Sunday, November 28, 2010
पर्यावरणीय संस्कृतिको विकास ,आजको आवश्यकता-
संस्कार भनेको त्यो हो जसले समाजमा आम मानिसहरुको भलाई गर्छ र जीवनलाई सजिलो बनाउंछ । अहिले हाम्रो समाजमा जुन संस्कृतिको विकास भएको छ , त्यसमा पर्ुखाहरुको योगदान धेरै छ । उनीहरुले जुन खालको संस्कार शुरुवात गरे , त्यो संस्कार त्यतीवेलाको समय र परिस्थिति अनि समाजको हितमा थियो र हालसम्म पनि कायमै छ ।त्यसैले त हामीले उतीवेला शुरुवात गरिएका संस्कारहरु हालसम्म पनि मानिआएका छौं । तर संस्कार भनेको परम्परालाई मान्ने कुरा मात्र होइन । यो एउटा अनुशासन पनि हो जसले समाजलाई डोहोर्याइरहेको हुन्छ । संस्कार हरेक पिंढी र समाज अनि समय अनुसार परिमार्जन हुंदै जँन्छ भने समाजको आवश्यक अनुसार संस्कार बनाउंदै पनि जानपर्छ ।
अहिलेको परिवेशमा हाम्रो नयां शहरी समाजको लागि नयां सस्कारको आवश्यकता टड्कारो देखिएको छ र त्यो होे वातावरणीय संस्कार । वेलैमा उक्त संस्कृतिको विकास नभएको कारणले हामीहरुले अनेक कठिनाईहरु झेलिगरिरहेका छौं । पर्यावरणको व्रि्रदो अवस्था हामी सबैले भोगेका छौं र त्यो भोगाई निश्चय पनि पीडादायक छ ।यही अवश्था रहिरहेमा हामीले भोगेको पिडा हाम्रा सन्नतिहरुले पनि भोग्नेछन् । त्यसैले हामी र हाम्रो सन्ततीहरुलाई दिगो भविष्यतर्फडोहोर्याउन पर्यावरण वचाउने समाजको संस्कार वनाउन ढिलो भैरहेको छ ।
हाम्रा पर्ुखाहरुको पालाको प्राकृतिक परिस्थिती वेग्लै थियो । प्रकृतिबाट जतिपनि लिनेे सकिने अवस्था थियो तापनि प्रकृतिसंग कति लिने र कति नलिने भन्ने संस्कार थियो । हालसम्म आइपुग्दा प्रकृतिको परिस्थिती वेग्लै भैसकेको छ । हामीले केवल लिन मात्र जान्यौ , एकोहोरो लिन मात्र तर प्रकृतिलाई वचाएर लिन भने जानेनौं । अनि दिन जान्यौं फोहोर, प्रदुषण अनि प्राकृतिक विनाश । आधुनिकतासंगै हाम्रा चुनौतिहरु पनि थपिएका छन् जसमा आवश्यकता भन्दा बढी हाम्रो लालच र देखावटीपना ज्यादा सामेल छ । यस्तो परिस्थितीामा हामी आफनो र भावी पुस्ताहरुको दिगो भविष्यको कल्पना कसरी गर्न सक्छौं -अहिले हामीलाई यस्त्ाो संस्कारको जरुरत छ जसमा प्रकतिलाई पनि फाइदा पुगोस् र हामीलाई पनि । प्रकृतिलाई मारेर हामी आफ बांच्न सक्दैनौं ।
आजभन्दा झण्डै छत्तीस वर्षपहिले सन् १९७२ को जुन ५ मा वेल्जियमको व्रसेल्समा भएको विश्वको पहिलो वातावरण सम्बन्धी अन्तराष्टि्य सम्मेलनबाट विकशीत देशले वातावरण दिवस मनाउन क्रमको शुरुवात गरे । विकशीत देशहरुले शुरुवात गरेको भएपनि हाल यो दिनको महत्व फैलिदै हाम्रो देशसम्म आइपुगेको छ । उनीहरुले हामीभन्दा धेरै पहिले पर्यावरणीय विनाशले ल्याउने भयावह परिस्थितिबाट गुज्रिएर यस बारेमा सचेत भएर र्सबसाधारण जनताहरुदेखि प्रधान मन्त्रीसम्म एउटै भावनामा काम गरे ,जसबाट उनीहरुले आफनो देशमा पर्यावरण मैत्री वनाएका छन् । वातावरणीय विनाशले त्यसैगरी फैलिदै र गाज्दै हामीलाई पनि लिएर गइरहेको छ र हाल मन्द विष सेवन गरिरहेको अवस्थामा छौं । तर पनि हामीहरु अनेक वाहना गरेर थाहा नपाए झै बसिरहेका छौं । हामी सबै विश्व पर्यावरण संज्ाालमा जेलिएका छौं र व्रि्रदो वातावरणीय स्थितीबाट जोगाउन हामी विश्वभरिका मानिसहरुलाई सबैले आआफनो क्षमता र सोच अनुसार सानो मात्रै भूमिका निभाएर भएपनि पनि यो महत्वपर्ण पर्यावरणीय चाड मनाउन सक्छौं ।
