Sunday, November 28, 2010

वातावरण-

भनिन्छ विचारले नै संसार बदल्न सकिन्छ , विचारदारा नै सबै कुरा हासिल गर्न पनि सकिन्छ अनि विचारद्वारा नै गुमाउन पनि । विचारको गहनताले नै संसारमा ठूल्ठूला परिवर्तन भएका छन् ।जब विचारको खडेरी पर्छ अनि गलत विचार बढ्न थाल्छ ,तब त्यहां प्रगति र उन्नतिको कल्पनासम्म पनि गर्न सकिदैंन ।

तपाई हाम्रो आफनै ठांउ र परिवेशलाई हेरौ ।केही वर्षअघिसम्म जताततै सफा सुग्घर,हरियाली सौर्न्दर्यले युक्त हाम्रा ठांउहरु केही वर्षेखि फोहोर ,दर्ुगन्ध र उजाड हंुदै छन् ।यसो हनमा सकारात्मक विचार अनि वैचारिक खडेरीको कारणले नै हो ।कुनै पनि विनाश सबैभन्दा पहिला हाम्रो दिमागले उब्जाउंछ र विनाश एकैपटक हुने होइन ।जब त्यसको कार्यान्वयन हंुदै जान थाल्छ ,तब विनाश हंुदै जान थाल्छ ।हालको वातावरणीय विनाश पनि त्यही विचारहरुको खडेरी वा गलत विचारहरुलाई हावीको कारणले भएको हो ।यस्तो अवस्थामा हतास र निराश नभई आफना राम्रँ विचारहरुलाई कार्यान्वयन गराएर मात्र सकारात्मक नतीजा हासिल हुन सक्छ । सकारात्मक नतीजाहरुको लागि सकारात्मक विचारहरुलाई निरन्तर समातिरहन सक्नु पर्छ ,अडिग रहिरहन पर्छ ।

विचारले चेतना जागृत गराउंछ र जब चेतना जागृत हुन्छ ,हाम्रो सोचाईलाई प्रभावित गर्छ र जब एउटा विचारमा अर्को अनि अर्को गर्दै थपिदै जान्छ ,तब सकारात्मक परिवर्तन अवस्यम्भावी छ ।यही मान्यतामा चेतनालाई प्रभावित गराउन अनि सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने यो ब्लगको मान्यता हो ।

यो वातावरणीय चौतारीमा यहांहरु सबैलाई हार्दिक स्वागत गर्दछु । वातावरणीय समस्याहरु र ती समस्याहरुमा हामीले कसरी काम गर्न सर्क्छाैं भन्ने वातावरण जोगाउने अभियानको रुपमा यो ब्लग चौतारीको शुरुवात गरिएको हो ।यहां केही विचार र लेखहरु छन् । यिनै विचारहरुको माध्यमबाट वातावरणका विविध पक्ष्ँहरु तथा समस्याहरुब्ारे बुझन अनि तिनको समाधान निकाल्न सहयोग पुगोस् भनेर संचालन गरिएको हो ।

त्यस्तै तपाईको घर वरपर अनि समुदायमा भएका वातावरण जोगाउने कामहरु भएका छन् भने लेखिपठाउनहोस् ।यदि तपाईसंग पनि त्यस्ता विचारहरु छन् जसले चेतना जागृत गराउन मदत गर्न सक्छ भन्ने लाग्छ भने हामीलाई लेखि पठाउनहोस् । यो ब्लगको अध्ययन गरिसकेपछि आपनो अमूल्य सल्लाह र सुझाब दिएर हामीलाई सहयोग गरिदिनहन अनुरोध गर्दछौं ।

त्यस्तै तपाईले आफनो समुदायसंग मिलेर कनै काम गर्न भएको छ र त्यसले सकारात्मक प्रभाव पारेको छ भने त्यस्ता समाचारहरु लेखिपठाउनहोस् ।तपाईको यो कदम अरुको लागि प्रेरणाको स्रोत बन्न सक्छ ।यसरी यो ब्लगलाई वातावरण जोगाउने चौतारी बनाआ आफनो तर्फाट आफनै प्रयासबाट सकिने -त्यो सानो नै किन नहोस् ,सबैको ससानो प्रयासहरु जोडेर नै ठूलो हने हो र त्यसरी नै सकारात्मक परिवर्तन ल्याउन सकिनेछ ।

तपाई हाम्रो कदमहरु वातावरणमैत्री नभएसम्म वातावरण जोगिदैन र वातावरण नजोगिनु भनेको हाम्रो लागि नकारात्मक कुरा हो र वातावरण जोगाउन सबैभन्दा पहिला आफनो विचारहरु वातावरण मैत्री हुनु पर्दछ ।जब विचार वातावरणमैत्री हुन्छ ,तब स्वभाविक रुपमा हाम्रँे कदम वातावरण जोगाउनतिर जान्छ । तपाई हाम्रो विचारहरुकै माध्यमबाटै हामी वातावरणमैत्री कदमहरु च्ाालौ र आफूलाई वातावरण मैत्री वनाऊं ।

यो ब्गमा लेखिएका लेखहरु विचारहरु हुन् । यसको अध्ययन गर्नुहोस् । यी विचारहरुसंग आफनो अनि अन्य थुपै्र तपाईजस्तै सोच्ने मान्छेहरुको विचार मिलाउनु होस् र विचारहरुको जोडाइबाट तपाईलाई जुन उर्जा प्राप्त हुन्छ , त्यही उर्जा मार्फ वातावरण जोगाउने अभियानमा लाग्नुहोस् ।

No comments:

Post a Comment