Sunday, November 28, 2010

फोहोर दिमाग व्यवस्थापन

के तपाईलाई थाहा छ, तपाई हामी आफ्नो घर आँगनवाट निस्कने फोहोरलाई हाम्रो सानो प्रयासवाट र सामान्य सुझवुझ मात्र अपनाएमा पनि हामीहरु यसलाई तह लगाउन सक्छौं र आफू, आफ्नो घर छिमेकलाई सफा राख्न सक्छौं।

हामी नेपालीहरु जहिले पनि नकरात्मक कुराहरु गर्नमा वढी समय र शान्ति खेर फाल्छौं । हामी हाम्रो आफ्नो अधिनमा भएको साधारण भन्दा साधारण काम पनि गर्न चाहँदैनौं र यो जिम्मेवारी मेरो होइन भन्ने गर्र्छौ जव कि समस्या हामीहरु जथाभावी फोहोर चाहिँ फाल्ने गर्र्छौ तर त्यसलाई समाधान चाहिँ हाम्रो जिम्मा होईन भन्ने गर्र्छौ । जस्तै की उदाहरणको रुपमा हामीहरु जथाभावी फोहोर चाहिँ फाल्छौ तर त्यसलाई समाधान गर्ने जिम्मेवारी भने आफ्नो होइन भन्ने गर्र्छौ र जहिले पनि आफु चाहिँ चोखो छु भनेर समाधान गर्ने जिम्मा मेरो होइन अरु नै कोही हो भन्ने गर्र्छौं । हामी आफ्नो गाडी मोटर र्साईकल, मोटरलाई ठिक अवस्थामा राख्दैनौं र जसको कारण त्यसले अनावश्यक धुवा र्‍याकिरहेको हुन्छ माटोमा हिड्दा हामी अन्धाधुन्द हिडिदिन्छौ । नसको कारण गाडिहरुलाई हिड्न अप्ठेरो परिरहेको हुन्छ भने गाडी चलाउनेहरुले आबश्यक रुपले तेज गाडी चलाउछौ र गलत तरिकाबाट अगाडिको गाडिलाई उछिन्दै हर्न आबश्यक लगाउदै हर्ुइकाउछौ, त्यस्तै हामी ढल खन्ने हाम्रो घरबाट निस्कने पानीलाई ढलमा हाल्न पायौ भने दंग पर्र्छौ चाहे त्यो ढल सिधै लगेर पबित्र बागमतीमा नै लगेर फालेको नै किन नहोस् ।

एकातिर थिए हाम्रा पर्ुखाहरु जो यसरी प्रदुषण गर्न जान्दैनथे । उनीहरु पढन लेख्न जान्दैनथे भने अर्कोतिर छौ हामीहरु अहिलेका सभ्य र शिक्षित कहलिएका तर नैतिकता र धर्म भन्ने कुरालाई तिनै पर्ुखाको सन्दुकमा फ्याकिदिन चाहने र विदेशीहरुको पछाडि लागेर उनीहरुले जसो गरे त्यसैलाई नक्कल गर्नु नै आधुनिकता र सभ्य हुनु हो भनेर खोक्रो आमडम्बर पाल्नेहरु ।
हामीहरु उनीहरु भन्दा कुन हिसाबले सम्य र शिक्षित मान्छौ । के सम्य र शिक्षित समाजमा आफुले फर्ेर्ने हावामा विष फैलाउनु, पानीमा घरको ढल लगेर मिसाउनु पर्छ भनिन्छ - हामी यती धेरै शिक्षित र सम्य कहलिए वास्तबमा ब्याबहारिक रुपमा हामीहरु पिछडिएका हौ किनकि हाम्रो मानसिक स्वर निकै साघुरो छ र हामीहरु परिवर्तनहरु हुन चाहदैनौ।

पर्यावरणीय संस्कृतिको विकास ,आजको आवश्यकता-

संस्कार भनेको त्यो हो जसले समाजमा आम मानिसहरुको भलाई गर्छ र जीवनलाई सजिलो बनाउंछ । अहिले हाम्रो समाजमा जुन संस्कृतिको विकास भएको छ , त्यसमा पर्ुखाहरुको योगदान धेरै छ । उनीहरुले जुन खालको संस्कार शुरुवात गरे , त्यो संस्कार त्यतीवेलाको समय र परिस्थिति अनि समाजको हितमा थियो र हालसम्म पनि कायमै छ ।त्यसैले त हामीले उतीवेला शुरुवात गरिएका संस्कारहरु हालसम्म पनि मानिआएका छौं । तर संस्कार भनेको परम्परालाई मान्ने कुरा मात्र होइन । यो एउटा अनुशासन पनि हो जसले समाजलाई डोहोर्याइरहेको हुन्छ । संस्कार हरेक पिंढी र समाज अनि समय अनुसार परिमार्जन हुंदै जँन्छ भने समाजको आवश्यक अनुसार संस्कार बनाउंदै पनि जानपर्छ ।

अहिलेको परिवेशमा हाम्रो नयां शहरी समाजको लागि नयां सस्कारको आवश्यकता टड्कारो देखिएको छ र त्यो होे वातावरणीय संस्कार । वेलैमा उक्त संस्कृतिको विकास नभएको कारणले हामीहरुले अनेक कठिनाईहरु झेलिगरिरहेका छौं । पर्यावरणको व्रि्रदो अवस्था हामी सबैले भोगेका छौं र त्यो भोगाई निश्चय पनि पीडादायक छ ।यही अवश्था रहिरहेमा हामीले भोगेको पिडा हाम्रा सन्नतिहरुले पनि भोग्नेछन् । त्यसैले हामी र हाम्रो सन्ततीहरुलाई दिगो भविष्यतर्फडोहोर्याउन पर्यावरण वचाउने समाजको संस्कार वनाउन ढिलो भैरहेको छ ।

हाम्रा पर्ुखाहरुको पालाको प्राकृतिक परिस्थिती वेग्लै थियो । प्रकृतिबाट जतिपनि लिनेे सकिने अवस्था थियो तापनि प्रकृतिसंग कति लिने र कति नलिने भन्ने संस्कार थियो । हालसम्म आइपुग्दा प्रकृतिको परिस्थिती वेग्लै भैसकेको छ । हामीले केवल लिन मात्र जान्यौ , एकोहोरो लिन मात्र तर प्रकृतिलाई वचाएर लिन भने जानेनौं । अनि दिन जान्यौं फोहोर, प्रदुषण अनि प्राकृतिक विनाश । आधुनिकतासंगै हाम्रा चुनौतिहरु पनि थपिएका छन् जसमा आवश्यकता भन्दा बढी हाम्रो लालच र देखावटीपना ज्यादा सामेल छ । यस्तो परिस्थितीामा हामी आफनो र भावी पुस्ताहरुको दिगो भविष्यको कल्पना कसरी गर्न सक्छौं -अहिले हामीलाई यस्त्ाो संस्कारको जरुरत छ जसमा प्रकतिलाई पनि फाइदा पुगोस् र हामीलाई पनि । प्रकृतिलाई मारेर हामी आफ बांच्न सक्दैनौं ।

आजभन्दा झण्डै छत्तीस वर्षपहिले सन् १९७२ को जुन ५ मा वेल्जियमको व्रसेल्समा भएको विश्वको पहिलो वातावरण सम्बन्धी अन्तराष्टि्य सम्मेलनबाट विकशीत देशले वातावरण दिवस मनाउन क्रमको शुरुवात गरे । विकशीत देशहरुले शुरुवात गरेको भएपनि हाल यो दिनको महत्व फैलिदै हाम्रो देशसम्म आइपुगेको छ । उनीहरुले हामीभन्दा धेरै पहिले पर्यावरणीय विनाशले ल्याउने भयावह परिस्थितिबाट गुज्रिएर यस बारेमा सचेत भएर र्सबसाधारण जनताहरुदेखि प्रधान मन्त्रीसम्म एउटै भावनामा काम गरे ,जसबाट उनीहरुले आफनो देशमा पर्यावरण मैत्री वनाएका छन् । वातावरणीय विनाशले त्यसैगरी फैलिदै र गाज्दै हामीलाई पनि लिएर गइरहेको छ र हाल मन्द विष सेवन गरिरहेको अवस्थामा छौं । तर पनि हामीहरु अनेक वाहना गरेर थाहा नपाए झै बसिरहेका छौं । हामी सबै विश्व पर्यावरण संज्ाालमा जेलिएका छौं र व्रि्रदो वातावरणीय स्थितीबाट जोगाउन हामी विश्वभरिका मानिसहरुलाई सबैले आआफनो क्षमता र सोच अनुसार सानो मात्रै भूमिका निभाएर भएपनि पनि यो महत्वपर्ण पर्यावरणीय चाड मनाउन सक्छौं ।

नेपालमा वातावरणीय क्षेत्रमा काम गर्ने सरकारीदेखि गैरसरकारी अनि निजी संस्थाहरुले आआफनो क्षेत्रबाट काम गरिरहका भएपनि वातावरणीय प्रदुषण र प्राकृतिक विनाश यति धेरै छन् कि ती सबैका कामहरु हात्तीको मुखमा जिरा जस्तो मात्र भइरहेका छन् । यसको एक मात्र कारण के हो भने वातावरण जोगाउने कामले हालसम्म पनि हाम्रो समाजकमा संस्कृतिको रुप लिएको छैन । र्सवसाधारणहरुमा अझैसम्म पनि यो सरकार ,एनजिओ अनि आइएनजिओको मात्र काम हो ,मैले त के नै गर्न सक्छु र भन्ने संस्कार अझै पनि कायम रहेको छ । अरुले नगरेर पनि भैरहेको छ ,मैले मात्र गरेर के हुन्छ भन्ने बुझाईलाइ अबको दिनहरुमा परिवर्तन गरेर समाजका हरेक क्षेत्रका अनि सानादेखि ठूलो मानिसहरुले आआफनो तर्फाट ससानो भूमिका खेलेर पर्यावरणमैत्री मार्गमा अग्रसर हुन सक्छन् भन्ने संस्कार आम जनमानसमा फिजाउन नितान्त जरुरी छ ।
समस्याको कुरा मात्र चर्चा गरिरहेमा समस्या समाधानतिर जान सक्दैन । अब विनाशको संस्कारबाट वचाउने संस्कारतिर लाग्नु पर्छ । हामीकहां पनि संसारभरको जस्तै हरेक वर्षजुन ५ को दिन विश्व वातावरण दिवस मनाइन्छ भन्ने कुरा पढेलेखेका अनि अत्यन्तै थोरै मान्छेहरुलाई मात्र थाहा छ । आफनो उन्नति र प्रगतिको नाममा पर्यावरणीय विनाशको पराकाष्ठामा पुर्याएर हामीहरु विकास भएको भन्न खोजिरहेका छौं ।के हामीहरु साच्चै विकास गरिरहेका छौं त - एकछिन ठण्डा दिमागले सोचौं हामीले के दिन सक्छौं त -यो गफ गर्ने होइन केही गरेर देखाउने वेला हो ।

तल केही ससाना अनि सजिला कृयाकलापहरु उदाहरणको रुपमा दिइएका छन् । जसलाई अपनाउन त्यती गाह्रो छैन । विकशीत देशहरुबबाट शुरु भएको आधनिक विश्व पर्यावरणीय सस्कृतिक समाजमा आफू सामेल हुन सकिन्छ ।

हाल तेलको अभाव हामी सबैले भोगिरहेका छौं ।यस्तो वेलामा हप्तैभरि आफनो सवारी साधन नचलाएर हप्तामा कुनै दिन हिडेर अनि कनै दिन र्सार्वजनिक सवारीमा अनि कुनै दिन साइकलमा आफनो कार्यालय वा अन्य काममा जान सकिन्छ । आफनो कार्यालयमा हिडेर वा साइकलमा जान विकशीत देशका ठूला व्यापारी ,विद्वानहरुले शुरु गरिसकेका छन् ।

आफनो मोटर साइकल , मोटरले नेपाल सरकारले गाडीहरुको लागि निकालेको प्रदुषण मापदण्ड र यरोपिय देशहरुले निकालेको मापदण्डको बारेमा जानकारी लिएर आफनो सवारी साधनको मापदण्ड कुन अवस्थामा रहेछ थाहा पाउन सक्न हुन्छ ।तपाई र्सार्वजनिक ढलमा आफनो शौचालयको पाइप सोझै जोडिएको छ भने नदीहरुमाथि गरिएको अन्याय प्रति संवेदनशील भएर सेपटी ट्याङ्ककी निर्माण गर्नतिर ठंडा दिमागले सोच्न सक्नु हुन्छ ।

यदि तपाई चरोट पिउनु हुन्छ भने त्यसले आफसंगैको मान्छेलाई असर परिरहेको छ भन्ने भन्ने कुरामा सचेत हुन सक्नुहुन्छ ।तपाई आफनो घरमा भएका प्लाष्टिकहरुलाई जम्मा गरेर एउटा ठूलो प्लाष्टिक वा बोरामा जम्मा गरेर र प्लाष्टिक टिप्दै आउन जसलाई हामी खाते भनेर हेला गर्र्छौ )लाई दिएर पठाउन सक्छौं ताकि सफाई पनि हुने र उसले पनि दुइचार पैसा कमाउन सक्छ । त्यस्तै प्लाष्टिकको झोला आफनो लागि आवश्यक तर सद्दे नै छ भने पसलेलाई नै फर्काइदिन सक्नुहुन्छ ।

त्यस्तै ससाना नानीहरुलाई चकलेट र विस्कुट खाएर खोललाई बाटोमा फाल्नुको सट्टा आफनो खल्तीमा राख्न भन्न सक्नुहुन्छ । आफनो समुदायमा हरियाली बढाउन सबैजना मिलेर वृक्षरोपण गर्न सक्नहुन्छ । यस्ता सयौं उदाहरणहरु हुन छन् । आफनो लागि उपयुक्त हुने सकेसम्म धेरै र नसके एउटा मात्रै तरीका निरन्तर अपनाएर परिवर्तन ल्याउन भूमिका खेल्न सक्नु हुन्छ ।

अब तपाई आफूले यस धर्तीर्मा जन्म लिएर धर्तीको पर्यावरण जोगाउन केही ससाना प्रयासहरुलाई कार्यान्वयन गरेर विश्व संस्कृतिमा सामेल हुन पाएकोमा गौरवको अनभुव गर्नुहोस् ।

वातावरण-

भनिन्छ विचारले नै संसार बदल्न सकिन्छ , विचारदारा नै सबै कुरा हासिल गर्न पनि सकिन्छ अनि विचारद्वारा नै गुमाउन पनि । विचारको गहनताले नै संसारमा ठूल्ठूला परिवर्तन भएका छन् ।जब विचारको खडेरी पर्छ अनि गलत विचार बढ्न थाल्छ ,तब त्यहां प्रगति र उन्नतिको कल्पनासम्म पनि गर्न सकिदैंन ।