नेपालमा वातावरणीय क्षेत्रमा काम गर्ने सरकारीदेखि गैरसरकारी अनि निजी संस्थाहरुले आआफनो क्षेत्रबाट काम गरिरहका भएपनि वातावरणीय प्रदुषण र प्राकृतिक विनाश यति धेरै छन् कि ती सबैका कामहरु हात्तीको मुखमा जिरा जस्तो मात्र भइरहेका छन् । यसको एक मात्र कारण के हो भने वातावरण जोगाउने कामले हालसम्म पनि हाम्रो समाजकमा संस्कृतिको रुप लिएको छैन । र्सवसाधारणहरुमा अझैसम्म पनि यो सरकार ,एनजिओ अनि आइएनजिओको मात्र काम हो ,मैले त के नै गर्न सक्छु र भन्ने संस्कार अझै पनि कायम रहेको छ । अरुले नगरेर पनि भैरहेको छ ,मैले मात्र गरेर के हुन्छ भन्ने बुझाईलाइ अबको दिनहरुमा परिवर्तन गरेर समाजका हरेक क्षेत्रका अनि सानादेखि ठूलो मानिसहरुले आआफनो तर्फाट ससानो भूमिका खेलेर पर्यावरणमैत्री मार्गमा अग्रसर हुन सक्छन् भन्ने संस्कार आम जनमानसमा फिजाउन नितान्त जरुरी छ ।
समस्याको कुरा मात्र चर्चा गरिरहेमा समस्या समाधानतिर जान सक्दैन । अब विनाशको संस्कारबाट वचाउने संस्कारतिर लाग्नु पर्छ । हामीकहां पनि संसारभरको जस्तै हरेक वर्षजुन ५ को दिन विश्व वातावरण दिवस मनाइन्छ भन्ने कुरा पढेलेखेका अनि अत्यन्तै थोरै मान्छेहरुलाई मात्र थाहा छ । आफनो उन्नति र प्रगतिको नाममा पर्यावरणीय विनाशको पराकाष्ठामा पुर्याएर हामीहरु विकास भएको भन्न खोजिरहेका छौं ।के हामीहरु साच्चै विकास गरिरहेका छौं त - एकछिन ठण्डा दिमागले सोचौं हामीले के दिन सक्छौं त -यो गफ गर्ने होइन केही गरेर देखाउने वेला हो ।
तल केही ससाना अनि सजिला कृयाकलापहरु उदाहरणको रुपमा दिइएका छन् । जसलाई अपनाउन त्यती गाह्रो छैन । विकशीत देशहरुबबाट शुरु भएको आधनिक विश्व पर्यावरणीय सस्कृतिक समाजमा आफू सामेल हुन सकिन्छ ।
हाल तेलको अभाव हामी सबैले भोगिरहेका छौं ।यस्तो वेलामा हप्तैभरि आफनो सवारी साधन नचलाएर हप्तामा कुनै दिन हिडेर अनि कनै दिन र्सार्वजनिक सवारीमा अनि कुनै दिन साइकलमा आफनो कार्यालय वा अन्य काममा जान सकिन्छ । आफनो कार्यालयमा हिडेर वा साइकलमा जान विकशीत देशका ठूला व्यापारी ,विद्वानहरुले शुरु गरिसकेका छन् ।
आफनो मोटर साइकल , मोटरले नेपाल सरकारले गाडीहरुको लागि निकालेको प्रदुषण मापदण्ड र यरोपिय देशहरुले निकालेको मापदण्डको बारेमा जानकारी लिएर आफनो सवारी साधनको मापदण्ड कुन अवस्थामा रहेछ थाहा पाउन सक्न हुन्छ ।तपाई र्सार्वजनिक ढलमा आफनो शौचालयको पाइप सोझै जोडिएको छ भने नदीहरुमाथि गरिएको अन्याय प्रति संवेदनशील भएर सेपटी ट्याङ्ककी निर्माण गर्नतिर ठंडा दिमागले सोच्न सक्नु हुन्छ ।
यदि तपाई चरोट पिउनु हुन्छ भने त्यसले आफसंगैको मान्छेलाई असर परिरहेको छ भन्ने भन्ने कुरामा सचेत हुन सक्नुहुन्छ ।तपाई आफनो घरमा भएका प्लाष्टिकहरुलाई जम्मा गरेर एउटा ठूलो प्लाष्टिक वा बोरामा जम्मा गरेर र प्लाष्टिक टिप्दै आउन जसलाई हामी खाते भनेर हेला गर्र्छौ )लाई दिएर पठाउन सक्छौं ताकि सफाई पनि हुने र उसले पनि दुइचार पैसा कमाउन सक्छ । त्यस्तै प्लाष्टिकको झोला आफनो लागि आवश्यक तर सद्दे नै छ भने पसलेलाई नै फर्काइदिन सक्नुहुन्छ ।
त्यस्तै ससाना नानीहरुलाई चकलेट र विस्कुट खाएर खोललाई बाटोमा फाल्नुको सट्टा आफनो खल्तीमा राख्न भन्न सक्नुहुन्छ । आफनो समुदायमा हरियाली बढाउन सबैजना मिलेर वृक्षरोपण गर्न सक्नहुन्छ । यस्ता सयौं उदाहरणहरु हुन छन् । आफनो लागि उपयुक्त हुने सकेसम्म धेरै र नसके एउटा मात्रै तरीका निरन्तर अपनाएर परिवर्तन ल्याउन भूमिका खेल्न सक्नु हुन्छ ।
अब तपाई आफूले यस धर्तीर्मा जन्म लिएर धर्तीको पर्यावरण जोगाउन केही ससाना प्रयासहरुलाई कार्यान्वयन गरेर विश्व संस्कृतिमा सामेल हुन पाएकोमा गौरवको अनभुव गर्नुहोस् ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment