Sunday, December 5, 2010

लिम्बुवानको सीमाङ्कन

- कमलप्रसाद लिम्बू तिगेला

भूगोल ऐतिहासिक पृष्ठभूमि र सीमाना

परिचय

लिम्बुवान विगतमा लिम्बू जातिको नेतृत्वमा स्थापना भएको एक भूगोल हो । प्राचीनकालमा यसको सीमाना पूर्वमा टिष्टा पश्चिममा दूधकोसी उत्तरमा चीनको स्वाशासित क्षेत्र तिब्बत र दक्षिणमा भारतको पूर्णीयास्थित जलालगढ रहेको थियो । राजा पृथ्वीनारायण शाहले गोरखा राज्यमा लिम्बुवानलाई गाभ्नपूर्व र गाभेपछि यसको सिमाङ्कन संखुवाखोला-अरुण-सप्तकोसी नदी पूर्व टिष्टा नदी पश्चिम चीनको स्वशासित क्षेत्र तिब्बत दक्षिण र भारतको पूर्णीयास्थित जलालगढ उत्तर रहेको थियो । पूर्व र दक्षिण पट्टिको लिम्बुवानको भूभाग सुगौली सन्धीपछि गुमेको हो । सुगौली सन्धीपछि लिम्बुवानको सिमाना पूर्वमा टिष्टा नदी पश्चिममा संखुवाखोला-अरुण-सप्तकोसी नदी उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा नेपाल-भारत सिमाना कायम भयो । यो चार किल्ला भित्र लिम्बुवानको क्षेत्रफल ५३९४।२ वर्गमिल भन्दा वढी छ । यो क्षेत्रफलभित्र नेपालका ७५ जिल्लामध्ये ९ जिल्ला झापा मोरङ सुनसरी धनकुटा संखुवासभा तेह्रथुम ताप्लेजुङ पान्थर र इलाम पर्दछन् । महेशचन्द्र रेग्मीका अनुसार लिम्बुवानको क्षेत्रफल ४३४७ वर्गमिल१ छ । कुल लिम्बूहरुको जनसंख्या ३५९३७१२ राष्ट्रिय जनगणना ः २०५८ मध्ये ३४१३७० को सघन बसोबास ९४।९९% लिम्बुवानमा नै रहेको छ । लिम्बुवानमा नेपालको सबैभन्दा होचो भूभाग केचना नेपालकै लामो झरना ह्यात्लुङ तथा विश्वकै तेस्रो अग्लो हिमश्रृङ्खला काचनजंगा र फक्ताङ्लुङमा आदि पर्यटकीय तथा धार्मिक स्थलको रुपमा रहेकाछन् । लिम्बुवानभित्र रहेका जलस्रोत पर्यटन कृषि जडिबुटी अलैंची तथा चिया आदिले लिम्बुवानलाई आर्थिक रुपमा सम्पन्न बनाएकाछन् ।

ऐतिहासिक पृष्ठभूमि ः

लिम्बुवानको सीमानालाई छुट्याउन केही ऐतिहासिक तथ्यहरु ख्ााेतल्नै पर्ने हुन्छ । सबैभन्दा अघि कसले लिम्बुवान आवाद गर् यो पृथ्वीनारायण शाहको आगमनपूर्व लिम्बुवान भूमि राजनैतिकरुपले कस्को थियो भन्ने प्रश्न आउँछ । ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने करिब चौथो शताब्दीतिर काठमाण्डौं उपत्यकाबाट लिच्छबीद्वारा विस्थापित भएका किरातहरु बनेपा हुँदै सुनकोसीको तिरैतिर पाराजी कोकाजी माङको दर्शन गरी तमोरको गड्तिर पच्छ्याउँदैं लिम्बुवान भूमि आवाद गरेका थिए ।३ इतिहासकार इमानिसं चेम्जोङका अनुसार छैटांै शताब्दीमा दश सरदारहरुको एक समूह आजको लिम्बुवानमा आई बसोबास गरेका थिए । उनीहरुले विद्रोह गरी लिम्बुवानको स्थापना गरे ।४ सातौं शत्ााब्दीमा राजा मावरोङले लिम्बुवानको तराई खण्डमा जंगल फाँडी जग्गा आवाद गरे । उनको राजधानी मोरङको रंगेलीमा थियो ।५ उनै ऐतिहासिक पुरुषको नामबाट मोरङ नामाङ्करण भएको हो ।६ सो समयका लिम्बुवानको सीमाङ्कन पूर्वमा टिष्टा पश्चिममा दूधकोशी नदी उत्तरमा तिब्बत दक्षिणमा जलालगड रहेको थियो ।७ दश लिम्बुवानको सीमाना दशवटा यक गढ हरुको प्रमुखले राज्य साचालन गरेबाट पनि लिम्बुवानको उक्त सीमाना प्रष्टिन्छ । दश लिम्बुवान कालमा पश्चिमतर्फ खेवाहाङले दुधकोसीसम्म शासन गरेका थिए भने दक्षिण पट्टि सोइयक लादोहाङले चौबीस थुमको राजा भई सानगढी र जलालगढी बनाई पहाड मधेसहरुमा राज्य गरेका थिए।७ दश लिम्बुवान शासन व्यवस्थापछि लिम्बुवानमा आपुङ्गी राजाहरुको जन्म भयो । यसैको परिणामस्वरुप वि।सं। १४२१ मा मोरङ तराईलाई साङलाइङ नामका एक लिम्बू राजाले आफ्नो बनाउन सफल भए ।८ उनको दरबार वाराताप्पामा थियो । इतिहासकारहरुका अनुसार उनी कोच घरानाका थिए । तर किरात वंशावली अनुसार साङलाइङ साक्वादेन थरका लिम्बू घरानाका हुन् भनी इमानिसं चेम्जोङले खण्डन गरेका छन् । साङलाइङपछि उनका छोरा पुङलाइङ राजा भए । पुङलाइङसँग सातरेनुहाङ तुम्बाहाम्फे लिम्बूलगायतका लिम्बूहरुसँग वंशनाता जोडिन्छ ।९ यसबाट पनि उनी कोच नभएर लिम्बू नै भएको पुष्टि हुन्छ । र इमानिसं चेम्जोङको खण्डन सत्यसावित हुन्छ । राजा साङलाइङको राज्यको सीमाना पूर्वमा टिष्टा पश्चिम कोसी नदी उत्तरमा साँगोरीगढी दक्षिणमा जलालगढ थियो ।१० यसले लिम्बुवानको तराई क्षेत्रमा अर्को राज्य थियो कि भन्ने भ्रम सिर्जना गर्दछ । तर यो लिम्बू वंशकै भएकाले दुईवटा राज्य लिम्बुवानमा देखिएता पनि कोच राज्य भने थिएन । यिनको सात पुस्तापछि विजयनारायणका समयमा मुरेहाङ खेवाहाङ दश लिम्बुवानका राजाहरुमध्ये शक्तिशाली थिए । साङलाइङले मुरेहाङ पहाड मधेसका राजा र आफू मधेसको मात्र राजा हुने सर्त बाँधी विजयपुरमा राज्य खडा गर्न सफल भए ।११ जब पहाड मधेसका राजा भनिएका मुरेहाङ खेवाहाङका सन्तान बाजाहाङले लोहाङसेनको सहायता लिई साङलाइङका सन्तान विजयनारायणलाई विजयपुरबाट लखेट्ने अभिप्राय लिए । दुर्भाग्यवस बाजाहाङको सोही लडाइमा मृत्यु भएकाले लिम्बुवानको विजयपुर लाहाङ्सेनको अधीनमा गयो ।१२ सेनवंशी राजा लोहाङसेनले लिम्बुवानलाई प्रान्त प्रान्तमा विभाजन गर्ने क्रममा पूर्वमा टिष्टा नदी पश्चिममा अरुण नदी उत्तरमा तिब्बत र दक्षिणमा विजयपुर माथिको भूभागलाई लिम्बुवान र विजयपुर दक्षिण जलालगढ उत्तर कोसी नदी पूर्व महानदी पश्चिमको तल्लो भूभागलाई मोरङ प्रदेश नामाङ्करण गरे । र बाजाहाङको उत्तराधिकारी हाङ विद्याचन्द राय पानोहाङ खेवाहाङ लाई स्वायत्त शासन साचालन गर्न दिए ।१३ यसले लिम्बुवानको सीमाङ्कनमा अर्को दुविधा थप्यो । जसबाट अरुण सप्तकोसी पूर्वका सम्पूर्ण भूभाग लिम्बुवान होइन कि भन्ने आशंका सिर्जना गर् यो । तर बाजाहाङका उत्तराधिकारी हाङ विद्याचन्द्र राय पानोहाङ खेवाहाङ ले पहाड मधेश एक छत्र स्वायत्त शासन साचालन गरेको र पछि मुरेहाङकै सन्तान हाङ विद्याचन्द्र राय पानोहाङ खेवाहाङ का नाति राजा बुद्धिकर्णले विजयपुरमा सेनहरुको शासन समाप्त पारी संखुवाखोला अरुण सप्तकोसी पूर्व दक्षिणमा भारतको पूर्णीयास्थित जलालगढ सम्मको भूभाग एक छत्र शासन साचालन गरेका थिए । राजा पृथ्वीनारायण शाहले यही भूभाग लिम्बूहरुसँग सन्धि सम्झौता गरी लिएका थिए । अभिमानिसंले हरिनन्द पाध्ययसँग गरेको पत्रमा ू………जहाँ पूर्व विजयपुर बुधिकर्नले षायाको मुलुक मधेस पहाड पनि हाम्रो अम्बल गराउन्या उपाय तिमि गर्दै गर तम्रो सह्यार हामी गरौला षातिर्जामा मान इति संवत १८३० फागुन सुदि रोज मौकाम अम्बरपुर शुभाम् ।ू१४ बाट पनि लिम्बूहरुले मधेस पहाड राज्य गरेको कुरा प्रष्ट हुन आउँछ । र लिम्बूहरुसँग विजयपुरमै बसी सन्धि सम्झौता मार्फत लिम्बुवानलाई गोरखा राज्यमा समाहित गरेकाले पनि लिम्बुवानको ऐतिहासिक सीमाना संखुवाखोला अरुण सप्तकोसी पूर्व मेची पश्चिम उत्तरमा तिब्बत र दक्षिणमा जलालगढ नै हो भन्ने कुरामा दुईमत रहन्न । यता केही इतिहासकारहरुले वुद्धिकर्ण मन्त्री मात्र थिए राजा कर्ण सेन थिए भनी लेखेका छन् । यसको खण्डन इमानिसं चेम्जोङले नै गरिसकेका छन् । कर्ण सेन विजयपुरका राजा नभएर चौदण्डीका हुन् ।१५ लिम्बुवान विजयपुरका अन्तिम राजा बुद्धिकर्ण नै हुन् । अर्को त बुद्धिकर्ण राय लेखिएकाले उनी लिम्बू होइनन् राई हुन् कि भन्ने भ्रम पनि छ । तर आजका लिम्बूहरुले नामको पछि लिम्बू लेख्नुभन्दा अगाडि छ÷सात पुस्तासम्म राय लेख्ने गरेका थिए । यसको प्रमाण यत्रतत्र पाउन सकिन्छ । अर्को बलियो प्रमाण बुद्धिकर्णका वंशजहरु लिम्बू जातिमा छन् ।१६ यसर्थ राय लेखिएकै कारण राजा बुद्धिकर्ण राई थिए कि भन्ने भ्रमबाट पनि मुक्त हुन आवश्यक छ । अर्को लिम्बुवानको केन्द्रीय ऐतिहासिक राजधानीको रुपमा विजयपुर नै थियो भन्ने कुरामा कुनै दुविधा राख्न हुन्न । यसबाट शाह वंशीहरुको आगमनपूर्व लिम्बुवानको सीमाना पूर्वमा टिष्टा पश्चिममा संखुवाखोला-अरुण-सप्तकोसी उत्तरमा तिब्बत र दक्षिणमा भारत सिमाना जलालगढ भएको प्रष्ट हुन्छ । पृथ्वीनारायण शाहले सन्धि मार्फत लिम्बुवान लिँदा सोही सीमाना कायम थियो । सुगौली सन्धिपछि मेचीपूर्व र दक्षिणपट्टिको भूभाग गुम्न गई पूर्वमा मेची नदी र दक्षिणपट्टि हालको नेपाल-भारत सिमाना कायम भएको हो ।

पृथ्वीनारायण शाहले वि।सं। १८३१ साउन २२ गते लिम्बूहरुसँग सम्झौता गरी लालमोहर जारी गरेका थिए । पृथ्वीनारायण शाहले उक्त लालमोहरमा ु……॥ जजसको जे-जे तिम्रो खाइन पाइन र लुङ्वाङगढ सिङ्माङ्गढ अशुद्धलाई सव खतवात सभा शुद्ध गरी खानामा हिजोको तिम्रो मुलुक भित्रको सवै थामिबक्स्यौं । ……॥हिजो आफंै आफ आपुंगी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमीभूमि रहिन्ज्याल तिम्रा शाखा सन्तानतक भोग्ये गर । अरु नौ लाख के पट्टि होइन । के अर्थले हो भन्या अरु राजा मासिने हुँदा तिमीहरु राजा नै भन्ने नमासिने हो । यो तिमीहरुको नीति हामीले जानेको छ । ……। माथि लेखे बमोजिम जिमी भूमी जानि चलन गरी खानु । हामीले खोसी मासे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भंग गरोस भन्ने ताँबापत्रको तसल्ली मुलुकी लालमोहोर बाँधी माथि लेखिने लिम्बू कुल भाईलाई दियौं ।ु१७ भनी लालमोहर गरी दिएका थिए । यो लालमोहर श्री सुन राय श्री कुम राय र श्री जंग रायको नाममा जारी गरिएको थियो । लालमोहर विश्लेषण गर्दा तात्कालीन लिम्बुवान गोरखाली संझौतापछि पनि स्वायत्त थियो भन्न सकिन्छ । उनले लिखित लालमोहर किरात लिम्बूहरुलाई प्रदान गरी जुन सन्धि गरे त्यो सन्धिमा भूमिको मात्र अधिकार प्रदान नगरी नदी खोलानाला वन-जंगल पशुपंक्षी भीर मौरी तीते माछा जगर-बगर सबै संखुवाखोला-अरुणपूर्वका किरात लिम्बूहरुलाई प्रदान गरेका थिए । जसबाट पाचखत बाहेक सम्पूर्ण न्यायिक प्रशासनिक आर्थिक अधिकारहरु प्रदान गरी लिम्बुवानलाई स्वायत्तता प्रदान गरिएको थियो । दोस्रो लालमोहर वि।सं। १८३१ भ्ादौ महिनामा श्री नन्दु राय र श्री जमुन रायको नाममा जारी गरेका थिए । यो लालमोहरमा ु………॥जब त लिम्बुवान छ लिम्बुवानलाई पीछा लेउ भनी भारदरहरुलाई अह्राई पठायौं । आज तमीहरुलाई पिछा लियाको छ । अर्को तरह नमान । तिमीहरुलाई सुन चुरा सिर पाउ पनि बक्सौंला । ………॥ु१८ यी दुवै प्राचीन दस्तावेजमा लिम्बू र लिम्बुवान शब्दको उच्चारण भएको पाइएको छ । यसर्थ लिम्बुवानको ऐतिहासिक महत्व रहँदै आएको छ ।

लिम्बुवान राज्य व्यवस्थामा जसले जग्गा आवाद गरेको हुन्थ्यो त्यो जग्गा उसैको हुन्थ्यो । आफ्ना पुर्खाले आवाद गरेको जमिनमा उनका वंशजले सामुहिक खेती गर्दथे । यस्तो भूमिव्यवस्था भएको लिम्बुवानलाई पृथ्वीनारायण शाहले वि।सं। १८३१ साउन २२ मा लालमोहर प्रदान गरी गोरखा राज्यमा गाभेपछि पनि स्वायत्तरुपमा किरात लिम्बूहरुले राज्य व्यवस्था साचालन गर्दै आएका थिए । पृथ्वीनारायण शाहले लिम्बूहरुसँग सम्झौता गरेको १४ वर्षपछि वि।सं। १८४५ फागुन महिनामा रणबहादुर शाहले रुक्का जारी गरी किपट शब्दको प्रयोग गरेका थिए । उक्त रुक्का सुब्बा जोर्वार िसंह र कनकिसंह थापा मार्फत िहंवा सिद्धिपुरका देउ रायलाई सर्वप्रथम दिएको पाइन्छ । उक्त रुक्कामा ुआगेश्री देउ राईको िहंवा सिद्धिपुरपूर्व बाघाखोला उत्तर जंगल उर्घान वन किपट गरिबक्सौं । रोक रोक कसैको नास्ती आफ्नो खातिज्र्मा किपट जानी भोग्य गरु भनी उल्लेख गरेको पाइन्छ । १९ दोस्रो किपट पाउने व्यक्ति आताहाङ राय हुन् । उनले वि।सं। १८४७ भदौ महिनामा प्रदान गरिएको रुक्कामा या_िक्सजङ उत्तर सावाखोला दक्षिण मेवाखोला पूर्व र तमोर पश्चिम किपट प्रदान गरेको पाइन्छ ।२० यसरी नै लिम्बुवानका विभिन्न भागहरुमा चार किल्ला तोकी लिम्बूहरुलाई किपट प्रदान गरिएका थिए । त्यसरी नै वि।सं। १८४९ १८५१ १८५७ १८५८ १८५९ १८६० १८६१ १८६३ १८६६ १८६७ १८६९ १८८१ सम्मका प्रमाणहरुबाट के देखिन आउँछ भने तेरा बाजे पुर्खाले चच्र्याको जमिन भनी ४ किल्ला बाँधी लालमोहर प्रदान गर्ने प्रचलन रहेको पाइन्छ । लिम्बू राय हरुले प्राप्त गरेको किपटको क्षेत्र अरुण पूर्व टिष्टा पश्चिम उत्तरमा तिब्बत र दक्षिणमा जलालगढ क्षेत्रभित्र रहेको थियो । उदाहरणका लागि वि।सं। १८९१ को रुक्कामा अरुण पूर्व मेची पश्चिम भर लिम्बुवान वि।सं। १९०४ को रुक्कामा दूधकोसी पूर्व अरुण पश्चिम माझ किरातका राई माझिया वि।सं। १९१७ को रुक्कामा पल्लो किरात भर मुलुकका ……॥ु आदि उल्लेख भएको पाइन्छ ।२१ किपट व्यवस्था अन्तर्गत कृषियोग्य जमिनको एक तिहाइ जग्गा राखिएको थियो । अन्य तीन भाग जग्गा किपट व्यवस्थाले नसमेटेको र रैकरकरण गर्दै लगिएबाट के प्रष्ट हुन आउँछ भने किपटको नाउँमा लिम्बूहरुलाई पृथ्वीनारायण शाहले दिएको अधिकारको कटौती गर्ने षड्यन्त्र गरिएको थियो ।

वि।सं। १८४५-१८८१ सम्मका कागजातहरुबाट थप के देखिन आउँछ भने यो समयमा व्यापकरुपमा ढाक्रे बाहुन क्षत्री बसाउने आदेश भएको थियो । किपटीयाले वाँझो जग्गा राख्न नहुने आफैं नकमाएमा रैती क्षत्री बाहुन दमाई कामी सार्की आदि बसाउनु पर्ने नियम लाद्न थालियो । २२ किपट क्षेत्रलाई पहिलो पटक खुम्चाउने प्रयासमा दक्षिण नेपाल भारत सीमाबाट रंगेली तथा भुँडे सिमलसम्म खुम्च्याइएको पाइएको छ । जसमा रंगेली तिलकोटी वर र भुँडे सिमल हुँदै किचकबधभन्दा माथिको भूभाग मात्र किपट क्षेत्र मानिएको थियो ।२३ सम्भवत महेशचन्द्र रेग्मीले यो भन्दा माथिको भूभागको मात्र क्षेत्रफल ४३४७ वर्गमिल निकालेका हुन भन्ने अनुमान छ ।

वि।सं। २००८ मा राजा त्रिभुवनले जारी गरेको लालमोहरमा अरुण पूर्व मेची पश्चिम भोट दक्षिण तराईमाल सीमाना उत्तर भनी लिम्बुवानको सीमाकङन गरेको पाइन्छ । राजा त्रिभुवनले लिम्बूहरुलाई दिएको लालमोहरबाट लिम्बुवानको सीमाना दक्षिण तर्फबाट अझ खुम्चाउने प्रयास भएको थियो । उनले चारकिल्ला तोक्दा पूर्वमा मेची पश्चिम अरुण उत्तरमा तिब्बत र दक्षिणमा तराईमाल उत्तर भनेका छन् ।२४ वि।सं। २०१७ मा राजा महेन्द्रले दिएको लालमोहरमा समेत पल्लो किरातका लिम्बू किपटीया भनी सम्ब्ााेधन गर्दै ुतिमीहरुको अघिदेखिको रीतिथिति कायम राखी बक्सेका छौु भनिएको छ ।२५ चारकोसे झाडीमा फायरलाइन निर्माण गरी लाख र माल कायम गरी एल र एमको साइनबोर्ड राखीे अझ लिम्बुवानको सीमाना खुम्च्याइएको थियो । लाखमा किपट प्रथा कायम गरियो भने मालमा जमिन्दारी प्रथा लागू गरियो । एल र एमको साइनबोर्ड झापाको हात्तीलेदादेखि करिव २ किलोमिटर दक्षिणको जंगलमा बनाइएको फायरलाइन मोरङ सतिसालेको सावित्री माध्यमिक विद्यालय रहेको स्थान चारकोसे झाडीमा रहेको ठूलो फायर लाइनहरुमा राखिएको थियो । सुनसरीको चारकोसेमा अझै फायरलेन रहेको छ ।२६ तर यो लिम्बुवानको वास्तविक सीमाना नभएर सारिएको सीमाना हो भन्ने कुरामा पनि दुईमत छैन । यसरी लिम्बुवान खुम्च्याइएपछि लिम्बूहरुले यसविरुद्ध समय-समयमा विद्रोह गर्दै आइरहेका छन् ।

लिम्बू र लिम्बुवानको सीमाङ्कन

१९९ वर्षअगाडि सन् १८११ मा कर्कपेटिकद्वारा लिखित पुस्तक ुएकाउण्ट अफ द किङड्म अफ नेपाउलु नामक पुस्तकको पृष्ठ १८४ मा नेपालको पूर्वी भागमा लिम्बू जनजातिको बसोबास भएको उल्लेख छ ।२७ १३६ वर्षअघि सन् १८७४ मा एच। हज्डनले आफ्नो पुस्तकको

पृष्ठ १ मा लिम्बुवान शब्दको उच्चारण गरेका छन् । हड्सन पाण्डुलिपिमा ुलिम्बूहरुले आफूलाई याक्थुङबा भन्दछन् । तर खस पर्वतेहरुले उनीहरुलाई लिम्बू भनेु भनी उल्लेख गरिएको छ ।२८ इडेन भा_िन्सटार्टका अनुसार फेदापे लिम्बूहरु भँूइफुट्टा थिए । उनीहरु व्ाालुङ मेवा मैवा तमोर छथर चौबीससम्म फैलिए । ह्यामिल्टनले लिम्बुवानको केन्द्र विजयपुर रहेको र पहाड मधेस राज्य साचालन भएको कुरा आफ्नो ुद एकाउण्ट अफ नेपालु नामक पुस्तकमा चर्चा गरेका छन् । टोनी हागनका अनुसार ुराई र लिम्बू अरुण वारिपारि छुट्टाछुट्टै क्षेत्रमा बस्दछन् । राई शब्दले समग्रमा अरुण नदीको पश्चिम र सुनकोसी नदीको जलाधार क्षेत्रको बीच भागमा बसोबास गर्दछन् । अरुण नदीदेखि पूर्व सिक्किमसम्म लिम्बूहरुको बसोबास छ ।२९ भनेका छन् । त्यसरी नै तात्कालीन श्री ५ को सरकार साचार मन्त्रालय सूचना विभागले प्रकाशित गरेको ुमेचीदेखि महाकालीु भाग-१ पूर्वााचल खण्डमा पूर्वााचल क्षेत्रलाई शुरुदेखि नै किरात प्रदेश भनेर विभाजन गरिँदा अरुणपूर्व अर्थात् कोशी र मेची अाचललाई लिम्बुवान र अरुण पश्चिम अर्थात् सगरमाथा अाचललाई खम्बुवान भनिन्थ्यो । त्यसैले आजको पूर्वााचल विकास क्षेत्र यी दुबै लिम्बुवान र खम्बुवानको समष्टिगत क्षेत्र हो भनी उल्लेख गरिएकॊ छ । ३० त्यसरी नै डा। हर्क गुरुङले ुमैले देखेको नेपालु नामक पुस्तकमा ुपूर्वी नेपाल किरात जातिहरुको राज्य थियो र त्यो राज्य पश्चिमतिर राईहरुको खम्बुवान र पूर्वतिर लिम्बूहरुको लिम्बुवान क्षेत्रमा विभाजित थियो । अरुण नदी यी दुई क्षेत्रहरुको सीमाना पर्दथ्यो । पुरानो कथनअनुसार यो क्षेत्र दस याकथुम्बा प्रमुखहरुको गठबन्धनद्वारा शासित थियो । दूधकोसी र अरुणबीचको माझ किरातसम्मको भूभाग ताकलुड खेवाहाङको अधीनमा पर्दथ्यो । र उसले खोटाङको चाम्लिड चिम्लिड किल्ला पनि निर्माण गरेका हुन् ।ु३१ भनि लेखेका छन् । हड्सनले सङ्कलन गरेको पाण्डुलिपिमा- भोलम ८५ २६।१ पृष्ठ ६४ मा लिम्बुहरुका रहने जगह । मेचीसे पश्चिम अरुनसे पूर्व । तोप्केगोला दक्षिण । चिउरामाक्रा उत्तर । हिन्दी भाषामा लेखिएको छ । उक्त हिन्दी भाषापछि नेपालीमा लिम्बुदेसको चारकिल्ला अरुनदेखि पूर्व मेची नदी पश्चिमसम्म र तोप्के वालुङ्सुम गोलादेखि दखिन चिउरामाक्रा चकर घट्टी सम्म लेखिएको छ भनि प्राज्ञ बंैरागी काइलाले ुहज्सन पाण्डुलिपिमा लिम्बू भाषासम्बन्धी सामग्रीको संक्षिप्त विवरण २०६३ु नामक लेख लेखी बहाः जर्नल वर्ष ३ अंक ३ मा प्रकाशित गरेका छन् ।३२ हड्सन पाण्डुलिपिको भोलम ७३ मा खम्बुवानको नक्सा प्रष्टसँग कोरिएको छ । लिम्बुवानको सीमानाको सवालमा भने लिम्बुवान क्षेत्र अरुन-कोसी पूर्व भनी स्पष्ट उल्लेख गरिएको छ ।३३ किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिकॊ २०६४ भदौ २४-२५ गतेको निर्यण नं। ५ अनुसार लिम्बुवानको दक्षिणपट्टिको सीमाना अध्ययन टोलीको संयोजक धिरेन लावती सदस्य येहाङ लावती र सदस्य कमल तिगेला लिम्बूबाट प्रस्तुत भएको प्रतिवेनको सिफारिसअनुसार लिम्बुवानको दक्षिणी सीमाना हालको नेपाल-भारत सीमाना किटान गर्ने निर्णय गरियो ।३४ भनी निर्णय पुस्तिकामा लेखिएको छ । यि विवरणहरुका आधारमा अरुणपूर्वका सम्पूर्ण भूभाग लिम्बुवान हो भन्ने कुरामा कुनै विमति रहन्न ।

कोच र कोचिलाको सवालमा धिमाल जाति विकास केन्द्रका संस्थापक पात्र धिमालका अनुसार ुराजवंशीहरु कोच जाति हुँदै होइन । कोचिलाको दावी गरेर गलत कार्य गरेका छन् । कोच-बिहारका राजा कोचे नभएर हरिया मण्डल मेचे थिए । कोच-बिहारको नक्सामा पश्चिम सीमाना दार्जिलिङ दक्षिण जलपाईगुडी हुँदै पूर्णीयासम्म देखाइएको छ । यसर्थ कोच-बिहारका राजाले मोरङमा कहिल्यै शासन गरेनन् ।ु३५ सर एडवर्ड गैटका अनुसार ुकोच र राजवंशी जाति निश्चितरुपमा दुई फरक-फरक समूहबाट उत्पन्न भएका हुन् । कोच राजा मंगोल वंशका हुन् जब कि राजवंशी जातिहरु द्रविड हुन् । जो कोच राजा शासक हुनुभन्दा पहिलादेखि नै राजवंशी जाति थिए ।ु३६ डाल्टनका अनुसार राजवंशीहरु द्रविड वंशका भूइया परिवारका अनार्य हुन् । रिस्लीका अनुसार राजपुत क्षत्रीय आर्यन मूलका हुन् भने राजवंशीहरु निश्चितरुपमा द्रविडियन वंशका हुन् । इतिहासकार बाबुराम आचार्यका अनुसार कोच र राजवंशी बेग्लाबेग्लै हुन् । अर्थात् कोचहरु मंगोल हुन् भने राजवंशीहरु द्रविड हुन् ।३७ यि आधारबाट के भन्न सकिन्छ भने राजवंशीहरु कोच होइनन् जो आज आफू कोच भएको भ्रममा पारिएकाछन् र कोचिला प्रदेसको दावेदार मानिन्छन् । झापा जिल्लामा कोचहरु मुस्किलले सयको संख्यामा छन् र उनीहरु आदिवासी जनजातिको सूचिमा सुचिकृत हुने क्रममा छन् । कोचिला राज्यको प्रस्ताव माओवादीभन्दा अगाडि नेपाल जनजाति पार्टीले ल्याएको हो । यसका संस्थापक मध्येका एक चन्द्रप्रसाद योङ्याका अनुसार लिम्बुवानको दक्षिणीक्षेत्रमा पार्टी संगठन र मत सङ्कलन गर्न सजिलो होस् भनेर जनजाति पार्टीले चुनावी रणनीति मात्र बनाइएको हो ।३८

संविधानसभामा लिम्बुवानको पश्चिमी सीमानामा किरात प्रदेश सिर्जना गरी अतिक्रमण गर्ने प्रयास गरिएको छ । यो किरात वा खम्बुवान जे बनेपनि जातीय राजनैतिक ऐतिहासिकता प्रशासनिक सुगमता आर्थिक सामथ्र्यता एवं भौगलिकता र लिम्बुवानवासी समुदायको उत्कट इच्छालाई समेट्दैन । संघीय राज्य पुनस्रंरचना गर्नु भनेको गाविस सिमाङ्कन गर्नु जस्तो होइन । जातीय राजनैतिक ऐतिहासिकता प्रशासनिक सुगमता भौगलिकता समुदायको उत्कट इच्छा आर्थिक सामथ्र्यतालाई ख्यालै नगरी राज्य निर्माण गरिएमा जाति-जातिबीचमा द्वन्द्व सिर्जना भई जातीय राज्य नबन्ने र राज्य बनेपनि लामोसमय टिक्न नसक्ने हुन्छ । अतिक्रमण कै क्रममा लिम्बुवानको दक्षिणपट्टि कोचिला तथा मिथिला-भोजपुरा-मधेश-कोच प्रदेश हाल संविधानसभामा प्रस्ताव गरिएको छ । लिम्बुवान पश्चिमको भूभागमा मिथिला वा मधेस बन्न सक्दछ तर मिथिला-भोजपुरा-मधेश-कोच प्रदेशलाई लिम्बुवानको दक्षिणी भूभागमा प्रवेश गराएर लिम्बुवानलाई पहाडमा सीमित बनाइनु हुन्न । यस्तो सिमाङ्कनबाट लिम्बुवानले पहिचान त बनाउला तर आर्थिक सामथ्र्यता भने प्राप्त गर्न सक्दैन र केन्द्र कै मुख ताक्न पर्ने हुन्छ । यस प्रकारको सीमाङ्कनले राज्य संचालन गर्न कठिनाई हुन्छ र पुनः एकात्मक शासन व्यवस्थाकै माग भई नेपालमा संघीय व्यवस्था विघटनको दिसातर्फ जान्छ ।

निष्कर्ष

ऐतिहासिक तथा जातीय राजनैतिक पृष्ठभूमि मात्र नभएर प्रशासनिक सुगमता समुदायको उत्कट इच्छा आर्थिक विकासको संभ्याव्यताको आधारमा लिम्बुवानको सीमाङ्कन संखुवाखोला-अरुण-कोसी पूर्व मेची नदी पश्चिम उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा नेपाल-भारत सीमाना हुन पर्दछ । ऐतिहासिक जातीय राजनैतिक पृष्ठभूमि भनेको लिम्बुवानलाई वि।सं। १८३१ म्ाा राजा पृथ्वी नारायण शाहले गोरखा राज्यको अधिनस्थ बनाउनपूर्वको लिम्बुवानको अस्थित्व हो । गोरखा राज्यमा लिम्बुवान गाभ्नभन्दा अगाडि संखुवाखोला-अरुण-सप्तकोसी नदीपूर्वको भूभागमा लिम्बुवानको अस्थित्व रहेकाले शाह वंशको अन्त्यसँगै संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा राज्यको पुनस्रंरचना गर्दा पनि नेपाल अन्तर्गत कै लिम्बुवान बन्नु पर्दछ भन्ने हो । यति मात्र नभएर राज्यको सीमाङ्कन गर्दा ठूला नदीनाला पहाड र हिमाललाई बनाइने भएकाले संखुवाखोला-अरुण-सप्तकोसी नदी पश्चिम तर्फको सिमाना बनाउनु बैज्ञानिक हुन्छ । यसप्रकारको लिम्बुवानको सिमाङ्कनले ऐतिहासिक जातीय राजनैतिक पृष्ठभूमि मात्र नभएर प्रशासनिक सुगमता समुदायको उत्कट इच्छा जातीय सघनता समावेसिता आर्थिक सामथ्र्यता समेत बढाउँदछ । यसले लिम्बुवानको वास्तविक पहिचान कायम मात्र नभएर सामथ्र्यवान राज्य समेत बन्दछ । तराईका जोगबनी काँकडभिट्टा भण्टाबारीजस्ता भारतसँग जोड्ने नाकाले व्यापार वृद्धि भई लिम्बुवानवासीलाई सम्पन्न बनाउँछ भने पहाडी भूभागमा रहेका जलस्रोत एवम् पर्यटन व्यापारले तराई-पहाडको समग्र विकास हुन्छ ।

सन्दर्भ सामग्री ः

आचार्य बाबुराम । श्री ५ महाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी भाग-३ ।

काइँला बैरागी । २०६३ । हज्सन पाण्डुलिपिमा लिम्बू भाषासम्बन्धी सामग्रीको संक्षिप्त विवरण । बहाः जर्नल वर्ष ३ अंक ३ । हिमाल एसोसिएसन सोशल साइन्स बहाः । मुद्रण ः जगदम्बा प्रेस हरिसिद्धि ललितपुर ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समिति । मिति २०६४ भदौ २४-२५ गते निर्णय नं। ५ ।

गुरुङ हर्क । सन् २००७ । मैले देखेको नेपाल । प्रकाशक ः हिमाल किताब हिमाल एसोसिएसन पाटन ढोका ललितपुर । मुद्रण ः स्थापित पि्रन्टिङ प्रेस ताहचल ।

गेट सर एडवर्ड । १९०८ । एम्पेरियल जेटियर अफ इण्डिया ।

धिमाल पात्र राजदिङ । कोचिला नाम अन्य आदिवासीहरुलाई अमान्य कार्यपत्र ।

मॆचीदेखि महाकाली पूर्वााचल विकास क्षेत्र । २०३१ । प्रकाशक ः श्री ५ को सरकार साचार मन्त्रालय सूचना विभाग । मुद्रण ः श्री ५ को सरकारको छापाखाना िसंहदरवार काठमाण्डौं नेपाल ।

राष्ट्रिय जनगणना । २०५८ । श्री ५ को सरकार तथ्याङ्क विभाग ।

लालमोहर वि।सं। १८३१ साउन २२ मा जारी गरिएको ।

लालमोहर वि।सं। १८३१ भ्ादौमा जारी भएको लालमोहरमा लिबुवान शब्द उल्लेख भएको ।

लालमोहर वि।सं। १८४५ फागुनमा श्री देउ राईको नाममा पहिलो पटक किपट प्रदान गरिएको लालमोहर ।

लालमोहर वि।सं। १८४७ भदौ महिनामा दोस्रो किपट पाउने व्यक्ति आतहाङ राय ।

लिम्बू कमल तिगेला । २०६४ । लिम्बुवानको किपट व्यवस्थासम्बन्धी कार्यपत्र ।

संग्रौला डा।नारायण । २०५६ । लालमोहर पल्लको किरातको किपट व्यवस्था शोधपत्र मा संकलित ।

हागन टोनी । २०५२ । नेपालको चिनारी परिचय । प्रकाशक हिमाल किताव ललितपुर । सम्पा ः वसन्त थापा । मुद्रण जगदम्बा अफसेट प्रा।लि। पाटन ढोका ।

No comments:

Post a Comment