तपाई हाम्रो आफनै ठांउ र परिवेशलाई हेरौ ।केही वर्षअघिसम्म जताततै सफा सुग्घर,हरियाली सौर्न्दर्यले युक्त हाम्रा ठांउहरु केही वर्षेखि फोहोर ,दर्ुगन्ध र उजाड हंुदै छन् ।यसो हनमा सकारात्मक विचार अनि वैचारिक खडेरीको कारणले नै हो ।कुनै पनि विनाश सबैभन्दा पहिला हाम्रो दिमागले उब्जाउंछ र विनाश एकैपटक हुने होइन ।जब त्यसको कार्यान्वयन हंुदै जान थाल्छ ,तब विनाश हंुदै जान थाल्छ ।हालको वातावरणीय विनाश पनि त्यही विचारहरुको खडेरी वा गलत विचारहरुलाई हावीको कारणले भएको हो ।यस्तो अवस्थामा हतास र निराश नभई आफना राम्रँ विचारहरुलाई कार्यान्वयन गराएर मात्र सकारात्मक नतीजा हासिल हुन सक्छ । सकारात्मक नतीजाहरुको लागि सकारात्मक विचारहरुलाई निरन्तर समातिरहन सक्नु पर्छ ,अडिग रहिरहन पर्छ ।

विचारले चेतना जागृत गराउंछ र जब चेतना जागृत हुन्छ ,हाम्रो सोचाईलाई प्रभावित गर्छ र जब एउटा विचारमा अर्को अनि अर्को गर्दै थपिदै जान्छ ,तब सकारात्मक परिवर्तन अवस्यम्भावी छ ।यही मान्यतामा चेतनालाई प्रभावित गराउन अनि सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने यो ब्लगको मान्यता हो ।

यो वातावरणीय चौतारीमा यहांहरु सबैलाई हार्दिक स्वागत गर्दछु । वातावरणीय समस्याहरु र ती समस्याहरुमा हामीले कसरी काम गर्न सर्क्छाैं भन्ने वातावरण जोगाउने अभियानको रुपमा यो ब्लग चौतारीको शुरुवात गरिएको हो ।यहां केही विचार र लेखहरु छन् । यिनै विचारहरुको माध्यमबाट वातावरणका विविध पक्ष्ँहरु तथा समस्याहरुब्ारे बुझन अनि तिनको समाधान निकाल्न सहयोग पुगोस् भनेर संचालन गरिएको हो ।

त्यस्तै तपाईको घर वरपर अनि समुदायमा भएका वातावरण जोगाउने कामहरु भएका छन् भने लेखिपठाउनहोस् ।यदि तपाईसंग पनि त्यस्ता विचारहरु छन् जसले चेतना जागृत गराउन मदत गर्न सक्छ भन्ने लाग्छ भने हामीलाई लेखि पठाउनहोस् । यो ब्लगको अध्ययन गरिसकेपछि आपनो अमूल्य सल्लाह र सुझाब दिएर हामीलाई सहयोग गरिदिनहन अनुरोध गर्दछौं ।

त्यस्तै तपाईले आफनो समुदायसंग मिलेर कनै काम गर्न भएको छ र त्यसले सकारात्मक प्रभाव पारेको छ भने त्यस्ता समाचारहरु लेखिपठाउनहोस् ।तपाईको यो कदम अरुको लागि प्रेरणाको स्रोत बन्न सक्छ ।यसरी यो ब्लगलाई वातावरण जोगाउने चौतारी बनाआ आफनो तर्फाट आफनै प्रयासबाट सकिने -त्यो सानो नै किन नहोस् ,सबैको ससानो प्रयासहरु जोडेर नै ठूलो हने हो र त्यसरी नै सकारात्मक परिवर्तन ल्याउन सकिनेछ ।

तपाई हाम्रो कदमहरु वातावरणमैत्री नभएसम्म वातावरण जोगिदैन र वातावरण नजोगिनु भनेको हाम्रो लागि नकारात्मक कुरा हो र वातावरण जोगाउन सबैभन्दा पहिला आफनो विचारहरु वातावरण मैत्री हुनु पर्दछ ।जब विचार वातावरणमैत्री हुन्छ ,तब स्वभाविक रुपमा हाम्रँे कदम वातावरण जोगाउनतिर जान्छ । तपाई हाम्रो विचारहरुकै माध्यमबाटै हामी वातावरणमैत्री कदमहरु च्ाालौ र आफूलाई वातावरण मैत्री वनाऊं ।

यो ब्गमा लेखिएका लेखहरु विचारहरु हुन् । यसको अध्ययन गर्नुहोस् । यी विचारहरुसंग आफनो अनि अन्य थुपै्र तपाईजस्तै सोच्ने मान्छेहरुको विचार मिलाउनु होस् र विचारहरुको जोडाइबाट तपाईलाई जुन उर्जा प्राप्त हुन्छ , त्यही उर्जा मार्फ वातावरण जोगाउने अभियानमा लाग्नुहोस् ।

