Sunday, November 28, 2010

फोहोर दिमाग व्यवस्थापन

के तपाईलाई थाहा छ, तपाई हामी आफ्नो घर आँगनवाट निस्कने फोहोरलाई हाम्रो सानो प्रयासवाट र सामान्य सुझवुझ मात्र अपनाएमा पनि हामीहरु यसलाई तह लगाउन सक्छौं र आफू, आफ्नो घर छिमेकलाई सफा राख्न सक्छौं।

हामी नेपालीहरु जहिले पनि नकरात्मक कुराहरु गर्नमा वढी समय र शान्ति खेर फाल्छौं । हामी हाम्रो आफ्नो अधिनमा भएको साधारण भन्दा साधारण काम पनि गर्न चाहँदैनौं र यो जिम्मेवारी मेरो होइन भन्ने गर्र्छौ जव कि समस्या हामीहरु जथाभावी फोहोर चाहिँ फाल्ने गर्र्छौ तर त्यसलाई समाधान चाहिँ हाम्रो जिम्मा होईन भन्ने गर्र्छौ । जस्तै की उदाहरणको रुपमा हामीहरु जथाभावी फोहोर चाहिँ फाल्छौ तर त्यसलाई समाधान गर्ने जिम्मेवारी भने आफ्नो होइन भन्ने गर्र्छौ र जहिले पनि आफु चाहिँ चोखो छु भनेर समाधान गर्ने जिम्मा मेरो होइन अरु नै कोही हो भन्ने गर्र्छौं । हामी आफ्नो गाडी मोटर र्साईकल, मोटरलाई ठिक अवस्थामा राख्दैनौं र जसको कारण त्यसले अनावश्यक धुवा र्‍याकिरहेको हुन्छ माटोमा हिड्दा हामी अन्धाधुन्द हिडिदिन्छौ । नसको कारण गाडिहरुलाई हिड्न अप्ठेरो परिरहेको हुन्छ भने गाडी चलाउनेहरुले आबश्यक रुपले तेज गाडी चलाउछौ र गलत तरिकाबाट अगाडिको गाडिलाई उछिन्दै हर्न आबश्यक लगाउदै हर्ुइकाउछौ, त्यस्तै हामी ढल खन्ने हाम्रो घरबाट निस्कने पानीलाई ढलमा हाल्न पायौ भने दंग पर्र्छौ चाहे त्यो ढल सिधै लगेर पबित्र बागमतीमा नै लगेर फालेको नै किन नहोस् ।

एकातिर थिए हाम्रा पर्ुखाहरु जो यसरी प्रदुषण गर्न जान्दैनथे । उनीहरु पढन लेख्न जान्दैनथे भने अर्कोतिर छौ हामीहरु अहिलेका सभ्य र शिक्षित कहलिएका तर नैतिकता र धर्म भन्ने कुरालाई तिनै पर्ुखाको सन्दुकमा फ्याकिदिन चाहने र विदेशीहरुको पछाडि लागेर उनीहरुले जसो गरे त्यसैलाई नक्कल गर्नु नै आधुनिकता र सभ्य हुनु हो भनेर खोक्रो आमडम्बर पाल्नेहरु ।
हामीहरु उनीहरु भन्दा कुन हिसाबले सम्य र शिक्षित मान्छौ । के सम्य र शिक्षित समाजमा आफुले फर्ेर्ने हावामा विष फैलाउनु, पानीमा घरको ढल लगेर मिसाउनु पर्छ भनिन्छ - हामी यती धेरै शिक्षित र सम्य कहलिए वास्तबमा ब्याबहारिक रुपमा हामीहरु पिछडिएका हौ किनकि हाम्रो मानसिक स्वर निकै साघुरो छ र हामीहरु परिवर्तनहरु हुन चाहदैनौ।

No comments:

Post a Comment