Friday, September 17, 2010

सुगौली सन्धि







नेपाली विकिपीडियाबाट

The territorial effects of the Treaty of Sugauli.

greater nepal map with british india map
सुगौली संधिमा हस्ताक्षर ब्रिटिश ईष्ट इण्डिया कम्पनीनेपाल बीच २ डिसेम्बर १८१५ मा भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो यो संधि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो संधिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नल प्यरिस् ब्राड्श थिए संधिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्‍यो यस अघि फ्रांसका कमाण्डरहरुलाई नेपाली सेनालाई तालिम दिने काममा लगाइन्थ्यो यस संधिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्‍यो यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए नेपालले गुमाएका क्षेत्रहरुमा काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल(वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरु कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरु तराई क्षेत्रका केही भागहरु सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरु सन् १८६५ मा नेपाललाई फर्काइयो
नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि इड्-वार्ड् गार्डनर् नैं प्रथम पश्चिमी प्रतिनिधि भए उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरु छन् सुगौली संधिलाई सँच्याउने अर्को "सदाको निम्ति शान्ति एवं मैत्री" संधि डिसेम्बर १९२३ मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै संधि गरियो
१ सुगौली संधिअघि
२ नेपालले स्वेच्छाले सुगौली संधि गरेको थिएन
३ संधिको वैधता
४ सीमा विवाद

सुगौली संधिअघि
सुगौली संधि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनिताल, कुमाउ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो परन्तु वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्छन्
नेपालले स्वेच्छाले सुगौली संधि गरेको थिएन
१. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले संधिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्‍यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो संधि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो नेपाललाई ती शर्तहरु मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो राजधानीमा आक्रमण अपरिहार्य बुझेर संधिमा हस्ताक्षर गर्न बाध्य बन्यो
२. सुगौली संधि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरु यसमा हस्ताक्ष‍र गर्न चाँहदैनथे तर नेपाल बाध्य बन्यो- यसका शर्तहरु मान्न पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस संधिमा हस्ताक्षर गरे
३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो संधि सोही दिनदेखि लागू गरियो
संधिको वैधता
१. संधिको अनुच्छेद ९ मा राजाद्वारा संधि मंजूर् गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड छैन
२. ब्रिटिशलाई नेपालले संधिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट संधि लागू भएको पुष्टि गरे र संधिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पियो
सीमा विवाद
संधिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ १. संधिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ लगभग ६०००० हेक्टेयर जमिनमा आज पनि विवाद छयी जमिनहरुमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन् २. परिणाम स्वरुप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरु एकार्कामा लगाइन्छ यस्ता ५४ वटा क्षेत्रहरु छन् यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्

No comments:

Post a Comment