आधा शताब्दी लामो संक्रमण -

नेपालको सामयिक राजनीतिक विश्लेषण गर्दा २००७ देखि २०१५ सालसम्मको अवस्थालाई सम्झने हो भने संक्रमणकाल के रहेछ भनेर त्यति घोत्लिनु पर्दैन। पहिलेको अर्थात् २००७ साल पछिको र अहिलेको संक्रमणकाल समय घटना र परिस्थिति फरक भए पनि प्रवृत्ति समान देखिन्छ।
यी दुई कालखण्डबीचको पहिलो समानता हो महत्वकांक्षाको टक्कर। विसं २००७ सालपछिको संक्रमणकालमा राजतन्त्र र प्रजातन्त्रबीच द्वन्द्व थियो। भर्खरै राणाशासनको पिँजराबाट मुक्त राजा त्रिभुवन र युवराज महेन्द्रको महत्वकांक्षा एकातर्फ थियो भने अर्कोतर्फ जेलनेल र निर्वासन भोगेका जनताबाट आएका महत्वकांक्षी नेता थिए। नेपाललाई कस्तो आवरणको प्रजातन्त्र उपयुक्त हुन्छ भन्ने नै विवादको केन्द्रमा थियो। राजा सक्रिय राजतन्त्रवाला प्रजातन्त्र चाहन्थे भने नेताहरु सवैधानिक राजतन्त्र अर्थात् जनताको सर्वोच्चता भएको प्रजातन्त्रका पक्षमा थिए। संविधान बन्यो बीचको। राजा स्वभावैले अधिनायकवादी थिए। उनी आफैंले जारी गरेको संविधानभित्र पनि अटाउन रुचाएनन्। महेन्द्रको यस अधिनायकवादी महत्वाकांक्षालाई हामीले पाचायतकाल भर राष्ट्रवादका रुपमा विश्वविद्यालयमा पढ्यौं।
अधिनायकवादबाट जोगिने सावधानी चाहिँ होइन। यथार्थमा नेपालको सबभन्दा ठूलो शत्रु गरिबी र पछौटेपन हो। दुई संक्रमणकाल अर्थात् २००७-२०१७ र २०६२-२०६७ बीच केही समानता देखिन्छ। उदाहरणका लागि प्रत्येक नेतामा आफू आफ्नो मान्छे र आफ्नो दल सत्तामा पुग्ने तीव्र चाहना छ। दिल्ली सम्झौतापछि २००७ सालमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले मोहन शम्सेर राणालाई प्रधानमन्त्री तोकिदिएको घटनाबाहेक प्रधानमन्त्री बन्ने र बनाउने विषयमा पार्टीहरुभित्र र बीचमा विवाद र गुटबन्दी हुने र पार्टी फुट्ने गरेको थियो। यो विवाद त्यही स्वरुपमा अहिलेसम्म जारी छ। न त त्यतिबेला थिए न अहिले नै यस्ता विषय वैचारिक द्वन्द्व मा सीमित छन्। राज्यको स्रोत नागरिकको उच्चतम हित र राष्टको विकासमा प्रयोग गर्न भन्दा अनुचित तवरले हडप्ने चाहाना राणा र राजामा मात्र नभई जनताका निर्वाचित प्रतिनिधि हुँ भन्ने नेतामा पनि उत्तिकै मात्रामा देखिएको छ।
राजनीतिमा सैद्धान्तिक दृढताको कमी २००७ सालमा पनि थियो र अहिले पनि छ। संविधान सभा निर्वाचनपछि सबै पार्टीको मूल चुनौती शान्ति प्रक्रियाको टुंगो लगाउनु र संविधान निर्माण गर्नु हो । तर को मन्त्री हुने कुन मन्त्रालय कसको हुने आफ्नो पार्टीमा के कति हिस्सा आउनेजस्ता लेनदेन र मोलतोलमा नेपाली राजनीतिक नेताले दुई वर्ष खेर फाले । कांग्रेस र एमालेले यदि माओवादीसँग सैद्धान्तिक असहमति हो भने तेस्रो पक्षलाई सरकारको नेतृत्व गर्न दिन खोज्नुपर्दथ्यो। सदनमा सबैभन्दा ठूलो दल नभई सरकारको नेतृत्व गर्न खोज्नु मह नकाडी हात चाट्ने दाउ हो। त्यस्तै अरु दलले पनि शान्ति प्रकि्रया र संविधान निर्माणप्रतिको वैचारिक दृढतालाई सदनभित्र र बाहिर स्पष्टरुपमा प्रस्तुत गरेको देखिँदैन।
नेपाली राजनीतिक दलका नेताहरु आआपुनो स्थान र भूमिकालाई गौण मानेर संक्रमणकालीन संवेदनशीलताअनुरुप लोकतन्त्रका पक्षमा एकजुट भएर उभिएको पाइँदैन। मूलतः त्यति बेलाको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसभित्र देखिएको बीपी र मातृकाबीचको विवाद अरु पार्टीका नेताहरुको महत्वाकांक्षाले उत्पन्न गरेको संकट अरु पार्टीमा विशेषतः दोहोरिएको देखिन्छ। टंकप्रसाद आचार्य डिल्लीरमण रेग्मी केआई सिंह र कांग्रेसका विभिन्न घटकबीचको विवादले सुशील कोइराला र शेरबहादुर देउवा झलनाथ खनाल केपी ओली र माधव नेपाल पुष्पकमल दाहाल बाबुराम भट्टराई र मोहन वैद्यहरुको नाममा नयाँ अवतार लिएको भान हुन्छ।
शान्ति प्रक्रियाका मुख्यतः तीन पक्ष छन् - माओवादी सेना आर्थिक रुपान्तरण कब्जा गरेको धनसम्पत्ति र न्यायिक छानबिन। सेना समायोजनः २००७ सालपछि शान्ति प्रकि्रयामा समय लागेन। एउटै निर्णयले मुक्ति सेनाको समायोजन भयो। राजनीतिक नेता कोही पनि सैनिक अधिकारी हुन खोजेनन्। राजनीतिक उद्देश्यका लागि संघर्ष गरेका हुनाले उनीहरु राजनीतिकर्मी भइरहे।
कब्जा गरेको धनसम्पत्तिः २००७ सालमा पनि मुक्ति सेनाले जमिन्दार र तालुकदारका धनसम्पत्ति कब्जा गरेका थिए। मुक्तिसेनाले कब्जा गरेकोसम्पत्तिको विषय मुक्ति सेनाको राष्टियकरण सँगै विलिन भएन। २००७ देखि २०१५ सम्मको संक्रमणमा भूमिसुधारका एजेन्डालाई अगाडि बढाउन सकिएन। तैपनि २०१५ सालको संसद्मा भूमिसुधारका एजेन्डाहरु दत्र्ता भए र कानुनी सुधारको विषय उठ्यो। निर्वाचित संसद्ले सुरु गरिसकेको तर टुंगो लगाउन नपाएको विषयलाई परिमार्जित गरेर २०२१ सालमा भूमिसुधार लागु भयो। यो २००७ देखि २०१७ को संक्रमणकालबाट सिक्न नसकिएको कुरा के हो भने 'जसको लठ्ठी उसैको भैँसी’ नभईकन भूमि सुधार वा आर्थिक क्रान्ति राजनीतिक क्रान्ति भन्दा जटिल प्रकि्रया हो। यो कानुन निर्माण र त्यसको पूर्णतः कार्यान्वयन नगरी सकिँदैन।
त्यस्तै २००७ पछि विकास भएको अर्को विश्वव्यापी विषय कृषिको औद्योगीकरण हो। उत्पादक जमिन थोरै र भोको पेट हुने धेरै भएको हाम्रो देशमा कसको सम्पत्ति कसलाई दिने भन्ने विषय राष्ट्रिय एजेन्डै होइन। न त यसरी सबै सुकुम्वासी भूमिपति नै हुन्छन्। करिब २० लाख भन्दा बढि नागरिक बेरोजगार भएको देशको एजेन्डा त औधोगीकरण र उत्पादकत्वबढाउने हुनुपर्ने हो। न माओवादी न त अन्य पार्टीले नै देशको आर्थिक सुधारतर्फ सोचेको देखिन्छ।
न्यायिक छानविनः नेपालमा अपराध पनि पुरानो भयो भने माफ दिने चलन संस्कार बनिसकेको छ। राज्यको कोषमा कर नतिरेका र आयस्रोत नदेखिने धनसम्पत्तिलाई जति ठूलो राजनीतिक परिवर्तन भए पनि बेवास्ता गर्ने गरिएको पाइन्छ। यसको उदाहरण २००७, २०४७ वा २०६३ सालमा त्यसको निरन्तरता हो। यसरी बेवास्ता गर्ने प्रवृत्ति सम्पत्तिको बारेमा मात्र सीमित छैन। हत्या तथा अरु जघन्य अपराधमा यो 'माफी’ प्रथा संस्कार बन्न पुगेको छ। मर्ने मरेर गइहाल्यो कारबाही गरेर फर्कनै हैन भन्ने मानसिकता सामान्य जनताका साथै नेताहरुमा पनि छ। गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री हुँदा रिचर्ड बेनेटलाई एकपटक राष्ट्रिय मानव अधिकार आयोगमा भनेका थिए - शान्ति प्रक्रियालाई सफल बनाउन अगाडिमात्र हिड्न सकिन्छ पछाडि फर्कन सकिँदैन। यो पेलाहा सँस्कृति नेपाली समाजमा व्याप्त छ । उनको कथन व्यावहारिक होला तर पीडितलाई न्याय दिनु पनि अगाडि नै हिड्नु हो भन्ने नेताहरुले बुझेका छैनन्।
नेपाललाई लोकतन्त्रको मार्गमा अगाडि बढाउने हो भने शान्ति प्रकि्रयासँग सम्बन्धित यी विषयलाई संविधानको अनुसूचीका रुपमा नछाडी त्यसभन्दा पहिल्यै टुंग्याउनुपर्छ। अन्यथा संविधानले नेपाल राजनीतिक अभ्यासको उथुलपुथलबाट शिक्षा लिएर निश्चित मार्गमा प्रवेश गरेको मानिने छैन। घरसरेको परिवारका लागि पहिले कति दिन घरविहीन भएँ भन्ने हैन बाँकी जीवनमा घरले दिने ओत महत्वपूर्ण हुन्छ।
बाह्य परिस्थितिको विश्लेषण गर्दा २००७ सालपछि नेपाललाई हेर्ने भारतीय दृष्टिकोणमा परिवर्तन नआएको माने पनि दुई वटा गम्भीर परिवर्तन देखिएको छ। पहिलो नेपालमा २०१७ सालमा नभएको साचार माध्यमको विकास विस्तार र प्रभाव अहिले छ। अर्को संयुक्त राष्ट्रसंघको पनि उति बेलाभन्दा धेरै विकास भएको छ। नेपाल अन्तराष्ट्रिय समुदायमा स्वतन्त्र राष्ट्रका रुपमा चिनिएको छ। यी दुवै परिस्थिति माओवादीको अधिनायकवादी महत्वाकांक्षाका लागि महेन्द्रलाई भन्दा प्रतिकूल छन्।
हालसालै अमेरिकामा सम्पन्न तीन वटा सम्मेलनमा भाग लिएका चिनिया वकिल र प्रोफेसरका विचार सुन्दा चीनका कम्युनिस्ट बुद्धिजीवी पनि राष्ट्रलाई नागरिक अधिकार र निर्वाचन युक्त शासनमा हिँडाउने वैचारिक बहसमा लागेको देखिन्छ। चिनिया कम्युनिस्ट पार्टीले अन्तराष्ट्रिय पुँजीलाई मात्र नभई शिक्षा क्षेत्र र कानुनी शासनका क्षेत्रमा काम गर्ने दर्जनौ अन्तर्राष्ट्रिय संस्थालाई देशभित्र सकि्रय हुन दिएको घटनाले पनि यसको थप पुष्टि गरेकोछ। दाहाल वैद्य र भट्टराईलाई विश्वव्यापी मानवअधिकारयुक्त संवैधानिक व्यवस्थामा रुपान्तरित हुन र कार्यकर्तालाई थामथुम पार्न गाह्रो भएको होला तर नेपालको भविष्य भने त्यसैमा सुनिश्चित देखिन्छ। अन्यथा आधा शताब्दी बढी लामो संक्रमण निरन्तर हुने देखिन्छ।

किपट प्रथा यथावत

सङ्खुवासभा । यहाँका दुई गाविसमा किपट र जिमिवाल प्रथाका कारण सामुदायिक वन गठनमा समस्या भएको छ । नेपाल सरकारले हरियो वन नेपालको धन भन्ने मूल नाराका साथ वनलाई संरक्षण सुरु गरे पनि यहाँ भने सामुदायिक वन उपभोक्ता समितिमा नै समस्या भएको जिल्ला वन अधिकृत पदमप्रसाद दाहालले बताए ।
यहाँको नूनढाकी र मावादीन गाविसमा स्थानीय लिम्बू जातिहरुले आफ्नो पूर्खाको किपट र हामी जिमिवाल भन्दै वनलाई आपुनो नियन्त्रणमा लिएका कारण वनलाई सामुदायिकीकरण गर्न समस्या भएको उनको भनाइ छ ।
जिल्लामा रहेका ३३ गाविस र एक नगरपालिकामध्ये यी २ गाविसका केही भागमा सामुदायिक वनको सम्भावना रहेका यी गाविसका वन व्यक्तिले ओगटेकाले पनि समस्या भएको वन कार्यालयले जनाएको छ ।
सामुदायिक वन गठन गर्न समस्या भएपछि र स्थानीय वासिन्दाले नदिएपछि यहाँको वनबाट स्थानीय बासिन्दा आफैँ पूर्जी लिने र वनको संरक्षण आफैँ गर्ने गरेको नुनढाकी ५ का उजिरमान जिमीले बताए ।
आफ्नो पूर्खाले आर्जेको र जग्गा आपुनो भएको जनाउँदै नुनढाकीका दिलबहादुर लिम्बू भन्छन्- समुदायलाई नदिए पनि हामी वनको हेरचाह गर्नेछौँ । वन क्षेत्र यी गाविसहरुमा बढी भए पनि व्यक्तिगत नियन्त्रणमा रहेकाले समस्या भएको हो ।
व्यक्तिले मनखुशी रुपमा वनको प्रयोग गर्ने र चोरी निकासीसमेत बढेका कारण वन विनाससमेत बढ्न थालेको बताइएको छ ।

सङ्खुवासभा किपट क्षेत्रले सामुदायिकीकरण नहुने जिल्लामा देशकै पहिलो भएको जिल्ला वन अधिकृतको भनाइ छ ।
हालसम्म जिल्लामा २६७ वटा वन समुदायलाई हस्तान्तरण गरिसकिएको छ । यसमध्ये २४ हजार ३७६ परिवार सामुदायिक वनमा आबद्ध रहेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ जिल्लाको जम्मा क्षेत्रमध्ये १२८० दशमलब २ वर्ग किमी वन क्षेत्र रहेको छ । यीमध्ये ३७ प्रतिशत वन समुदायमा हस्तान्तरण भइसकेको छ ।
जिल्लामा वनको तथ्याङ्क अनुसार यहाँ १४ प्रतिशत बुट्यान रहेको छ ।
जसमा ४ सय ८१ दसमलब ५ वर्गकिलोमिटर र ३ प्रतिशत घाँसेमैदान ५४ प्रतिशत वन क्षेत्र रहेको छ ।
गोरखापत्र साउन २८

Thursday, November 25, 2010

पवित्र ग्रन्थ गीतामा के लेखिएको छ ?

गीता–सार
व्यर्थमा किन चिन्ता गर्छौ ? कोसँग व्यर्थैमा डराउँछौ ? तिमिलाई कसले मार्न सक्छ ? आत्मा पैदा हुन्छ मर्छ नै

जे भयो त्यो राम्रै भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ तिमी भूतको पश्चाताप नगर भविष्यको पनि चिन्ता नगर वर्तमान चलिरहेको

तिम्रो के गयो त्यसका लागि तिमी रुन्छौ ? तिमिले के लिएर आएका थियौ जुन तिमिले गुमायौ ? तिमिले के रचना ¥यौ जुन नाश भयो ? तिमिले केही लिएर आएका थियौै लाने नै छौ जे लियौ यहीँबाट लियौ जे दियौ यहीँ दियौ जे लियौ उहाँ (भगवान) बाट लियौ जे दियौ उहाँ (भगवान)लाई नै दियौ

खालि हात आयौ खालि हात नै जानेछौ जे आज तिमिसँग हिजो कसैको थियो भोली अरु कसैको हुनेछ तिमि यसलाई आफ्नै सम्झेर मग्न मख्ख भईरहेका छौ वस् यही प्रशन्नता तिम्रो दुःखको कारण हो

परिवर्तन संसारको नियम हो जसलाई तिमि मृत्यु सम्झन्छौं त्यही जीवन हो एकैछिनमा तिमि करोडौंको मालिक हुन्छौ भने अर्को क्षणमा दरिद्र हुनसक्छौ मेरो, तिम्रो, उसको, ठूलो सानो आफ्नो, अर्काको भन्ने मनबाट निकाल त्यसपछि सबै तिम्रै हो तिमी सबैका हौ

यो शरीर तिम्रो हो तिमि यो शरीरका हौ यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको हो यसैमा मिल्नेछ तर आत्मा भने स्थिर त्यसो भए तिमि को हौ ?

तिमि आफूले आफूलाई भगवानप्रति अर्पित गर यो नै सबैभन्दा उत्तम सहारा हो जसले यो सहाराको बारेमा जान्दछ भय, चिन्ता शोकबाट सर्वदा मुक्त हुन्छ

तिमि जे जसो गर्छौ सबै भगवानको नाममा अर्पण गर्दै जाऊ यसो गरेमा सँधै जीवन मुक्तीको आनन्द अनुभव गर्न सक्छौ

आयुर्वेदको बारेमा जानकारी...

आयुर्वेदको परिचय :-
आयुर्वेद लगभग ५००० वर्ष पुरानो चिकित्सा विज्ञानसाथै आयुर्विज्ञानको प्राचिन पद्धति हो । यो आयुको वेद अर्थात् आयुको ज्ञान हो । जुन शास्त्रद्वारा आयुको ज्ञान दिईन्छ त्यसलाई आयुर्वेद भनिन्छ । शरीर, इन्द्रिय सत्व, अनि आत्माको संयोगलाई नै आयु भनिन्छ र आधुनिक शब्दमा यसैलाई जीवन भनिन्छ अनि प्राणयुक्त शरीरलाई जीवित भनिन्छ । जुन विद्याद्वारा आयुको बारेमा सबैप्रकारको तथ्यको ज्ञान हुनसक्छ वा जसको अनुसरण गर्दै दीर्घ आशुष्यको प्राप्ती हुनसक्छ त्यो तन्त्रलाई आयुर्वेद भनिन्छ । आयुर्वेद अथर्ववेदको उपवेद हो । आयुर्वेदले मानिस जीवित रहने विधि तथा यसको पूर्णविकासको उपायको बारेमा बताउँछ यसैले आयुर्वेद अन्य चिकित्सा पद्धतिजस्तो श्द्ध चिकित्सापद्धति मात्र होइन अपितु सम्पूर्ण आयुको ज्ञान हो । आयुर्वेदमा आयुको हित (पथ्य,आहार,विहार) अहित (हानिकार आहार विहार) रोगको निदान र व्याधिहरुको चिकित्सा गरिएको छ | हित आहार, सेवन एवं अहित आहार त्याग गर्ने हो भने मान्छे पूर्णरुपमा स्वस्थ रहन सक्छ । आयुर्वेदका अनुसार स्वस्थ्य व्यक्ति नै जीवनको चरम लक्ष्य, धर्म, अर्थ, काम, मोक्ष प्राप्ति गर्न सक्छ । पुरुषार्थ, धर्म, अर्थ, काम, मोक्ष प्राप्तीको मुख्य साधन शरीर होे अतः विषेशरुपले शरीरको रक्षा गर्नुपर्छ । आयुर्वेदको प्रसिद्ध ग्रंथ भाव प्रकाशमा भनिएको छ जुन शास्त्रद्वारा आयुको ज्ञान, हित र अहित आहार विहारको ज्ञान, रोगव्याधि निदान तथा शमनको ज्ञान प्राप्ती गरिन्छ त्यस शास्त्रलाई आयुर्वेद भनिन्छ ।



आयुर्वेदको प्रारम्भ र विकास
आयुर्वेदको इतिहास अवलोकन गर्ने हो भने यसको उत्पत्ति महर्षी देवता ब्रम्हाजीद्वारा गरिएको मानिएको छ उहाँले नै ब्रम्हसंहिताको रचना गर्नुभएको थियो । भनिन्छ कि ब्रम्हसंहितामा दशलाख श्लोक तथा एक हजार अध्याय थिए तर आधुनिककालमा यो ग्रन्थ उपलब्ध छैन । आयुर्वेदको ज्ञानको श्रोत वेदलाई मानिन्छ यद्यपी आयुर्वेदको वर्णन सबै चारै वेदमा गरिएको छ । अथर्ववेदसँग धेरै नजिक भएको कारण महर्षी सुश्रुतले उपाङ्ग र महर्षी बागभट्टले उपवेद भन्नु भएको छ । महर्षी चरकले पनि अथर्ववेदसँग धेरै नजिकका विवरणहरु मिलेका कारण आयुर्वेदलाई यसैसँग जोड्नु भएको छ । यसै सन्दर्भमा ऋग्वेदमा आयुर्वेदलाई उपवेदको संज्ञा दिएको छ । महाभारतमा पनि आयुर्वेदलाई उपवेद भनिएको छ । पुराणहरुमा पनि आयुर्वेदको वर्णन गरिएको पाइन्छ । ब्रम्हावैवर्तपुराणमा आयुर्वेदलाई पाँचौवेद भनिएको छ । वास्तवमा कुनै पनि वैदिक साहित्यमा आयुर्वेद शब्दको वर्णन पाईँदैन तर महर्षी पाणिनिद्वारा रचिएको ग्रन्थ अष्टाध्यायमा आयुर्वेद शब्द प्राप्त हुन्छ । आयुर्वेदको सम्पूर्ण वर्णन प्रमुखरुपमा चरक संहिता र सुश्रुत संहितामा गरिएको छ । काश्यप संहिता र हरीत संहितामा पनि यसको आंसिकरुपमा वर्णन गरिएको छ । अष्टाङ्ग संग्रह, अष्टाङ्ग हृदय, भाव प्रकाश, माधव निदान इत्यादी ग्रन्थको सृजना चरक र सुश्रुतलाई आधार बनाएर रचिएका हुन । समयको परिवर्तनका साथसाथै निदानात्मक र चिकित्सकीय अनुभवलाई लेखकहरुले आफ्नो–आफ्नो दृष्टिकोण र विचारको अनुकूल सम्झेर संस्कृत भाषामा लिपिबद्ध गरेको पाइन्छ ।
आयुर्वेदको उद्देश्य
दुःखी हुन चाहने संसारमा यस्तो कुनै व्यक्ति छैन । सुखको चाहना सबै व्यक्तिमा निहित हुन्छ र सुखी जीवन उत्तम स्वास्थ्यमा निर्भर हुन्छ । स्वस्थ र सुखी रहनको लागी शरीरमा कुनै विकार हुनुु हुँदैन यदि भएपनि छिट्टै निदान गर्नु आवश्यक हुन्छ । आयुर्वेदको मुख्य लक्ष्य व्यक्तिको स्वास्थ्यको रक्षा गर्नुु एवं रोगी भएमा उसको विकारको निदान गर्नु हो । स्वस्थ जीवनबाट मात्रै धर्म, अर्थ, काम, मोक्ष प्राप्ती हुनेकुरा ऋषिमुनीहरुलाई थाहा थियो यसैले उनिहरुले आत्माको शुद्धिकरणका साथै शरीरको शुद्धी र स्वास्थ्यमा विषेश ध्यान दिएको पाइन्छ । आयुर्वेदको विकासको क्रम र इतिहासलाई दृष्टिपात गर्दा आदिमकालका पूर्वजहरु रोगबाट मुक्ति पाउन जुन जंगली जडीबुटी, रहन–सहन र अन्य पदार्थको रोगअनुसार आरोग्यार्थ स्विकार गरे त्यो सारा ज्ञान आफूपछिका पिंढीलाई दिएर गए । तर लिपिको अभावमा यो सारा ज्ञान श्रुती र स्मृतिमा मात्र आधारित रह्यो । कालान्तरमा यो ज्ञान एक स्थानमा एकत्रित हुँदै गयो । शरीर स्वस्थ भएन भने धर्म, कर्म, अर्थ काम र मोक्ष प्राप्ति गर्न असंभव हुन्छ भन्ने कुरा त्यस पछि स्थापना भएका गुरुकुलहरुमा सिकाउन थालियो । त्यसैले सर्वप्रथम शरीर स्वस्थ बनाई राख्नुपर्छ । अगाडि नै उल्लेख गरिएको छ कि जब लिपीको आविष्कार भएको थिएन यो ज्ञान श्रुति र स्मृतिमा मात्र जीवित थियो । लिपीको आविष्कार भएपछि पत्थर र भोजपत्रहरुमा लेखेर सुरक्षित राख्न थालियो ।
आयुर्वेदका प्रमुख ग्रन्थहरु

ग्रन्थ
रचनाकार

चरक संहिता
चरक
सुश्रुत संहिता
सुश्रुत
अष्टाङ्ग हृदय
वाग्भट्ट
वंगसेन
वंगसेन
माधव निदान
माधवाचार्य
भाव प्रकाश
भाव मिश्र
यी ग्रन्थहरुको साथै वैद्य विनोद, वैद्य मनोत्सव, भैषज्य रत्नावली, वैद्य जीवन आदि ग्रन्थहरु पनि चलनमा रहेकाछन् ।
आयुर्वेद ज्ञान प्रसारणका केही तथ्यहरु :-
चरक संहिता अनुसार व्रम्हाजीले आयुर्वेदको ज्ञान दक्षप्रजापतिलाई दिनुभयो, दक्षप्रजापतिले यो ज्ञान दुवै आश्विनी कुमारलाई,अश्विनी कुमारले इन्द्रलाई, इन्द्रले भारद्वाजलाई, भारद्वाजले आत्रेय पुनर्वसुलाई, आत्रेय पुनर्वसुले अग्निवेश, जतूकर्ण, भेल, पराशर, हरीत, क्षारपाणिलाई दिनुभयो ।

सुश्रुत संहिता अनुसार ब्रम्हाजीले आयुर्वेदको ज्ञान दक्षप्रजापितलाई दिनुभयो । दक्षप्रजापतिले आश्विनीकुमारलाई, आश्विनिकुमारले धन्वन्तरीलाई, धन्वन्तरीले यो ज्ञान औपधेनव, वैतरण,औरभ, पौषकलावत, करवीर्य, गोपुर रक्षित र सुश्रुतलाई दिनुभयो ।

काश्यप संहिता अनुसार ब्रम्हाजीले आयुर्वेदको ज्ञान आश्विनिकुमारलाई दिनुभयो । आश्विनिकुमारले इन्द्रलाई, इन्द्रले यो ज्ञान कश्यप, वशिष्ठ, अत्रि, भृगुलाई दिनुभयो । यीमध्ये एक शिष्य अत्रिले आयुर्वेदको यो ज्ञान आफ्नो पुत्र र अन्य शिष्यहरुलाई दिनुभयो ।

सृष्टिका प्रणेता ब्रम्हाद्वारा आयुर्वेदलाई एकलाख सुत्रमा (श्लोक) बर्णन गर्नुभएको छ र यो ज्ञान दक्षप्रजापतिले ग्रहण गर्नुभयो । तत्पश्चात दक्ष प्रजापतिद्वारा यो ज्ञान सूर्यपुत्र आश्विनि कुमारबाट स्वर्गाधिपति इन्द्रलाई प्राप्तभयो । आयुर्वेदको इतिहासबाट यो प्रष्ट हुन्छ कि इन्द्रद्वारा यो ज्ञान पुनर्वसु आत्रेयलाई प्राप्त भयो । शल्यशास्त्रकोरुपमा यो ज्ञान धन्वन्तरीलाई प्राप्त भयो र स्त्री एवं बाल चिकित्साकोरुपमा यो ज्ञान इन्द्रले महर्षी कश्यपलाई दिनुभयो । उपरोक्त वर्णनबाट यो प्रष्टहुन्छ कि चिकित्साज्ञान शल्यचिकित्सा र स्त्री एवं बाल चिकित्साको रुपमा प्रख्यात भए ।

महात्मा बुद्धको समयमा आयुर्वेद विज्ञानले रस चिकित्सा विज्ञान र रस विद्यामा धेरै प्रगति गरेको पाइन्छ । यसैकारण बौद्धयुगलाई रसशास्त्रको स्वर्णयुग पनि भनिन्छ । रस विद्यालाई तीन भाग मा विभाजन गरिएको छ । 1. धातु विद्या 2. रस चिकित्सा 3. क्षेम विद्या
शल्य चिकित्सामा प्रतिबन्ध
प्रचिन समयमा सम्राट अशोकले भगवान बुद्धको उपदेशबाट भ्रभावित भएर आफ्नो राज्यमा रक्तपात एवं रक्तपातसँग सम्बन्धित समस्त क्रियाकलापमाथि पूर्णतः प्रतिबन्ध लगाई दिएका थिए । यसले गर्दा कालान्तरमा आयुर्वेदमा प्रचलित शल्यचिकित्साको अभ्यास प्रभावित भयो र अन्ततः शल्यचिकित्सा एकप्रकारले लोप हुने अवस्थामा पुग्यो । तर अर्कोतिर रसचिकित्सामा अद्भुत रुपले नै प्रगति भएको पाइन्छ । केवल रसौषधिको प्रयोगले साध्य, कष्ट साध्य र असाध्य रोगहरुको चिकित्सा विधिको खोज गरीयो । बौद्धयुगको सिद्ध आयुर्वेदज्ञमा भगवान बुद्धका शिष्य नागार्जुन तृतीयले रसविद्याको उत्थानको लागि धेरै योगदान दिए । भगवान बुद्धका शिष्यहरुमा लगभग आठ नागार्जुन थिए र आयुर्वेद रस चिकित्सा विज्ञानको उत्थान र सोधमा सबै नागार्जुनहरुको अमुल्य योगदान रहेको थियो ।
आयुर्वेदको मुल सिद्धान्त
आयुर्वेदलाई चिकित्सा विधिको ज्ञान एवं बैज्ञानिक दृष्टिकोण राख्दै महर्षिहरुले आयुर्वेदको मुल सिद्धान्तको यस्तो संरचना बनाएका छन् । आयुर्वेदमा मुख्यतः तीन दोषहरु हुन्छन् । यी तीनदोषहरु निम्नानुसार रहेका छन् ।
त्रिदोष
वात, पित्त र कफ

(वात (वायु), पित्त र कफ छुट्टा छुटटै हुँदा एकल दोष भनिन्छ ।)

वात (वायु) र पित्त अथवा पित्त र कफ अथवा वात(वायु) र कफ यि दुई दोष एकैसाथ हुँदाको मिश्रणलाई द्विदोष भनिन्छ ।

जब वात(वायु), पित्त र कफ यि तीनै दोष एकसाथ हुन्छन् भने त्यस्तो दोषलाई त्रिदोष या सन्निपात भनिन्छ ।

त्रिदोषका पाँच भेदहरु : आयुर्वेदमा प्रत्येक दोषका पाँच–पाँच वटा भेदहरु निर्धारण गरिएका छन् ।
१. वात (वायु) दोषका पाँच भेदहरु यसप्रकार छन् ।
(क) समान वात
(ख) व्यान वात
(ग) उदान वात
(घ) प्राण वात
(ङ) अपान वात
(वात दोषलाई वायु दोष पनि भनिन्छ । )
२. पित्त दोषका पाँच भेदहरु यसप्रकार छन् ।
(क) पाचक पित्त
(ख) रंजक पित्त
(ग) भ्राजक पित्त
(घ) लोचक पित्त
(ङ) साधक पित्त







३. यसै प्रकार कफ दोषलाई पनि पाँचै भेदहरुमा विभाजन गरिएको छ ।
(क) श्लेष्मन कफ
(ख) स्नेहन कफ
(ग) रसन कफ
(घ) अवलम्बन कफ
(ङ) क्लेदन कफ





सप्त धातु
आयुर्वेदको मौलिक सिद्धान्तमा सप्तधातुको धेरै महत्व छ । यि धातुहरुद्वारा शरीरको धारण हुन्छ, यसैले यिनिहरुलाई धातु भनिन्छ ।
१) रस धातु
२) रक्त धातु
३) मांस धातु
४) मेद धातु
५) अस्थि धातु
६) मज्जा धातु
७) शुक्र धातु

आयुर्वेदका आठ अङ्गहरु
चिकित्साको दृष्टिले आयुर्वेदलाई आठ अङ्गमा वर्गिकृत गरिएको छ । यसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ ।
१. शल्य
२. शलाक्य
३. काय चिकित्सा
४. भूत विद्या
५. कौमार भृत्य
६. अंगद तन्त्र
७. रसायान
८. बाजीकरण
अन्त्यमा, आयुर्वेदको आलोचना
आधुनिक चिकित्सा विज्ञान एलोपेथीको समर्थन गर्ने चिकित्सा बैज्ञानिकहरु आयुर्वेदलाई कुनै वैज्ञानिक आधार नभएको अवैज्ञानिक चिकित्सा पद्धति भनेर व्याख्या गर्छन् । जुनप्रकार एलोपेथीमा रोगका कारणहरु ब्याक्टेरिया, इनफेक्सन, जेनेटिक आदि हुन्छन् र यसको परीक्षण विभिन्न जनावरहरुमा गरीन्छ र परीणाम प्राप्त हुँदासम्मका सारा प्रकृया ठोस प्रमाणमा आधारित हुन्छन् आयुर्वेदमा त्यस्तो केही पनि हुँदैन यो सबै कपोलकल्पित हुन्छन् भनिन्छ ।
आखिर जे भएपनि दुवै चिकित्सा प्रणाली आजसम्म प्रचलनमा छन् र आम मानिसहरुको यसप्रति उस्तै विश्वास समेत रहेको पाइन्छ ।

स्रोत : समावर्तन

मानिसको आँखा कति शक्तिशाली छ ?












हामीले हाम्रो शरीरलाइ ऐनामा नियालेर बाहिरी शरीर मात्र हेर्न सक्छौं | कसैले तिम्रो नाक एस्तो, आँखा उस्तो वा कान एस्तो भनेर बाहिरी शरीरको मात्र बर्णन गर्ने गरेको सुनिन्छ तर मानिसको शरीरमा भएका प्रत्येक अङ्ग भागहरु कति शक्तिशाली छन् भनेर हामीले कहिलेकाही सुन्छौं तर कमै मात्र संबेदनशील भएर सोच्छौं | आउनुहोस हाम्रो शरीरका अंगको शक्ति बारेमा केहि जानकारी पस्कने कोसिस गरेको छु |
आँखा मानिसको शारीरको महत्वपूर्ण अंग हो | मानिसको अनुहारको सुन्दरता आँखाले नै निर्धारण गरेको हुन्छ | यति मात्र नभएर यो संसारलाई देखने, अनुभव गर्ने मानिसको मस्तिस्कसम्म सन्देश पुर्याउने काम पानी आँखाको नै हो | हामी आँखा नभएको परिकल्पना मात्र गर्दा पनी डरले पानी पानी हुन्छौं | मान्छेको आँखामा भएको शक्ति र बिशेषताको हामी धेरै चर्चा सुन्छौं | अब यंहा आँखा सम्बन्धी केहि यथार्थ जानौं |
- हामी आवश्यकता नपरे सम्म आँखामा केहि पनि राख्दैनौ | डाक्टरको सल्लाह बमोजिम आँखामा लगाउने आइड्रोप वा गाउँ घर तिर आँखामा कसिंगर पर्दा आमाको दुध मात्र आँखामा राख्ने गरिन्छ | जब आँखामा केहि चिज पर्न खोज्छ हाम्रो आँखाको
बाहिर रहेको आवरण आफैँ बन्ध हुन्छ आइबललाइ बचाउँछ |
- आँखा झिम्क्यौनाले आँखामा भएको फोहोर आँसुको सहायता ले साफ गर्ने काम हुन्छ जुन हामीले नचाहदा नचाहदै आफैँ भैरहेको हुन्छ | कुनै बस्तु आँखाको वरिपरी अथवा आखालाई असर पुग्ने गरि आयो भनेपनि हम्रो आँखा आफैँ झिम्किन्छ |
-आँखाको आइरिस सम्बन्धि आध्ययनलाइ आइरिदोलजी भनिन्छ |
- पहिला शार्कको कोर्निया शल्यचिकित्षामा प्रयोग गरियो किन कि शार्कको कोर्निया मान्छेको आँखाको कोर्निया उस्तै हुन्छ |
- अमेरिकामा बयस्क मान्छे अन्धो हुने मुख्य कारण मधुमेह हो |
- मान्छेको आँखाको आइबलको तौल झन्डै २८ ग्राम हुन्छ |
- मानब आँखाले ५०० किसिमका ग्रे शेड रङ् छुट्यौना सक्छ |
- आँखाको कोर्निया एक त्यस्तो जीवित तन्तु हो जसमा कुनै पनि रक्त बाहिनी नली हुँदैन |
- कंजाक्तिवा त्यस्तो एक झिल्ली हो जसले आँखालाई ढाक्ने काम गर्छ |
- मानिसले कागजमा लेखेको तुलनामा कम्प्युटरको स्क्रीनमा लेखेको कुरा झन्डै २५% ढिलो पढ्छ |
- महिलाको तुलनामा पुरुषले प्रिन्ट राम्रोसंग पढ्न सक्छ |
- अमेरिकाका झन्डै २५००० आँखामा चोट लागेका व्यक्तिहरु पुरै अन्धा भएका थिए |
- भर्खरै जन्मेका शिशुहरु रंगका अंधा हुन्छन |
- जबसम्म शिशु देखि हप्ताको हुँदैन तबसम्म उसको आँखामा आँसु उत्पादन हुँदैन |
- जब कुनै व्यक्ति रुन्छ उसको नाक बग्न (पानि वा पातलो सिंगान आउनु ) थाल्छ कारण आँखाबाट आउने आँसुको नली नाक मार्फत हुन्छ |
- आँखा बन्द नगरी हाछयूं गर्न असम्भब हुन्छ |
- हाम्रो आँखाको पछाडी भित्तामा रहेको भागलाई रेटिना भनिन्छ | रेटिनामा भएका सेल रड कोन्स भनिन्छ | यिनै रड कोन्सको सहायताले हामि रंग प्रकाश देक्छौँ |
- आइरिसको रंगले हाम्रो आँखाको रंग खैरो, कालो, निलो कस्तो हो निर्धारण गर्छ |
- हाछयूंको उचतम गति १६५ कि. मि प्रति घण्टा रेकोर्ड गरिएको थियो |
- आँखाको आइब्रोहरुको बीच को ज्ञाप लाइ ग्लाबेल्ला भनिन्छ |
- हाम्रो आँखा एक बर्षमा लगभग १००००००० पटक झिम्किन्छ