Friday, April 30, 2010
आधा आकाश
-खजुम प्रेम
बिश्व आकाशको आधाभाग महिलाहरुले ढाकेका छन् । अझ भन्ने हो भने संख्यात्मक रुपमा संसारमा पुरुषको भन्दा महिलाको संख्या भन्दा बढी पाइएको तथ्याङ्कले बताउँछ । तरपनि आधा आकाश ढाकेका महिलाहरु हाम्रो जस्तो मुलुकको त कुरै छोडौ बिकसित मानिएका मुलुकमा समेत दोस्रो दर्जाको नागरिक भएर बाँच्नु परेको यथार्थ सबैलाई अवगत भएकै कुरा हो । बिश्वका अधिकांश मुलुकहरु पितृसतात्मक समाजमा आधारित छन् त्यसैको परिणाम हो- समाजका हरेक तहमा पुरुषहरुको बाहुल्यता देखिनु । यहाँ सम्म की महिलाहरु पनि पुरुषकै आँखाले समाजलाई हेर्न अभ्यस्त छन् । मानब सभ्यताको बिकास संगसंगै चेतनाको बिस्तार पनि सोही अनुपातमा भइरहेको छ । अर्थात चेतना मानब सभ्यता एक अर्काको पर्याय भएर समाज रुपान्तरणको दिशामा प्रभाबकारी बन्दै गएको अनुभब गर्न सकिन्छ । तथापी अझैपनि संसारका कतिपय देशहरुमा महिला र पुरुषको अबस्थामा धेरै थरिका असमानताहरु बिधमान छन् । र नेपाल पनि यसको अपबाद रहन सकेको छैन ।अमेरिकी नारीबादी प्याटि्रसिया लिन रेलिको पुस्तक-इज न्यम धजय यियपक ष्पिभ ुभ इज धयुभल बाभचुष्लन क्उष्चष्तगबष्तिथ मा उनले लेखेकी छन्-ूधर्मको सबैभन्दा अमूर्त ब्याख्या पनि ब्याख्या गर्नेको अनुभब र परिधिभित्र नीहित हुन्छ ।ू आज सम्म ब्याख्या गर्ने सबै पुरुष भएकाले उनीहरुको ब्याख्या र स्पष्टीकरणले महिलाको जीबनसंग थोरै मात्र तादाम्य राख्छ । कि्रश्चियन धार्मिक मान्यता अनुसार-सृष्टीकी प्रथम महिला-इभले बर्जित स्याउ खाएर मानब जातिको पतन गराएको आरोप खेपेर हिनताबोधमा बाँचिरहेका महिलाका लागि आफ्नो अनुकुल आत्मसम्मान सहित धर्मको शुरुवात गर्न ललकारिएको यो पुृस्तक पुस्तकालयमा फेला परेको थियो । धर्मले थोपरेको पीडा बिरुद्ध खोलिएको मौनताको पर्दा फेरी बन्द गर्न धर्मका एकहुल ठेकेदार उठ्छन् र चिच्याउँछन्- तिम्रो आचरण हाम्रो धर्मशास्त्र बिपरित छ धर्म छोड या बिद्रोह दुबै गर्ने अधिकार महिलालाई छैन । बिद्रोहीहरु धार्मिक होइनन् र धार्मिक बिद्रोही बिद्रोही हुन सक्दैनन् । जस्तै-क्याथोलिक कि्रश्चियन महिलाहरुलाई एकैपटक क्याथोलिक र नारीबादी बन्न बिभिन्न तगारा पार गर्नु परे जस्तै बिद्रोह गर्नुपरे जस्तै ।धर्ममा पारंगत जानकारहरु भन्छन्-पुरुष अनेकपटक बिबाह गर्न स्वतन्त्र मात्र होइन त्यो कार्य शास्त्रीय मर्यादा भित्रै पर्छ । महिलाको हकमा त्यो ठ्याक्कै उल्टो बिधवा बिबाह पनि त्यस्तै । महात्मागान्धीले- ुच्भनभलभचबतष्यलु भनेका छन्- महिला मुक्तिको प्रकृयालाई । च्भनभलभचबतष्यल का लागि उनले सबैभन्दा पहिला शास्त्रहरुले महिलामाथि थोपरेका दोष जसलाई अहिले महिला चरित्रको