Tuesday, August 10, 2010

याःचोत्लुङ ओशाङलुङ



ताप्लेजुङ फाकुम्बा गा.बि.स वार्ड नं. ६ साम्तोङ (जलजले पहाड दक्षिण) अवस्थित याःचोत्लुङ ओशाङलुङको उचाई समुन्द्र सतहबाट करिव पाँच हजार मिटरको उचाइमा रहेकोछ। जमीन सतह देखि माथिल्लो उचाई ५० मिटर र ओशाङलुङको परिक्रमा गर्न करिव एक घण्टा लाग्छ। ओशाङलुङको आसपास साथै टुप्पोमा स–साना बुट्टयान र ढुङ्गाहरु रहेकाछन्। भाले पोथी भनिएका ढुङ्गा सबै भन्दा तल रहे पनि माथिल्लो ढुङ्गाहरुमा धुपी,काउलो,घुङ्रिङ (किर्कौला जस्ता गेडा फल्ने,उखुको जस्तो एक जातको बोट,धामीलाई चाहिने वस्तु)तितेपाती,माङ्याम्बुङ (फच्चेङ,अदुवाको झैं पात हुने एक प्रकारको बोट,जङ्गली अदुवा) सिदिङ्बा (अडेरी काँढो) युक्मिबा (हर्कटो),माङ्लोःक् (फलेदो) पिप्पिजो येयेन्जोले भरिएकोछ। वीचमा ६ फिट गहिरो साथै पहेलो रङको सानो पोखरीछ। त्यस पोखरीलाई वादुमपक्वा भनिन्छ। लिम्बूहरुको कुनै कुनै संस्कारकार्यमा जोडी बटुकामा चोखो पानी राखेर येबा,फेदाङमाहरुले फलाक्ने गर्दछन्। जसलाई लिम्बू भाषामा वदुमबक्वा च्वात (पवित्र पानी) भन्ने गरिन्छ। यो अग्लो ढुङ्गाको थुम्कीलाई किन याःचोत्लुङ ओशाङलुङ भनियो?मुन्धुम् अनुसार तेत्लारा (वेत्लारा) लाहादोङना र सुहाम्फेवा दाजु बहिनि वीच का?इ(हाडनाता बिग्रने काम) भई पेलीफाङहाङ र सावा येत्हाङहरुको जन्म भयो। एक दिन सुहाम्फे र लाहादोङना हाडनाता भएको खवर तागेरा निङवाफुमाङ कहाँ पुगी अब यसो नगर्न र उनीहरुबाट जन्मेका स)न्तानहरुलाई भाग बण्डा गरी छुट्टयाउने आदेश भए बमोजिम सुन चाँदीको चाल्नीमा राखेर चाल्दा तल झरेका जति लाहादोङनाको भागमा आठ जना सावा येत्हाङ (मिक्नासो लुम्बाहाङ,सगिम्सो सङमिहाङ,नियारा चोक्चङहाङ,लालासो पाङबोनहाङ,खेच्चुवेत उप्पानहाङ,साउन्दु उन्दुहाङ,साङगेनहाङ पाङगेनहाङ र सेच्छेरे सेनीहाङ) भए माथि रहने (सुदुक्यु खेदुकयु फेदाङमा,फुङजिरि फुङगापपो फेदाङमा,थिरि वसो?फुङ फेदाङमा, सिङसारा थेयाप्पि फेदाङमा,मुगप्लुङ खागप्पलुङ साम्बा,नेन्जिरी नेम्पत्थाङ साम्बा,साजुवेत मुदाङवेत साम्बा,सिङदुमइङ फेत्लाइङ साम्बा र मुसोइङ खेरेङमि साम्बा फेगी फाङहाङ जति सुहाम्फेको भाग लाग्यो। एक जना अड्केको संन्तान नियारा लिङपङहाङमालाई आमा बाबुले ताना तान गर्दा उनको मृत्यु भएपछि येबाहरुको कमाउँने गुरु सामेधुङमा येप्मेधुङ बनिन्। संन्तानहरुको भाग वन्डा लागे पछि उनीहरु कहिले भेट नहुने वाचा गर्दै छुट्टिए। अव उसो चेली माइतीवीच यौन सम्पर्क भए तिमी पातालका (माटो मुनी) बाट खाम्लुङ लराङ (विभत्स ज्वाला) भई आगो भएर तताउनु म माथी आकाशबाट मेघ बज्रेर (सेरी लराङ) बज्र भई आउँछु भन्दै सुछुरु सुहाम्फे आफ्नो फाङहाङहरुलाई लिएर मुरिङला थेरिङला डाँडामा गई सदुङहाङ लेप्मुहाङ नामकरण भई बसे। लाहादोङना साँङगोपिरक तेम्बेमा मुजिरि मुवक्वामा नामकरण भई बसिन। तर अज्ञानता र विवेकहिन भएर उनीहरुले धेरै दुःख पाए। तितेपाती र पातपतिङ्गरको घर बनाएर बस्न लागे। रुखको बोक्राले आफ्नो लाज ढाक्थे,लहराले कम्मरमा पटुक्का बाँधेर जीवन गुजारा गर्थे। अन्न पानी र आगोको उत्पति नभएको हुनाले बनको तरुल भ्याकुर र अन्य कन्दमुल खान्थे। धारिलो ढुङ्गाको हतियार बनाएर जंगली जनवारको सिकार गर्थे। सावा येत्हाङका संन्तानहरु सिकार गर्दै एक दिन तमोर खोलाको पित्पुथाप भन्ने जग्गामा पुगे। जहाँ दुइटा साँडेहरु जुध्न थाल्दा उनीहरुको सिंग ठोक्किएर आगोको झल्को निस्क्यो। आगोको झल्का सुकेको गोवरमा परी मध्यान्हको हावाले बनमा ढडेलो लाग्यो। ढडेलोले पोली मारेको जनवारका मासु खान पाए। त्यस घटनाले आगोको महात्व थाहा पाई गोवरमा आगो बोकेर घर फर्के। तर आगोको शक्ति काबुमा नराखिएको हुँदा धेरै पल्ट आगोबाट आफ्नो झुप्रो र वासस्थान जलेकोले हैरान भए। सावायेत्हाङका पिता सदुङहाङ लेप्मुहाङ कहाँ गएर विभिन्न सिंफेदाङ,साम्बा फेदाङमा,फेजिकुम फेदाङमा ल्याएर आगोको शक्तिमारे पनि काबुमा राख्न नसके पछि सबै भन्दा कान्छा सेच्छेरे सेनिहाङ याःफेदाङमा (येबा) लिन बाबु कहाँ पुगे। लेप्मुहाङले पनि छोराहरु आगोको शक्तिबाट हैरान भएको देखि शक्तिशाली याःफेदाङमालाई आगोको शक्ति मार्न पठाई दिए। उनी लेप्मुहाङको वासस्थानबाट देवशक्ति द्धारा उडेर ओशाङलुङको शिरमा आई पुगे। आफुसंगै ल्याएका सामाग्रीहरुमा साम्सिङ,मुक्तो,सिदिङबा,युक्मिबा,माङयुम्बा,धुपी र सेल्लोसिङ बोट विरुवाहरु आफ्नो विधि विधानले ओशाङलुङको शिरमा याःफेदाङमाले मिलाई राखे। तिनै सामा सार्दामहरु उम्रेको हो भन्ने मुन्धुम् तथा जनश्रृति सुनिन्दै आएकोछ। सावायेत्हाङका संन्तानहरुले विजुवाको (लाङदाक पोङमा) खुट्टा तान्ने दस्तुर नलगेसंम्म ति देव शक्ति भएका याःफेदाङमा ओशाङलुङको टुप्पोमा नाची रहे। जव सावायेत्हाङका संन्तानहरुले (तेङगो ताङपङमा) फाकसारा येत्तिम्बे पुजारी ल्याउन अघि दस्तुर सहित आठचना अदुवा,थिःसाङदाङ,निःसाङदाङ,देख्ने गरी दस्तुर ओशाङलुङ पयङलुङको फेदमा लगेर स्वागत गरे तव सावायेत्हाङ तुम्याहाङ पाङफेमा नाच्दै आई पुगे। यसरी सावायेत्हाङहरुले देव शक्ति भएको येबालाई याःचोत्लुङ ओशाङलुङबाट ओरालेर आगोको शक्ति मारी त्यो हैरानीबाट मुक्त भए। ओशाङलुङ पयङलुङबाट उड्न सक्ने शक्ति भएका र आगोको शक्ति मार्न सक्ने येबाको उत्पति स्थल ओशाङलुङको टुप्पोमा भएको हुनाले ओशाङलुङलाई येबाहरुको उत्पति स्थल मानिन्छ। मुन्धुम्मा आन्छोन्(उहिल्यै) सावायेत्हाङहरुको गाउँमा मुक्साम येबा(शक्ति भएको येबा)देखा परेका थिए भनिएकोछ। उनै उड्न सक्ने येबा ओशाङलुङ पयङलुङको टुप्पोमा आई सावायेत्हाङहरुलाई आगोको संङकट र दुःख भोग्नु पर्ने घटनाबाट उद्धार गरेका थिए। मुन्धुम्मा ओशाङलुङ र याःफेदाङ येबालाई मानव सभ्यताको माइल स्टोनको रुपमा लिईन्छ।

Ya chotlung (Maiwa khola -Taplejung)
- टंक वनेम

No comments:

Post a Comment