सथ भौगोलिक र ऐतिहासिक अर्थ बोक्ने झण्डाहरु विश्वमा लोकप्रिय छन् ।

हामी हाम्रो देशको झण्डालाई अत्यन्तै माया र श्रद्धा गछौ। हामी नेपाली हौ भनेर झण्डा बोकेर गौरव गछौ। हामीले राष्ट्रप्रति, झण्डाप्रति दायित्व पुरा गदै आएका छौ । हामीलाई पर्ढाईने नेपाल झण्डाको अर्थ बेग्लै छ । अर्न्तराष्ट्रले पढेका बुझेका हाम्रो देशको झण्डाको अर्थ विल्कुलै फरक छ ।

Meaning of the Flag

The flag of Nepal is the only national flag which is not rectangular, being based upon two separate pennants which belonged to rival branches of the Rana dynasty, which formerly ruled the country. The two pennants were first joined in the last century, but it was not adopted as the official flag until 1962, when a constitutional form of government was established.

The moon in the upper part represents the royal house. The sun in the lower part symbolizes a branch of the Rana family, members of which acted as prime ministers until 1961.

Sources:

1. Alter (1986) Banderas y escudos del mundo (Flags and coats of arms of the world). 2. Madrid: EASA (1986).

3. Flags. Philadelphia: Running Press (1994)

4. The Observer's Book of Flags. London: Frederick Warne & Co. Ltd. (1966)

5. Juan Vaquer, Jr., 25 February 1999

6. The faces were removed in 1962, I believe.

7. John Ayer, 30 September 2000

8. http://fotw.vexillum.com/flags/np.html

झण्डामा रहेका २ भाग मध्ये चन्द्रमा रहेको माथिल्लो भागले नेपालको शाही परिवार र र्सूय अंकित तल्लो भागले नेपालको राणा शासन्कालको प्रतिनिधित्व गर्दछ । अन्तराष्ट्रिय भाषामा लेखिएका विभिन्न पुस्तकहरुमा यस प्रकारको झण्डाको ब्याख्या गरिएको छ । यो झण्डाको परिभाषामा सिंगो देश र जनतालाई सम्बोधन छैन । नेपालको झण्डाले पूरानो नेपालको मात्र सम्झना गराउछ । हुन त यस झण्डालाई राष्ट्रिय मान्यता दिलाउन निक्कै गाह्रो पनि भएको थियो । यद्यपी १६ डिसेम्बर १९६२ मा संविधान निर्माणको लहर संगै मान्यता प्रदान गरिएको थियो ।





आजको परिवेश ब्यक्तिगत चिन्तन, राष्ट्रिय चिन्तन, विश्व चिन्तन मात्र नभएर ग्रह उपग्रहको अध्यायन र चिन्तन गर्नुपर्ने भएकोले हामी सानो देखि ठूलो कुराहरुमा पारदर्शि बन्नु पर्दछ । जसले काम गर्न छिटो छरितो र अर्थपूण हुन सकोस । हामी चाहान्छौ नेपाल विश्वमै विकास प्रगति र समृद्धिको नमुना बन्न सकोस । देश भित्र बाहिर हुने प्रत्येक कामले संमग्र नेपाल र नेपालीलाई समेट्न सकोस । नेपालको झण्डाले निश्चिय नै नेपाल र नेपालीलाई समेट्न सकेको छैन यर्सथ आज नेपालको राष्ट्रिय झण्डा बदल्नु पर्ने आवाज उठ्न थालेको छ । यो जायज र स्वभाविक आवाज हो । देशको राजनैतिक संरचना परिवर्तन गर्नु पर्ने मागको आफ्नै पाटो छदैछ ।

झण्डै एक दशक अघिको कुरा हो । एउटा साथीलाई मैले झण्डामा चन्द्र र्सूय राख्नुमा उल्टो भएको छ भनेर जिस्काएको थिए । उ दङ पर्‍यो । मलाई लाग्यो मैले ठिकै पहिचान गरेछु । तपाईले पत्ता लगाउनु भयो के हो त्यो उल्टो ? विज्ञानको हिसाबमा र्सूय टाढा छ र चन्द्रमा नजिक हुन्छ यर्सथ झण्डाको माथिल्लो भागमा र्सूय र तल्लो भागमा चन्द्रमा हुनु पर्दथ्यो ।

यस पटक नयाँ नेपालको परिकल्पना संगै मैले एउटा प्रस्तावित झण्डा तयार गरेको छु । संसारले नेपाललाई सगरमाथाको देश भनेर चिन्दछन्, गौतमबुद्ध जन्मेको देश भनेर चिन्दछन्, वीर गोर्खालीहरुको देश भनेर चिन्दछन्, एक गरिब तर सुन्दर देश भनेर चिन्दछन् । यी मध्ये देशविदेश सबैले सजिल्लै चिन्ने सबैको लागि स्वीकार्य हुने सगरमाथा मात्र हुने सक्ने भएकोले यो (चित्र-१) झण्डामा मुख्यरुपमा विश्वको सर्वोच्च शिखर राख्न उत्तम सम्झेको छु ।

चित्र न १ झण्डाको पूण अर्थ यस प्रकार रहने छः

हरियो रङले कृषि प्रधान देश नेपालको उर्वर माटोको प्रतिनिधित्व गर्दछ, त्यस भन्दा माथिको सेतो रङले हिमालय पर्वत श्रंखलामा रहेको विश्वको उच्च शिखर सागरमाथाको प्रतिनिधित्व गर्दछ । सबै भन्दा माथिल्लो भागमा रहेको नीलो रङले खुल्ला आकाश र नीलोरङको दाहिने कुनामा रहेको र्सूयले नेपाल र नेपालीको समृद्धिको लागि प्रकाश छदै नेपालीहरुको एकताको प्रतिनिधित्व गर्दछ ।

चित्र न २ को परिभाषा यस प्रकार छ:

तल्लो भागको रातो रङले हाम्रो क्रान्तिकारी इतिहास र वर्तमान नेपाल बनाउनको लागि योगदान दिने शहिदहरुको सम्झनाको प्रतिनिधित्व गर्दछ । रातो रङदेखि मास्तिरको हरियो रङले कृषि प्रधान देश नेपालको उर्वर माटोको प्रतिनिधित्व गर्दछ, त्यस भन्दा माथिको सेतो रङले हिमालय पर्वत श्रंखलामा रहेको विश्वको उच्च शिखर सागरमाथाको प्रतिनिधित्व गर्दछ । सबै भन्दा माथिल्लो भागमा रहेको नीलो रङले खुल्ला आकाश र नीलोरङको दाहिने कुनामा रहेको र्सूयले नेपाल र नेपालीको समृद्धिको लागि प्रकाश र्छर्दै नेपालीहरुको एकताको प्रतिनिधित्व गर्दछ ।

झण्डा परिवर्तन गर्नु त्यति सजिलो नहुन सक्छ तर हामीले इतिहासबाट देश विदेशको विकास र परिवर्तनबाट शिक्षा लिनै पर्छ । केही समय अघि बुल्गेरिया ।।मा पनि परिवर्तन भएको थियो । भर्खरै मात्र अफगानिस्तान र इराकको झण्डा परिवर्तन भएको छ । रेडक्रशका चिन्ह अर्थात झण्डा परिवर्तन भएको छ । पूर्वी टिमोरको झण्डा भर्खर निर्माण भएको छ । यस्ता परिवर्तनका उद्धारण धेरै पाउन सकिन्छ । प्रस्तावित झण्डा (चित्र न १ र चित्र न २) मा सूर्यको ठाउमा तारा वा चन्द्रमा राख्न सकिन्छ तर नीलो आकाश बिहान, दिउसो हुन्छ र चन्द्रमा र तारा बिहान, दिउसो सधै देख्न सकिन्दैन । झण्डा बनाउन विश्वमै सबै भन्दा छिटो सस्ता र सजिला जापान बङगलादेश, इन्डोनेशिया, लिबिया, मोनाको, पोल्याण्ड, पालाउ र सानमारिनोको राष्ट्रिय झण्डा रहेका छन । राष्ट्रिय झण्डा देशब्यापी बनाउनु पर्ने भएकोले हामीले सरल सजिलो बनाउनु पर्दछ । नेपालको झण्डामा रातो नीलो र सेतो कपडाको आवश्यकता पर्दछ भने प्रस्तावित नेपालको झण्डामा हरियो, नीलो, सेतो, र रातो रङको आवश्यकता पर्दछ । यस प्रस्तावित झण्डाको मुख्य मर्म भनेको देश र जनतालाई सम्बोधन गर्ने । कसैलाई असर नपर्ने अर्थात सबैबाट र्सवसम्मत हुन सक्ने निर्विकल्प सगरमाथाको हुन सक्दछ । डिजाइनमा परिवर्तन गरे पनि सगरमाथाको चिन्हलाई चाहि अनिवार्य राख्न सकेमा हाम्रो झण्डा अर्थपूण हुन जानेछ ।

अन्तमा, हामीले ऐतिहासिक नेपालको राष्ट्रिय झण्डालाई स-सम्मानका साथ परिवर्तन गरौं । नेपालको नयाँ राष्ट्रिय झण्डा निष्पक्ष बनाऔं । सम्पूण नेपाल र नेपालीपन अटाउन सकौ । जसले गर्दा विश्व सामु सधै गौरवको साथ हाम्रो शिर ठाडो बनाउन सकौं ।
धन्यबाद ।

Sunday, December 19, 2010

अन्तर्वाता

अब निर्णायक लडाइँ लड्छौं

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय सभापति पदमबहादुर गुरुङ। गोर्खाली सेनाले पनि बेलायतीले सरह हक-अधिकार र सुविधा पाउनुपर्ने मागसहित करिब दुई दशकअघि थालिएको आन्दोलन अझै रोकिएको छैन। आन्दोलनकै क्रममा बेलायती उच्च अदालतले गोर्खाली सेनाप्रति भेदभाव गर्न नहुने निर्णय सुनाइसकेको छ। सैनिकको पेन्सनमा वृद्धि आवासीय भिसालगायतका सुविधा आन्दोलनका महत्त्वपूर्ण उपलब्धि हुन्, तर गोर्खाली सेनालाई पनि कमनवेल्थ मुलुकका नागरिकसरह सुविधा दिने बेलायत सरकारको नीति भने कार्यान्वयनमा आउन सकेको छैन। पारित नीति कार्यान्वयन गराउन अब निर्णायक लडाइँको तयारी भैरहेको चर्चा चलिरहेका बेला गेसो केन्द्रीय सभापति गुरुङसँग साप्ताहिकका हङकङ प्रतिनिधि निर्मल श्रेष्ठले गरेको कुराकानीः

गेसो निर्णायक लडाइँको तयारीमा छ भन्नुहुन्छ, यो कस्तो लडाइँ हुनेछ ?

गेसोको आन्दोलन समान पेन्सन र आवासीय भिसाका लागि मात्र नभएर मानवअधिकार प्राप्तिका लागि पनि हो । उनीहरूको सेनामा भर्ती हुँदा नेपाललाई भएको आर्थिक, सामाजिक, भौतिक तथा मनोवै ज्ञानिक क्षतिको समेत हरहिसाब दिनुपर्छ भन्ने हाम्रो माग छ । नेपाल गरिब मुलुक भएकाले बेलायतले हामीलाई सहयोग गरेको भन्ने कदापि होइन, त्यो उसको आवश्यकता थियो । त्यसो नभए त्यतिबेला हजारौं गोर्खाली सैनिक भर्ती गर्ने बेलायतले अहिले किन केही सय मात्र भर्ती गर्छ । बेलायत सरकारले गोर्खालीहरूलाई रोजगारी दिने नाउँमा २ सय वर्षसम्म बन्दी बनाएको छ । विगतका लडाइँमा कुन ठाउँमा कति गोर्खा मरे ? बाबुबाजे लडेर सहिद भएबापत तिनका सन्तानले के पाए ? यावत् कुरालाई समेत अघि सारेर हामी निर्णायक लडाइँको तयारीमा छौँ ।

वर्ष दिनअघि आन्दोलन सकिएको घोषणा भएको थियो । अहिले एकाएक कसरी यस्तो निर्णय गरियो ?

बेलायत सरकारले गोर्खाहरूलाई कमनवेल्थ मुलुकका नागरिकसरहको सुविधा दिने नीति ल्याएको एक वर्ष बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । यो नीतिपछि गोर्खाली सैनिकले पनि बे लायतीसरह पेन्सन पाउँछन् भन्ने हाम्रो बुझाइ थियो । आन्दोलनमा माग गरिएका बुँदाहरूमध्ये सबै पूरा हुने भएपछि गेसोको आन्दोलन सकियो भनियो, तर बेलायत सरकारले आफैंले गरेको घोषणा कार्यान्वयन नगरेपछि हामी निर्णायक लडाइँको तयारीमा जुटेका हौँ ।

कस्तो तयारीमा हुनुहुन्छ ?

आन्दोलनको वास्तविक उद्देश्य प्रस्ट्याउनुका साथै विविध मागसहित गत साउन २१ गते गेसोले २८ बुँदे श्वेतपत्र जारी गरेको छ । आन्दोलनलाई विश्वव्यापी बनाउन गेसोका पाँच प्रतिनिधि 'युवा तथा विद्यार्थीहरूको १७ औँ विश्व सम्मेलन' मा सहभागी हुँदैछन् । करिब १ सय ५५ मुलुकको सहभागिता रहने उक्त सम्मेलनमा बेलायत सरकारले गोर्खालीहरूलाई रोजगारी दिने नाउँमा २ सय वर्षसम्म बन्दी बनाएको कुरा उठाउनेछौं । यो गोर्खाहरूमाथि बेलायत सरकारको अन्याय, अत्याचार र थिचोमिचो विश्वसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर हुनेछ । जोहानेसवर्ग सम्मेलन गेसोको निर्णायक लडाइँको पहिलो उद्घोष हो ।

बेलायत सरकारले पेन्सनमा भेदभाव गर्नुको कारण के हो ?

गोर्खा सैनिकको सेवालाई मान्यता नदिइएका कारण यसो भएको हो । त्यसकारण हामीले गोर्खा सैनिकको सेवालाई बेलायतीसरह मान्यता दिलाउनु आवश्यक छ । हामी विश्व सैनिक कानुन र मानवअधिकार विज्ञहरू सम्मिलित एउटा समिति बनाउने तयारीमा छौँ । उक्त समितिको निर्णयकै आधारमा हामी काम गर्नेछौं । कि बेलायतले विश्वसामु गोर्खा सिपाहीहरूका लागि मानवअधिकारको व्याख्या फरक छ भन्न सक्नुपर्छ । होइन भने समान व्यवहार गर्नैपर्छ ।

पछिल्लो समय गेसोमा भ्रष्टाचारको विषयले निकै चर्चा पायो नि ?

ती सबै आधारहीन कुरा हुन्, जसका पछाडि नेपाल र बेलायत सरकारसमेत लाग्यो । आन्दोलनको २० वर्षको अवधिमा जम्माजम्मी १७ करोड उठेको छ । महाधिवेशनमार्फत विभिन्न जिल्लाका प्रतिनिधिहरूको रोहबरमा वासलात देखाइसकिएको छ । त्यसमाथि ५३ करोड भ्रष्टाचार गर्‍यो भन्नु तुक नभएको कुरा हो । मैले भ्रष्टाचार गरेको भए पक्राउ गरेर किन कारबाही गर्दैनन् त ? काठमाडौं जिल्ला प्रशासनले जासुस पठाएर गेसोका सदस्यहरूको घरमा गोप्य छानबिन गर्‍यो, तर केही भेटेन । सरकारले गर्नुपर्ने काममा हामी अघि सरेका छौँ तर आर्थिक सहयोगका लागि हात फैलाएका छैनौं । हामीमाथि नै छानबिन हुनु लज्जास्पद कुरा हो । भ्रष्टाचारसम्बन्धी आरोपको कुरा बेलायती संसद्मा पनि उठेको हो, तर छानबिनपश्चात् प्रधानमन्त्री गोर्डन ब्राउन स्वयंले संसद्मा गल्ती स्वीकार गरे । नेपालका सिडियोले समेत 'सरी' भनिसकेका छन् ।

हावै नचली पात हल्लेछ त ?

गोर्खाविरोधी तत्वहरूले गेसोलाई समाप्त पार्न विभिन्न लाञ्छना लगाउने काम छाडेका छैनन् । यो सबै हामीलाई कमजोर पार्न गरिएको दुष्प्रचार हो । १० वर्षअगाडि समेत मलाई ४५ करोड उठाएर खाएको आरोप लगाइएको थियो, जुन बेला कोषमा २ लाख पनि थिएन । पैसा उठाएर माओवादीमा लगानी गर्‍यो, आतंककारीसँग मिलोमतो छ पनि भने, तर पुष्टि भएन । अधिकांश रकम कानुनी परार्मशदाता गोपाल शिवाकोटी 'चिन्तन' तथा वकिल फिल साइमरको पारिश्रमिकबापत खर्च भएको छ । बेलायत सरकारबाट कानुनी सहायता प्राप्त भएपछि पनि हामीसँग रकम लिइएको छ । यो कुरासमेत छानबिन हुनुपर्ने माग श्वेतपत्रमा उठाएका छौँ, तर यिनैले हामीलाई अन्धकारमा राखेर पेन्सनसम्बन्धी मुद्दा दायर नगर्ने भन्ने कुरा सम्बन्धित निकायमा पुर्‍याएका रहेछन् । त्यसमा हाम्रो सहमति छैन । अन्तर्राष्ट्रिय रूपमा हाम्रो से वालाई मान्यता दिलाई गोर्खालीहरूलाई पनि समान पेन्सन दिन बेलायत सरकारलाई बाध्य पार्नेछौ ।

गेसोको अहिलेसम्मका उपलब्धि के-के हुन् ?

गेसो आन्दोलनकै सफलताका कारण १ हजार ७ सय रुपैयाँ पेन्सन बुझ्ने सिपाहीले २३ हजार रुपैयाँ पाएका छन् । हजारौंलाई आवासीय भिसा सुविधा मिलेको छ । अर्बौं रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ । लाहुरेहरू आफ्नो अधिकारप्रति सचेत भएका छन्, यो सानो उपलब्धि होइन ।

मौसम भ्रमणको

- शेखर ढकाल

भनिन्छ, मानिसले गर्ने हरेक काम मौसम अनुकूल हुनुपर्छ अनि मात्र उक्त कामको उपलब्धि राम्रो हुन्छ । मानिसले गर्ने हरेक काम मौसमद्वारा निर्धारित हुन्छन् । किसानको खेतीदेखि विद्यार्थीको परीक्षासम्मको कार्यतालिका मौसमअनुसार नै बनेको हुन्छ ।

समाज विकसित र परिर्वतित हुँदै जाँदा मानिसका आवश्यकता पनि थपिँदै जान्छन् । मानिसहरू बढीभन्दा बढी सुविधा उपभोग गर्न चान्छन् । रमाउन चाहन्छन्, खुसी हुन चाहन्छन् । व्यस्त समयबाट अलिकति फुर्सद निकालेर रमाउन मानिसहरू आफूलाई मन लागेका कार्य गर्छन् । कतिपय परिवारमा बसेर रमाइलो गर्छन, कतिपय मीठा-मीठा खानेकुरा खाएर, कतिपय चलचित्र हेरेर त कति पुस्तक पढेर पनि रमाइ रहेका पाइन्छन्, तर धेरैजसो मानिस रमाउनका लागि विभिन्न ठाउँको भ्रमण जान्छन् ।

हिजोआज भ्रमण फेसनजस्तै भएको छ । अझ यो मौसम त भ्रमण गर्नेहरूका लागि एउटा उत्सवजस्तै हो । नेपालका विभिन्न रमणीय ठाउँमा विभिन्न संघ-संस्था, विद्यालय, समूह वा पारिवारिक भ्रमणमा निस्किएकाहरूको जमघट बाक्लो छ । वनभोज होस् वा अध्ययन, अवलोकन होस् वा अनुसन्धान, धार्मिक होस् वा शैक्षिक यस्ता धेरै प्रकारका बहानामा मानिसहरू भ्रमणमा निस्किएका पाइन्छन् ।

यतिबेला विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा लाने क्रम पनि निकै बढेको छ । विभिन्न कृषक समूह, सरकारी कार्यलय, बचत तथा ऋण सहकारी संस्थाहरू, अन्य विभिन्न संघ-संगठन र सामाजिक संस्थाह रूसमेत यस्ता भ्रमणमा सहभागी हुँदै आएका छन् । यतिबेला पूर्वमा धनकुटाको भेडेटार, पाख्रीबास कृषि अनुसन्धान केन्द्र, सुनसरीको धरान, विजयपुर, बहारक्षेत्र, ताततलैया, कोसी टप्पु वन्यजन्तु आरक्ष, मोरङका बेतौना सीमसार क्षेत्र, चुली पोखरी, झापाका सतासीधाम, दोमुखा, जामुन खाडी, इलामका कन्याम, फिक्कल आदि क्षेत्रमा नेपालभरिका मानिसहरू विभिन्न किसिमका भ्रमण लिएर पुगेका पाइन्छन् । पूर्वबाट पनि दैनिक दर्जनौं समूह जनकपुर, हेटौंडा, चितवन, पोखरा, मनकामना, नगरकोट, लुम्बिनी आदि क्षेत्रको भ्रमणमा निस्कनेहरू उत्तिकै भेटिन्छन् ।

बाहिरको वातावरणमा रमाइलो गर्दै आनन्द लिनुको छुट्टै मज्जा भएको भ्रमणमा सहभागीहरूको अनुभव छ । शारीरिक अशक्तहरूको समूहसँग भर्खरै भेडेटार, धनकुटालगायत सुनसरीका विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको भ्रमण गरेर फर्किएका मोरङ अमरदहका सन्तोष कार्की भन्छन्- 'भ्रमण र यात्राले मानिसलाई रमाइलो मात्र दिँदैन, काम गर्ने ऊर्जासमेत प्रदान गर्छ ।' यस्तै सहकर्मी समूहको भ्रमणमा सहभागी सुनसरीको पकलीका विकास दाहाल पनि यात्रा एवं भ्रमणले मानिसमा जोस-जाँगर र ऊर्जा थप्ने भएकाले वर्षमा एक-दुई पटक भ्रमणमा सहभागी हुँदै आएको बताउँछन् ।

झापाको दोमुखा तथा जामुनवाडी आदि क्षेत्रमा विद्यार्थीलाई भ्रमणका लागि लिएर गएका अरनिको विद्यालय मोरङका पि्रन्सीपल पुष्पमणि भारतीले विद्यार्थीहरूलाई शिक्षासँगै विभिन्न ठाउँको रहन सहन, भोगौ लिक एवं सांस्कृतिक वातावरण तथा प्रकृतिक सम्पदाका बारेमा जानकारी गराउन भ्रमणमा निस्किएको बताए । विद्यार्थीलाई यस्ता कार्यमा सहभागी गराउँदा उनीहरूमा पनि छुट्टै किसिमको ऊर्जा उत्पन्न हुने भारतीको धारणा थियो ।

यसरी विभिन्न बहानामा भ्रमणमा निस्कनेहरूले कत्तिकदेखि पुसको पहिलो सातासम्मको समयलाई रोज्ने गरेका छन् । मौसम र विभिन्न कारणले यो समय भ्रमणका लागि अनुकूल भएको भ्रमणमा सहभागीह रूले बताएका छन् । 'यो मौसममा पानी पर्ने सम्भावना पनि हुँदैन अनि जाडो पनि त्यति धेरै छैन,' धनकुटाका एक गाडी विद्यार्थीसहित भेटिएका झापा चन्द्रगढीको प्रज्ञा एकेडेमीका शिक्षक अशोक पुडासैनीले भने- 'मौसमको अनुकूलता र प्रायःजसो सबै विद्यालय यही समयमा शैक्षिक भ्रमण जाने भएकाले हामीले पनि यसैलाई छान्यौं ।'

रूपन्देहीबाट पूर्वी नेपालको भ्रमणमा निस्किएको सप्तकोसी बचत तथा ऋण सहकारीका पदाधीकारीहरू यो मौसममा भ्रमण गर्दा अरू समयको भन्दा आनन्द आउने बताउँछन् । यो समयमा बिना झन्झट यात्रा गर्न पाइने उनीहरूको भनाइ छ ।

प्रा. डा. टंक न्यौपाने पनि पानी नपर्ने र जाडो पनि धेरै नभएकाले भ्रमण अनुकूल भएरै धेरै मानिसले यो समयलाई उपयुक्त मान्ने गरेका बताउँछन् । डा. न्यौपाने भन्छन्- खेतीका मानिसले अन्न थन्क्याएर फुर्सद पाएका छन् । अरू मानिसहरूका लागि पनि यो समय उपयुक्त छ । त्यसैले पनि यो समय भ्रमणको समय बनेको छ ।

यस्ता भ्रमणले एकातिर सहभागीहरूलाई रमाइलो र आनन्द दिन्छ भने अर्कातर्फ ती ठाउँहरू जहाँ भ्रमणका लागि गइन्छ उक्त ठाउँको विकासमा समेत सघाउ पुर्‍याउँछ । सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा त झन् यस्ता भ्रमणले आन्तरिक पर्यटनमा समेट टेवा पुर्‍याउने वास्तविकता कसैले नकार्न सक्दैन ।

Friday, December 17, 2010

लालची र कायर बुद्धिजीव...

राजनीतिक परिवर्तनका लागि निम्नस्तरका जनताको रगतपसिनामा आश्रित र परिवर्तनपश्चात् उपल्लो तह वा सत्तामा रहेकाहरूको दयामा निर्भर बुद्धिजीवीहरूको लालच, कायरता र सम्झौतापरस्त प्रवृत्तिले नेपालको प्रजातन्त्र बारम्बार खतरामा परिरहेको छ।
प्नेपालका बुद्धिजीवीहरू प्रजातन्त्र र स्वतन्त्रतालाई स्वतः प्राप्त ९टेकन फर ग्रान्टेड० अधिकारका रूपमा लिन्छन्, अहिलेको प्रजातान्त्रिक संसारमा कसैले पनि जनताका नैसर्गिक अधिकार खोस्न सक्दैन भन्ने भ्रममा छन्। १८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरेर आफ्नो छनोटको प्रधानमन्त्री नियुक्त गर्दा पनि प्रजातन्त्र खतरामा पर्‍यो भनेर उद्वेलित भएनन्, बरु राजा कुनै हालतमा तानाशाही लाद्न समर्थ हुँदैनन् भन्नेमा ढुक्क रहे। तत्कालीन सञ्चारमन्त्री मोहम्मद मोहसिनले राजा अझै अघि बढ्न सक्छन् भन्दा पनि कसैको कानको रौं हल्लेन। बुद्धिजीवीहरूले त्यति नै वेला सशक्त कदम चालेको र राजालाई समाजका हरेक पक्षमा निषेध गर्न सकेको भए १९ माघ २०६१ देख्नुपर्ने थिएन। धन्न राजाको तानाशाही लामो चलेन, १५ महिनामै जनताका सामु उनले घुँडा टेक्नुपर्‍यो।

२०६२(६३ को जनआन्दोलनले राजतन्त्रलाई बढारे पनि प्रजातान्त्रिक शक्ति बलियो हुन सकेन। शाही तानाशाहीको ठाउँ माओवादी एकदलीय तानाशाहीले लिने खतरा बढ्यो। तर दूरदृष्टि भएका मानिने विद्वान्हरू फेरि पनि चुपचाप छन्। मानौं माओवादीले प्रजातन्त्रको विरोधमा जे भन्दैछ वा गर्दैछ, त्यो केवल मजाक हो।

राजनीतिले सबैभन्दा बढी असर पार्ने देशका मध्यम र बुद्धिजीवी वर्गलाई हो। तल्लो तह, राजनीतिको प्रभावका बारेमा त्यति जानकार हुँदैन वा भए पनि समाधान खोज्ने क्षमता कम राख्छ भने माथिल्लो वर्ग राजनीति अनुरुपको व्यवहार गर्न मानसिक रूपमा सहज र आर्थिक रूपमा सक्षम हुने भएकाले जता मल्खु उतै ढल्कु हुन्छ। त्यसैले मध्यम वर्गको सहभागिता बेगर कुनै किसिमको सामाजिक वा राजनीतिक परिवर्तन हुन सक्दैन। मध्यम वर्ग सुविधाभोगी भएर पनि कामदार वर्ग भएकाले देशको राजनीतिले उनीहरूको दैनन्दिनीमा प्रत्यक्ष असर पारिरहेको हुन्छ। अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक अधिकार, शान्ति, सुरक्षा आदि पनि यही वर्गलाई सबैभन्दा बढी जरुरी हुन्छ।

विगतका आन्दोलनहरूमा मध्यम वर्गीय जनता र बुद्धिजीवीहरूको महत्वपूर्ण भूमिका भए पनि अहिले यो वर्गलाई प्रतिनिधित्व गर्ने बौद्धिक नेताहरू परजीवी हुनपुगेका छन्। राजनीतिक परिवर्तन ल्याउन निम्नस्तरका जनताको रगतपसिनामा आश्रित हुने र परिवर्तनपश्चात् उपल्लो तह वा सत्तामा रहेकाहरूको दयामा निर्भर रहने मध्यम वर्ग र बुद्धिजीवीहरूको लालच, कायरता र सम्झौतापरस्त प्रवृत्तिले गर्दा नेपालको प्रजातन्त्र बारम्बार खतरामा परेको हो। र, त्यो स्थिति अहिले पनि दोहोरिइरहेको छ।

नेपालमा मध्यम वर्ग र बुद्धिजीवीका प्रतिनिधिहरू भनेका मानवअधिकारवादी, वकिल, पत्रकार, साहित्यकार, कलाकार, शिक्षक, डाक्टर, इन्जिनियर, सरकारी कर्मचारी आदि हुन्। २०४६ र २०६२(६३ सालका जनआन्दोलनमा यो वर्ग सडकमा ुर्लेकाले नै जनताको जित भएको हो। तर २०६३ सालपछि एकथरी बुद्धिजीवीहरू माओवादीको लिदी सफा गर्न व्यस्त छन्। क्रान्ति, अग्रगमन र जनताको नाममा माओवादीहरू कम्युनिष्ट एकदलीय व्यवस्था भित्र्याउन सशक्त ढङ्गले अघि बढिरहँदा पनि वाम बुद्धिजीवीहरू त्यही व्यवस्थामा मानवअधिकार, प्रेसस्वतन्त्रता र राजनीतिक स्वतन्त्रता प्राप्त हुन्छ भन्ने भ्रम फैलाउन उद्यत छन्।

विगतमा सानोभन्दा सानो मानवअधिकार हनन्का विषयलाई विश्वस्तरमा फैलाउन सक्षम मानवअधिकारवादी नेताहरू कुन दुलोमा छिरेका छन् भनेर डलरको सिन्को बनाएर खोज्नुपर्ने भएको छ। आफ्नो देशमा प्रजातन्त्र र कानुन व्यवस्था सशक्त बनाएर गरिब देशमा कम्युनिज्म भित्र्याउन लागिपरेका केही युरोपेली देशले डलरको चश्मा नकिनिदिए मानवअधिकार उल्लङ्घनका कुनै घटना नदेख्ने मानवअधिकारवादीहरूको हालत देख्दा उनीहरूमा मानवीय संवेदना समेत लोप भएको भान हुन्छ। डाक्टर, इन्जिनियर आदिका प्रतिनिधि पनि ठूलो पद पड्काउन वाईसिएलका फुच्चे नेताहरूको चाकरीमा व्यस्त भएको देख्दा इमानदार र क्षमतावान् पेशाकर्मीहरूलाई आफ्नो शैक्षिक प्रमाणपत्र चाङ लगाएर जलाउने वा विदेश पलायन हुने भावना जाग्छ। आफूलाई काङ्ग्रेस, एमाले र एनेकपा माओवादीको रूपमा चिनाउन पाउँदा दङ्ग पर्ने राजनीतिकर्मी बढी अधिकारकर्मी कम व्यक्तिहरूको समूहमा कुनै वेला स्वर चिनिने व्यक्तित्व पनि थिए भन्दा शङ्का लाग्ने भइसकेको छ।

माओवादीले सशस्त्र विद्रोह शुरु गरेदेखि नै उसको राजनीतिक सिद्धान्तले प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई निल्छ भनेर सोच्न नसक्ने र तिनको समाचारलाई ठूलो बहादुरीको संज्ञा दिने पत्रकारहरू अहिले सघन उपचार कक्ष ९आईसीयू०मा लडिरहेको प्रजातन्त्रको मृत्युपछि कपाल खौरन, काजक्रिया गर्न र आशौच बार्न तयार भएर बसेका छन्, तर त्यसलाई बचाउनेतर्फ किञ्चित उन्मुख छैनन्। मानौं, प्रजातन्त्र अत्यन्तै वृद्ध बाबु हुन् जसको मृत्युले उनैलाई पनि शान्ति र मुक्ति दिने हुनाले कसैले रुवाबासी गर्नुपर्दैन। प्रजातन्त्रको मृत्यु भएमा भविष्यका सन्तति लाटो, बहिरो र लङ्गडो भएर जन्मन्छन् भन्ने चेत उनीहरूमा पलाएको देखिँदैन।

माओवादीले अनेकन् तरिकाले कमाएको पैसा सञ्चारमाध्यममा यसरी बगाएको छ, नेपाली मिडियाको मूलधार के हो भन्नेमा जनता भ्रमित हुन पुगेका छन्। कुनैवेला मूलधार मानिएका सञ्चार संस्थाहरू प्रजातन्त्रको नाममा अडान लिने कार्यलाई तिलाञ्जली दिएर धन मात्र सोहोर्ने ध्याउन्नमा देखिएका छन् भने आफूलाई प्रजातान्त्रिक मिडियाको प्रतिनिधि भनेर चिनाउन चाहनेहरू पनि व्यावसायिकताको नाममा कुहिरोका काग बन्न पुगेका छन्। उनीहरू माओवादीले कुनै विषयमा लचिलो चरित्र देखायो भनेर उसलाई सकभर शङ्काको सुविधा दिने कुरामा अत्यन्त सजग छन्, तर उसले अहिलेसम्म प्रजातन्त्रका मूल्य र मान्यताप्रतिको प्रतिबद्धता पूरा नगरेकोमा चिन्तित छैनन्।

अत्यन्तै ढिलो भए पनि नेपाली काङ्ग्रेस अहिले माओवादीले पालना नगरेको शर्त पालना गराउन आफ्नो बेइज्जती सहेर व्यवस्थापिका(संसद्मा उभिएको छ। तर, पत्रकारहरू त्यसैको धज्जी उडाउनमा मस्त छन्। पत्रकारहरूको मान्यता के छ भने, संसद्मा १६ वा १८ पटक हार्नुहुन्न बरु त्यसको लागि जनताको अधिकार नै किन नहारोस्। सबै समवेत स्वरमा रामचन्द्र पौडेलको कार्टुन बनाउन लागिपरेका छन्। त्यसो त उनकै दलभित्रको शक्ति बाहेक सिद्धान्त नदेख्ने कुत्सित मनसाय भएको तत्व समेत काङ्ग्रेस प्रजातन्त्रका लागि लडेको होे भन्ने बताउन तयार छैन। यस्तो अवस्थाले यो देश केवल फटाहा, लुटेरा र हत्याराहरूको मात्र हो सज्जनहरूको होइन भन्ने सन्देश प्रवाह भइरहेको छ।

२०४६ सालको सफल जनआन्दोलनपछि नेपालका मध्यमवर्गीय बुद्धिजीवीहरू तुरुन्त काङ्ग्रेस वा एमालेका कर्मठ योद्धाको रूपमा आफूलाई प्रस्तुत गर्ने होडमा लागेका थिए। सत्ताधारी र विपक्षी दलहरूलाई व्यवस्था सुदृढ गर्न र प्रजातन्त्र संस्थागत गराउन खबरदारी गर्न छाडेर यो वर्ग तिनको ढोकामा चाकरी बजाउन गएकाले नै प्रजातन्त्र कमजोर भयो। भ्रष्टाचार, नातावाद, कृपावाद र अयोग्यहरूको जगजगी हुँदा पनि बुद्धिजीवी वर्ग त्यही दुर्गन्धित गङ्गामा समाहित भयो वा समाहित हुने लालसामा मुखमा पट्टी बाँधेर बसिरह्यो। त्यसैले २०५२ सालमा माओवादीले व्यक्तिहत्याको राजनीति शुरु गर्दा पनि यो वर्गमा त्यसको विरोध गर्ने सोच, साहस र सक्षमता जागेन। राजनीतिक दलको परिचयले डामिएका बुद्धिजीवीहरूले राजा र माओवादीबाट प्रजातन्त्रमाथि दुईतर्फी हमला हुँदा पनि चुँ सम्म गरेनन्। पद र पैसा पाउनेहरू चुप लागेर बसे र नपाउनेहरू प्रजातन्त्रको जग उधिन्नमै मस्त भए। परिणामः १९ माघ २०६१ आयो, जसलाई स्वागत गर्न बुद्धिजीवीहरूको एउटा लहर नै अघि सर्‍यो।

२०६२(६३ को सफल जनआन्दोलनपछि फेरि उही परिदृश्य दोहोरिएको छ। २०४६ सालमा प्रजातन्त्रको विरोधी शक्ति रहेको राजदरबार २०६३ सालपछि निकै कमजोर छ, तर उसको स्थानमा माओवादी आएको छ। माओवादीले सात राजनीतिक दलसँग १२ बुँदे सम्झौतामा हस्ताक्षर गरे पनि प्रजातान्त्रिक मूल्य र मान्यतामा हिँड्ने कुनै सङ्केतसम्म दिएको छैन। अझ् नेपाली राजनीतिक शब्दकोश नै करिब(करिब परिवर्तन गरिदिएको छ माओवादीले, प्रजातन्त्र भन्ने शब्दलाई नै जनताको अधिकारको विरोधी भन्ने भान गराउँदै सबैलाई लोकतन्त्र भन्न(भनाउन लगाएर।

अब माओवादीको लोकतन्त्रमा आफ्नै सेना भएको राजनीतिक दल रहन, उसका युवा कार्यकर्ताका अर्धसैनिक टोलीले राजनीति, प्रशासन र समाजका हरेक अङ्गमा हस्तक्षेप गर्न र कर असुल्न तथा अबको संविधानमा आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस र मौलिक मानवअधिकारहरू रहने कुरामा प्रश्नचिन्ह लगाउन पाइने भयो। तर, नेपाली बुद्धिजीवीहरू कहाँ छन्रु के गर्दैछन्रु यही विषयमा विदेशीको सहयोग ल्याएर अर्को कुनै बुद्धिजीवीले शोधपत्र तयार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
by himal प्रतीक प्रधान

अब नेपालमा बोलिने भाषाको संख्या ''डेढ सय'' हुने।।।

एघारौं राष्ट्रिय जनगणना(२०६८ नजिकिंदै गर्दा भाषाशास्त्री र विज्ञले मुलुकको भाषाको संख्या बढ्ने बताएका छन् । भाषा र संस्कृति जातीय पहिचानको मुख्य आधार भएकाले देशमा बोलिने भाषाहरूको संख्या बढ्ने उनीहरूको दाबी छ ।
देशमा आएको राजनीतिक परिवर्तनले सुसुप्त अवस्थामा रहेका अल्पसंख्यक जातजाति, भाषाभाषीहरू स्वपहिचानमा जुटेकाले यो आकलन गरिएको हो ।
भाषाशास्त्रीहरूले अहिलेसम्म देशमा करिब १ सय ४० भाषा देखाएका छन् भने केन्द्रीय तथ्यांक विभागले ९२ वटामात्र देखाएको छ । ुयो पटक घटीमा पनि डेढ सयभन्दा बढी भाषाहरूको संख्या देखिनेछु, भाषाशास्त्री योगेन्द्रप्रसाद यादव भन्छन्, ुकिनभने भाषा भनेको पहिचानको मूल आधार हो ।ु
शिक्षाविद् विद्यानाथ कोइराला पनि पहिचानको मुख्य कडी मातृभाषा रहेकाले भाषासँगै जातिको संख्या बढ्ने औंल्याउँछन् । ुभाषा र जातिको संख्या बढ्नु स्वाभाविकै होु, उनले भने, ुराजनीति नै त्यही खालको हुनाले त्यसलाई नकार्न मिल्दैन ।ु
तथ्यांकले १ सय २ जाति रहेको उल्लेख गरेको छ । सरकारले पछिल्लो पटक गठन गरेको आदिवासी जनजाति सूची परिमार्जन कार्यदलले ८४ वटा जनजातिको सूची बुझाएको छ । यसअघि ५९ मात्र थियो ।
अर्का भाषाशास्त्री नोबलकिशोर राई अहिलेसम्म भाषिका मानिएकाले भाषाको मान्यता पाउने क्रम बढेको बताउँछन् ।
ुभाषिका मानिएकाले भाषाको आईएसओ नम्बर पाउन थालेकाले भाषाको संख्या बढ्ने निश्चित छ,ु उनले भने, ुअहिलेसम्म नेपालीको भाषिका मानिएको जुम्लीले भाषाको मान्यता पाइसकेको छ भने डोटेलले पनि पाउने क्रममा छ ।ु
यसैगरी लिम्बू भाषाको भाषिका मानिएको छ थरेले भाषाकै मान्यता पाउने क्रममा छ । काठमाडौंमा बोलिने नेवारी र दोलखाको नेवारीले अलग भाषाको मान्यता पाउने भएका छन् । मगरभित्र तीनवटा भाषा छन् । राई जातिभित्र २८ वटाभन्दा बढी भाषा भएको राईले बताए । तराईमा थोरै समुदायले बोल्ने भाषिकाहरूसमेत भाषाको मान्यता पाउने क्रममा छन् ।
केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक विकास विष्टले जनगणनाको लगतमा मातृभाषा र दोस्रो भाषा उल्लेख गरिएको बताए । ुयो पटक लगत लिने क्रममा कसको कुन मातृभाषा र दोस्रो भाषा कुन हो भन्नेबारे स्पष्ट उल्लेख गराइनेछ,ु यसअघि एकै जातिको भाषा एकमुष्ट लेखाउने गरिएको उल्लेख गर्दै भने, विभागले ुजनगणना २०६८ मा कोही नछुटौं र कोही नदोहोरिऔुं नारासहित देशभरिका ५८ लाख घरपरिवारको तथ्यांक संकलन गरिने समेत जनाएको छ ।
नेपालमा बोलिने भाषा ९२ छन् । एक लाखभन्दा बढी वक्ता भएका भाषाहरूमा, नेपाली, मैथिली, भोजपुरी, थारू (डगौरारराना०, तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ, लिम्बू, बज्जिका, उर्दु, राजवंशी, शेर्पा र हिन्दी छन् ।
एक लाखभन्दा कम वक्ता भएका( चाम्लिङ, सर्थाली, चेपाङ, दनुवार, झागडरधागड, सुनुवार, बार्ला, मारवाडी (राजस्थानी०, माझी, थामी, कुलुङ, धिमाल, अङ्गकिा, यार्खा, थुलुङ, साङपाङ, भुजेलरखवास, दराई, खालिङ, कुमाल, थकाली, छन्र्यालरछन्तेल, नेपाली सांकेतिक भाषा छन् । यसैगरी तिब्बती, दुमी, जिरेल, वाम्बुलेरउम्बुले, पुमा, ह्योल्मो, नाछिरिङ, दुरा, मेचे, पहरी, लेर्चारलाप्चे, बोटे, बाहिङ, कोईरकोयु, राजी, हायु, यासी, याम्फुरयाम्फे, घले, खडिया, छिलिङ, लोहोरुङ, पञ्जावी, चिनियाँ, अंग्रेजी छन् ।
एक हजारभन्दा कम वक्ता भएका भाषाहरूमा मेवाहाङ, संस्कृत, काइके, राउटे, किसान, चुरौटी, बरामरभ्रामु, तिलुङ, जेरोङरजेरङ, दुङमाली, उडिया छन् । एक सयभन्दा कम वक्ता भएका भाषाहरूमा लिङखिम, कुसुन्डा, सिन्धी, कोचे, हरियान्वी, मगही, साम, कुरमाली, कागते, जोङ्खा, कुकी, छिर्ताङ, मिजो, नागामी, ल्होमी, आसामी, सधानी
छन् । सधानीका वक्ता २ जनामात्र देखाइएको छ ।
प्रकाशित मितिस् २०६७ पुस १ ०८स्१९ Ekantipur

Thursday, December 16, 2010

पुस १ को संवैधानिक पाठ


नेपालको इतिहासमा २०१७ पुस १ गते कालो दिनको रूपमा अंकित छ । तत्कालीन राजा महेन्द्रले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर निर्वाचित सरकार तथा संसद भंग गरी प्रधानमन्त्री लगायतलाई सैनिक हिरासतमा राखेका थिए, त्यसदिन । यसलाई महेन्द्रको असंवैधानिक काम भनिन्छ र प्रजातन्त्रको घाँटी निमोठेको मानिन्छ । अहिले संविधान निर्माणाधीन छ । त्यो परिघटना, त्यसबखतको संवैधानिक कानुन आदिबाट संविधानसभाका सदस्य लगायत यसमा चासो राख्ने सबैले पाठ सिक्नु वाञ्छनीय छ ।

२०१५ को संविधानको धारा ५५ मा राजालाई संकटकाल घोषणा गर्ने लगायत संसद, सरकारी निकायमा निहित कुनै वा सबै अधिकार ग्रहण गर्ने व्यवस्था थियो । महेन्द्रले धारा ५५ प्रयोग गरेर तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरूलाई पदच्युतमात्र गरेनन्, जेलमा पनि कोचे, संसद पनि भंग गरे । यस्तै धारा ५६ अन्तर्गत संकटकाल घोषणा गरे । यस पृष्ठभूमिमा पुस १ गतेको कदमलाई असंवैधानिक भन्न मिल्ने अवस्था छैन । तर प्रश्न के उठ्छ भने राजनीतिकर्मीहरूले यतिन्जेल संविधानका यी व्यवस्थाबारे अनभिज्ञतावश उक्त कार्यलाई असंवैधानिक भनेर हिँडेका हुन् कि पढेर पनि नबुझेर।

प्रजातन्त्रको अपहरण

अब लागौं प्रजातन्त्रको हत्यातर्फ । उक्त संविधानको प्रस्तावनामा राजालाई संवैधानिक अधिकारको स्रोत मानिनुका साथै प्रजालाई संविधान प्रदान गरिएको भनिएको छ । २०१५ साल फागुन १ गते संविधान घोषणा गरिए पनि त्यसको नाम तथा प्रकाशन गर्ने व्यवस्था भएको धारा ७३ अनि राजेच्छामा यो संविधान लागू गराउने व्यवस्था भएको धारा ७५ मात्र जारी हुनासाथ लागू भयो र बाँकी धाराहरू राजाले चाहेको दिनदेखि मात्र प्रारम्भ गर्ने व्यवस्था थियो । तद्अनुरूप २०१६ असार ३ गते एक तजबिजी घोषणा गरेर असार १६ गतेदेखि बाँकी धाराहरू प्रारम्भ गरिएको घोषणा राजाले गरे । अर्थात् राणाकालमा जस्तै महेन्द्रको हुकुमी शासन थियो त्यो ।

धारा ७४ ले २००७ सालको अन्तरिम विधान तत्काल खारेज गरे पनि यो संविधान लागू भइ नसकेकोले २०१६ असार १५ गतेसम्म उक्त अन्तरिम विधान नै प्रचलनमा रहेको मान्नुपर्ने हुन्छ । किनभने संवैधानिक शून्यतामा देश चल्दैन । २०१५ फागुनमा खारेजीमा परेको २००७ सालको संविधानमा छैठौंपटक २०१६ जेठ १३ गते महेन्द्रले संशोधन गरेपछि यो कुराको पुष्टि हुन्छ । तर यस्तो हास्यास्पद काम राजाले स्वच्छन्द एवं स्वेच्छाचारीतापूर्वक गरेकोलाई प्रजातान्त्रिक प्रणाली अन्तर्गतको क्रियाकलाप मान्न सकिन्न ।

संविधान मस्यौदा कमिसनबाट तयार पारिएको २०१५ सालको संविधान महेन्द्रले छानेका व्यक्तिहरूबाट लेखिएर राजेच्छामा घोषणा गरिएको हो । त्यस्तै संसदको दुई तिहाइले पारित गरेको संविधान संशोधन विधेयक स्वीकृत गर्ने/नगर्ने स्वविवेकीय अधिकार पनि धारा ५३ (२) (घ) बमोजिम राजामा रहेको र धारा ७७ मा बाधा-अड्काउ फुकाउन आवश्यक सम्भिmएका आदेश पनि राजाले नै जारी गर्नसक्ने व्यवस्था थियो, जुन खारेज नभएसम्म संवैधानिक प्रावधानसरह मानिने व्यवस्था थियोे । तसर्थ संविधान, कानुन आदि सबैको स्रोत राजा मानिएको र त्यसबखतको संसद, सरकार तथा राज्यका सबै अङ्गहरू यसै संविधानमा आधारित भएर बनेका हुनाले राजालाई आँखालाई देखे/भेटेसम्मको अधिकार थियो र पुस १ गतेको काम संविधानले दिएको अधिकार नाघेर गरेको देखिँदैन ।

राज्यका तीन अंग

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको गठन प्रजातान्त्रिक परिपाटीमा हुन्थ्यो कि भनेर परीक्षण गर्नु पनि समसामयिक हुनेछ । मन्त्रीमण्डल गठन सम्बन्धमा धारा १२ मा प्रतिनिधिसभाबाट राजाको स्वविवेकमा प्रधानमन्त्री लगायतका मन्त्रीहरू नियुक्ति गरिने व्यवस्था थियो । यही धारा अन्तर्गत विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा मन्त्रीमण्डल गठन भएको थियो । कसैले संविधानको प्रतिकूल काम गरेको भन्ने राजालाई लागेमा उसलाई पदच्युत गर्ने व्यवस्था पनि उल्लेख गरिएको थियो ।

त्यस्तै संसदबाट पारित विधेयकहरू स्वीकृत गर्ने-नगर्ने स्वविवेकीय अधिकार धारा ४२ अनुसार राजामा हुनाले संसद पनि सार्वभौमसत्ता सम्पन्न थिएन । यस सन्दर्भमा संसदीय चुनाव हारेका कृष्णप्रसाद भट्टराईलाई राजाले सभामुख बनाएको कुरा पनि स्मरणीय छ । अनि धारा ५७ अन्तर्गत सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्ति र पदमुक्तिको स्वविवेकीय अधिकार पनि राजामा हुने व्यवस्था भएबाट न्यायपालिका गठन पनि प्रजातान्त्रिक सिद्धान्तको आधारमा नभएको प्रस्टिन्छ । माथि उल्लिखित प्रावधानहरू पढेर संविधान बुझ्ने जोकोहीले पनि यो कुरा बुझ्न सक्छन्, फरक व्याख्यासम्मको पनि गुञ्जायस छैन ।

"प्रजा"लाई संविधान दिने, आफू अनुकूल त्यसको संशोधन गर्ने, बाधा-अड्काउ फुकाउने नाममा संविधानमा परेसरह मानिने आदेश जारी गर्ने, संसदबाट पारित विधेयक पनि स्वविवेकमा स्वीकृत गरेपछि मात्र ऐन बन्ने र राजाको स्वविवेकमा गठन हुने कार्यपालिका र न्यायपालिका रहने व्यवस्था कुनै पनि कोणबाट प्रजातान्त्रिक थिएन । त्यसमा प्रजातन्त्रको लागि आवश्यक कुनै पनि तत्त्व थिएन, न सीमित प्रजातन्त्र नै थियो, फगत निरंकुश राजतन्त्र थियो । तर धारा ७ (ग) ले राजनीतिक स्वतन्त्रताको मौलिक अधिकार अन्तर्गत राजनीतिक संघ/संस्था खोल्ने अधिकार दिएकोले यो व्यवस्थालाई बहुदलीय निरंकुश राजतन्त्रसम्म भन्न सकिन्थ्यो ।

सत्तामा पुग्ने होडबाजीमा राजनीतिक दलहरू उक्त संविधान तथा त्यस अन्तर्गतको व्यवस्थालाई प्रजातान्त्रिक मानेर चुनाव तथा सरकारमा सहभागी हुन हतारिए । जुन संवैधानिक व्यवस्था अन्तर्गत प्रधानमन्त्री, मन्त्री आदि बने, त्यही संविधानको व्यवस्थाअनुरूप तिनलाई पदच्युत गरेपछि मात्र राजा निरंकुश भएको र प्रजातन्त्र मासिएको चेत खुलेको पाइयो ।

जनतालाई संविधान लेख्ने अवसर

नेताहरूको सत्तारुढ हुने चटारोले गर्दा २००७ सालमा जनताको आफ्नालागि आफैंले संविधान लेख्ने अधिकार गुम्न पुग्यो । जहानियाँ राणाशासनबाट नेपालीले मुक्ति पाउँदा त्रिभुवनले घोषणा गरेबमोजिम "नेपालको अन्तरिम शासन विधान २००७" को धारा ६८ मा "नेपालको निमित्त एक विधान बनाउने विधान परिषदको निर्वाचन" गर्ने व्यवस्था थियो । तर २०१५ जेठ २५ मा चौथोपटक संशोधन गरेर धारा ६८ उक्त वाक्यांशको सट्टा "नेपालको निम्ति संसदको" निर्वाचन गर्ने लेखियो र २००७ सालमा टुङ्गएिको क्रान्तिबाट प्राप्त सार्वभौम जनताले आफ्नालागि आफैंले संविधान निर्माण गरेर घोषणा गर्ने अधिकार नेताहरूले राजालाई बुझाए ।

राजनीतिकर्मीहरूको मतमतान्तर, पदलोलुपता, लोभलालच अनि दलहरूका आन्तरिक लडाइँ, झगडा, अझ दल विशेषभित्रको आन्तरिक कलहको परिणामस्वरूप शाहहरूको जहानियाँ शासनले राणाशासनलाई प्रतिस्थापन गरेर जनताले पञ्चायती प्रणालीमा झन्डै ३० वर्ष "प्रजा" भएर बाँच्नुपर्‍यो, नागरिक बन्न पाएनन् । ६० वर्षसम्म आफ्नो संविधान आफैंले निर्माण गरेर घोषणा गर्न पाएनन् । यसको अपजस, मनपरे पनि नपरे पनि राजनीतिकर्मीहरूकै भागमा पर्छ ।

सिक्नुपर्ने पाठ

यस पृष्ठभूमिमा नेपालको संवैधानिक इतिहासबाट पाठ सिक्ने बेला आएको छ र निर्माणाधीन संविधानमा कुनै कमीकमजोरी नहोस् भनेर चनाखो हुन जरुरी छ । अहिले केही राजनीतिकर्मीले लोकतान्त्रिक मूल्यमान्यतालाई अपरिवर्तनीय नमान्ने धारणा सार्वजनिक गरेका छन् । जसले नेपालीले भविष्यमा फेरि पनि लोकतन्त्रबाट वञ्चित हुनुपर्ने खतरा देखिएको छ ।

सञ्चारमाध्यमका अनुसार दुई तिहाइ बहुमतद्वारा संविधान संशोधन गर्न सकिने भएको छ र लोकतान्त्रिक मूल्य-मान्यता अपरिवर्तनीय नमानिएको खण्डमा लोकतन्त्रप्रति पूर्वाग्रह राख्ने दलले प्रचण्ड बहुमत ल्याई दुई तिहाइ पुर्‍याएको अवस्थामा सजिलै अधिनायकवाद स्थापित हुनसक्छ । र नेपालबाट लोकतन्त्र पुनः गुम्नेछ । तसर्थ लोकतन्त्रलाई नामेट गर्न सकिने व्यवस्था निर्माणाधीन संविधान राख्नुहुन्न । कुनै पनि कारणले नेपालले फेरि लोकतन्त्र गुमाएमा क्रान्तिमा सहादत प्रन्ध्र हजार नेपालीको आत्माले शान्ति पाउने छैन र आगामी पुस्ताका लागि यो पुस्ता अभिशप्त हुनेछ । सबैलाई चेतना भया ।

Tara air-crash victims’ bodies airlifted to Capital

EKANTIPUR REPORT

KATHMANDU, DEC 16 -

The bodies of all 22 people—19 Bhutanese passengers and three crewmembers—killed in the Tara Air airplane crash have been airlifted to the Capital on Thursday.

It has been learnt that the bodies—15 in whole and rest fragmented—were airlifted from the crash site to the Tribhuvan International Airport (TIA) today.

The remains of the Twin Otter aircraft, which went missing on Wednesday, were recovered at Sri Chaur VDC of Okhaldhunga district on Thursday morning.

The aircraft that took off from the Lamidada Airport in Khotang met with the accident after it collided at the Palunge Hill in the district killing all people aboard.

Wednesday, December 15, 2010

दलहरू : लोकतन्त्रका वाहक कि बाधक ?


प्रा. कृष्ण हाछेथु
- आ ज पुस १ गते । ६० वर्षअघि आजकै दिनमा लोकतन्त्र खोसिएको थियो । सात सालको सशस्त्र क्रान्तिबाट स्थापित लोकतन्त्रको आयु यति छोटो हुन्छ भनेर प्रारम्भमा कसैले पनि सोचेको थिएन होला । २०४६ सालको जनआन्दोलनको पृष्ठभूमिमा अपनाएको संवैधानिक राजतन्त्र पहिलेको संसदीय व्यवस्था पनि पन्ध्र वर्षभन्दा बढी टिकेन । २०६२/६३ को दोस्रो जनआन्दोलनबाट फर्काएको लोकतन्त्र पनि खतरामुक्त देखिँदैन । आखिर किन नेपालमा लोकतन्त्र स्थिर हुन सकेन ?भनिन्छ, लोकतन्त्रको जग मबजुत नभएकै कारणले २०१७ सालमा राजा महेन्द्रले अधिनायकवादी पञ्चायती व्यवस्था ल्याउन सफल भए । त्यो बेलाको सामाजिक-आर्थिक सम्बन्ध सामन्तवादमा आधारित थियो । मुलुकको साक्षरतादर पाँच प्रतिशतभन्दा कम थियो । तसर्थ मध्यमवर्ग नगण्य मात्र थियो । राजनीतिक रूपमा प्रतिगामी शक्ति बलियो थियो । शीतयुद्धकालीन अन्तर्राष्ट्रिय वातावरण पनि लोकतन्त्रका लागि अनुकूल थिएन । आआफ्नो सामरिक स्वार्थका लागि शक्तिराष्ट्रहरूले अधिनायकवादी शासकहरूलाई पोस्ने गरेकाले तेस्रो विश्वका धेरै देशहरूमा लोकतन्त्रको अवसान भयो । नेपाल पनि त्यसको अपवाद रहेन । राजा महेन्द्रको निरंकुश शासक बन्ने महत्त्वाकांक्षा त छँदै थियो ।जुन कारणले सात सालमा उदय भएको लोकतन्त्रको अन्त्य भयो त्यसले २०४६ सालपछि स्थापित संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्रको अवसानलाई पुष्टि गर्दैन किनभने सन् नब्बेको दशक र त्यसपछिको परिस्थिति फरक थियो । साक्षारता वृद्धिसँगै मुलुकमा मध्यमवर्गको जमात उल्लेख्य मात्रामा उपस्थित थियो । नयाँ मुलुकी ऐन र भूमिसुधारले सामन्तवादलाई क्रमशः कमजोर पार्दै लगेको थियो । सात सालयता त्यसमा पनि खास गरेर २०४६ सालपछि शिक्षा, सञ्चार र यातायातका क्षेत्रमा आएको क्रान्तिका कारण सामन्ती सोच, मूल्य र मान्यतालाई उदारवादी विचारले द्रुत गतिमा प्रतिस्थापन गर्‍यो । अन्तर्राष्ट्रिय परिस्थिति पनि लोकतन्त्रका लागि अनुकूल रहेको कुरा राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिँदा अन्तर्राष्ट्रिय समुदायले गरेको विरोध र असहयोगले पुष्टि गर्छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुँदाहुँदै पनि किन २०४६ पछि स्थापित लोकतन्त्र टिक्न सकेन त ? २०४८ सालको निर्वाचनमा प्रतिनिधिसभाको कुल २०५ सिटमा मात्र ९ सिट जितेको संयुक्त जनमोर्चाको एक घटक नेकपा माओवादी थोरै समयावधिमा कसरी सबभन्दा ठूलो शक्तिका रूपमा उदय भयो ? राजा ज्ञानेन्द्रलाई महेन्द्रको अवतारका रूपमा अगाडि बढ्न राजनीतिक वातावरण कसले बनाए ?तसर्थ पुस १ र माघ १९ लाई कालो दिन भनी सम्झना गरेर मात्र पुग्दैन इतिहासको कालखण्डमा यस्ता काला दिन किन आए भनेर समीक्षा पनि गर्न आवश्यक छ । नेपालका राजनीतिक दलहरू लोकतन्त्रका जननी मात्र होइनन् त्यसको अवसानका कारक पनि भएका छन् । एकपटक सन् पचासको दशकतिर र्फकेर हेरौं । व्यक्तिगत सत्ता र दलगत स्वार्थका लागि जिउँदो सहिद मानिएका टंकप्रसाद आचार्यले राजा महेन्द्रको निरंकुश शासक बन्ने महत्त्वाकांक्षालाई सघाएकै थिए । सात सालको सशस्त्र क्रान्तिका सर्वाेच्च कमान्डर मातृकाप्रसाद कोइराला र उक्त क्रान्ति अधुरो भयो भनेर विद्रोह गर्ने केआई सिंह पनि राजाका मतियार भएकै थिए । सत्तामा पुग्न आतुर बीपी कोइरालाद्वारा संविधानसभाको मागलाई त्यागिएकै थियो ।अब २०४६ मा पुनस्र्थापित लोकतन्त्र कसरी कुरूप हुन पुग्यो भनेर हेरौँ । त्यसपछि बनेका कुनै पनि सरकार पूरा अवधि टिकेनन् । सत्तारूढ दलको आन्तरिक झगडाकै कारणले सरकारहरू ढले । आन्तरिक किचलोका कारण प्रमुख दलका रूपमा स्थापित कांग्रेस र एमाले फुट्यो । संसद्मा पूर्वपञ्चहरूको दलको हैसियत साना दलका रूपमा भए पनि पञ्चायतका खम्बाहरूलाई लोकतन्त्रमा पटकपटक प्रधानमन्त्री बनाउने काम ठूला दलहरूबाटै भए । एकातर्फ संवैधानिक राजतन्त्रको सुगारटाइ र अर्कोतर्फ आफ्नो स्वार्थ अनुकूल राजालाई राजनीतिमा सक्रिय बनाउन प्रोत्साहन गर्ने परिपाटीका कारण ज्ञानेन्द्रहरू नजन्मे को जन्मन्छ ? सत्ता र शक्तिको खेलमा सांसदहरूको खरिदबिक्रीसमेत गरियो । लोकतन्त्रलाई नेतृत्वको व्यक्तिगत र दलगत स्वार्थको औजारका रूपमा प्रयोग गरेपछि मूलधारका राजनीतिक दलबाट जनता क्रमशः टाढिँदै जानु र विद्रोही शक्तिप्रति आकर्षण बढ्नु स्वाभाविक नै हो । हिजोका प्रमुख शक्ति कांग्रेस र एमालेको संविधानसभा निर्वाचनमा आएर कस्तो हैसियत बन्यो, त्यो त जागजाहेरै छ । सशस्त्र विद्रोही नेकपा माओवादी एकाएक किन सबभन्दा ठूलो दल बन्न पुग्यो भन्ने कुरा बुझ्न आवश्यक छ ।यहाँ इतिहासलाई यसकारण खोतलिएको हो कि राजनीतिक दलहरूले विगतबाट पाठ सिकून् तर यसो भइरहेको देखिँदैन किनभने दल र तिनका नेताहरूको प्राथमिकता संविधान बनाउनेमा भन्दा सत्ता प्राप्तिमा देखियो । थपिएको समयावधिभित्र संविधानसभाले नयाँ संविधान घोषणा गर्न सकेन भने दोस्रो जनआन्दोलनबाट पुनस्र्थापित लोकतन्त्रले निरन्तरता पाउनेछ भनेर ढुक्क हुन सक्ने देखिँदैन । हुन त राजतन्त्र र्फकने आधार नै छैन । सेनाले 'कु' गर्ने सम्भावना पनि छैन किनकि राजतन्त्रको अवसानपछि त्यसलाई राजनीतिक 'ब्याकिङ' छैन तर अहिलेको राजनीतिक गतिरोधले गर्दा हरेक दिनजसो राष्ट्रपतिले राजनीतिक दल र नेताहरूलाई चेतावनी दिँदै आएका छन् । भोलि यसले कस्तो राजनीतिक आकार ग्रहण गर्ला यदि सरकार बनेन भने, सेना समायोजन भएन भने र तोकिएको समयमा संविधान आएन भने परिस्थिति भद्रगोल हुन गए सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने विकल्पलाई माओवादीले खुला राखेकै छ । स्थिति बिग्रँदै गए पनि सहरी विद्रोह भएन भने राष्ट्रपतिको राजनीतिक पृष्ठभूमिले गर्दा लोकतन्त्रको खिलापमा हुने षड्यन्त्रको गोटी बन्न चाहेनन् भने या अरू कुनै शक्तिले सत्ता लिने दुष्प्रयास गरेनन् भने पनि लोकतन्त्रलाई भीडतन्त्रले प्रतिस्थापन गर्नेछ किनभने तोकिएको समयमा संविधान बनेन भने अहिलेको मूलधारका राजनीतिक दलहरू -माओवादी, कांग्रेस, एमाले, मधेसवादी) को वैधानिकतामा प्रश्न खडा हुन्छ ।अर्थात् त्यतिबेला राजनीतिक स्थिति मूलधारका राजनीतिक दलहरूको नियन्त्रणमा हुँदैन । त्यसो भए के हुन्छ ? शान्ति सुरक्षाको अवस्था सरकारको काबुभन्दा बाहिर हुन्छ । राजनीतिमा जातिवाद र क्षेत्रवाद अधिक हावी हुन्छ । अनियन्त्रित र असन्तुलित जातीय/क्षेत्रीय राजनीतिले लोकतन्त्र र राष्ट्रियतालाई अझ कमजोर बनाउँछ । दोस्रो जनआन्दोलनबाट प्राप्त समावेशी लोकतन्त्रअनुरूपको राज्य पुनर्संरचना गर्ने म्यान्डेटमा धक्का लाग्छ अर्थात् धर्मनिरपेक्षता, संघीयता, बहुभाषा नीति, समावेशी निर्वाचनजस्ता विषयको अवमूल्यन हुनेछ । एउटै वाक्यमा भन्ने हो भने अहिलेको राजनीतिक गतिरोधले निरन्तरता पायो भने भोलिको परिस्थिति भयावह हुनेछ ।तसर्थ परिस्थितिलाई समयमै सम्हाल्नु आवश्यक छ । यसका लागि सेना समायोजनमा माओवादी शब्दमा होइन व्यवहारमा उदार र लचकदार हुनुपर्छ । यसले राष्ट्रिय सरकार गठनको ढोका खोल्छ । राष्ट्रिय सरकारको गठन गर्दा गैरमाओवादी दलहरूले संविधानसभाको निर्वाचनको म्यान्डेटलाई स्विकार्नुपर्छ अर्थात् नेकपा माओवादीले नेतृत्व गरेको सर्वदलीय राष्ट्रिय सरकार बन्न गए संविधानसभाले तोकिएकै समयमा नयाँ संविधान बनाउने राजनीतिक वातावरण तयार हुनेछ । यसो हुनसके राजनीतिक दलहरू लोकतन्त्रका बाधकको कलंकबाट मुक्त हुनेछन् ।


बरिष्ठ साहित्यकार गोठाले प्रति साहित्य महासंघद्धारा श्रद्धान्जली ब्यक्त

१३ डिसेम्बर २०१०, नेपाली साहित्य आकासका उज्वल नक्षत्र नेपाली साहित्यका अभिभावक लाखौ पाठकका ढुकढुकि बरिष्ठ साहित्यकार गोविन्द बहादुर मल्ल “गोठाले” को आज १३ डिसेम्बर २०१० का दिन वहाको ८९ बर्षको उमेरमा निधन भएको समाचारले विश्व नेपाली साहित्य महासङ्घ स्तब्ध भएको कुरा महासङ्घको केन्द्रिय अध्यक्ष डा. मधु श्रेष्ठ र महासचिव विश्वासदिप तिगेला द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा स्व। गोठालेको चिर आत्माले शान्ति पाओस साथै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भनी महासङ्घ भगवान संग प्रार्थना गर्दछ भनिएको छ ।

स्व. गोठालेद्धारा वि. स. २०१६ सालमा लेखिएको पल्लोघरको झ्यालले अत्यधिक लोकप्रियता पाएको थियो भने गाठालेका कथा संग्रह, प्रेम र मृत्यू, कथैकथा कथा संग्रह, भुसको आगो, भोको घर, च्यातिएको पर्दा तथा दोष कसको छैन नाटक लगायतका धेरै कृतिहरु छन् र विभिन्न तहको पाठ्यक्रममा पनि वहाको कृतिहरु समाविष्ट छन् ।

वि. सं. १९७९ असार २९ मा काठमाडौ ओमबहालमा जन्मिएका गोठालेका दुइ छोरा चार छोरी मध्ये एक छोराको निधन भएको छ र वहाको श्रीमतिको गतबर्ष निधन भएको थियो । स्व. गोठाले साहित्यकार स्व. विजय मल्लका दाजु हुनुहन्थ्यो र वहाले गोरखा दक्षिण बाहू, त्रिभुवन प्रज्ञा पुरस्कार, भवानी साहित्य पत्रकारिता पुरस्कार, जगदम्बा श्री पुरस्कार लगायत धेरै सम्मानहरु प्राप्त गर्नु भएको थियो ।

नाटक, कथा र उपन्यास तीनै विधामा पहिलो आधुनिक प्रयोक्ता गोठालेले साहित्यिक पत्रिका शारदा को सम्पादन समेत गर्नु भएको थियो । कवि सिद्धिचरण श्रेष्ठ गोपाल प्रसाद रिमाल लक्ष्मीप्रसाद देवकोटा लगायत संग उठ्बस गर्न भ्याएका गोठाले मृत्यू पर्यन्त पनि युगौयुग बाँचिरहनु हुनेछ । वहाको चिर आत्माले शान्ति पाओस पुनः हार्दिक श्रद्धासुमन टक्र्याउन चाहन्छौ भनी महासङ्घले प्रेस विज्ञप्ति जारी गरेको छ ।

कथा/लोककथा / यौनकथा - विवशताको क्यानभासमा ...

-(शर्मिला खड्का, दाहाल) - [2010-05-27]
कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु ।


उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकारमा विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य भएर अटाएकी सुकन्या उर्फ निलिमाको फोटोलाई उतार्ने कोशिश गरिरहेछु । मैले चार वर्षअघि भिडन्तमा मारिएकी सुकन्याको कथा र्सार्वजनिक गरेकी थिएँ । त्यो कथामा जीवन्तता भएर नै जीवन्त भएर बाँचेको थियो पाठकको हृदयमा । सुकन्याको सम्झनामा मैले आफ्ना कैयौँ दिन र रातलाई बगाइ रहेँ झरनाको पानी बगेझैँ । तर एकदिन अचानक बग्दै गरेको झरनाको पानी स्थिर भयो । मेरो स्मृति ब्युँझियो । जसरी शमशानघाटबाट मरेको मान्छे ब्युँझन्छ । साँच्चै सुकन्याको त्यो सुन्दर भौतिक शरीर मेरोअगाडि थियो । यो सपना हो कि विपना मैले छुट्टाउन सकिनँ । उही हेराइ , उही स्वर उही बोलाई सुकन्याको प्रतिरुप थिई ऊ । समयले उही भिडन्त, भिडन्तअघि सुकन्यासँग भएको भेटमा लगेर पछार्‍यो मलाई । म रन्थनिएँ । नेपालकी गाउँकी सुकन्या, भिडन्तमा परेर मरेको आफ्नै आँखाको दृश्यले मेरो आँखा बिझायो । मैले आँखा मजाले मिचेँ तर दृश्य बदलिएन ।

साँच्चै अहिले सुकन्या मेरोअगाडि छे ।

म उसँग केही वार्तालाप गर्दै छु ।

"तिम्रो नाउ ˜ -'

"मेरिना । "

"घर कहाँ -'

'नेपाल माडीगाउँ ।"

"यहाँ कसरी आइपुग्यौ -"

बैकंकको एउटा बीस दिने वर्कशपमा छु अहिले म । भिडन्तपछि दुर्इवर्ष सम्म वेडरेस्ट गरेपछि मैले मन्त्रालय परिवर्तन गरेँ । गृहबाट पर्यटन मन्त्रालय सरुवाभएपछि मैले यो दक्षिण एसियाली क्षेत्रीयस्तरको अफिस मेनेजमेन्ट ट्रेनिङ्कमा भागलिने मौका पाएको थिएँ । भत्तापनि राम्रो आउने यो टे्रनिङ्क मलार्इृ भिडन्तमा परेर मानसिक र शारिरीक पीडा भोग्न परेवापत दिइएको उपहारस्वरुप थियो । बीस दिने टेनिङ्गको पिरियडमा होमसिक नहोस् र पढाइको स्ट्रेस नपरोस् भनेर सहभागीहरूलाई यसरी सहयोगी भनौँ वा केटी साथी मिलाइदिने चलन रहेछ । साथी मिलाउने क्रममा अरूले विदेशका केटी रोजे । धेरैले थाई र मलेसियन केटी रोजे तर मलाई किन हो नेपालकै केटी रोज्न मन लाग्यो । नेपालको केटी कम पाइने र मँहगो भए पनि कन्ट्रयाक्टरले मलाई नेपाली केटी नै मिलाई दिएको थियो । नेपाली केटीको जस्तो आत्मीयता, त्यो भावना, त्यो संवेदना विदेशी केटीहरूमा कहाँ हुन्छ र - यो कुरा त विदेशीहरूले पनि अनुभव गरेर भन्न थालिसके ।

ऊ अथार्त मेरिना अहिले मेरो छेउमा छे ।

"मेरो काका यही होटलमा काम गर्नुहुन्छ । "

"तिमीलाई यस्तो काम गर्न लाज वा धिन लाग्दैन ।"

"यो पेशामा लाज वा घिन भन्ने हुँदैन । लिने र दिने मात्र हुन्छ ।"

ऊ अलिकति बोल्ड र स्ट्रङ्ग भएर भन्छे ।

ऊ फेरि भन्छे "लाज र घिन नारीलाई मात्र हुने पुरुषलाई चाहिँ किन नहुने वाट अ नानसेन्स " उ अझ बोल्ड देखिन्छे ।

म अचम्ममा पर्छु यस्तो कुरा त सुकन्या मात्र गर्न सक्छे । अरू सामान्य केटी यसरी स्टङ्ग भएर बोल्न सक्दैनन । फेरि यस्तो पेशामा लागेको केटीहरू ग्राहकलाई रिझाउन यस्तो संवाद त पटक्कै गर्दैनन् । पक्कै यो सुकन्या नै हुनुपर्छ । तर ऊ त भिडन्तमा मरेको मेरै आँखाले देखेको कसरी सम्भव छ - म अलिक धकाउँछु आफूलाई मूल्याकंन गर्न थाल्छु । वास्तवमा उसलाई मैले बोलाउनु नै मेरो स्तर ऊ बराबर हुनु हो । उसले पाएको विशेषण मैले पनि पाउनु हो । अथवा म पनि ऊ जस्तै पतित हुनु हो । तर हामी पुरुषहरू सधै पवित्र नै हुन्छौ सायद हाम्रो वंशले त्यो पवित्रता लाहा छाप लगाएर समाजबाट प्राप्त गरको छ । म केही बेर घोरिन्छु । अब म ऊसँग संवाद गर्दिन किनभने उसका प्रत्येक वाक्य धारिला छन् । मुटु छेड्नगरी ।

हामी एउटा होटलको बन्दकोठा भित्र सोफामा आमनेसामने भएर बसेका छौँ । ऊ फेरि बोल्दिन । सायद मैले फेश गर्न जानिरहेको छैन क्यारे । यस्तो केटीहरूसँगको यो मेरो पहिलो अनुभव हो । दोस्रो , तेस्रो भएको भए म निकै परिपक्व भइसक्थे हुलाँ । सायद उसँग यस्तो गफ गर्न हुँदैनथ्यो की - यस्तोबेला सायद व्यक्तिगत र पारिवारिक गफ गर्न हुँदैन क्यार । मैले बेकारमा नेपाली केटी रोजेछु । विदेशी भए यी समस्याले मलाई पिरोल्ने नै थिएन । उसले मलाई भरपुर मनोरञ्जन भनौँ आनन्द दिन्थी । मैले पनि आघुनिकता अँगाल्न परम्परागत मानसिकता कहाँ फ्याक्न सकेको छु र - जे होश यो केटी पक्कै सुकन्या नै हुनुपर्दछ । उसले मलाई चिनिसकी । तर नचिनेझैँ गर्दै छे । त्यसैले ऊ मसँग खुल्न सकेकी छैन । उसलाई मैले सुकन्या हुँ भनाउनै पर्छ । म के गरौँ - म मस्तिष्कमा विभिन्न र्फमूला उब्जाउदै ब्रेन स्ट्रोमिङ्ग गर्न थाल्दछु । उसलाई सुक्न्या हुँ भनेर मनाउन विगतको उही भिडन्तमा पुर्‍याउँछु । म नम्र भएर भन्छु ।

"मेरिना तिमीलाई थाहा छ म को हु "

"थाहा छैन । मैले कसरी चिन्नु - हाम्रो पेशामा यो सब हुँदैन - तपाईँ नयामान्छे पर्नु भा जस्तो लाग्छ -" ऊ निकै सामान्य भइसक्छे ।

"यु आर राइट मेरिना , म नयाँ मान्छे नै हुँ । अनुभव विनाको फ्रेश तिमीलाई अलिकति दुख हुने भयो । यसको लागि क्षमा चाहन्छु । वास्तवमा मैले तिमीलाई यहाँ मेरो मनको भावना र अनुभव सुनाउन मात्र बोलाएको हुँ । मलाई समय विताउन र मनको भावना पोख्ने साथी मात्र चाहिएकेा हो । त्यसैले मैले नेपाली केटी रोजेको हुँ । सबै यौनकर्मीलाई कामुक नजरले नै हुर्नुपर्छ भन्ने म मान्दिनँ । तिमीलाई म मेरो जीवनको अति अप्रिय घटना सुनाउन चाहन्छु । सुन्छौ हैन -" म उसको मनोविज्ञान पढ्दै आफूतिर आर्कषित गर्ने प्रयास गर्छु ।

"सुन्छु , भन्नुभए हुन्छ ।" ऊ अलिक आत्मीय स्वरमा भन्छे ।

"ओके हामी यस्तै गफ गरेर यो साँझ यो रात रमाइलोगरी बिताऔँ है -"

"सुन म नेपालको पश्चिम जिल्लामा सिडिओ भएर जाँदाको घटना हो । त्यो बेला माओवादी सशस्त्रयुद्धमा थिए । माओवादी र सरकारीपक्षबीच ठूलठूला भिडन्त भइरहन्थे । एकपल्ट म बसेको जिल्लामा ठूलो भिडन्त भयो । म मुश्किलले बाँचे । मलाई बचाउने एकजना छापामार केटी थिइन् । तिनको नाम सुकन्या हो । यो जीवन उसैको ऋणी भएर बाँचेको छ । उसले मलाई त्यो समय नबचाएको भए यो धर्तीमा मेरो अस्तित्व धेरैअगाडि मेटिसक्थ्यो । उसको सम्झना मेरो स्मृतिपटलमा प्रत्येक पल जागै भएर रहीरहेको छ । उसले आफ्नो जीवनलाई मृत्युको हातमा सुम्पेर मलाई बचाई । ऊ अब यस संसारमा छैन । ऊ बाँचेकी भए म उसको लागि केही गर्ने थिएँ । मृत्युको मुखबाट बचाउनेलाई बाँच्नेले आफ्नो सम्पुर्ण कुरा दिए पनि त्यो थोरै हुन्छ । त्यसैले उसको त्यो भिडन्तमा मृत्यु भएपछि म विक्षप्त बनेँ । कैयौँ दिनसम्म उसको बलिदानले थिचिएको मेरो यो जीवन आफैलाई थामिनसक्नु बोझिलो भयो । सायद ऊ बाँचेकी भएँ ।" म सुक्कसुक्क गरेर रुन थालेँ ।

वास्तवमा नेपाली केटी नेपाली नै हुँदा रहेछन् । जहाँ बसे पनि पनि उही आत्मा, उही भावना उही संवेदना । उसको अनुहारमा धेरै परिवर्तन आइसकेको थियो । म मिशनमा सफल हुँदै थिएँ ।

म फेरि भन्न थालेँ "मेरिना मैले उसको कथा लेखेर पनि र्सार्वजनिक गरिसकेको थिएँ । त्यो कथा धेरैले मन पराएका पनि थिए । वास्तवमा सिद्धान्त, धार, विचारभन्दा ठूलो मानवीयता रहेछ । मानवीयताभन्दा ठूलो कुरा यस संसारमा अरू केही रहेनछ । यो युद्ध त हजारौँ वर्षेखि हुँदै आएको हो । हुँदै गर्छ । तर हाम मानव दुर्इदिनको जीवन यस्तै पीडामा बाँच्न बाध्य छौँ । सुकन्यालाई देशमा लोकतन्त्र आएको हेर्ने कत्रो इच्छा थियो । उनले आफ्नो अमूल्य जीवन होमिदिइ क्रान्तिको आगोमा तर क्रान्तिले उसलाई के दियो - मृत्युवाहेक केही दिएन । उसलाई सहिद घोषणा गर्न पनि सकेन । आज सुकन्या बाँचेकी भए उनी कति खुसी हुन्थिन् होला । आज उनको पार्टी सरकार छ । ऊ ठूलो पोष्टमा हुन्थी वा सांसद हुन्थी होला ।"

मैले यति भनिसक्दा नसक्दा सुकन्याकेा मुहारमा ठूलो परिवर्तन आइसकेको थियो ।

उनी रुलारुलाझैँ गरी भन्न थालिन्

"सर तपाईँले मलाई यति धेरै भूमिका बाँधेर भन्नै पर्दैन । तिमी सुकन्या होइनौ भन्दा भइहल्थ्यो नि । म त्यही अभागी सुकन्या हुँ.. सर । भाग्यले ठगिएकी , कर्मले पछारिएकी ।"

"सुकन्या.. तिमीलाई मैले सुरुमा सोध्दा होइन भन्न सक्थ्यौ । तिमीभित्रको संवेदनालाई जीवित बनाउन म यो सब भनिरहेछु । मैले पहिलो पल्ट देख्दा नै तिमी सुकन्या हौ कि भन्ने अन्दाज गरेको थिएँ । तर पुर्ण विश्वास गर्न सकेको थिइनँ । अनि तिमी यहाँ - यो पेशामा - कसरी आइपुग्यौ - तिम्रो मृत्यु भयो भनेर तिम्री आमाले काजक्रिया पनि गरिसकिन् रे !""

"हो सर सबैले मलाई मरेको नै ठान्छन् । त्यो भिडन्तमा तपाईँलाई मैले छोडेर हिँडेपछि बाटामा सेनासँग मेरो मुडभेड भयो । गोली लागेर म ढलेछु । मरे भनेर छोडेर हिँडेछन् । पछि चिनेका गाउँलेले देखेर अस्पताल ल्याइपुर्‍याएछन् । म निकै सिरियस थिएँ रे । मेरो ढुकढुकी मात्र थियो रे । तर इश्वरको लीला भनौँ त्यही अस्पतालमा मलाई र मेरी आमालाई राम्ररी चिन्ने डाक्टर थिए । उनको श्रीमती सुत्केरी हुँदा मेरी आमाले धेरै सहयोग गरेको हुँदा उनी हामीलाई विशेष सहानुभूति राख्दथे । मेरो हालत देखेर उनलाई धेरै दया लागेछ । घाइते लिन काठमाडौँबाट हेलिकप्टर आएको बेला सुकन्या भनेर अर्कै केटीको शव बनाएर मलाई चाहिँ अर्कै नाम राखेर काठमाडौँ पठाइदिएछन् । त्यो भिडन्त त्यो कोलाहलमा कसैले वास्ता गरेनछन् । कपडाहरू सबै बदलेपछि मलाई खासै कसैले चिन्नसकेन । काठमाडौँमा पनि उही डाक्टरले सबै बन्दोबस्त गरिदिएछन् । यसरी म त्यो भिडन्तमा मरेकी थिइनँ सर ।"

"ओहो सुकन्या तिमी जीवितै हौला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ । अहिले पनि तिम्रो मुखबाट सुन्दा पनि विश्वास गर्न गारो भइरहेछ । तिमीले मसँग सर्म्पर्क राख्न सक्थ्यौ नि !"

"त्यसपछि निको भएपछि कहाँ जाने - के गर्ने भन्ने भयो । म यसरी बाँचेपछि पार्टी मलाई पुरै शंका गर्न सक्थ्यो । सजायस्वरुप सफाया गर्न सक्थ्यो अथवा श्रमशिविरमा कठोर याताना दिन सक्थ्यो । त्यसैले पार्टी म गइनँ । बाँच्नका लागि सङ्धर्षगर्नु थियो त्यो पनि भूमिगत भएर । कतै पार्टी मान्छेले चिनिहाल्छ कि भन्ने ठूलो त्रास हुन्थ्यो । भूमिगत हुने कामको खोजीमा म लागेँ । भूमिगत हुने क्रममा यौनक्रर्मी हुन सजिलो भयो । त्यसै पनि लुकेर गर्नुपर्ने यो काम मलाई सजिलो भयो । ठूलठूला होटलमा आउने विदेशीहरूसँगको उठबस गर्दा पैसा पनि प्रशस्त हुन्थ्यो र ज्यानको पनि सुरक्षा हुन्थ्यो ।"

"तिमी त्यत्रो क्रान्तिकारी भएर लागेकी मान्छे यस्तो स्वाभिमानमा बाँचेकी मान्छे कसरी आफ्नो शरीर , आत्मा अरूलाईै सुम्पन राजी भयौ त सुकन्या.. -"

"यो सब बाध्यता रहेछ । मान्छेलाई परिस्थितिले नराम्ररी दास बनाउदो रहेछ । मेरा ती क्रान्तिकारी भावना, आत्माविश्वास सबै बालुवामा पानी हालेझँ भए। तर त्यो भावनाले ममा एउटा आत्मविश्वास चाहिँ पलाएको थियो । त्यो के भने म शरीर बेचे पनि सस्तो किसिमको पेशेवर भइन् भनौ पार्कहरूमा ग्राहक रुगेर बस्ते भालु भइनँ । एउटा स्मार्ट र उच्चतहको व्यक्तिहरूसँग उठबस गर्ने महगी पेशेवेर । यह गर्वमा रमाएर बाँच्न थाल्दा मलाई सजिलो पनि भयो । तर यो पेशाले पनि मलाई धेरै दिन टिक्न दिएन । मेरो जीवनमा अरू केही नै हुन लेखेको रहेछ ।"

अब ऊ मलाई सर भन्न छोडेकी थिई । उसले लामो आङ्क तानेर बस्ने पोजिशनमा परिवर्तन गरी ।

"भन्दै जाऊ सुकन्या.. अलिकति स्न्याक्स र हिस्की पनि लिउ है ।"

"ओ. के !"

म वेटरलाई डाक्न वेल बजाउँछु र उसलाई केही खानेकुरा अर्डर गर्दछु । कोठामा म र ऊ मात्रै छौ । ठूलो सिसावाल झ्यालबाट बैकंकका सडकमा गाडीहरू कमिलाका ताँतीझैँ कुदिरहेका देखिन्थे । सुकन्याको रुप र लावण्यले बैकंकमा आएपछि अझ मौलाउने अवसर पाएको देखिन्थ्यो । ऊ कुनै हिरोइन वा मोडेलझैँ लाग्दथी । ऊ उठेर झ्यालतिर गई । टाइट जिन्सको पेन्टमा सिल्पलेस भेष्टले उसको हस्टपुस्ट पाखुरा र आधा नाङ्को देखिने शरीरले तिर्खालु आँखालाई लोभ्याएझै लाग्दथ्यो । उसको पछाडि ढाडको माथिल्लो भागमा पुलतीको टाटु खोपेको प्रस्ट देखिन्थ्यो । कुमबाट तल लत्रेको कपाल कुनै स्वाभिमानी भई उभिएको पहाडलाई छोपुलाझैँ गर्ने बादल जस्तो लाग्दथ्यो । मैले उसको चालढाल नियालेर हेरेँ । अलिकति बैशालु आँखाले अलिकति जिज्ञासु आँखाले । त्यसलाई शब्दमा परिणत गरे - "सुकन्या तिमीले आफ्नो रूपरङ्कलाई अझ लावण्य बनाएछौ नि !"

उसले झ्यालबाहिरको आँखालाई मतिर केन्द्रित पार्दै भनी - "हो मैले आफ्नो रूपरङ्ग स्याहार्ने मौका पाएको छु । मेरो अरू काम नै के हुन्थ्यो र - छापमार हुँदा केही गर्न पाइदैनथ्यो । सिद्धान्तले बाँधिएपछि इच्छा भए पनि मरेर जाँदो रहेछ । तर ग्लैमर्स दुनियाँमा यो नै सबैभन्दा महत्वपुर्ण हुँदोरहेछ । कस्को छाती कति, कस्को कम्मर कति, कस्को थाइ कति भनेर भनिदो रहेछ । मैले यहाँ आएर मोडलिङ्गको टेनिङ्गपनि लिएको छु । त्यसैले मेरो हिडाइ, बोलाई अरूको भन्दा केही फरक हुन्छ । फेरि यही को केही बिज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । बैकंक बसाइ खर्च मामुली छैन । फेरि यहीको केही विज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । अपार्टमेन्टको खर्च, आफ्नो व्यत्तिगत खर्च फेरि माथिल्लोस्तरको व्यक्तिसँगको उठबस, डिस्कोथक धाउनु सामान्य छैन । तर पनि अहिलेसम्म म्यानेज गरिरहेछु ।"

हिवस्की र स्न्याक्स टेबलमा आइसकेको थियो । सुकन्याको रूप र व्यवहार पहिलाभन्दा धेरै फरक थियो । गाउँकी सुकन्या, छापामार सुकन्या र अहिलेको सुकन्या, सुकन्याका तीनवटै रुप मेरो आँखाको पर्दामा नाच्न थाले चलचित्र भएर । उसको यो रूप र चालढाल देखेर म कुनै स्वप्नलोकमा छु झैँ लाग्दथ्यो । म यही स्वप्नलोकमा बाँच्न चाहन्थे । किनभने आज पुर्णरूपले सुकन्या मेरी थिई । यहा सामाजिक बन्धन, राजनीति घेराबन्दी, आक्रमण मोर्चा केही थिएन । ऊ मात्र मेरी थिई । ऊ र म बीच आफ्ना विगतका घटना, अनुभूति र भावनाहरू थिए । जुनकुरा हामीबीचमा ओहोरदोहोर गर्दथे र आत्मीयताका बलियो सूत्र तयार हुँदै थियो ।

हामी हिवस्की चियर्स गरेर स्न्याक्ससँग खान थाल्यौँ ।

"त्यसपछि के भयो सुकन्या -" लामो मौनतापछि मैले जिज्ञासा उघारेँ ।

ऊ भन्न थाली - "काठमाडौँमा बाँच्न र यो पेशामा लाग्न मलाई सुरुमा धेरै गारो भयो । कति धोका खाएँ । कति हण्डर खाएँ । दिनभरि भूमिगत भएर कोठामा टेलिभिजन हेरेर बस्नुपर्ने र रातपरेपछि सिँगारिएर हिँड्नु पर्ने । निसंकोच पुरुषको अगाडि नागिनुपर्ने । आफ्नो अस्मिता बेचेर बाँच्नुपर्ने बनावटी हाँसोमा शरीरमात्र होइन आत्मापनि सुम्पनुपर्ने । धेरै किसिमका मानिसहरूसँग फेश गर्नुपर्ने । विशेषगरी भारतीयहरू हुन्थे मेरा ग्राहक । तर ती फाइवस्टार र थ्री स्टार मा बस्ने धनाढ्य हुन्थे । त्यसैले मैले पैसाको लागि धेरै बिक्नुपर्दैनथ्यो । म आफ्नो रेट आफै तोक्थे । फेरि कतिपय त रूप.. यौवन... र सन्तुष्टि दिएवापत बेग्लै टिप्स दिने गर्दथे । तर सर मेरो जीवनले अर्कै मोड लिन चाहेको रहेछ.. ।"

"सुकन्या केहीबेर रोकिई । उसले कहिले भन्न सुरु गर्छेभन्ने प्रतिक्षामा थिएँ म । मेरो प्रतिक्षालाई अझ ब्यग्र बनाउँदै उसले कुरा अन्तै मोडिई ।

"मे आइ हेव स्मोक -"

"अफ कोर्स !"

त्यसपछि ऊ ब्यागबाट चुरोट झिकेर लाइटरले सल्काई । धुवाँको मुस्लाले उसको अनुहारलाई चुनौति दिँदै उडेझैँ लाग्दथ्यो । उक्त धुवाँको मुस्लोमा मैले गाउँको अबोध सुकन्याको छाया देखेँ । म उसको बाँकी जीवनको कथा सुन्न व्याकुल थिएँ । चुरोटको सर्को मजाले आठदश चोटि लिइसकेपछि ऊ भन्न थाली

"एक दिन अचानक मेरो भेट छापामार बादलसँग भयो । उसले मलाई चिन्यो । ऊ क्यानटोनमेन्टबाट विद्रोह गरेर भागेर काठमाडौ आएको रहेछ । उसले क्यान्टोनमेन्टमा आफूलाई भनेजस्तो सुधिवा दिएर नराखेकोमा असन्तुष्ट थियो । पार्टीका ठूलठूलानेता मन्त्री भएका र सुख भोग गरेका तर छापामारको अवस्था दयनीय भएको भनी आक्रोश व्यक्त गर्दथ्यो । त्यसैले ऊ विद्रोह गर्न भनी क्यान्टोनमेन्टबाट भागेको रहेछ । उसले मलाई पैसा कमाउने एउटा नयाँ जुक्ति बतायेा । उसले सशस्त्र युद्धताका पार्टीले गरेको अनैतिक कार्य र नेता तथा समाजसेवीहरूको भण्डाफोर हुनेगरी पुस्तक निकाल्ने र त्यो पुस्तक बिक्रीबाट आएको रकमबाट भूमिगत भएर बाँच्ने प्रस्ताव राख्यो । उसको प्रस्ताव मलाई ठीकै लाग्यो किनभने सशस्त्रता युध्यताका पार्टीले धेरै अमानवीय कार्य गरेको छँदै थियो । मलाई पनि ठूलठूला समाजसेवीहरू र नेताहरुको गोप्य कुरा थाहा पाएकी थिएँ । त्यसैले हामीलाई लेख्न गारो थिएन । उसले त्यो पुस्तक आफै लेख्ने तर नामचाहि मेरो राख्ने प्रस्ताव राख्यो । मलाई उसको प्रस्ताव ठीकै लाग्यो । त्यसै पनि भूमिगत भएर बाँच्नुपर्ने जीवन । फेरि म विदेश जाने चक्करमा पनि थिएँ । साकार र मेरो सम्झौता भयो ।उसले पुस्तक छाप्यो । पुस्तक राम्रो बिक्री भयो । यसको बढी फाइदा उसले नै लियो । मलाई धम्कीहरू आउन थाले । मैले अझ भूमिगत भएर बस्नुपर्ने बाध्यता आयो । त्यसपछि नेपालमा बस्ने मेरो अवस्था नै रहेन । कुनै पनि दिन मेरो हत्या हुनसक्थ्यो । त्यसैले एउटा व्यापारीसँग मिलेर व्यापार गर्ने प्रयोजन मिलाएर बैकंक आइपुगेँ ।" ्

उसको विगतको कथाले मलाई एउटा बेग्लै संसारमा पुर्‍याएको थियो । साँच्चै स्वप्नलोक जस्तो । त्यसै पनि उसको जीवित अवस्थालाई मेरो मस्तिष्कले स्वीकार गरिसकेको नै थिएन । कुने फिल्म वा पुस्तकको रोमाञ्चकारी कथाजस्तो लागिरहेको थियो ।

यति भनिसके पछि उसले आफूलाई धेरै हल्का महसुस गरी । हिवस्कीको रमरममा म उसको कथालाई विश्वासमा परिणत गर्न प्रयास गरिरहन्छु । तर किन हो अर्समर्थ पाउँछु । म उसमा गाउँको उही सुकन्याको छवि देखिरहेको हुन्छु । यो अहिले मैले सुनेको कथा त कुनै फिल्मको हुनुपर्छ । मेरो आत्माले पटक्कै विश्वास गर्न मानिरहेको छैन । तर यो सुकन्याजस्ती केटी अनि यो गेटअप । सब भ्रम हुनुपर्छ । म भ्रममा बाँच्न चाहन्छु । सुकन्याप्रतिको मेरो भावुकता उर्लेर आउँछ । म उत्तेजित हुदै उसलाई ग्वार्लम्म अँगालो मार्छु उसका गालाहरुकमा चुम्वन गर्दै भन्छु

" सुकन्या तिमीले मलाई नयाँ जीवन दिएकी छौँ । त्यसको लागि भन म के गरु तिम्रो लागि म जे पनि गर्नसक्छु ।"

ऊ पनि भावुक हुँदै भन्छे "मेरो लागि केही गर्नुपदैन सर मलाई त्यो खुसी दिनसक्नु हुन्छ जुन मैले अहिलेसम्म पाएको छैन । अहिलेसम्म मैले यौनको त्यो सुख पाइनँ जसमा आत्मीयता हुन्छ, र्समर्पण हुन्छ अनि दरिलो विश्वास । पेशाको रूपमा लिइने यौनमा त्यो सुख मैले कहिले पाइनँ । आजको साँझ म तपाईसँग यही सेयर गर्न चाहन्छु सर ।"

सुकन्या अहिले मेरो काखमा लुटपुटिरहेकी छे ।

"तिमीलाई जीवित भेटेर मैले आज जीवनको नयाँ अनुभुति गरिरहेछु । मानिसको जीवन कति बाध्यात्मक रहेछ , हेर त्यो कीलामा ठोकिएको फ्रेमजस्तो । भित्तामा झुन्याएको प्रणयलीलामा मग्न युवकयुवतीको फोटो देखाउदै म उसलाई भन्छु

हेर हाम्रो जीवनले पनि त्यो फ्रेमभित्रको फोटोजस्तै अटाएर बस्नुपर्ने बाध्यता छ । अनि सानो भूकम्प वा हावाहुरीले त्यो फ्रेम झार्‍यो भने फ्रेम फुटेर चकनाचुर हुन्छ फोटोले उमुक्ति त पाउँछ तर उसको अस्तित्व मेटिसकेकोहुन्छ । हाम्रो जीवजजस्तै हैन !" उसको औँलाहरु खेलाउँदै भावुक हुँदै म भन्छु ।

मैले सुकन्यालाई उही गाउँको सुकन्या बनाएर फ्रेमभित्र स्केच गरेँ । उही सुकन्या जस्को सौर्न्दर्यमा मै हुँ भन्ने ब्रहाचारीहरू पनि पग्लन्थे । आज म उसको अगाडि पग्लिरहेको थिएँ ।

बिस्तारै फोटोको युवक ममा परिणत हुन्छ र युवती सुकन्यामा । मेरो हृदयदेखि नै भावुकता र कामुकता उर्लेर आएको महसुस गर्छु । म उसको नारीदेहको तातो र्स्पर्शमा मुग्ध हुदै भन्छु आइ नेभर फोरगेट यु सुकन्या ।
म अब आफूभित्र कुनै उर्जा इलेक्टिक रेलको रफ्तारमा दौडेको महसुस गर्छु दुवै हातले अगालोलाई अझ मजबुत बनाउदै लान्छु । सुकन्या मेरो प्रयासलाई भरमग्दुर सहयोग गर्छे म उनलाई दुवै हातले फूलको थुगाझै उठाएर वेडमा सुताउछु । म आफूलाई ऊ भित्र समाहित गर्दै लान्छु ।

केहीछिनपछि हामी बन्धनमुक्त हुन्छौ प्राकृतिक रुपमा । मेरा अग प्रत्येग उमगित हुदै उनका अग प्रत्यगसग समाहित हुन पुग्छन् । हाम्रा हातमा हात ओठमा ओठ र सरिरमा शरिर एक भएर अलौकिक आनन्द लिन तत्पर हुन्छन् । कतै मीठो संगितको मधुर धुन बजेको आभास हुन्छ । बिस्तारै आवेष्टित शरिरको र्स्पर्शसधर्षाट कुनै नौलो कलात्मक आनन्दको

सिर्जना भएको मैले महसुस गरेँ । । मेरा उत्तेजित यौन जनेन्दिय उनका गोप्य जनेन्दिय पछ्याउन थालेँ । यौनसुखको परम उत्कर्षमा थियौँ हामीहरु । सायद उनले यति आनन्दित यति तृप्त र यति उर्जावान आफूलाई कहित्यै पाएकी थिइनन् । उनी परम यौनसन्तुष्टिको आनन्दमा लीन थिइन् । यौन आनन्दको चरम शीखर आरोहण थियौ हामीहरु । सफल शिखर आरोहणपछि हामी शिथिल हुन पुग्छौ ।

आवेगात्मक रुपमा चलेको हुरी बतास केही समयको सधर्षपछि शान्त हुन्छ । म कुनै स्वप्नलोकबाट अवतरित भएको थिए । समयले एउटा नया इतिहास कोरेको थियो दुइ आत्माको पुनर्मिलनको ।

समय निकै बितिसकेको थियो । सुकन्याले आत्तिदै भनी "अब मैले जानुपर्छ ।"

"तिमी आजको रात मसँग बिताउन सक्दैनौँ सुकन्या ।

मैले उसलाई बलियो गरी आफूमाकस्दै भने ।

"हुन्न सर मेरो समय बितिसकेको छ । रात बिताउन धेरै मँहगो पर्छ । बरु भोलि यही समयमा भेट्ने वाचा गर्दछु ।" उसले आफूलाई मबाट अलग गर्दै भनी ।

यति भनेर ऊ उठेर आफ्ना कपडा र मेकअप मिलाउन थाली । म उसलाई गहिरिएर अध्ययन गर्न थालेँ । ऊ गएको पुन विवस आँखाले हेन बाध्य भएँ । मैले उसलाई बाई भन्न पनि बिर्सेछु ।

भोलिपल्टको टेनिङ्गसकेर म फेरि कोठामा आइपुग्छु। म सुकन्याको व्यग्र प्रतीक्षामा थिएँ । ऊ कहिले आइपुग्ली आज त पक्कै मसँग खुलेर कुरा गर्नेछे । हिजो जस्तो औपचारिकता आज पटक्कै हुने छैन भन्ने कल्पनामा डुबिरहेको थिएँ । केही समय बिताउन म कोठा बाहिर निस्कन्छु । करिडरको निकैपर पुलिस र केही मानिसहरु कोठाको वरिपरि झुम्मिएको देख्छु । के भएको रहेछ - मनमा उत्सुकता जन्मन्छ । उत्सुकता हुर्काउदै त्यो ठाउमा पुग्छु । त्यहा पुलिसहरुले कोठाभित्र कुनै युवतीको लासको फोटो खिचिरहेको देख्छु । म भिडबाट भित्र चियाउन पुग्छु । युवतीको शरीर निवाग निबस्त्र देख्छु । ऊ घोप्टिएकी हुन्छे । उसलाई यौनक्रिडापछि हत्या गरेको स्पष्ट थाहा हुन्थ्यो । यस्ती सुन्दर युवतीलाई कसले मायो होला- को होली यो नेपाली केटी जस्ती - अझ मनमा उत्सुकता गाडिन्छ । म नजिक गएर हेर्ने प्रयास गर्छु नजिकबाट उसको ढाडको टाटु प्रष्ट देखिन्छ । म खरग हुन्छु कुनै पहिरोले मलाई थिचेजस्तो हुन्छ । सुकन्या...... मेरो मुखबाट निस्कन्छ ।

मलाई रिगटा लागेर आउछ । म त्यहा बस्न सक्दिन दौडदै कोठामा आउँछु ।

रिगटा लागेर म सोफामा थचक्क बस्न पुग्छ । मलाई संसार घुमेजस्तो लाग्छ । हिजोको सुकन्यासँग बिताएको समयले मलाई घपलक्कै निल्छ । म केही सोच्न सक्दिनँ । हेर्दाहेर्दै हिजो सुकन्यालाई देखाएको भित्ताको त्यो फ्रेम भुइमा झरेर चकनाचुर हुन्छ । म केही देख्न सक्दिनँ । चक्कर लागरे पुरै टाउको घुम्न थाल्छ । टाउको जोडले समाउछु र चिच्चाउछु "सुकन्या ˜..˜ ..।"

विक्रम संवतको प्रचलन कसरी शुरु भो ?

- (दीर्घराज प्रसाइ) - [2010-06-11]

बैशाख १ गते नयाँ बर्ष २०६७ विक्रम संवतको पहिलो दिन हो । विक्रम संवत् नेपालको आदि सम्वत् हो । यसले नेपालको सार्वभौम पहिचान दिन्छ ।


सबैभन्दा जेठो सम्बत

मेष संक्रान्तिभन्दा लगभग १५/१६ दिन अगाडि चैत्र शुक्ल प्रतिवदादेखि शक संवत् प्रारम्भ हुन्छ । शाके संवत् भन्दा विक्रम सम्वत् १३५ बर्ष जेठो छ भने विक्रम संवत् भन्दा नेपाल संवत् ९३६ बर्ष कान्छो छ । विक्रम संवत् र नेपाल संवत्को उठान नेपालमैं भएको हो । वैदिककालदेखि प्रचलित तिथि र बारहरुको अवलम्वन् गर्दै विक्रम संवत्मा तिथिहरु थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठयारो हुने भएकाले ज्योतिषहरुको सल्लाह र सुझावमा सजिलोको लागि चन्द्रशमशेरले तिथि र बारहरुमा कुनै तलमाथि नगरी बिक्रम सम्वत् १९६१ वैशाखदेखि मेष संकान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् । तिथिहरु हराउने कहिले एकैदिन दुइटा तिथिहरु आइपर्ने हुनाले अरु संवत्हरुको दाँजोमा विक्रम संवत् व्यवहारिक हुनपुगेको हो ।


शनिवार सार्वजनिक विदा किन?

शनिवार सार्वजनिक विदा दिने चलन पनि उसैबेलादेखि चलेको हो । नेपाल सम्वत् र शक संवत्हरु अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । विक्रम सम्वत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरुका दिनहरु निर्धारण गरिएका हुन् । मीन रासी समाप्त भई मेष राशी प्रारभ्भ हुनासाथ वैशाख महिना शुरु हुन्छ ।

शक सम्वत् भारतमा कुशाण बंशी राजा कनिष्कको पालादेखि चलेको हो । विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरुमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रुपमा स्थापित भएको छ ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा 'राजा पृथ्वीनाराणको बंश गुह्येकाली र पशुपतिका दुइृ् पाउका धुलाका प्रसादले स्थिर भइरहोस्' भनेर गौरवमय विक्रम सम्वत् उल्लेख गरेका थिए ।

नेपालको एकीकरण हुनुभन्दा अगाडि लिच्छवि राजा राघवदेवको पालादेखि प्रचलित भएको नेपाल संवत् मल्लकालभरी धेरै मात्रामा चलनचल्तीमा आएता पनि नेपालका साना राज्यहरु सबैमा विक्रम संवत्को पनि उत्तिकै प्रचलित थियो ।


लिच्छबी कालमा बिक्रम सम्बतको प्रचल्न

लिच्छवि शासनकालमा निर्मित हरिसिद्धी मंदिरमा विक्रम संवत् ७११ उल्लेख भएको बंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धीनाटक मन्चन भएको हरिसिद्धी उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा 'विक्रम राजबर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु' उल्लेख छ ।

मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह २०१८ मा प्रकाशित गराएका छन् ।

फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ ।

भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिम पट्टिको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम सम्वत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गर्नु भएको छ ।

राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम सम्वत् १८१४ मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले 'इतिहास संशोधनको प्रमाण प्रमेय' मा उल्लेख गर्नुभएको छ ।


जंगबहादुरको मुलुकी ऐन र विक्रम संवत्

विक्रम संवत् नेपालको राष्ट्रि्य सम्वत्को रुपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम संवत् १९१० मा संग्रह गरी विक्रम संवत्नैं उल्लेख भएकोछ ।

तर कतिपय व्यक्तिहरुले विक्रम संवत् नेपालको संवत्नैं होइन भनेकाले यसबारेमा केही तथ्यहरु उजागार गरिनु पर्ने अत्यावश्यक छ ।

विक्रमादित्य राजा सम्वन्धमा श्री ५ को सरकार पुरातत्व विभागबाट प्रकाशित श्री नयनाथ पौडयालबाट सम्पादित भाषा वंशावलीको अध्ययनबाट धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रसादको दक्षिण तर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम संवत् प्रचलनमा आएको भनेको छ ।

त्यस्तै काभ्रे जिल्लाको नालामा उत्तरापुर राज्यको नाउमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको िकंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यसक्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नु पर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ति राजाले नेपाललाई विस्तार गर्दै कासीसम्म पुगी कासीमा विश्वनाथको मन्दिर स्थापना गरेको थियो भन्ने कुरा हिमवतखण्ड पुस्तकमा उल्लेख छ ।

योगी नरहरिनाथले भन्नु भएकोछ- 'श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः' भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा विक्रमादित्यको बत्तिसपुतली राम मन्दिर भएको ठाँउमा राजिसंहसान थियो भन्ने पाइन्छ भन्नु भएको छ ।

पशुपति पुराणमा उल्लेख छ- 'अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते' अर्थात सूर्यवंशी लिच्छविको प्रभावले किरात राजालाई जिती लिच्छवि वंश शुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमि बर्मा विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखिनैं विक्रम संवत् सुरु भएको मानिन्छ ।



भारतीय खोजी

विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं. भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित संवत्हरुलाई विक्रमम संवत् ठहर्याएका थिए । त्यसैगरी, कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन- 'मानदेवको पालाको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् ।'

यसैगरी, नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरु शकसंवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत् मानेका छन् ।


शक सम्वत् र बिक्रम सम्बतमा भ्रम?

तर कतिपय इतिहासकारहरुले मानदेव प्रथमको शासनकालमा उल्लेखित चाँगुनारायण लगायत लिच्छवि शासनकालका सम्पूर्ण संवत् संवन्धित अभिलेखहरुलाई कार्तिकादि संवत् हुन् भन्दै शक सम्वत् भनेका छन् । यस्ले गर्दा इतिहास लेखनमा धेरै भ्रम सिर्जना भएको छ । किनकि शक संवत् कार्तिकादि नभएर चैत्र शुक्ल प्रतिपदाबाट मात्र प्रारम्भ हुने भएकाले शक संवत्लाई जवरजस्त कार्तिकादि भन्न मिल्दैन । त्यसो भएकाले चाँगुनारायण लगायत लिच्छवि शासनकालका उल्लेखित संवतहरु विक्रम संवत्नै मानिन्छन् । यदि विक्रम संवत् भारतको उज्जयनीबाटै उठान भएको हुदो हो त त्यस्ता पराक्रमी राजा बारेमा केही न केही प्रमाणहरु त्यहाँ भेटिन्थे ।

ईस्वीपूर्व ३०० तिरका चन्द्रगुप्त मौर्यको विषयमा कौटिल्य जस्ता विद्वान र मेगस्थनीज तथा फाहियानको यात्रा वर्णनमा उल्लेख भएको पाइन्छ भने सन् ४०० तिर चन्द्रगुप्त राजाको विषयमा कालीदास जस्ता विद्वानहरुले आफ्ना कृतिहरुमा उल्लेख गरेका छन् । समुन्द्रगुप्तको विषयमा प्रयागको शीलालेख प्रसिद्ध छ, शक संवत् उठान गर्ने कनिष्कको वारेमा पनि धेरै प्रमाणहरु पाइन्छन् भने विक्रमादित्य राजाको त्यसबेलामा अस्तित्व भएको भए कुनै न कुनै शीलालेख वा त्यसबेलाका कविहरुले लेखेका केही न केही प्रमाणहरु भेटिन्थे होलान् । तर त्यस्ता प्रमाणहरु केही पाइदैन ।

चौथो शताब्दितिर उज्जयनीको राजा भई सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्यालाई आफ्नो कब्जामा लिई राजधानी बनाएपछि तामाका सिक्कामा चन्द्रगुप्त द्वितीयले आफूलाई 'विक्रमादित्य' अंकित गराएका थिए । त्यसो भन्दैमा उनी नैं विक्रम संवतका प्रणेता थिएनन् र होइनन् ।

नेपालका लिच्छवि राजाहरुसँग मगदका गुप्त राजाहरु अत्यन्तै प्रभावित भएकाले चन्द्रगुप्त प्रथमले नेपालका लिच्छवि राजाकी कन्यासंग वैवाहिक सम्वन्ध जोडेका हुनाले सन् ३३० तिर आफ्नो मुद्रामा 'लिच्छवयः' र 'लिच्छवि दौहित्री' अंकित गरेको कुरालॆ नेपालका लिच्छवि राजाहरुको पराक्रमको प्रभावले चन्द्रगुप्त द्वितीयले 'विक्रमादित्य' को उपाधि पनि अवलम्वन् गरिएको हुनसक्छ । तर चन्द्रगुप्त द्वितीयले चौथो शताब्दिमा आफूलाई विक्रमादित्य उपाधिबाट विभूषित गर्दैमा विक्रम सम्वत् भारतबाटै उठान भएको थियो भन्न सकिदैन ।



इतिहास शिरोमणि बाबुराम आचार्यको ठहर

इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ- 'जुन समय ई.पू. ५८ बर्षमा यो सम्वत् उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिदैन । उज्जयनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यससमयमा विक्रमादित्य भएको चिन्ह भेटिएको छैन ।'


विक्रम संवत् नेपालको गौरवमय परिहचान

फलतः विक्रम संवत् हिमवतखण्ड नेपालको आदि र मौलिक संवत् भएकाले यस्ले युगयुगान्तरदेखि कुनै कुनै पनि प्रकारको औपनिवेसिक प्रभावमा नेपाल नपरेर सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा स्थापित भएको कुरा विक्रम संवत् नेपालको गौरवमय परिहचान हो । विक्रम संवत् २०६७ सालको नयाँ बर्षको उपलक्षमा स्वदेश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुखुमृद्धिको लागि शुभकामना ।

गोर्खाल्यान्डबारे भारतीय नेपाली स्रष्टा -

[2010-05-21]

काठमाडौ, चैत्र १० - प्राकृतिक सौन्दर्यका दृष्टिले चर्चित भारतको दार्जिलिङ यतिबेला 'गोर्खाल्यान्ड' आन्दोलनले चर्चामा छ । कुनैबेला बि्रटिस शासन रहेकाले 'हिल स्टेसन' का रूपमा विकसित दार्जिलिङमा अधिकांश नेपालीभाषी छन् । पश्चिम बंगाल राज्यबाट छुट्टएिर दार्जिलिङलाई केन्द्रविन्दु बनाई 'गोर्खाल्यान्ड' नामको अलग्गै राज्य स्थापना गरिनुपर्ने आन्दोलन- कारीहरूको माग छ ।

'गोर्खाल्यान्ड' सम्बन्धमा पछिल्लोपल्ट दिल्लीमा सम्पन्न राजनीतिकस्तरको पहिलो त्रिपक्षीय वार्ता निष्कर्षविहीन भए पनि विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा पार्टीले नेतृत्व गरेको आन्दोलन जारी छ । सन् १९८६ ताका सुवास घिसिङको नेतृत्वमा १२ सय नागरिकको ज्यान जानेगरी यस्तै आन्दोलन भए पनि 'गोर्खाल्यान्ड' हुन सकेको थिएन । सन् २००७ अक्टोवरदेखि पुनः जागरण भएको आन्दोलनलाई अहिले पश्चिम बंगाल राज्यमात्र होइन केन्द्रीय सरकारले पनि चासो दिन थालेको छ ।

यसै सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्कीको अवसरमा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका लागि काठमाडौं आएका दार्जिलिङसहित भारतका विभिन्न थलोका साहित्यकारसँग 'गोर्खाल्यान्ड' आन्दोलनबारे लिइएको प्रतिक्रिया-

इन्द्रबहादुर राई, दार्जिलिङ

गोर्खाल्यान्डको नारा धेरै पुरानो हो । मेरो एउटै मान्यता के छ भने सन् १९३० को दशकमा भारतमा कांग्रेसले अंग्रेज सरकारबाट पाएको उपलब्धिको तौरतरिकामा 'केही पाउने' तकनीकि अपनाउनु जरुरी हुन्छ । वार्ता र सहमतिबाट जति पाउन सकिन्छ, लिइहाल्नुपर्छ । त्यसपछाडि अर्को कदम र उपाय अवलम्बन गर्नु महत्त्वपूर्ण हुन्छ । 'यति नभई हुँदैन,' भन्ने अडानमै अडिग हुने हो भने टुंगोमा पुग्न मुस्किल पर्छ ।

गोमा शर्मा, गुवाहटी

गोर्खाल्यान्ड राज्य माग्नु नेपालीभाषीकै गौरव हो । हामीले भारतमा ३५ वर्षसम्म आन्दोलन गरेर नेपाली भाषालाई संवैधानिक मान्यता दिलाएजस्तै दार्जिलिङवासीले संघर्ष जारी

राख्नुपर्छ । बंगालसँग हरेक कुरा नमिल्ने भएकाले नेपालीभाषीले छुट्टै राज्य माग्नु जायज कुरा हो । दार्जिलिङवासीले रात दिन जारी राखेको आन्दोलनलाई पूर्वोत्तर भारतका लाखौं नेपालीले सुरुबाटै प्रत्यक्ष अप्रत्यक्ष समर्थन गरेकै छन् । भावी दिनमा पनि समर्थन हुनेछ ।

मनप्रसाद सुब्बा, दार्जिलिङ

भारतमा बस्ने नेपालीभाषीको आफ्नै चिनारी हुनुपर्छ । यसका लागि गोर्खाल्यान्ड राज्य कायम गरिनुपर्छ । भाषा, संस्कृति नेपाली भए पनि हामी भूमिसँगै विलय भएर भारतीय भएका हौं । कतिपय सन्दर्भमा हामीलाई 'आप्रवासी' भन्ने आरोप लाग्दै आएको छ । गोर्खाल्यान्ड राज्य भएमा दार्जिलिङ क्षेत्रका नेपालीभाषीले झेल्दै आएका समस्या टुंगिन्छन् ।

टीकाराम उपाध्याय, गुवाहटी

म गुवाहटीमा बसे पनि दार्जिलिङबारे चासो राखिरहन्छु । त्यहाँ फेरि गोर्खाल्यान्ड आन्दोलन तातेको छ । चिया मजदुरदेखि स्कुले विद्यार्थीसमेत छुट्टै राज्य हुनुपर्छ भनेर जुलुस र धर्नामा निस्कनु अधिकारको कुरा हो । यसलाई गम्भीरतापूर्वक लिँदै सरकारले नेपालीभाषीको हक हितमा ध्यान दिनुपर्छ । असमका नेपालीभाषीले पहिलेभन्दा केही बढी अधिकार उपभोग गर्न पाएका छन् ।

सञ्जय बान्तवा, वनारस

वनारसको काशी हिन्दु विश्व- विद्यालयमा प्राध्यापनरत भए पनि म जन्मेको दार्जिलिङमै हो । अहिले पनि बाक्लै आउजाउ भइरहन्छ । सन् १९८६ को आन्दोलनमा त म विद्यार्थी मोर्चामा आबद्ध भएर आन्दोलनमा होमिएकै थिएँ । अहिले टाढा बसेरै पनि गोर्खाल्यान्डको समर्थक हुँ । शिक्षित बेरोजगार बढदै जानु दार्जिलिङको चर्को समस्या हो । यदि गोर्खाल्यान्ड राज्य भएमा थुप्रैले नोकरी पाउँथे । भारतमा नेपालीको सान नै अर्को हुनेथियो ।

डा. जीवन नाम्दुङ, दार्जिलिङ

बच्चाबच्चीदेखि बूढापाकासम्मले साथ दिएको आन्दोलनले गर्दा गोर्खाल्यान्ड प्राप्त हुने आशा बढदै छ । पहिलेको आन्दोलन उत्कर्षमा पुगे पनि दार्जिलिङ गोर्खा पार्वत्यपरिषद् पाउँदैमा चित्त बुझाउनु पर्‍यो । अब त्यस्तो हुने छाँट छैन । आन्दोलन गरिरहेको पार्टीका नेताले छुट्टै राज्य नभएसम्म आन्दोलन नरोक्ने बताउँदैछन् । हामी लेखक साहित्यकारले पनि आ-आफ्ना सिर्जनामार्फत यो आन्दोलनलाई होस्टेमा हैंसे गरेकै छौं ।

दुर्गाप्रसाद श्रेष्ठ, वनारस

संघीय भारतमा अर्को छुट्टै राज्य माग्नु अनौठो कुरा होइन । भरखरै तेलंगना राज्य कायम गर्ने कुरा चर्चाको विषय बनेको छ । हक अधिकारबाट वञ्चित नेपालीभाषी जस्तै त्यहाँका आदिवासीले पनि छुट्टै राज्य पाउने सम्भावना बढेको छ । उत्तरप्रदेशबाट उत्तराञ्चल राज्य पनि बनाइएकै हो । पश्चिम बंगाललाई टुक्र्याएर 'गोर्खाल्यान्ड' बनाइए लाखौं नेपालीभाषीको भाग्य र भविष्य उज्ज्वल हुन्थ्यो । आन्दोलन जारी राखे यो सम्भव छ ।

गीता उपाध्याय, गुवाहटी

असमपछि धेरै नेपालीभाषी बस्ने ठाउँ हो दार्जिलिङ । त्यताका कालिम्पोङ, खरसाङ, मिरिक, रिम्बिक, सौरेनी, सिलिगुडी, डुवर्स आदि ठाउँका नेपालीहरू पहिलेदेखि नै गोर्खाल्यान्ड राज्य हुनुपर्छ भनेर कराइरहेका छन् । समाचारपत्रहरूमा त्यसको थुप्रै चर्चा परिचर्चा भइरहन्छ । बंगालमा बस्नुपर्दा भाषा संस्कृति नमिलेको भन्दै असन्तुष्टि पोखिरहेका उनीहरूको माग सम्बोधन हुनुपर्छ ।

गुप्त प्रधान, दार्जिलिङ

कुनैबेला गोर्खाल्यान्ड राज्यकै माग्दै आन्दोलन चलाएका सुवास घिसिङ असफल भए पनि विमल गुरुङले अहिले आन्दोलन हाँकिरहेका छन् । छिमेकी भएकाले घिसिङबारे धेरै कुरा जान्दछु । उनी बोलेको कुरा पूरा गर्न नसकेर असफल भएका हुन् । अब त्यस्तो धोका नहोलाजस्तो लाग्छ । आन्दोलनको आँधीबेहेरी यति धेरै चलेको छ कि, अब पार्टी नेतृत्वले गोर्खाल्यान्ड राज्य प्राप्तिबाहेकका कुरामा सम्झौता गर्‍यो भने जनताले थान्को लगाउने छन् ।

लीलबहादुर क्षेत्री, गुवाहटी

गुवाहटी बसे पनि दार्जिलिङबारे सधैं सुनिरहन्छु । साथीभाइसँग कुरा पनि भइरहन्छन् । गोर्खाल्यान्डको नारा गुञ्जिएको थाहा पाउँदा मन खुसी हुन्छ । असममा पनि आदिवासीहरूले फरक राज्य माग्दै वर्षौंदेखि आन्दोलन गर्दै आएका छन् । बौद्धिक तर्कसहित आन्दोलनमार्फत अझ दबाब दिइरहे भारतलाई 'गोर्खाल्यान्ड' दिन कर लाग्छ ।

शरद क्षेत्री, दार्जिलिङ

अधिकार माग्दा नपाए खोसेर लिनुपर्छ भन्ने मान्यताजस्तै अचेल दार्जिलिङे नेपाली 'गोर्खाल्यान्ड' हात पार्ने दाउमा छन् । दुई वर्षदेखि हरेक घरका नागरिक गोर्खाल्यान्ड आन्दोलनमा सक्रिय

छन् । महिलाहरू काम धन्दा भ्याएर जुलुसमा नारा लगाउन जान्छन् । ड्राइभरले गाडीमा गोर्खाल्यान्ड लेखेका छन् । विद्यार्थी भोक हडतालमा उत्रन्छन् । सबैतिरको साथ सहयोगले छुट्टै राज्यको सम्भावना बढदैछ ।

नरबहादुर दाहाल, दार्जिलिङ

दार्जिलिङतिरका नेपालीहरू अचेल कामधन्दा भुलेर अधिकार खोज्दैछन् । बंगालबाट हेपिएको अनुभव गरेका नेपालीले छुट्टै राज्य हुनुपर्ने अडान राख्दैछन् । हिंसात्मक होइन शान्तिपूर्ण आन्दोलनमार्फत गोर्खाल्यान्डको माग चर्काएका नेपालीभाषीसँग सरकारले तीन-चारवटा वार्तासमेत गरेको छ ।

from: ekantipur



Tuesday, December 14, 2010

नभएको 'किरातकाल'...

- सौरभ

e-kantipur

प्रकाशित मिति २०६७ मंसिर २५

माओवादीको जातीयताको आधार बनेको एउटा लेखोटमाथि प्रश्न उठाउनु अनिवार्य भएको छ किनभने सेसिल वेन्डलले पत्ता लगाएको भनिएको वंशावलीमा आधारित रहेर उपत्यकामा ३२ किरात राजाहरूले शासन गरेका थिए भन्ने संस्कृति नै बनिसकेको छ (बज्राचार्य र मल्ल १९८५० । विलियम कर्कपेट्रिक र डेनियल राइटजस्ता गोरा छालाले मान्यता दिएपछि त शिलापत्रमै खोपिएको ध्रुवसत्य हुने नै भयो । अब लिम्बूवानको इतिहास (२०६६० मा त्यसभित्र एकलव्य र वर्वरिकलाई थपेर ३४ शासक पुर्‍याइएको छ । तिनको यथार्थमाथि यहाँ समीक्षा गरिनेछ ।

पहिलो नायक एलम जसलाई यलम्बर पनि भन्ने गरिन्छ । नभन्दै इस्वीको ३७४ देखि ४०० सम्म प्रथम हुण नायकका रूपमा प्रख्यात वालामिरको अर्को नाम बोलाम्बर पनि हो । बोलाम्बर शासक परिवारको सदस्य र युद्धनायक अवश्य हो तर मंगोलियाको ओर्दोस प्रदेशको । अमानियस मार्सेलिनसअनुसार हुणहरूमा राजा हुँदैनथ्यो र नायकले मात्रै शासन चलाउँथ्यो ।

दोस्रो नायक पेलम । यो नाम दोस्रो हुण नायक वल्दिनसँग मिल्न खोज्छ जसले इस्वीको ४०० देखि ४१० सम्म शासन गर्‍यो ।

तेस्रो नायक मोलम । यो नाम मन्कुकसँग नजिक छ जसले इस्वीको ४१५ देखि ४२२ बीच शासन गर्‍यो ।

चौथो नायक चंमिं । यो नाम मन्कुकको उत्तराधिकारी छोरा बैंडाको हो कि जस्तो लाग्छ जसले इस्वीको ४३४ देखि ४४५ बीच हुण नायकत्व सम्हाल्यो ।

पाँचौं नायक धस्कं । यो नाम डेन्जिसिकको ठ्याम्मै रूपान्तरण हो । ऊ इस्वीको ४५४ देखि ४६९ बीच हुण नायक थियो । रोमनहरूले उसको टाउको काटेर इस्तानबुलमा प्रदर्शन गरेपछि हुण साम्राज्यको वास्तविक पतन भएको मानिन्छ ।

छैटौं नायक बलुंच । यो नाम डेन्जिसिकको दाजु इलेकको नजिक छ जसले इस्वीको ४५३ देखि ४५४ बीचको थोरै अवधि मात्र शासन सम्हालेको थियो ।

सातौं नायक हुंति । यो वैंडाको सहशासक भाइ अट्टलिाको सेनापति हुण इटेकोसँग मिल्न खोज्छ । ऊ अट्टलिाको हत्याको मुख्य योजनाकार थियो ।

आठौं नायक हुरमा । यो हेर्नाकको ठ्याम्मै रूपान्तरण हो । ऊ अट्टलिाको कान्छो छोरो हो । उसले साम्राज्यको सानो साइथिया भनिने बचेखुचेका दक्षिणी भागहरू अर्थात् वर्तमान बल्गेरियामा इस्वीको ४३७ देखि नै नायकत्व सम्हालेको थियो ।

नवौं नायक तुस्कें । यो हेर्नाकको छोरो कोवातको निम्ति उपयोग भएजस्तो लाग्छ तर यति बेलासम्म नेपाली वंशावलीकारलाई अन्योल भएको देखिन्छ किनभने ऊ हुण साम्राज्यको पतनबारे अलमलमा छ र नयाँ उत्तराधिकारीबारे उसले थाहा पाइरहेको छैन । यसैले यहाँबाट नभन्दै टिपोटले यसरी अर्को रूप लिन्छ ।

दसौं नायक प्रसफुं र एघारौं नायक पव । यो नाम हुणहरूसँग लड्दै आएको पश्चिमी रोमन नायक प्रिस्कस अट्टालससँग मिल्छ जसले नभन्दै इस्वीको ४०९ र ४१४ मा गरी दुईपल्ट शासन गर्‍यो ।

बाह्रौं नायक दास्ती जसलाई जितेदास्ती भन्ने गरिन्छ तर अगस्टससँग यो मिल्न पुग्छ । यो अगस्टस माक्सिमस निम्ति प्रयोग भएको बुझिन्छ । उसले ४०९ देखि ४११ सम्म मात्र अगस्टस पद सम्हाल्यो ।

तेह्रौं नायक चम्ब तर यो जोभिनसलाई जोम्भी बनाएको देखिन्छ जसले इस्वीको ४११ देखि ४१३ सम्म शासन गर्‍यो ।

चौधौं नायक कंक । यो नाम कन्सटान्टिनको सोझै संस्कृतीकरण हो जसबाट कंस नाम पनि बन्छ । नभन्दै कन्सटान्टिन तृतीय इस्वीको ४०७ देखि ४११ सम्म र कन्सटान्स द्वितीय इस्वीको ४०९ देखि ४११ सम्म पश्चिम रोमन साम्राज्यका शासक थिए । रोममा एकैपल्ट अगस्टस

(वडा सम्राट० र सिजर (कान्छा सम्राट० बहाल रहन सक्ने व्यवस्था थियो ।

पन्ध्रौं नायक स्वनन्द । यो सेवास्तियनको रूपान्तरण हो जसले इस्वीको ४१२ देखि ४१३ सम्म सम्राट पद सम्हाल्यो ।

सोह्रौं नायक फुकों । यो प्रmान्कियामा पश्चिम रोमन सम्राट योहानेसको निम्ति प्रयोग भएको बुझिन्छ । प्रmांकको नेपाली र भारतीय रूप हो नै फिरंगी । भारतमा भिरंगीलाई फिरंग रोगले चिनिने भए पनि फिरंग शब्दले सबै गोराहरूको प्रतिनिधित्व गर्दैन । उसले इस्वीको ४२३ देखि ४२५ बीच शासन गर्‍यो ।

सत्रौं नायक शिंघु । यो सिजर थियोडोसियसका निम्ति प्रयोग भएको बुझिन्छ । उसले इस्वीको ४२५ देखि ४५५ सम्म शासन गर्‍यो । उसलाई ४२४ मा सिजर पद दिइएको थियो ।

४२५ मा मात्रै अगस्टसको उपाधि दिइयो । यहाँनेर बुझ्नुपर्छ वंशावलीकारको टिपोट ४२४ को हो र ऊसँगै पश्चिम रोमन साम्राज्यको अवसान सुरु भएको मानिन्छ ।

अठारौं नायक जुलम । यो नाम जुलियस नेपोजका निम्ति हो जसले इस्वीको ४७४ देखि ४८० बीच शासन गर्‍यो ।

उन्नाइसौं नायक लुकं । यो नाम रोमुलस अगस्टसका निम्ति प्रयोग भएको देखिन्छ । उसले इस्वीको ४७६ मा मात्रै शासन गरेको थियो तर जुलियस नेपोजको मृत्युपछि पनि बाँचिरहेको थियो । यसपछि हाम्रा वंशावलीकारलाई एकपल्ट फेरि टिपोटमा समस्या पर्‍यो ।

बीसौं नायक थोरम । यो नाम होनोरियसका निम्ति प्रयोग भएजस्तो लाग्छ जसले इस्वीको ३९५(४२३ बीच पश्चिम रोममा शासन गर्‍यो ।

एक्काइसौं नायक थुंको । नेपालीमा स्थुंको पनि भनिने यो पात्र भन्डाल सेनापति स्टिलीको हो । हुण नामबाट बनेको हंगेरीबाट उदाएका भन्डालहरूले स्टिलीको बितेपछि इस्वीको ४३९ मा पश्चिम रोमन साम्राज्यलाई धक्का दिए जब तिनले कार्थेज (वर्तमान ट्युनिसिया० मा हमला गरे । उसले इस्वीको ३९४ देखि ४१४ बीच होनोरियसलाई थपना बनाएर पश्चिम रोममा स्वयं शासन गरेको पनि थियो ।

ब्रह्माण्डपुराण कार्थेज हमलाको अर्धकाल्पनिक आख्यान हो । यसमा खलनायक भन्डको एक सेनापतिको नाम थुक्लस छ पनि र अर्को सेनापतिको नाम छ कंक जसबारेमा भनिसकियो कन्सटान्टिनको संस्कृतीकरण हो र अर्को सेनापतिको नाम छ पुल्कस जुन प्रिस्कस अट्टालसका निम्ति हो । यसैले भागवतमा परेको पुल्कसगणको अर्थ रोमन फौज हो र नै भागवतलाई इस्वीको ५५० मा लेखिएको ठानिएको हुनुपर्छ । यही भन्डबाट नेपालीमा भाँड र भँडुवा शब्द एवं भन्डाल्सबाट अंग्रेजीमा तोडफोड बोधक भन्डाल्स र भन्डालिज्म शब्द बनेको छ ।

बाइसौं नायक वम्र्म । यो गुन्डवारिकका निम्ति हो । स्टिलीकोलाई झुक्याएपछि उसले इस्वीको ४१९ देखि ४२७ सम्म भन्डाल नायकका रूपमा शासन गर्‍यो ।

तेइसौं नायक गुंजं । यो नाम गुन्डवरिकको छोरा गाइसेरिकका निम्ति हो जसले इस्वीको ४२७ देखि ४७७ सम्म कार्थेजमा पश्चिम रोमन साम्राज्यको भन्डाल नायकका रूपमा शासन गर्‍यो । त्यसपछि फेरि वंशावली अल्मलिन्छ र अर्को टुक्रा जोडिन्छ ।

चौबिसौं नायक पुस्क जसलाई नेपालीमा पटुकको नामले पनि चिनिन्छ । थुंकोबोधक थुन्कोको नेपाली अर्थ ढिस्को लाग्ने भएकाले त्यो देखेर पाटनको पटुकद्वों (नेवारीमा पटुक ढिस्को० को समेत उत्खनन पनि भएको हो तर कथित पटुक दरबारको भग्नावशेष मिल्ने कुरै थिएन किनभने पुस्क नाम नायक साम्राज्ञी गाल्ला प्लाकिडियाको हो जसले छोराका नाममा इस्वीको ४२३ मा शासन गरेकी थिइन् ।

पच्चिसौं नायक त्यमपि । यो नाम रुलाभियस एटियसका निम्ति हो । ऊ इस्वीको ४३३ देखि ४४५ सम्मको वास्तविक शासक थियो । नभन्दै भन्डको एक सेनापतिको नाम अट्टहास हो ।

छब्बिसौं नायक मुगमम । यो नाम पेट्रोनियस माक्सिमसका निम्ति हो जसले इस्वीको ४५५ मा साढे २ महिनासम्म शासन गर्‍यो ।

सत्ताइसौं नायक शसरू । यो नाम रशीमरका निम्ति हो जसले पश्चिम रोमन साम्राज्यको केही भागमा इस्वीको ४५६ देखि ४७२ सम्म शासन गर्‍यो ।

अट्ठाइसौं नायक गुंणं । यो नाम रशीमरको भतिजा गुंडोवादका निम्ति हो जसले इस्वीको ४७२ देखि ४७३ सम्म शासन गर्‍यो ।

उनन्तिसौं नायक खिमवुं । यो नाम अलिब्रियसका निम्ति प्रयोग भएजस्तो लाग्छ । उसले इस्वीको ४७३ मा शासन गर्‍यो । उपरिचरबाट खोजी शब्द बन्न पुगेको मानिएको छ । अ बाट ह हुँदै ख हुन पुगेका धेरै शब्द विद्यमान छन् पनि । खुन शब्द नै पनि हुणबाट बनेको हो ।

तीसौं नायक गिरिजं । यो नाम ग्लाइसेरियससँग मिल्न पुग्छ जसले इस्वीको ४७३ देखि ४७४ सम्म शासन गर्‍यो ।

एकतीसौं नायक खुरांज । यो नाम ओरेस्टेजका निम्ति प्रयोग भएजस्तो लाग्छ । इस्वीको ४७५ देखि ४७६ बीच वास्तविक शासक थियो र कुनै बेलाको अट्टलिाको सहयोगी पनि ।

बत्तीसौं नायक खिगुं । यो नाम ओगासरका निम्ति प्रयोग भएजस्तो लाग्छ जो हुण मूलको थियो । पश्चिमी रोमन साम्राज्यमा भारी अन्तरद्वन्द्व भएका बेला इस्वीको ४७६ मा गद्दीमा बहाल भएको थियो । यसपछि नभन्दै पश्चिम रोमन साम्राज्यको एक अध्यायको अन्त पनि भयो ।

माथिका पंक्तिहरूले के स्पष्टै भन्छन् भने इस्वीको पाँचौं शताब्दीको ७६ वर्षसम्म एउटा उपत्यकावासी सार्थवाहु (व्यापारी० ले हुणहरू र पश्चिम रोमनहरूबीच साम्राज्य विस्तारका निम्ति मध्ययुरोपमा भइरहेको भिडन्तबारे साह्रै ठूलो अभिरुचि राखेर त्यसलाई लिपिबद्ध गरिरहेको थियो । उसले सम्भवत गरम मसलाका फोनेसियन (लेबनान, सिरिया आदि० व्यापारीहरूले मिथिलामा ओसारेका द्वन्द्वनायकहरूका अपभ्रंश नामहरूलाई रुचिपूर्वक सुनिरहेको थियो । सम्भवत सिन्धुलीको बाटो हुँदै ऊ धनुषासम्म ओहोरदोहोर गथ्र्यो गागलफेदीमा आराम गर्दै । पुरानो मैथिलीमा गागलको अर्थ भोगटे हो र लाहानको दुसाध राजा सलहेशको सातौं शताब्दीको प्रसंगमा पहाडी भोगटेको प्रसंग आउँछ पनि । बेलाबेला आपूर्ति बिथोलिन जाँदा उसले किन र कसरी भनेर सोध्ने क्रममा युरोपमा चलिरहेको भिडन्तबारे जानकारी पाइरहेको हुँदो हो किनभने मेथी, सुप, धनियाँ, मुंग्रेलो, ज्वानो, कालो जिरा यी छ वटै गरम मसलाको उत्पत्ति थलो दक्षिण युरोप र त्यसको परिवेश हो एवं धेरैजसोको मौलिक नेपाली र हिन्दी नामचाहिँ मैथिल हो । जसरी लिम्बूवानको सेकमुरी दक्षिण युरोपमा पुगेर सेलरी (अपियम ग्राभेलन्स० नाउँको मसला हुन पुगेको बुझिन्छ । यसरी पटकपटक भनिँदै आइएको किरात शासनको कथित १७०१ वर्ष पाँचौं शताब्दीको ७६ वर्षमा टुंगिन्छ ।

थप दुई टिप्पणी

पहिलो, बेन्डल हुँदै आएको वंशावलीलाई अनुसरण गर्नु परेकाले इस्वीको ४१० देखि ४१५ सम्मको हुण नायकको नाम माथि छुटेको छ । उसको नाम हो करांतो । ऊ नै नवीन किरात शब्दको सूत्रधार हो ।

दोस्रो, यलम्बरलगायतलाई नाममा राजाबोधक हाङ जोड्ने चलन छ तर बादशाहबोधक चिनियाँ शब्द ह्वाङदीबाट यो बनेको हो । चीनमै पनि ह्वाङदीको पहिलो प्रयोग गे्रटवालका निर्माता शीका निम्ति इपू २२१ मा मात्र प्रयोग गरियो । किरात याक्थुङ चुम्लुङले वेबसाइटमा जितेदस्तीलाई इपु ६०० का र उनीसँग लिम्बू शासक भाइपुथहाङले लडी जितेका लेख्नुको आधार खुलाए राम्रै हुन्थ्यो । मोरङहाङ इस्वीको १४ सयमा पूणिर्याको जलालगढ पुगेको लेखिएको छ तर जलालगढको निर्माण अठारौं शताब्दीमा मात्र भएको हो जब कि मोरङको खास अर्थ स्थानीय थारू भाषामा धाप, दलदल, सिमसार आदि हो । नभन्दै हजारौं वर्षदेखि बाटो फेरिरहेको कोसीले सिमसारहरू बनाउने नै भयो र सिमसारमा गोगराहा

(विराटनगरको पुरानो नाम० हुने नै भयो । जसरी संस्कृतमा गोगराहाले गोही, मकरँहाले घडियाल, गोमनले कोब्रा र गोनसले भाइपर बुझाउँछ ।

केशरशमशेरले नयाँ नाम दिए पनि यसैले विराटनगरमा विराटको र किचक अर्थात् नर्कटघारीमा किचकको दरबार अर्थात् महाभारतकालीन भग्नावशेषहरू नपाइएको हो ।

पवातकहाङले इसापूर्व ३१७ मा चन्द्रगुप्त मौर्यलाई सघाए भनी लेखिएको छ तर चन्द्रगुप्त ३२० मा मात्र सत्तासीन भए । यथार्थ के हो भने अलेक्जेन्डरविरोधी चन्द्रगुप्तजस्तै उनका समकालीन प्रभातेश्वर पनि थिए जुन पन्जाबका राजा पोरसको अर्को नाम हो । बरु अलेक्जेन्डर बोधक सिकन्दरबाट सिकिस्त बनेजस्तै प्रभातेश्वरबाट नेपालीमा परीभ्राट शब्द बनेको हो । स्रङ चङ गम्पोले सातौं शताब्दीमा सम्भोटा लिपि भित्र्याउनु, उनकैै नामको रूपान्तरण सिरिजङ्गा, सरङचङ वा सिरिचङले पनि सातौं शताब्दीमै लिम्बूलिपि आविष्कार गर्नु अनि चेम्जोङअनुसार मोरोङहाङले पनि सातौं शताब्दीमै लेप्चाहरूको रोङ लिपि आविष्कार गर्न पुग्नु कस्तो

काकताली रु बुद्धका जीवनका तीन वैशाख पूणिर्माजस्तो । बालामिर नै बलिहाङ त हँुदै हो । यस्ता प्रसंग धेरै भएकाले अरू नलम्याऊँ ।

अमानियसकै मतसँग मिल्दो मत आफूले ४२ वर्ष लगाएर लेखेको प्राचीन किरात इतिहासमा स्वामी प्रपन्नाचार्यले व्यक्त गरिसकेकै थिए । ती नामहरू स्थानीय ठालुहरूका हुन्, राजाका होेइनन् । आफूलाई शुद्ध ठान्ने जुनसुकै बाहुनले पनि गुरुकुलले मात्र दिन सक्ने उच्चतम शैक्षिक उपाधि उपाध्याय धारण गरेजस्तै, कुलमण्डनले मात्र पाएको शाह पद सबै ठकुरीले बोकेजस्तै, अरीले प्राप्त गरेको पदवी मल्ल उनका उत्तराधिकारी सबैले आफ्नो थर बनाएजस्तै यथार्थलाई नहेर्ने होे भने खम्पा विदोही कर्णेल वाङदी (हुवाङदीको तिब्बती रूपान्तरण० खाम प्रदेशका र उपनाम तेन्जिङ शेर्पाले चिनिने पर्वतारोही नामग्याल वाङदी पनि खुम्बुका बादशाह हुन पुग्छन् ।

Thursday, December 9, 2010

जगदीश, झमक र हकिङ...

झमक घिमिरेको हालै प्रकाशित पुस्तक 'जीवन काँडा कि फूल'बारे प्रसिद्ध साहित्यकार एवं समाजसेवी जगदीश घिमिरेलिखित लेख केही समयअघि पढेको थिएँ। लेखमा झमकको व्यक्तित्व र उनको पुस्तकबारे चर्चा गरिएको थियो। जगदीश घिमिरेका अनुसार झमक घिमिरेलिखित उक्त पुस्तक नेपाली प्रेरक-साहित्यको मात्रै शिखर नभएर करिब एक दशकयता प्रकाशित कतिपय बहुचर्चित पश्चिमी 'बेस्टसेलर' प्रेरक-साहित्यभन्दा पनि उच्चस्तरीय छ। आफ्नै चर्चित पुस्तक 'अन्तर्मनको यात्रा'भन्दा पनि 'जीवन काँडा कि फूल' उच्चस्तरको भएको जगदीश घिमिरेको ठहर थियो।

झमक घिमिरेका समसामयिक र दर्शनका लेखहरू बेलाबेलामा पढ्ने गर्छु। स्वपठित घिमिरे गोडाका औँलाले लेख्ने गर्छिन्। उनका लेखहरू प्रायः छोटा, राम्रा र सान्दर्भिक हुन्छन्। झमक घिमिरे र उनको पुस्तक 'जीवन काँडा कि फूल' बारे जगदीश घिमिरेलिखित लेख पढेपछि ममा झमक घिमिरेबारे थप जान्ने जिज्ञासा भयो र भाइटीकाको दिन न्युरोडस्थित दिदीको घरबाट टीका थापेर फर्किने क्रममा 'जीवन काँडा कि फूल'को एक प्रति किनेर ल्याएँ र पढ्न थालेँ।

जन्मिएदेखिनै 'सेरेब्रल पल्सी' रोगबाट पीडित, कुनै प्रकारको औपचारिक वा अनौपचारिक शिक्षा प्राप्त नगरेकी झमक घिमिरेमा पढ्ने र लेख्ने चाहना अति तीव्र थियो। उनलाई आफैँ लेखपढ गर्न सिक्न कसैले रोक्न सकेन। औपचारिक शिक्षा नपाए पनि र भौतिक शरीर पूर्ण नभए पनि उनी दैशकै एक महान् स्रष्टा बन्न सफल भइन्। झमक घिमिरे वास्तवमै सङ्घर्ष, साहस, अठोट र इच्छाशक्तिकी प्रतिमूर्ति हुन्।

झमक घिमिरेको पुस्तक पढेपछि झमक, जगदीश र महान् भौतिकशास्त्री स्टिफन हकिङबीच केही असामान्य समानता रहेको मैले पाएँ। मानिसको बौद्धिक क्रियाकलाप भौतिक शरीरभन्दा पनि बढी मन र मस्तिष्कबाट निर्देशित हुन्छ र स्वस्थ्य विचार र सिर्जनशील कार्यका लागि स्वस्थ्य शरीरभन्दा पनि स्वस्थ्य मानसिक स्थिति र चेतनाको निर्णायक भूमिका हुन्छ भन्ने प्रमाण हुन् यी स्रष्टा र यिनका सिर्जना। मेरा निम्ति यी तीनै व्यक्ति उच्चतम अन्तर्प्रेरणा, चेतना, संवेदना, उत्साह, आत्म र इच्छाशक्तिका प्रतीक हुन्। जुन शारीरिक अस्वस्थ्यताको अवस्थामा हकिङले विश्वचर्चित पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम', जगदीश घिमिरेले 'अन्तर्मनको यात्रा' र झमक घिमिरेले 'जीवन काडाँ कि फूल' लेखे, त्यसले यही यथार्थ प्रमाणित गर्छ। स्वस्थ्य शरीरमा मात्र स्वस्थ्य मन र मस्तिष्क हुन्छ र स्वस्थ्य मनले मात्र स्वस्थ्य विचार जन्माउँछ भन्ने जनविश्वासको गतिलो अपवाद हुन् स्टिफन हकिंङ, जगदीश घिमिरे र झमक घिमिरे।

एक्काईस वर्षको उमेरदेखि नै निको नहुने स्नायुरोग 'न्युरो मस्कुलर डिस्ट्रोफी'बाट पीडित हकिङको शरीरका सम्पूर्ण भाग पक्षाघातबाट प्रभावित छन् र उनी चौबिसै घन्टा नर्सहरूको रेखदेखमा हि्वलचेयरमा बिताउन बाध्य छन्। तर उनको अशक्तताले उनलाई सिर्जनशील कार्य गर्न कहिल्यै रोकेन। बोल्न, चल्न र लेख्न नसक्ने हकिङ ग्यालिलियो, न्युटन र आइन्स्टाइनको स्तरका भौतिकशास्त्री र वर्तमान विश्वकै सबैभन्दा महान् र चर्चित जीवित वैज्ञानिक हुन्। टाउको र आँखाको सङ्केतले एक विशेष प्रकारको कम्प्युटरमार्फत् प्रतिमिनेट पन्ध्र शब्दमात्र निर्माण गर्नसक्ने यी व्यक्तिले बीसौँ शताब्दीमा सबैभन्दा बढी विक्री भएको पुस्तक 'अ ब्रिफ हिस्ट्रि अफ टाइम'लगायत दर्जनौ गहकिला वैज्ञानिक शोधपत्र र पुस्तकहरू लेखे। केही समयअघि मात्र आफ्ना सहयोगी लिवोनार्ड म्लोडिनोभसँगको सहलेखनमा उनको ब्रह्माण्डसम्बन्धी पुस्तक 'द ग्रान्ड डिजाइन' प्रकाशित भएको छ । अशक्त भएर हि्वलचेयरमा बसिरहँदा पनि हकिङको मन ब्रह्माण्डको रहस्यको खोज गर्न र पृथ्वीमा मानिसको भविष्यबारे चिन्तन-मनन गर्न सदा व्यस्त रहन्छ। हकिङका अनुसार एक सफल सैद्धान्तिक भौतिकशास्त्री बन्न स्वस्थ्य र पूर्ण शरीर उनका लागि एक पूर्व सर्त नभएको मात्र होइन, शारीरिक अशक्तता उनका लागि वरदान साबित भएको छ। शारीरिक अशक्तताकै कारण सधैँ हि्वलचेयरमा बस्नु पर्ने हुँदा आफ्नो सम्पूर्ण समय अन्य अनुत्पादक कार्यमा नखर्चेर चिन्तन मनन र सिर्जनशील काममा मात्र उपयोग गर्न पाएको उनले बताएका छन्। आज ७० वर्षको उमेरमा पनि उनको मस्तिष्क त्यत्तिकै सिर्जनशील छ र कुनै दिन अन्तरिक्षको भ्रमण गर्ने इच्छा छ उनको।

जगदीश घिमिरेसँग पहिले मेरो व्यक्तिगत परिचय थिएन। उनलाई नेपाल साप्ताहिकको स्तम्भकारका रूपमा मात्र चिनेको थिएँ। उनको स्तम्भ 'चेतना भया' मलाई मन पर्थ्यो र म त्यो पढ्न छुटाउँदिनथेँ। एकपटक कर्ण शाक्यलिखित पुस्तक 'सोच'को धेरै समीक्षकले प्रशंसामात्र गरिरहेका बेला जगदीश घिमिरेले आफ्नो स्तम्भमा उक्त पुस्तकको अन्ध प्रशंसा नगरी वस्तुपरक र सन्तुलित समीक्षा गरेको पढ्दा प्रभावित भएको थिएँ।

एकदिन जगदीश घिमिरेले आफ्नो नयाँ पुस्तक 'अन्तर्मनको यात्रा' को लोकार्पण कार्यक्रममा आमन्त्रित गर्न फोन गरे। उक्त पुस्तकको समीक्षक गोविन्दराज भट्टराईले आफनो भूमिकामा केहीदिन यता प्रकाशन भएका सफल आत्मवृत्तान्तको सूचीमा मेरो पुस्तक 'वैज्ञानिक गारेटोमा'को पनि उल्लेख गरेका रहेछन्। त्यही भएर जगदीश घिमिरेले 'अन्तर्मनको यात्रा' को लोकार्पण कार्यक्रममा आमन्त्रित गर्न फोन गरेका रहेछन्।

पुरानो बानेश्वरस्थित गुरुकुलमा आयोजित 'अन्तर्मनको यात्रा' को लोकार्पण कार्यक्रममा नेपालका चर्चित एवम् प्रतिष्ठित स्रष्टा र बुद्धिजीविहरूको ठूलो उपस्थिति थियो। कार्यक्रममा विभिन्न व्यक्तिले पुस्तकबारे व्यक्त गरेका अभिव्यक्ति सुनेर जगदीश घिमिरेको आँखा रसाए। विभिन्न वक्ताले बोलेको सुन्दा कार्यक्रमस्थलमै जगदीश घिमिरेले 'अन्तर्मनको यात्रा' कुन शारीरिक अवस्थामा लेखेका थिए भन्ने थाहा पाइसकेको थिएँ र म निकै प्रभावित भएको थिएँ।

'अन्तर्मनको यात्रा' धेरै नै चर्चित भयो र लामो समयसम्म 'बेस्टसेलर'को सूचीमा रह्यो। अहिले पनि छ। पछिल्लो समयमा 'अन्तर्मनको यात्रा' ले जति पाठकको मन छुने पुस्तक प्रकाशित भएको थिएन। 'अन्तर्मनको यात्रा' माथि विभिन्न परिचित व्यक्तिका अभिव्यक्तिहरूको सङ्ग्रह 'अन्तर्मन्थन'समेत प्रकाशित भएको छ। यसले 'अन्तर्मनको यात्रा' कति लोकप्रिय रहेछ भन्ने देखाउँछ। पुस्तकको विषयवस्तुभन्दा पनि जुन शारीरिक अवस्थामा जगदीश घिमिरेले उक्त पुस्तक लेखे त्यसबाट बढी प्रभावित भएको छु म।

कुनै व्यक्ति अस्पतालको शैयामा, जीवनमरणको दोसाँधमा सङ्घर्षरत रहँदा उसको मनमा केकस्ता कुरा उठ्दा हुन्? सम्भवतः यो व्यक्तिपिच्छे फरक हुँदो हो। कोही आतङ्कित हुँदो हो त कसैले देवीदेउता भाक्दो हो। कसैले दानधर्म पनि गर्दो हो त कसैले आफ्नो परिवारजनसँग 'अन्तिम' भेटघाट गर्ने इच्छा राख्दो हो अनि कसैको पीडामुक्त र सहज मृत्युको इच्छा हुँदो हो। जीवनमा एकपटक मैले आफूलाई पनि मृत्युको नजिक पाइसकेको छु। सन् १९६९मा जर्मनीमा अध्ययनरत छँदा मेरो फोक्सोको ठूलै शल्यक्रिया गरेर एक टुक्रा काटेर फ्याँकिदै थियो। शल्यक्रियाको अघिल्लो रात म अस्पतालको शैयामा छटपटाइरहेको थिएँ। विदेशमा आफ्नो भन्ने कोही थिएन। शल्यक्रियामा केही अनिष्ट भइहाल्ने हो कि भन्ने भयले आतङ्कित भएको थिएँ र परिवारजनलाई सम्भि्करहेको थिएँ। कष्ट र मृत्युको भयले गर्दा शल्यक्रिया नगराई अस्पतालबाट भाग्नेसम्म पनि सोचेँ। यस्तै मनोदशाबीच भोलिपल्ट मेरो शल्यक्रिया सफलताकासाथ सम्पन्न भएको थियो।

हाड अत्यधिक खिइएर कमजोर हुने रोग 'सिभियर अस्टोपोरोसिस', मूलतः मल्टिपल माइलोमा (रगतको क्यान्सर) जस्तो प्राणघातक रोग, किमोथेरापी र अनेक औषधिहरूले कमजोर पारेका अङ्गहरू र बीजकोष ('स्टेम सेल') प्रत्यारोपण गर्ने पटकपटकका प्रयासका कारण जगदीशले भोगेका कष्ट र यातनाको सूची लामो छ। अस्पतालको शैयामा जीवनमरणको दोसाँधमा रहँदा र उपचारमा संलग्न चिकित्सकले जीवनको सीमा तोकिसक्दा पनि जगदीश घिमिरेलाई भय र निराशाले छोपेन बरु अनेकौ किमोले गर्दा उत्पन्न पेरिफेरल न्युरोप्याथीजनित कामिरहेका औँलाले भएपनि लेख्ने इच्छा प्रबल भयो र सम्भावित मृत्यलाई चुनौती दिँदै, चरम शारीरिक कष्ट सहेर पनि उनले आफ्नो अन्तर्मनलाई ल्यापटपमा लिपिबद्ध गर्दै गए अनि एउटा कालजयी कृति जन्माए- 'अन्तर्मनको यात्रा'। उपचारका क्रममा जुन वैज्ञानिक पद्धति र प्रक्रियाका कारण घिमिरेले चरम यातना भोग्नुपर्‍यो, त्यसै विज्ञानले उनलाई जीवनपनि दियो-एउटा अद्वितीय प्रेरक जीवन। तर त्यस्तो शारीरिक अवस्थामा पनि जगदीश घिमिरेलाई त्यस प्रकारको अद्भूत ऊर्जा, शक्ति, आत्मबल र प्रेरणा कहाँबाट प्राप्त भयो होला? त्यो कल्पनातीत छ। मेरा निम्ति यो अन्तर्प्रेरणाको उच्च र अनुपम उदाहरण हो। जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा' ले मलाई सबैभन्दा प्रभावित पारेको पक्ष यही नै हो र सिर्जनशील कार्यका लागि स्वस्थ्य र सम्पूर्ण शरीर पूर्व सर्त होइन भन्ने प्रमाण यो हो। यस्तै प्रमाण 'अ ब्रिफ हिस्ट्री अफ टाइम', र 'जीवन काडाँ कि फूल'ले पनि दिएका छन्।