संज्ञा दिइन्छ ती हटाउनुपर्ने जोड दिएका छन् । गलत चरित्रका केही लालची वा कामाशक्त यस्ता केही नारी चरित्र निर्माण गरी धर्मशास्त्रले समग्रमा सबैमाथि खनिने बहना भेटाएको छ । सा्ेही अनुरुप नीति नियम बनाएको छ । त्यसलाई नभत्काए सम्म बिद्रोह सम्भब छैन भन्ने बुझेर गान्धीले यस्तो भनेको हुनुपर्छ । धर्मशास्त्रले निकै होच्याएर स्थापना गरिदिएको नारी आकृतिलाई उनले च्भनभलभचबतष्यल भनेका छन् । अब आलोचना मात्र होइन शास्त्र स्मृति र पुराणको समालोचना शरुगर्नु पर्छ नारीका दृष्टीकोणबाट नारीबादी समालोचना अब साहित्यमा मात्र होइन धर्ममा र धर्मले उभ्याएका पूर्बाग्रही नारी चित्र र मान्यतामा पनि आबश्यक छ । भारतीय चलचित्र अभिनेता-अमिताभ बच्चनले एउटा सिनेमामा बो्लेको सम्बादमा बिधवा बुहारीको पुनः बिबाहमा तगारो बनेका आवाजलाई चुनौति दिदै उनी प्रश्न गर्दै थिए-परम्परा बाँचिरहोस र परम्पराको नाममा मान्छे मरिरहोस ।दास युगमा मान्छेले मान्छेलाई जन्जीरले बाँधेर भेंडा बाख्रालाई झै ब्याबहार गर्थे । समाजभित्रको अन्तरसंघर्ष बिश्लेषण गर्दै छब्बिस सय बर्ष अघि हेराक्लितुले घोषणा गरे-संघर्ष नै सबै घटनाकी आमा हुन संघर्षका बिभिन्न रुप हुन्छन्-कहिले निशस्त्र-कहिले सशस्त्र । संघर्षको घटनाको आवाजले समाज रुपान्तरण हुन्छ रुपान्तरण प्रकृयामा आवाजबिहीन को हुन्छ र बादल गड्किन्छ चट्टयाङ्ग पनि चट्किन्छ । बस्तुमा आवाज हुन्छ भने महिला आवाज बिहीन कसरी हुन्छन् डोरम्याट प्रयोग बिहीन भएपछि मिल्काइन्छ । इतिहासको हरेक कालखण्डमा महिला क्षमतालाई प्रयोग पछि मिल्काइएको छ । मनु संरचनालाई सलामी चढाउँदै पुरुषबादी संरचनाको उर्दी अनुसार चल्न बाध्य भए महिला । जस्तैै-बेश्याबृत्ति गर बन्दुक बोक इन्वीजिसन कि्रश्चियनहरुको धार्मिक अदालत को फैसला स्वीकार बुर्का ओढ आदि तिनै उर्दी हुन । उदारबादी आबरणमा ढाकिएका छन् बिश्वको कानून र संस्कृति । भित्रीरुपमा ती ठेट मनुबादी छन् मनुबादी जालोभित्र महिला क्षमता कहाँ कसरी पुरियो पन्ध्रं्रौ शताब्दीमा राजा चल्स्रले जोन अफ दी अर्कलाई अंगे्रज उपनिबेश बिरुद्ध प्रुान्सलाई मुक्त गर्न युद्धको कमाण्डिङ्ग गर्ने जिम्मा दिए । आर्लियन्सको युद्धमा अंग्रेजहरुको हार भयो चाल्स्र प्रुान्सको गद्धिमा बसे । यिनै चाल्स्रले भारदारहरुसंग मिलेर जोनलाई अंग्रेजको हवला गर्दै बेचे अंग्रेजले इन्वीजिसनको फैसला अनुसार जोनलाई सार्बजानिक ठाँउमा नाङ्गै बनाएर जलाए । जोन जस्ता लडाकु एवं जोनबादी सोच भएका महिला सबैलाई जिउँदै जलाएर पुर्दै महिला शक्तिलाई दुई औलाको बुद्धिमा संस्थागत गरे । सोह्रौ शताब्दीमा स्पेनको निरंकुशताबिरुद्ध भएको युद्धमा निदरल्याण्डका जनताले भोकै लडे । उनीहरुले रुखका सबै पात खाएर युद्ध लड्दै स्पेनीलाई चुनौति दिएका थिए- ुमुसा कुकुर जे खाएर भएपनि हामी बाँच्ने छौ तर हार मान्दैनौ ।