Friday, September 17, 2010

सुगौली सन्धि







नेपाली विकिपीडियाबाट

The territorial effects of the Treaty of Sugauli.

greater nepal map with british india map
सुगौली संधिमा हस्ताक्षर ब्रिटिश ईष्ट इण्डिया कम्पनीनेपाल बीच २ डिसेम्बर १८१५ मा भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो यो संधि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो संधिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नल प्यरिस् ब्राड्श थिए संधिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्‍यो यस अघि फ्रांसका कमाण्डरहरुलाई नेपाली सेनालाई तालिम दिने काममा लगाइन्थ्यो यस संधिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्‍यो यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए नेपालले गुमाएका क्षेत्रहरुमा काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल(वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरु कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरु तराई क्षेत्रका केही भागहरु सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरु सन् १८६५ मा नेपाललाई फर्काइयो
नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि इड्-वार्ड् गार्डनर् नैं प्रथम पश्चिमी प्रतिनिधि भए उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरु छन् सुगौली संधिलाई सँच्याउने अर्को "सदाको निम्ति शान्ति एवं मैत्री" संधि डिसेम्बर १९२३ मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै संधि गरियो
१ सुगौली संधिअघि
२ नेपालले स्वेच्छाले सुगौली संधि गरेको थिएन
३ संधिको वैधता
४ सीमा विवाद

सुगौली संधिअघि
सुगौली संधि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनिताल, कुमाउ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो परन्तु वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्छन्
नेपालले स्वेच्छाले सुगौली संधि गरेको थिएन
१. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले संधिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्‍यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो संधि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो नेपाललाई ती शर्तहरु मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो राजधानीमा आक्रमण अपरिहार्य बुझेर संधिमा हस्ताक्षर गर्न बाध्य बन्यो
२. सुगौली संधि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरु यसमा हस्ताक्ष‍र गर्न चाँहदैनथे तर नेपाल बाध्य बन्यो- यसका शर्तहरु मान्न पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस संधिमा हस्ताक्षर गरे
३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो संधि सोही दिनदेखि लागू गरियो
संधिको वैधता
१. संधिको अनुच्छेद ९ मा राजाद्वारा संधि मंजूर् गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड छैन
२. ब्रिटिशलाई नेपालले संधिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट संधि लागू भएको पुष्टि गरे र संधिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पियो
सीमा विवाद
संधिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ १. संधिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ लगभग ६०००० हेक्टेयर जमिनमा आज पनि विवाद छयी जमिनहरुमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन् २. परिणाम स्वरुप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरु एकार्कामा लगाइन्छ यस्ता ५४ वटा क्षेत्रहरु छन् यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्

Monday, September 13, 2010

लिम्बू विद्यार्थी मञ्च

'मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान'
लिम्बू विद्यार्थी मञ्च5th महाधिवेशन
२०६७ असोज १४, १५ र १६ गते
इलामबजार, इलामलिम्बुवान,

नेपालआदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू,२०४६ सालको जनआन्दोलनपश्चात् परिवर्तित संविधानद्वारा प्रद्धत संवैधानिक अधिकारलाई आत्मासाथ गरेर २०५३ चैत ३ -यो त २०५५ साल चैत्र ६ गते होईन र) गते स्थापित लिम्बू विद्यार्थी मञ्च लिम्बू विद्यार्थीहरूको साझा तथा गौरवशाली एक मात्र संगठन हो । मञ्चले स्थापना कालदेखि नै लिम्बू विद्यार्थी, लिम्बू समुदाय र लिम्बुवानवासीको हकहित एवं अधिकारको सुनिश्चितताका लागि लड्दै आएको छ । लिम्बुवान आन्दोलनलाई निष्कर्षा पुर्‍याउन वहस, छलफलजस्ता बौद्धिक कार्यक्रम गर्दै सडक आन्दोलनको अग्र मोर्चामा पनि रहँदै आएको छ । यसरी नै अगाडि बढ्ने क्रममा लिम्बू विद्यार्थी मञ्च अहिले पाँचौं महाधिवेशनको सँघारमा उभिएको छ ।
यतिखेर हामी जटिल अवस्थामा उभिएका छौं । हाम्रो आन्दोलनलाई र्सार्थक र उपलब्धिमुलक बनाउने समयमा रहेका छौं । आन्दोलनलाई र्सार्थक र उपलब्धिमुलक बनाउन हाम्रो भाषा, लिपि, धर्म, संस्कार एवं संस्कृतिको संरक्षण, सर्म्बर्द्धन गर्दै अधिकारको पर्ूण्ा ग्यारेण्टी गर्नु जरुरी छ । जसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा 'लिम्बुवान स्वायत्तता'को प्राप्ति अनिवार्य छ । हामी सोही अभियानमा छौं ।
यतिखेर हाम्रा मार्गदर्शक किरात सिरिजंगा लिपि तथा लिम्बू भाषाको प्रचारप्रसारमा सहादत्त प्राप्त गर्नुहुने सिरिजंगा सिंथेबे, राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देन र इमानसिं चेम्जोङदेखि लिम्बुवान स्वायत्तताका लागि सहादत्त प्राप्त गर्नुहुने काङसोरे र राजकुमार आङदेम्बे 'माङतोक'सम्मका व्यक्तित्वहरूप्रति हार्दिक सम्मान प्रकट गर्दै समसामयिक हाम्रो दृष्टिकोण यस अपिल मार्फ र्सार्वजनिक गर्दछौं ।आदरणीय सम्पर्ूण्ा विद्यार्थी साथीहरू,२४० वर्षम्म निरङ्कुश शाह वंशीय राजतन्त्रले हाम्रो भाषा, लिपि, धर्म, संस्कृति तथा हाम्रो अस्तित्वसँग जोडिएको भूमिमाथि विभिन्न बहानामा अतिक्रमण गर्‍यो । हामीलाई भाषिक, सांस्कृतिक तथा धार्मिक अधिकारबाट बञ्चित बनाउने काम भइरहृयो । २०४६ सालको जनआन्दोलनपश्चात् 'संवैधानिक राजतन्त्र'सहितको प्रजातन्त्र नेपाली जनताले पाए । त्यस शासन पद्धतिमा परिवर्तनका विभिन्न आयामहरू थप्ने प्रयास भएतापनि हामीलाई परिवर्तनको महसुस भएन । नेपाललाई 'हिन्दू राष्ट्र' बनाइयो । भाषिक अधिकारको प्रत्याभूति गरेपनि 'खस नेपाली' भाषालाई नै राष्ट्र भाषा बनाइयो । समावेशी तथा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त र आरक्षणजस्ता कुरा व्यवहारमा उतार्न तत्कालीन सरकार उदासिन रहृयो । फलस्वरूप २०६२/६३ मा जनआन्दोलन-२ भयो । जसको परिणाम २४० वर्षम्म जरा गाडेर बसेको सामन्ति राजतन्त्र अन्त भयो । अद्यापि, हाम्रो सामु थुप्रै चुनौतीहरू विद्यामान छन् । धर्म निरपेक्ष, संघीयताजस्ता सवालहरूलाई संस्थागत गर्न बाँकी नै छ । अझै पनि व्यवहारिक, व्यवसायिक र वैज्ञानिक शिक्षा 'हुने खाने'को पहँुचमा मात्र सीमित छ । 'हुँदा खाने'हरू सामान्य शिक्षाबाट नै बञ्चित छन् । शैक्षिक व्यापारिकरण बढ्दो छ । दर्ुगम ठाउँका गरिब किसानका छोराछोरीहरू शिक्षादेखि बञ्चित छन् भने अर्कोतर्फशैक्षिक जनशक्ति बेरोजगार छन् । त्यस्तै, गुणस्तरीय शैक्षिक जनशक्ति दिनानुदिन विदेश पलायन भइरहेको छ ।
विगत एक दशकदेखि बहुभाषिक विश्वविद्यालय अर्न्तर्गत विभिन्न भाषा, लिपिको पर््रवर्द्धन र विकासमा सरकार उदासिन रहेको स्पष्ट छ । -यो रातोलाई काट्नु पार्ला) किनकि, मातृभाषामा पठनपाठनलाई प्रोत्साहित गर्नुको साटो हतोत्साहित गरिँदै आइएको छ । २०४७ को संविधानमा प्राथमिक तहसम्म मातृभाषाको पठनपाठनलाई व्यवस्था गरेपनि समयमा पाठ्यपुस्तक उपलब्ध नगराउने, शिक्षक दरबन्दीको व्यवस्था नगर्ने, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणमा सम्बन्धित विषयको विज्ञको संलग्नतालाई बेवास्ता गरिँदै आइएको छ । यस्ता कुराले सरकार मातृभाषाको शिक्षा नीत्रि्रति पर्ूण्ा त गैरजिम्मेवार छ भन्दा अत्युक्ति नहोला । त्यसैले सरकारको यस्तो कार्यलाई निस्तेज गर्दै मातृभाषामा नै पठनपाठन गर्ने व्यवस्थालाई सुनिश्चित गर्न बहुभाषिक शिक्षा नीति लागू गर्ने पक्षमा हामी लडिरहने प्रतिवद्धता व्यक्त गर्दछौं ।
जनआन्दोलन-२ पश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपनि यसलाई संस्थागत गर्न राजनीतिक दलहरू सफल हुन सकेका छैनन् । यहाँ संघीयता नचाहने यथास्थितिवादी र पुरानो व्यवस्थालाई कायम गर्न चाहने प्रतिगामी शक्तिहरूले नेपालीको परिवर्तनको चाहना र लिम्बुवान स्वायत्तताको मागलाई तुहाइदिने अवस्था पनि त्यतिकै टड्कारो अवस्थामा छ । यो अन्तरिम संविधानको मर्म र भावनाअनुरूप राजनीतिक दलहरू अगाडि नबढ्नुको परिणामको संकेत हो । दर्ुइ वषभित्र नयाँ संविधान बनाइसक्ने कार्यभारलाई बेवास्ता गर्दै अन्तरिम संविधानको आठौं संशोधन गरेर संविधानसभाको म्याद एक वर्षथप्नुले यो संकेत दिएको छ भन्दा अत्युक्ति नहोला । यो समयावधिमा लिम्बुवान स्वायत्तता स्थापना हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको यथार्थलाई नकार्न सकिन्न । संविधानसभाको राज्यको पर्ुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले संघीय नेपालको स्वरुपमा 'लिम्बुवान' प्रस्ताव गरेको छ । यो स्वागत योग्य भएपनि यसमा ऐतिहासिक पृष्ठभूमि र लिम्बुवानवासीको मागलाई बेवास्ता गर्दै लिम्बुवानको भूमि संकुचन गरिएको छ । समितिको सो प्रस्तावको विपक्षमा राजनीतिक वृतमा वहस प्रारम्भ भइसकेको छ । अर्को गम्भीर विषय 'राज्य पर्ुनर्संरचना आयोग' बनाउने चर्चा पनि चलिरहेको छ । -यो ठिक छ राख्नु पर्ला) जातीय आधारमा राज्य पर्ुनर्संरचना गर्न नहुने, लिम्बुवानलाई जातीय मात्र देख्ने, लिम्बुवान भूगोल हो भन्ने ऐतिहासिकता नामेट पार्नेजस्ता चलखेल हुनु र लिम्बुवान स्वायत्तता प्राप्तिको आन्दोलन सफलताको विन्दुमा पुग्न नसक्नु हाम्रा लागि गम्भीर चुनौती हो । यस्तो गम्भीर चुनौतीपर्ूण्ा घडीमा लिम्बू विद्यार्थी मञ्चको पाँचौं महाधिवेसन 'मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान' भन्ने मूल नाराका साथ सम्पन्न गर्न लागिरहेका छौं ।

आदरणीय लिम्बुवानवासी दाजुभाइ तथा दिदीबहिनीहरू,
अस्तित्वको लडाइँको लामो फेहरिस्तमा हामीले धेरै लडाइँ जिते पनि जितको महसुस गर्न कहिल्यै सकेनौं । हामी भाषिकरूपमा बहिष्करणमा परिरहृयौं । धार्मिक स्वतन्त्रतालाई जहिल्यै बन्धकी बनाउन बाध्य भयांै । सांस्कृतिकरूपमा आफ्नो संस्कारभन्दा पनि पर्राई संस्कार, संस्कृति र सभ्यतालाई अँगाल्नमा गर्व गर्न थाल्यौंं । हाम्रै घर आँगनमा भएका विकास, उन्नतिको पर्याप्त सम्भावनालाई बेवास्ता गर्दै खाडीको मरूभूमिमा पसिना चुहाउन र जीवन गलाउन प्रात्साहित भयौं । हाम्रा पर्ुखाले जोगाएर ल्याएको वन विनास भई प्राकृतिक प्रकोप हुँदा र पर्यावरणीय प्रतिकूलता हुँदासम्म हाम्रो चेत खुलेन । अझ हाम्रै गाउँको किनारामा बग्ने खोला, नदीनाला जलविद्युत् निकाल्न बहानामा कसैले निजी बनाउँदा पनि हामी मौन रहृयौं । हाम्रो चिन्तनशैली र शासककोे पर्ूवाग्रही व्यवहारले यी सब नियति भोग्न बाध्य भएका छौं । जनआन्दोलन-२ ले स्थापित गरेको भाषिक, सांस्कृतिक, धार्मिक, स्वतन्त्रता र अन्तरराष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९ ले दिएको अधिकारको उपभोग गर्न पाएका छैनौं । जबसम्म राजनीतिकरूपमा स्वायत्त स्वतन्त्र हुँदैनौं तबसम्म यावत प्रकारको स्वतन्त्रता हाम्रा लागि अर्थहीन हुने छन् । त्यसैले लिम्बुवान स्वायत्तता स्थापनार्थ अघि बढ्नुको बिकल्प हामी माझ छैन ।
आदरणीय महानुभाव तथा विद्यार्थी साथीहरू,लिम्बू विद्यार्थी मञ्चले आफ्नो १४ -१२ वर्षो होईन र) वर्षो दौडानमा थुप्रै अप्ठ्यारा तथा चुनौतीहरूलाई पार गर्दै आएको कुरा र्सवविदितै छ । र, कुनै पनि लक्ष्य प्राप्तिका लागि अप्ठ्यारा र चुनौतीको समाना गर्न अपरिहार्य भएको यथार्थतालाई मञ्चले आत्मसाथ गरेको छ । त्यसैले नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान हुने पर्ने अडानमा मञ्च रहँदै आएको छ । किनकि, राजनीतिक अधिकार प्राप्त नगरी सामाजिक, आर्थिक, भाषिक, धार्मिक, सांस्कृतिकरूपले उन्नति प्रगति गर्न सकिन्न भन्ने मञ्चको मान्यता छ । त्यसैले लिम्बुवानवासी र लिम्बु जातिको राजनीतिक अधिकार स्थापना गर्न 'लिम्बुवान स्वायत्तता' अपरिहार्य छ । तर, लिम्बुवान स्वायत्तता स्थापना लिम्बुवानवादी राजनीतिक दल एवं संघ संगठनबीचको एकताबिना असम्भव छ । त्यसैले अहिले देखिँदै आइएको लिम्बुवानवादी राजनीतिक दल एवं संघ संगठनबीचको वैचारिक तथा सैद्धान्तिक मतभेदलाई समाप्त गरी लिम्बुवानप्रति आफू प्रतिवद्ध भएको प्रमाणित गर्दै सुन्दर, शान्त र समृद्ध लिम्बुवान स्थापना गर्न लिम्बू विद्यार्थी मञ्च पाँचौ महाधिवेसनको अवसर पारेर सम्पर्ूण्ा लिम्बुवानवादी राजनीतिक दल एवं संघ संगठनमा कार्यगत तथा मोर्चागत एकता गर्न आहृवान गर्दछ ।

लिम्बू विद्यार्थी मञ्चको पाँचौं महाधिवेशन लिम्बुवानको ऐतिहासिक तथा सुन्दर नगरी इलाम बजारमा यही २० ६७ असोज १४, १५ र १६ गते सम्पन्न हुँदैछ । स्वदेश तथा विदेशका विभिन्न शिक्षण संस्थाबाट १०० भन्दा बढी -यो छड्के पारे जति काटेर यसमा "देश भरका लिम्बु विद्यार्थीहरुको" राख्दा कसो होला) प्रतिनिधि तथा पर्यवेक्षक सहभागी रहने उक्त महाधिवेशनलाई सफल बनाउनका लागि आर्थिक, भौतिक तथा नैतिक विभिन्न तवरबाट सहयोग उपलब्ध गरिदिनहुन सम्पर्ूण्ा उद्योगी, व्यापारी, पेशाकर्मी, बुद्धिजिवी, मानवअधिकारकर्मी, पत्रकार साथै विभिन्न संघ संगठनलगायत सम्पर्ूण्ा जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

Tuesday, September 7, 2010

लिम्बुवान


- लिम्बुवान त्यसै उत्पति भएको वा कसैले राखिदिएको कुनै जाति वा समुदायको नाम होइन । यो त किरात सभ्यतामा किरात भूमिको राजनैतिक क्रान्तिले जन्माएको नाम हो । आजको लिम्बुवान भूमिलाई लिम्बुवान भन्नुभन्दा पहिले फेदाप भनिन्थ्यो । सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व बिजुगखोला आउने सौमर किरात वंशमध्ये भाइफुट्टा (वर्तमान लिम्बु वंशका एक शाखा) वंशीले अरुणखोला तरी फेदाप पहाडका जंगल उजाड गरी बसे । यस वंशका राजालाई भाइफुट्टाहाङ भन्थे । यिनको दरबारमा च्याम्जोलो नामक एक ज्ञानी मन्त्री थिए । यिनै मन्त्रीको सहायताले भाइफुट्टाहाङले फेदाप वरिपरिका गाउँहरु वालुङ, तम्बर, मेवा, मैवा, छथर, पान्थर र चौबीसमाथि आफ्नो अधिकार जमाए । विस्तारै उनले अरुण पश्चिमका किराती गाउँले राजाहरुलाई आफ्नो पकडमा राखेर शासन चलाए । भाइफुट्टाहाङको नौ पुस्तापछि यो वंशमा जिते नामक एक राजा भए । यी राजाका पर्वते नामक एक वीर पुत्र भए । त्यसबेलाका पहाडी खण्डका वीरहरुमा यिनी सर्वश्रेष्ठ थिए । पर्वते राजाका छोरा मलयकेतु राजाका पाँच पुस्तापछि फेदापमा साम्युकहाङ राजा भए । यी राजाले आफ्नो रैयतहरुलाई अत्याचार गर्दा तराईबाट फिरेका किरातीहरुले विद्रोह गरे । तिब्बतबाट आएका लाशावंशी किरातहरुले पनि जोरतोडले तराईका किरातहरुलाई मद्दत दिए। साम्युकहाङ विद्रोहमा मारिए । र, फेदापमा भाइफुट्टाहाङ वंशी राजाहरुको अन्त भयो र इशाको ३०० वर्ष पछि फेदापमा वाजदेव नामक राजा भए । उनले लिबाङमा राजधानी बनाई शासन गरे । यो राजा पछि त्यहाँ १२ राजाहरुको क्रम प्रारम्भ भयो ।
यसरी नै इशाको सातौं शताब्दीतिर आइपुग्दा आठ आपुङगी राजाहरुले फेदापलाई विभिन्न आठ प्रान्तमा विभाजन गरी राज्य गरे । ताइश्यान वंशीहरु जो नाम्मावबाट उत्तरपश्चिम दिशा लागी बर्साई आउँथे, तिनीहरुले आफ्नो किपट पातकोई पहाड र चिन्डविन नदीको बीचमा खामति भन्ने जग्गामा बनाए । त्यहाँ तिनीहरुले धेरै पुस्तासम्म राज्य गरी बसे । इशाको छैटौं शताब्दीपछि यही खामति भन्ने जग्गाबाट दश चिनियाँ सरदारहरुले आफ्नो शाखा-सन्तान उर्ठाई पातकोई पहाडतर्फ लागी आसाम बर्साईं आए । तर, यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (वनारस)को मैदानमा आई बसे । हिन्दूस्थानमा आई बस्ने मंगोली, शक् कुशान, ग्रीक राजाहरु राजनैतिक कारण हिन्दू भई राजपूत वंशमा गाभिएका थिए । राजपूत राजाहरुले हिन्दू मतमा नआउने हुण जातिलाई देशबाट निकालेका थिए । यसो हुँदा तिनीहरुलाई काशी छोड्नु कर लाग्यो । यिनीहरु उत्तरपूर्वका पहाडी खण्डमा बसाईं आए । ती दश सरदारका साथमा तीन वर्गका पुरोहितहरु पनि थिए ।
जब यी दश सरदारहरु आसाममा आए, त्यहाँको भूमि आफ्नै वंशहरुले ओगटेको पाए । यसकारण तिनीहरु लगातार पश्चिम तराई भूमिमा आए । त्यहाँबाट अझ पूर्व नेपालको पहाडी भूमिमा आए । तर, त्यो स्थान किरात आठ प्रमुख (राजा) हरुको अधिकारमा थियो । उनीहरुले ती आठ किरात प्रमुख सन्ततिको सार्वभौमिकतामा बसोबास गर्ने अनुमति माग गरे । आठ राजाले पनि मागबमोजिम उनीहरुलाई आ-आफ्ना राज्यमा बस्न दिए ।
फेदापमा आफ्नै पाराले शासन गरिरहेका आठ प्रमुख (राजा)हरुले शानमोकवानी दश सरदारहरुलाई आफ्नो सार्वभौमिकतामा बस्न दिएपछि लिम्बुवानको अर्को इतिहास सुरु भयो । ती आठ सरदारका संख्यामा तीब्र बृद्धि हुन थाल्यो । अन्तमा, यिनीहरु अर्कै एक नयाँ जाति भए, र यिनीहरुले आफूलाई याक्थुङ बंश भन्न थाले । जे भएपनि, ती सरदारहरुका सन्तान आठ राजाहरुमै गनिन्थे । तर, यो नौलो रैयतहरुका सन्तान औधी बढेको देखी ती आठ राजाहरुका मनमा राजनैतिक विद्रोहको शंका उत्पन्न हुन थाल्यो । यिनीहरुको जनसंख्या बढेपछि अदलमा राख्न कठीन पर्छ भन्ने शंकाले ती आठ राजाहरुले सल्लाह गरी यी नौला रैयतहरुलाई हरेक तवरले दबाएर राख्ने उपाय गरे । पहिलो जमिनमा तिरो बर्ढाई दिए । दोश्रो, निष्ठुर ऐन लागू गरे । तेस्रो, तिनीहरुसित दासझैं व्यवहार गरे । यस्तो अन्याय सहन नसकी यी दश सरदारहरुका रैयतहरुले पनि मतो गर्न थाले ।
अब, तिनीहरुले पान्थरको आम्बेपोजो-मा कामकेत लाङ्मा र सुमहेत्लुङ्मा भन्ने (फेदेन गढी) स्थानमा सभाको आयोजना गरे । सो भेलामा गम्भीर छलफलपछि सामन्ती शासनको विरुद्धमा विद्रोह गर्ने निर्णय गरे । तिनीहरु संगठित भई तीनवटा आँपको विरुवा रोपी पूजा गर्दै पवित्र पानी सिञ्चन गरेपछि प्रत्येक योद्धाले कसम खाए, सपथ लिए कि म युद्धमा विजय हासिल गर्नेछु वा मर्नेछु, युद्ध भूमिबाट तबसम्म घरमा फिर्ने छैन जबसम्म यो देशबाट ती सामन्ती राजाहरुलाई धपाउने छैन । कतै युद्धभूमि छाडी भागेमा तुरुन्त मृत्यु होस् भन्दै प्रत्येक ब्यक्तिले त्यो पवित्र स्थलमा सपथ ग्रहण गरे । अन्त्यमा, आफ्नै निर्णय र वाचा अनुसार नै कतिलाई मारे त कतिलाई देशबाहिर भगाए । यसरी, ती शानमोकवानी जनताले त्यो देशलाई तिनीहरु आफ्नैजस्तो गरी जफत गरे । यसपछि, फेरि तिनीहरुले त्यही आम्बेपोजो-मा भन्ने ठाउँमै ठूलो सभा गरे । आठ राजा मासिए । अब यो मुलुकको राजानेता को हुने? मुलुकको नाउँ के राख्ने भन्ने विषयमा व्यापक छलफल भयो । सभामा र्सवप्रथम, • त्यो देशलाई धनुवाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बुवान (लि- धनु, आबु-हान्ने, वान्- नाउँ लाउनु, अर्थात् लिम्बु भाषामा धनुवाणले जितिएको देश लिम्बुवान) राखे । • दोस्रो निर्णयानुसार, त्यो देश दश सरदारले मिली जितेको हुनाले बराबर दश मागमा विभक्त गरी शासन गर्नु पर्छ भन्ने राय बसाए । • तेस्रो, यो दश प्रदेश लिम्वुवानका बासिन्दाहरुलाई त्यसउप्रान्त दश लिम्बुका वंश हौं भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर्याए । • चौंथो, देशको साँध सीमाना लगाउनु पर्छ भन्ने निश्चय गरे, र लिम्बुवानको सीमाना उत्तरमा तिब्बत, दक्षिणमा मधेश, पूर्वमा मेची खोला र पश्चिममा अरुण नदी निर्धारण गरे ।
साथै, आ-आफ्ना राज्यमा शासन गर्न ४४ बुँदे राजनैतिक थिति संविधान, छ बुँदे धार्मिक नीति, १० बुँदे कृषि ऐन, र ४ बुँदे सामाजिक थितिसमेत तयार गरे । यी सबैलाई दश लिम्बुवानको थिति मानिन्छ ।
[परिवर्तन्] शाह र राणाका लिम्बुवानमा आक्रमणहरु वि.सं. १८२९ को साउन महिनामा गोरखाका राजा पुथ्बीनारायण शाहले किरात राज्यहरुको विरुद्ध आक्रमण गर्ने योजना बनाए । वि.सं. १८३०मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो । यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरुको ज्यान गयो । वि. सं. १८३१ बैसाक २५ गते गोर्खाली सेना रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो । वीरताका साथ लडिरहेको काङसोरेको षडयन्त्रपूर्वक हत्या भयो । वि. सं.१८३१ साउन २२ गते गोर्खाली सेना र लिम्बुबीचमा ऐतिहासिक सन्धि भयो । वि.सं.१८३३ मा विजयपुरे राजा बुद्धिकर्णको हत्या भयो । वि.सं.१८३७ मा नेपाल र अंग्रेजबीचको सुगौली सन्धि भयो । यसपछि लिम्बु तथा लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङ भयो । वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो । चन्द्रसमशेरको पालामा लिम्बुहरुको मुन्धुम र धर्मग्रन्थहरु चैनपुरमा लगेर जलाइयो । वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरुको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरुलाई आफ्नो कर्मचारीसरह बनाए ।
वि.सं.१९५२ को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजिक पात्लेको रुखमा झुण्ड्याएर मारियो । वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरु इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो । यिनै क्षेत्रहरुलाई योभन्दा पहिले पल्लो किरात लिम्बुवान भनिन्थ्यो । वि.सं. २०२१ सालमा लिम्बुहरुको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो । पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो ।
[परिवर्तन्] विगतमा लिम्बूवानको अस्तित्व तत्कालिन राजा महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पूर्णरुपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ । र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरुप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो । सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान संघ २०३६ सालमा स्थापना भई झिनोरुपमा भाषा, धर्म, साहित्यको कार्य सुरुवात भयो । राज्यले एकाधरुपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराए पनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी, बुहसांस्कृतिक नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो ।
मानव समाज वर्गीय र लैंगिक आधारमा मात्र नभई सांस्कृतिक रुपमा पनि विभाजित छ । नेपाली समाज ब्राम्हण, क्षेत्री, राई, लिम्बु, मगर, गुरुङ आदि जातीय आधारमा सांस्कृतिक रुपले बेग्लै पहिचान राख्दछ । सोही अनुरुप आज लिम्बु युवा तथा विद्यार्थीहरु मानव समाज भित्र आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्षरत छन् । यद्यपि, नेपाल अधिराज्य मात्र भएको, तर राष्ट्र हुन नसकेको अवस्था छ । शतब्दिऔको गौरवान्वित इतिहास बोक्ने लिम्बु जातिले आफ्नै भूमिमा दोस्रो दर्जाका नागरिकको व्यवहार झेल्नु पर्ने अवस्था छ । युवाहरु व्यावहारिक र वैज्ञानिक शिक्षा लिएर पनि राष्ट्र विकास, एकता कायम गर्नबाट बञ्चित भई लाहुर, मुग्लान र अरब जस्ता ठाउँहरुमा परदेशिनु पर्ने बाध्यता छ । फलतः सांस्कृतिक पहिचानको फैलावट र विकासको साटो सांस्कृतिक विकृति बढ्नुको साथै पश्चिमीकरणले व्यापकता पाएको छ । राज्यको विभेदकारी नीतिका कारण सरकारी र प्रशासन सेवामा लिम्बुहरुको उपस्थिति शुन्य छ । सरकारी कामकाजको भाषा केवल खस नेपाली भाषा मात्र राज्यले परिभाषित गरेको र राज्यले पूर्णतः मौलिक याक्थुङ भाषा बोल्न नसक्ने अवस्थामा पुर्याएको छ । लिम्बु युवाहरुलाई विदेशी सेवामा कार्य गर्ने वातावरण बनाई आर्थिकरुपमा पराधीन तुल्याइएको र लिम्बु समाज विशेषतः कृषि र पशुपालनमा निर्भर भएकोले उनीहरुको जीवनस्तर उकास्न राज्यले वैज्ञानिक कृषि प्रणाली र कार्यक्रम अगाडि नल्याउनुले लिम्बुहरु प्रति राज्यको आर्थिक विभेद नीति रहेको बुझिन्छ ।
सुरुदेखि मुन्धुम निर्देशित किरात धर्म मान्ने आदिवासी किराती लिम्बुहरुलाई पूर्णतः बेवास्ता गरी नेपाल केवल हिन्दुहरुको राज्य भनि संविधानतः हिन्दू अधिराज्य भनेर व्याख्या गरेकोले पनि दोस्रो दर्जाको धर्मावलम्बी भन्ने बुझिन्छ । मृत प्रायः संस्कृत भाषा जो कसैले पनि बोल्दैन अथवा अत्यन्त अव्यावहारिक भाषाका नाममा वर्षोनी करोडौं रुपैयाँ राज्यकोष खर्च गरिनु, तर आफ्नै श्रोत साधनमा प्राथमिक तहको लागि तय गरिएको याक्थुङ भाषाको आनिपान पुस्तक नकामको भनि ताप्लेजुङ जिल्ला शिक्षा कार्यालयले जलाउनु जस्ता आपत्तिजनक राज्यको व्यवहार स्पष्ट छ । लिम्बु मातृभाषीहरु नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । राज्यको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जस्ता संवैधानिक निकाय, निजामति र प्रशासनिक क्षेत्रका निर्णायक तहमा लिम्बु जातिको शुन्य उपस्थितिले राज्यमा शुन्यको हिस्सा पाएको स्पष्ट छ । आज लिम्बु युवा दृष्टिकोणमा भविष्य नेपालमा नदेख्नु र विदेश पलायनको मनस्थितिले पनि नेपाल आफ्नो राष्ट्र भएको महसुस गर्न नसक्नु हो, फलतः नेपाल केवल राज्य मात्र भएको तर व्यवहारिकरुपमा राष्ट्र हुन नसक्नु हो ।
यसरी, जातीय संस्कृतिहरुप्रति राज्यको बेवास्ता र विभेदित नीतिले गर्दा मौलिक पहिचान र चिनारीको संस्कृति संकटमा परेको र पश्चिमीकरणले व्यापकता पाउन सजिलो भएको छ ।
वास्तवमा मौलिक पहिचान र अस्तित्वको विकाससँगै समाज र राष्ट्र समृद्ध बनेको हुन्छ । एकल जातिको राज्य र विकासले सामाजिक द्वन्द्व बढाउँछ । आजको विद्यमान द्वन्द्व शदियौंदेखि नेपाली समाजलाई गरिएको व्यवहारको परिणाम हो । अतः यहाँका हरेक व्यक्ति, समाज, वर्ग, लिंग, जातजाति, सम्प्रदाय, धर्म, भाषा र संस्कृतिले फल्नु, फुल्नु पर्दछ । यसबाट सिंगो नेपाल सम्भ्रान्त बन्दछ, जसको निम्ति समावेशी समाजको निर्माण हुनु पर्दछ । यसको संरचनाबारे स्पष्ट किटान हुनुपर्दछ । हालसम्म गरिएको व्याख्याले एकलाई चोट पुर्‍याएको छ भने अर्कोलाई खुशी बनाएको छ । तर्सथ, राज्यको व्याख्या सच्याएर सबैलाई समान रुपले सम्मान गरी पुनर्व्याख्या र पुनर्लेखन गर्नुपर्दछ । पुनर्व्याख्यामा सबै जाति, वर्ग, लिंग समावेश हुनुपर्दछ र पुनर्संरचना गर्नुपर्दछ । यसबाट लिम्बु जातिको मौलिक पहिचान गराउने भाषा, धर्म, संस्कृतिको विकास, पुनरुत्थान हुनेछ ।
[परिवर्तन्] लिम्बूवानमा लिम्बू जातिको योगदान बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु आदिवासी किराती जाति हो । मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरु नेपालको पल्लो किरात वा अरुण नदी पूर्वको पहाडी भू-भागमा बसोबास गर्दछन् । नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुर लगायत विभिन्न ठाउँहरुमा छरिएर रहेका छन् । आफ्नै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक स्वरुप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ । मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरु हुन् । त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरु हुने गर्दछन् ।
लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त ऐतिहासिक यात्रा तय गरेको पाइन्छ । मानवशास्त्री र इतिहासविद्हरुका अनुसार मानव एक चलायमान जाति हो । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन् । यही क्रममा लिम्बुहरु चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरु थाइलैण्ड, भियतनाम हुँदै म्यानमारको उत्तरी भागमा बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ । म्यानमारको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरुसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरु आसामको कमरुप हुँदै आजको किरात प्रदेशमा बसोबास गर्न थालेका हुन् । तथापि, यिनीहरु चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरु हुन् । उनीहरु मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजिकको सम्बन्ध छैन । इण्डो-मंगोलोइड नश्लका किरातीहरुको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए । किरातीहरुले पश्चिममा काठमाण्डौ उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरु सञ्चालन गरेका थिए । विशेषतः पूर्वी पहाडी इलाकाहरु तामाकोशी, अरुणकोशी, तमोर उपत्यकाहरुमा भस्मे फाँडी मलिलो जग्गाहरुमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरु घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए । काठमाण्डौको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए । यही समयमा काठमाण्डौ उपत्यकामा खसहरु गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे । उपत्यका भित्र किराती गोत्रका भोट बर्मेली भाषा बोल्नेहरु र खसहरुबीच सामाजिक सम्बन्ध सुमधुर थियो । खसहरु (गोपालवंशी पनि भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए । यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरु घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो ।
यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले काठमाण्डौ उपत्यकामा शासन गरेका थिए । बौद्ध दर्शनबाट किराती राजाहरु प्रभावित भएका थिए । सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरु बनाएको भनिन्छ । किरात वंशलाई लिच्छवीहरुले धपाएपछि पूर्वतिर लागेका हुन् । यसरी पूर्व लाग्नेहरु राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन् । त्यसताका काठमाण्डौ एउटै किरात प्रदेश थियो । वल्लो किरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ । किराती शब्द समूहवाचक वा राजकीय हो भने विभिन्न मूल्य, मान्यता, भौगोलिक, सांस्कृतिक स्थिति, भाषिकरुपले गर्दा खम्बु, लिम्बु, याक्खा, सुनुवार, जिरेल, सुरेल, मेचे, कोचे र धिमालको रुपमा विभाजित भएका हुन् । तर, धेरै सामाजिक मूल्य, मान्यतामा सामिप्यता रहेको छ । यसरी, अरुण नदी पूर्व रहेका किरातीहरुमध्ये लिम्बु जातिहरुमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संरचना रहन गएको हो । उनीहरुमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै आपुंगी राजनीतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो । जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशाली रुपमा रहेको थियो । विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरुलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ । तमर खोला, माइ खोला, मेवा खोला, याङरुप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथर जस्ता थुमहरुले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरुमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणाली अनुरुप सञ्चालन भएको पाइन्छ ।
लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक, आर्थिक, राजनीतिक अवस्था कमजोर हुन पुग्यो । भनिन्छ, भोटबाट आउने लामाहरुले किराती पुरुषहरुलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरुले आफ्ना पुरुषहरुलाई लुकाएर बचाएका हुन् । लामाहरुको भेषमा डमरु र घण्टी बजाउँदै घरघर चहारेको भन्ने मत रहेको छ । त्यस्तै, सिक्किमका लाप्चाहरुले पनि धेरैपटक आक्रमण गरेको पाइन्छ । तथापि, समय समयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरु भएका थिए । त्यसताका वस्तु विनिमय प्रणाली थियो । लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरु हुन्थे ।
लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक थियो । मुन्धुम मुख्य स्रोत वा अलिखित कानून सरह थियो । यसलाई येत्हाङहरुले समय समयमा परिभाषित गरेको अनुमान छ । येत्हाङहरु को थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरु हुन् । सामाजिक व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय, प्राकृतिक श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम निर्माण गर्ने कार्य तुम्याहाङहरुको निर्णयमा आधारित हुन्थ्यो । यदि एक जना तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो ।
इशाको एघारौं शताब्दीमा लिच्छवी राज्य टुक्रेर धेरै राज्यहरु बन्न थाले । चौधौं शताब्दीमा मल्लहरुले काठमाण्डौ कब्जा गरे । यहीबेला मल्ल राजा जयस्थिति मल्लले हिन्दु दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातमा विभाजन गरे । चौधौं शताब्दीमा भारतमा ईश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरु नेपालको पश्चिम कर्णाली इलाकाहरुमा खसहरुसँग शरण लिई लुक्न थाले । त्यस्तै, द्रव्य शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाण्डौ उपत्यकाको शासक भए पश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरुको समेत महाराजा हुने चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी, विजयपुर हात पारेपछि लिम्बुवान पनि हात पारे । कतिपय थुमहरुले सम्झौता गरे भने कयौंपटक लिम्बुवानसँग हार खानु पर्यो । यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको थियो ।
लिम्बुवानका सेनापति काङसोरे थिए भने गोरखातर्फा रघुवीर राणा थिए । रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए । अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरु बिनाहतियार उपस्थित भए । तर, तत्कालै गोरखा सेनाहरुले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो । र, पुनः भीषण युद्ध भयो । यसरी, विभिन्न कारणवश वि.सं. १७७४ मा लिम्बुवान नेपालमा गाभियो । त्यसताका हिन्दुकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणाली अन्तर्गत सम्झौता भएको थियो । जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो । उनीहरुले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो । न्यूनरुपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो । तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरु चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरुवात भयो । विभिन्न प्रलोभनहरु देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो । जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरुले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरुवात भयो ।
यसरी धेरै लिम्बुहरु सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए । लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो । त्यहीबेला पाचथरका ५२ सुब्बाहरु योङहाङ सुब्बाको नेतृत्वमा काठमाण्डौ आई राजा रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे । रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शंख, नरसिंगा मौलो थापी दशैको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए । यो पहिलो पटकको सांस्कृतिक अतिक्रमण थियो । दशैको कर पनि असुल्न थालियो । मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो । वि.सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमान जनकरुपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानुन ल्याइए पश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरीन थालियो । छथर थुमका आठ पहरिया राईहरुले दशै नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा मारिए । २००७ सालमा जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङ र रामप्रसाद राई जस्ता जनसेनानीहरुले क्रान्तिको अगुवाई गरेका थिए । तर, उनीहरुलाई केवल सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो । राणा शासनकालमा भाषा, धर्म, साहित्य, संस्कृतिको जगेर्ना र विकासको सवाल गम्भीर अपराध सरह थियो । तथापि, दोस्रो विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरु भएका छन् । इमानसिं चेम्जोङद्वारा गरिएको इतिहास, भाषा, साहित्य प्रतिको योगदान, लिम्बुवान सुधार संघ, फाल्गुनन्दद्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको भाषा प्रचार प्रसार र सम्बर्दन सम्बन्धी योगदान लिम्बु जातिको पहिचान र अस्तित्वसँग जोडिएको छ ।
[परिवर्तन्] लिम्बूवानको सीमा सम्बन्धी अवधारणा १) लिम्वुवानको पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला अरुण नदी हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको नेपालको ९ जिल्लाहरु १) ताप्लेजुङ २) पाचथर ३) ईलाम ४) झापा ५) संखुवासभा ६) तेह्रथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ यी क्षेत्र ऐतिहासिक आधारमा लिम्वुवान भएकोले लिम्वुवान स्वायत्त राज्य हुंदा उक्त उल्लेखित क्षेत्र लिम्वुवान राज्य हो।
[परिवर्तन्] लिम्बूवान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लिम्बुवानलाई विगतका एकात्मक सामन्ती सत्ताले जकड्नु अघि लिम्बुवान संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अग्रसर थियो । सातौं शताब्दीमै फेदापका आठ राजा र शानमोकवानी याक्थुङहरु बीचमा भएको क्रान्तिपछिको दश लिम्बुवानको थितिलाई प्रमाणको रुपमा लिन सकिन्छ । तर्सथ, अबको लिम्बुवान पनि एक्काइसौं शताब्दी अनुरुपको संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नै भएको बलियो प्रमाण हो ।
नेपालमा रहेका लिम्बुवान र लिम्बुवान जस्ता दर्जनौं प्रदेशहरुका लागि लोकतान्त्रिक गणतन्त्र वा गणतन्त्र मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था हुनुपर्दछ । लोकतन्त्र सहितको गणतन्त्र र संघात्मक शासन व्यवस्था भएको लोकतान्त्रिक गणतन्त्रले लिम्बुवान र लिम्बुवानजस्ता प्रदेशको उज्वल भविष्य सुनिश्चित गर्दछ । त्यसैले, सम्पूर्ण लिम्बु तथा लिम्बुवानवासीहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान जातीय स्वायत्तताको प्राप्तिको लागि अग्रसर भएका छन । यसप्रकार राष्ट्रिय एकता र नेपाली राष्ट्रको गरिमालाइ कायम राख्दै संघीय शासनप्रणालीमा लिम्बूवान प्रान्त सम्बन्धी अवधारणाको तर्कलाइ पेश गरिएको छ र लिम्बूवान नेपालको एक स्वायत्त प्रान्तको रूपमा रहन सक्छ भन्नेमा कुनै दुइमत छैन यधपी शिक्षा, स्वास्थ्य, पर्यटन, विकासका अवधारणाहरूलाइ यहाँ प्रस्तुत गर्न सम्भव नभएकोले ब्लगमा विस्तृत छलफल गर्नका लागि स्वागत छ ।

Monday, September 6, 2010

Sunsari District

From Wikipedia, the free encyclopedia
Sunsari
District
Location of Sunsari
Country
Nepal
Region
Eastern (Purwanchal)
Zone
Kosi
Established
1962
Area
- Total
1,257 km2 (485.3 sq mi)
Population (2001)
- Total
625,633
- Density
497.7/km2 (1,289.1/sq mi)
Time zone
NPT (UTC+5:45)
Website
Official website
Sunsari District, a part of Kosi Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Inaruwa as its district headquarters, covers an area of 1,257 km² and has a population (as of the 2001 census) of 625,633.
The area was originally part of Morang but became its own distrinct in 1962 when Nepal was divided into 14 zones and 75 districts.
Major cities in Sunsari district are Dharan (third largest city of Nepal), Itahari, Tarahara, Duhabi, and Inaruwa.
Village Development Committees (VDCs)

Map of the VDC's in Sunsari District

Sunday, September 5, 2010

Morang District

-From Wikipedia, the free encyclopedia
Morang
District
Location of Morang
Country Nepal
Region Eastern (Purwanchal)
Zone Kosi
Area
- Total 1,855 km2 (716.2 sq mi)
Population (2001)
- Total 843,220
- Density 454.6/km2 (1,177.3/sq mi)
Time zone NPT (UTC+5:45)
Main language(s) Limbu, Nepali

Morang District, a part of Kosi Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Biratnagar as its district headquarters, covers an area of 1,855 km² and has a population (2001) of 843,220.

The name Morang is derived from the name of the Limbu King Mawrong Mung Hang,History of Limbuwan> who established Morang Kingdom in the beginning of seventh century. His capital and fort was at Rongli, present day Rangeli. Morang was then annexed to greater Limbuwan by King Uba hang in 849 CE and ruled until 1584 CE when Limbu King Sangla Ing made Morang independent and ruled from Varatappa situated east of Modern Bijaypur. The Ing Dynasty and followed by Sen dynasty then Khebang dynasty ruled Morang until 1774 CE. Morang name fell from use after the annexation of all the Kingdoms of Limbuwan including Morang by King Prithivi Narayan Shah of Gorkha. The last King of Morang was Buddhi Karna Raya Khebang, who ruled from Bijaypur near Dharan.

Kingdom of Morang until annexation to Gorkha Kingdom of King Prithivi Narayan Shah comprised all the terai lands east of Kosi river and west of Mechi river.

The name Morang came into use again after the shah kings divided the country into administrative districts and Morang was named after the old Morang Kingdom.

Morang is a district on the southern Tarai, or plains, of Eastern Nepal. Most of the land is taken up by rice and jute cultivation, though areas of sal forest remain along the northern part of the district where the plains meet the hills. A large amount of the forest was cleared in the last century, and in the process, many settlers migrated to the district from the hills and India. The Morang plains are one of the most culturally diverse regions in Nepal.

Most of the district is rural, though it is also home to Biratnagar, the 2nd largest city in Nepal after Kathmandu. Other minor towns include Urlabari, Biratchowk and Rangeli. It also boosts largest industrial area in the whole country, expanding from Rani Mills Area to Duhabi River. Raghupati Jute Mills and Dhanawat Matches are among the nation's oldest industries. The recent opening of Purvanchal University in Biratnagar, which offers graduate level courses in many disciplines of Arts and Liberal Sciences, is certain to make the place a college town as it attracts college graduates from most of the eastern part of the nation.

The district neighbours India to the south, and the districts of Sunsari to the west and north, Jhapa to the east, and Dhankuta to the north east.

Morang District is a southeastern district of Nepal and has a diversity of cultures and religions. It has a long history dating from the ninth century.[clarification needed][citation needed]

Village Development Committees (VDCs)

Map of the VDC's in Morang District

Jhapa District

Jhapa
District
Country Nepal
Region Eastern (Purwanchal)
Zone Mechi
Area
- Total 1,606 km2 (620.1 sq mi)
Population (2001)
- Total 688,109
- Density 428.5/km2 (1,109.7/sq mi)
Time zone NPT (UTC+5:45)

Jhapa District, a district of Mechi Zone, is one of the seventy-five districts of Nepal. The district, with Chandragadhi as its district headquarters, covers an area of 1,606 km² and has a population (2001) of 688,109.

Contents

[hide]

Location

Jhapa is the easternmost district of Nepal and lies in the fertile Terai plains. It borders Ilam district in the north, Morang district in the west, the Indian state of Bihar in the south and east, and the Indian state of West Bengal in the east.

[edit] Administration

The district is divided into 47 Village Development Committees (VDCs) and three municipalities, namely Bhadrapur in the south, Mechinagar in the east and Damak in the west. Its major centers are Chandragadhi, Bhadrapur, Birtamod, Kakarbhitta, Damak, Dhulabari, Budhabare, Surunga, Charali, Baniyani, Kechana, Patharia, Balubadi, Gherabari, Pathamari, Prithvinagar, Halddibari, Maharanijhora, Lakhanpur, Gauradaha, Topgachhi.

Village Development Committees (VDCs)

Map of the VDC's in Jhapa District

Demography

Jhapa is home to many indigenous ethnic nationalities such as the Limbu, Rai, and Dhimal . Other ethnic groups such as Dhangad, Koche, Rajbanshi, Satar, Meche, Tamang, Uraon, Magar, Gurung , Gangain and many others came to Jhapa in the late 19th century, so did the Hill/mountain castes Bahun, Chhettri, and Newar.

Jhapa is diverse and rich in culture and traditions due to the influences of its different tribes. All the tribes/ethnic groups have their own languages, customs and traditions, and they celebrate their festivals every year.

Climate and Geography

Jhapa receives 250 to 300 cm of rainfall a year, and mostly during the monsoon season in the summer, and its hilly northern area receives more rainfall than the south. Its major rivers, like the Mechi River, Kankai Mai, Ratuwa, Biring, Deuniya,(Aduwa), (Bhuteni)(Dhangri), Hadiya, and Ninda,Krishne Khola, Gauriya, Ramchandre etc provide water for irrigation. Due to its alluvial soil best suited for agriculture, Jhapa has been the largest producer of rice and is therefore known as the Grain Grocery of Nepal[citation needed]. Besides cereal crops like rice and wheat, it is also one of the largest producers of jute, tea, betel nut, rubber and other cash crops.

Jhapa also has vast areas of forests, such as Deonia, Charali, Charkose Jhaadi, Hadiya, Sukhani, Jalthal, and others. Its name itself is derived from the Rajbanshi word "jhapa" meaning "canopy", which suggests that the area was a dense forest in the past. It was once such a dense and dangerous forest that it was called Kaalapaani and prisoners were sent here to die of malaria and other diseases in the jungle.

Attractions and Sites

Jhapa also has several religious and historical sites of great importance like Kankai Mai, Kichakbadh, Satasidham, Arjundhara, Chillagadh, Biratpokhar, and Krishnathumki among others. It is believed that Pandu's son Bhim had killed Kichak in Kichakbadh (near Kechana in the south border) in the time of the Mahabharata and a great festival is observed on that day every year. There is also the historical fort of Chandragadh which gave its name to Chandragadhi. Other sites too have their own religious and historical values. It is also the gateway to Darjeeling and Sikkim and the rest of north-east India from Nepal.

[edit] Development

Jhapa is one of the most developed districts of the country. Almost all the villages and towns are linked by roads. There are schools and colleges in many parts of the district. There is also an airport and a hospital in Chandragadhi. It has the highest literacy rate in the country after Kathmandu, Kaski and Chitwan districts.

Education

Jhapa has a good literacy rate of 66.93[1] percent which is highest in Nepal after the capital city Kathmandu. Lots of school like suryodaya English School,Damak, Deep Jyoti Vidya Mandir-Arjundhara,[Gyanodaya Shiksha Niketan-Dhulabari], Laxmi Higher Secondary School-Baniyani, Little Flower's English School, Bal Kalyan School-Charpane, Harikul Model Higher Secondary School, Kankai Boarding School,Karnali International Boarding School Budhabare, Amity College, Emerald Academy, etc. have been providing quality education in Jhapa. Mechi Multiple Campus under the affiliation of Tribhuwan University is the oldest government college in Jhapa. Students from neighbouring districts also come here for higher education.

Role in National Politics

It plays the main role in national politics. The Communist revolution was started from the Jhapa, which led to formation of one the most prominent party of nation CPN-UML. Many national political figures are from Jhapa such as R.K Mainali,K.P Oli, K.P Sitaula, Chakra Bastola, C.P Mainali. Recently during JanaAndolan 2063 (April Revolution) Jhapa played a significant role in the agitation against Royal takeover. Around 5 peoples were killed by the Royal Army in Bhadrapur and many more deaths weren't disclosed.

Agriculture and Industry

Jhapa is also famous for microcredit development. The Small Farmer Development Programme (SFDP) was the first rural and micro-financing program in Jhapa. The Agricultural Development Bank started this Small Farmer Development Programm in 1988. It started in a few VDCs and spread. After lifted many people out of poverty, the SFDP was handed over to the local people and the new institution was named Small Farmer Cooperative Ltd (SFCL). There are currently 13 SFCLs in Jhapa, each of which covers a single VDC.

It is one of the major area for the Production of Tea and Rice. Budhabare situated on the northern side of the Mahendra Highway is the most fertile land of Nepal. It is the one of the best market place fo r the rice. It is also popular for the bittle nuts (Supari). Several large Tea Estate are also located in Jhapa. Giri Bandhu Tea Estate, Burne tea state, Tokla Tea Estate, Sattighatta Tea Estate are the Major ones.


Ilam District

Ilam
इलाम
District
Country Nepal
Region Eastern (Purwanchal)
Zone Mechi
Area
- Total 1,703 km2 (657.5 sq mi)
Population (2001)
- Total 282,806
- Density 166.1/km2 (430.1/sq mi)
Time zone NPT (UTC+5:45)
Main language(s) Limbu, Nepali

Ilam district, इलाम, a part of Mechi Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Ilam as its district headquarters, covers an area of 1,703 km² and has a population (2001) of 282,806. It is situated at a distance of about 600 km from Kathmandu. The highest point is Sandakpur with lies on an elevation of 3000m. Ilam also attracts many researchers who come here to research rare birds and the Red Panda. Ilam stretches from Terai belt to the upper hilly belt of this Himalayan nation.

The name Ilam is derived from a Limbu language meaning "Ii" means Twisted and "Lam" means Road. Ilam was one of the ten self ruling states of Limbuwan before the unification of Nepal, its ruler King Hangshu Phuba Lingdom of Lingdom dynasty was ruling Ilam as a confederate state of Limbuwan until 1813 AD. The treaty between other Limbuwan states with the King of Gorkha (Gorkha-Limbuwan Treaty of 1774 AD) and the conflict of Gorkha and Sikkim led to the unification of Ilam with Gorkha. Ilam was the last of ten Kingdoms of Limbuwan to join the union of Nepal. King of Gorkha gave ruler of Ilam a full autonomy to rule and the right of Kipat. Ilam was independent Limbu Kingdom until 1813 CE/1869 BS.

Ilam is a today one of the most developed places in Nepal. Its tea ILAM TEA is very famous and exported to many parts of Europe. The main source of income in this district is tea, cardamom, milk, ginger and potato.

This place also has a religious importance. The devi temples has a great importance attached with it and lots of people come here just for pilgrimage.

The major attraction of Ilam is the 9-cornered Mai Pokhari lake. Also Known as the abode of the goddess lots of tourists as well as Nepalese people come to visit this lake. Mai river and its four tributaries also emerge in Ilam district. The famous Mane Bhanjyang ( Mane pass ) connects Ilam with Darjeeling district of West Bengal India.

Ilam was much in the news in the past during the Maoist insurgency, from here the Maoist launched massive attacks frequently.

Tourist going to Ilam can expect to pay around 1000 rupees a week for accommodation and food.

Towns and villages

Map of the VDC's in Ilam District

Amchok, Bajho, Barbote, Chamaita, Chisapani, Chulachuli, Danabari, Dhuseni, Ebhang, Ektappa, Ebhang*, Erautar, Gajurmukhi, Ghuseni*, Godak, Gorkhe, Ilam, Jamuna, Jirmale, Jitpur, Jogmai, Kanyam, Kolbung, Laxmipur, Lumde, Mabu, Mahamai, Maimajhuwa, Maipokhari, Mangalbare, Namsaling, Naya Bazar, Panchakanya, Pashupatinagar, Phakphok, Fikkal Bazar, Phuyatappa, Puwamajhuwa, Pyang, Sakfara, Sakhejung, Samalpung, Sangrumba, Shanti Danda, Shantipur, Shree Antu, Siddhithumka, Soyak, Soyang, Sri Antu*, Sulubung, Sumbek