ु हामी आफ्नो बाँया हात खाएर दाँया हातले लड्ने छौ र जित्ने छौ । उदाहरणीय यो युद्धमा स्पेनले हार खानुपर् यो । त्यो युद्धमा महिलाले पुरुषसंग सहभागि भएर बीरता देखाए । यो बीरतालाई पुरुषबादी षडयन्त्रले युद्ध बिजय पश्चात चुलोमा लगेर थन्क्यायो । पुरुषसंग सहभागि भएर लडेका महिला बीरताको गाथाले भन्छ-ुमहिला कुनै पनि क्षेत्रमा असक्षम छैनन् ।ु आफ्नै संघर्षको जगमा आम महिलालाई समेट्दै महिला मुक्तिको ऐतिहासिकता आबश्यकता कार्यन्वयन गर्न जरुरी छ । ३३ प्रतिशत दयाकृपाको आरक्षणलाई चिरेर नेपाली-नेपाली महिला स्वयं संघर्षको प्रतिफल ५० प्रतिशत बिशेषाधिकारको एजेण्डालााई लागू गर्न अग्रसर हुनुपर्छ महिला बिशेषाधिकार आवाज संस्थागत गर्नुपर्छ ।दक्षिण एसियामा प्रधानमन्त्री तथा राष्ट्रपति महिला भए भन्ने प्रसंगलाई ठूलो उपालब्धी मानिन्छ । तर त्यसले कुनै तात्विक अर्थ राख्दैन । यहाँ प्रश्न पाकिस्तानकी एक बेनिजरभुट्टो बंगलादेशकी एक बेगम खालिदा जिया वा शेष हसिना वाजेद भारतकी एक इन्दिरा गान्धी तथा श्रीलंकाकी एक चन्द्रिका बन्दरानायके कुमारातुङ्गाको सहभागितको होइन प्र्रश्न हो-जनसंख्याको कति प्रतिशत महिलाले नीजि वा सार्बजानिक जीबनमा भाग लिने मौका पाए भन्ने हो । दक्षिण एसियामा यतिका धेरै महिलाले नेतृत्व गरेपनि आम महिलाको राजनीतिक सहभागिता १० प्रतिशत भन्दा माथि उठ्न नसकेको तथ्य टड्कारो छदैछ ।अन्तरिम संबिधान निर्माण गर्ने टोलीको गठन होस या शान्ती बार्ता टोलीका नियुक्ति । ५१ प्रतिशत महिला प्रतिनिधित्वलाई गौण बनाइयो । यद्यपी संसदले ३३ प्रतिशत महिला सहभागिताका लागि नीतिगत सहमति बनाई थपडी बजाएर हल गुाजायमान भने बनायो । त्यस्तै ५१ प्रतिशत जनसंख्या भएका महिलालाई समानुपातिकरुपले सहभागिता गराउने कि ३३ प्रतिशतको रुपमा भन्ने बिषयमा पनि अबधारणागत स्पष्टता आइसकेको थिएन । ३३ प्रतिशत महिला उमेद्धारीका लागि कि सिट सुनिश्चित गर्न भन्ने पनि अझ निक्र्यौल हुन सकेको थिएन । अन्तरिम सरकार निर्माणदेखि संबिधान सभा सम्मको यात्राका साथै राष्ट्र पुनः निर्माण प्रकृयामा ५१ प्रतिशत महिलाका सरोकारलाई कसरी सुनिश्चित गर्ने बिश्व इतिहासमा देशको समग्र परिबर्तनमा सकि्रय भूमिका खेल्ने महिलाको सहभागिता उनीहरुको सरोकारलाई प्राथमिकता दिन भएका मौखिक प्रतिबद्धता सहमति पछि पाखा लागेका उदाहरण प्रशस्त पाइन्छ । हाम्रो सरोकार द्धन्द्ध प्रभावित महिलालाई राष्ट्र पुनः निर्माणको अभिन्न अंगको रुपमा कसरी साथ साथै लैजाने भन्ने पनि हो ।नयाँ नेपालको परिकल्पना संगै सामाजिक पुनः संरचना आबश्यक छ । नयाँ नेपालको सपनासंगै समाजका असमानता हटाउनु आजको आबश्यकता हो । मुलुक समृद्ध बन्न सबै नागरिक हरेक दृष्टीले सबल र सम्पन्न बन्नु आबश्यक हुन्छ । सबल र सम्पन्न बन्नका लागि अबसरको खाँचो पर्दछ । अबसर राज्यले प्रदान गर्नुपर्ने देखिन्छ । यतिबेला नेपाल २३८ बर्षको शाह बंशीय राज्य परम्पराको बिधिवत अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरिसकेको छ । महिला प्रतिनिधिहरु संबिधान सभामा महिलाको त्यो संख्या अति न्यून रहेको छ । अझ पनि यहाँ भुल्नै नहुने के छ भने यस समयमा हामीले खुट्टा कमायौ भने भारतमा गणतन्त्र भएको ६० बर्ष पुगिसक्दा पनि अमेरिका जस्तो बिकसित राष्ट्रमा पनि महिलाको नीति निर्माण प्रकृयामा सहभागिता १० देखि १४ प्रतिशत भन्दा माथि उठ्न नसकेको जस्तै इतिहास-नेपालमा दोहोरिन सक्ने सम्भावना रहन्छ । हाल सबै राजनीतिक दलमा लैंगिक समानताका लागि मौखिक प्रतिबद्धता भएपनि समानताको अबधारणा ब्याबहारमा रुपान्तरण कसरी गराउने भन्नेमा स्पष्ट गृहकार्य आबश्यक छ ।ुमहिलाको अब जिब्रो बोल्नु हुन्न जीबन बोल्नु पर्छ ।ु महिलाको बारेमा किताब बन्ने होइन इतिहास बनाउनुपर्छ । महिलाप्रति लक्षित योजना धेरै बने तर ब्यबहारमा लागू भएनन् । यतिमात्र होइन महिलालाई लक्ष्य गरेर धेरै बोलियो तर यथार्थमा पूरा भएन । अब राजनीतिक चेतनासंगै महिलाले आफ्नो जीबन बोल्नुपर्छ । जबसम्म उनीहरुमा राजनीतिक चेतना हुदैन तबसम्म महिला उत्थान हक अधिकार बारे कुरा गरेर मात्र केहि हुनेवाला छैन । प्रत्येक महिलामा राजनीतिक चेतनासंगै उनीहरुको आत्मसुरक्षको अनुभूति दिनुपर्छ । यहाँ महिला राजनीतिमा प्रबेश गर्नु भनेको-पर्खाल फोरेर बाहिर निस्कनु जत्तिकै छ । धार्मिक सामाजिक सांस्कृतिक आर्थिक पारिवारिक कारणलाई महिला बिकासका लागि तगाराका रुपमा खडा गरिन्छ । समाजलाई यही अबस्थाबाट कति दिन डोर् याउने यो गम्भिर प्रश्न आज हाम्रो सामु छ । महिला माथिको िहंसालाई समाजबाट हटाउन सामाजिक संस्कार बदल्नु आबश्यक छ । किनकी अबको समय इतिहास निर्माण गर्ने समय हो । लामो समय सम्म साङ्लामा बाँधिएृको समाजलाई मुक्त गर्ने अबसर हो यो । जसका निम्ती परिवारका हरेक महिलाहरुको बिकास र यिनीहरुलाई राज्यका बिभिन्न तहमा दक्षता सहित उभ्याउन महिला संगसंगै पुरुष पनि जिम्मेवार भएर लाग्नु आबश्यक छ । सक्षम र शिक्षित महिला उत्पादनमा सफल बनोस । सबै राजनीतिक दलहरुबाट एकताबद्ध भएर कानूनको शासन भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संबिधान लेखियोस- शुभकामना ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment