Wednesday, April 21, 2010

प्रेम दिबसः बुझाई गलत

- खजुम-प्रेम
१४ फेब्रुअरी सन् २६९ का दिन रोमका तत्कालिन सम्राट क्लाउडियसले फाँसी हालेका सेन्ट भ्यान्टाइनले आफ्नो प्रेमिकालाई अन्तिम शब्द लेखेका थिए-'उही तिम्रो भ्यालेन्टाइनका तर्फबाट प्यार…।' तर आज प्रेमको महत्वमाथि नै आँच आउने गरी गलत अर्थ लगाउन थालिएको छ । प्रेम जीबनको उर्जा हो प्रेममा पत्थर पगाल्न सक्ने शक्ति हुन्छ । भनिन्छ- कठोरहरुलाई पनि प्रेमले सहज रुपमा बाँच्न सिकाएको हुन्छ । तर युवा-युवती बीचको बासनात्मक आकर्षकलाई आजकाल प्रेम भन्न थालिएको छ ।हुन त यसमा पनि पबित्र प्रेमको अनुभूति नहुने होइन । तर स्वच्छ आत्माले गरिएको प्रेम नै पबित्र हुन्छ । प्रेमको क्षेत्र ब्यापक छ-परिवार साथी देश वा जातिप्रति या अन्य कुनैप्रतिको प्रेम । प्रेममा त जीबन हुन्छ प्रेमले बाँच्न र बचाउन सिकाएको हुन्छ । अनि प्रेम यस्तो भावनात्मक सम्बन्धको नाम हो-जुन दुई मुटु बीच जन्मन्छ । यसले प्रेमी प्रेमिकालाई एउटा यस्तो छुट्टै संसारमा पुर् याउँछ- जहाँ उच-नीच धनी-गरीब वा अरु कुराका लागि कुनै स्थान हुदैनत्यहाँ मात्र प्रेम हुन्छ । तर आजभोलि प्रेमको मखुण्डो भिरेर धोका दिनेको होड छ । स्वच्छ र पबित्र प्रेम दुर्लभ हुँदैछ । तडकभडक र सम्पत्तिमा युवा पुस्ता प्रेमको अभिनय गर्न थालेका छन् । त्यो साँचो प्रेम हुन सक्दैन ।प्रेम तपश्वी सेन्ट भ्यालेन्टाइनले उतिबेलै भनेका थिए- प्रेममा त्याग हुनुपर्छ बलिदान हुनुपर्छ निस्वार्थता हुनुपर्छ र दुनियाको प्रेम सफल बनाउन सहयोग गर्नुपर्छ । आजको पुस्ता आधुनिक बन्ने होड र भ्यालेन्टाइन डे मनाउने नाममा प्रेममा हुने नैतिकता र कर्तब्य बिसर्िरहेका छन् । प्रेम दुई आत्माको मिलन भनिए पनि फुस्रदको क्षण बिताउने अल्पकालिन भेटघाट मात्रै भएको देखिन्छ । प्रेममा प्राप्ती मात्र हुदैन- त्याग समर्पण एवं बलिदान पनि हुने गर्छ तर यी कुरा अहिले आदर्शमात्र भएका छन् । भ्यालेन्टाइन डे फेसन बनेको छ अनि खोजी हुन थालेको छ-ब्वाइप्रुेण्ड र गर्लप्रुेण्डको । भ्यालेन्टाइन डे मनाउनका लागि मात्र भएपनि ब्वाइप्रुेण्ड र गर्लप्रुेण्ड बनाउनैपर्ने सोच पलाएको छ आजका आधुनिकताको युवा पुस्तामा । भ्यालेन्टाइन डे नेपालीमा प्रेम दिबस प्रेमको सेलब्रेसन हो । प्रेम प्रस्ताव राख्ने अबसर होइन र बासनाको तृप्ती पनि होइन । अनि टाइमपास र फेसनको बिषय होइन प्रेम । तर आधुनिकताको बहानामा उनीहरु बार र डिस्को छिरिरहेका छन् । रिसोर्टमा रात बिताउनु सामान्य भइसकेको छ । दिवसका लगि बनावटी प्रेम गर्न थालिएको छ । त्यही बनावटी प्रेमको बिनाशकारी कामबिकारको दिवस बनाउन थालिएको छ प्रेम दिवस ।आधुनिकताको नाममा ठाँटिनु आजको बिशेषता हो । हामी कतिसम्म आधुनिक बन्छौ र हल्लामा कुद्छौ भने टाउको बेचेर टोपी किन्छौ । समाज र संस्कृतिप्रति युवाको भूमिका महत्वपूर्ण हुन्छ । भ्यालेन्टाइनलाई नेपाली संस्कृति सुहाउँदो बिकास गर्ने काम युवाको हो । सामाजिक मूल्य र संस्कृति बिसर्िएर इमेल र फेसबुकमा रातो फूल थमाएर मात्र प्रेम प्रदर्शन अभिब्यक्त हुदैन । त्यो प्रेम त क्षणिकमात्र हुन्छ । प्रेमको नाममा बासनाको प्यास मेट्ने मार्ग बनाएका छन् धेरैले अनि बिकास भएको भोगबादी चिन्तन । माया न खोजी हो न प्राप्ती न मेडल सफलताको । माया मनमा उत्पन्न हुने आनन्दको अनुभूति हाे अर्कोलाई खुशी देख्ने भावना खुशी बनाउ भन्ने भावना । पूर्ब होस वा पश्चिम प्रेमले न दर्शन भन्छ न भूगोल । त्यसैले होला- प्रेम गर्नेको भावना पनि मिल्छ सात समुद्र पारी र वारिको । मायाले फिजिक्स चिन्दैन मायाको केमेस्ट्री मनमा जम्छ अनि ब्याबहारमा देखिन्छ । भनिन्छ त्यही मायालाई ब्याबहारमा देखाउने परम्परा हो भ्यालेन्टाइन डे । पुरुष र नारीको संयुक्त शरीरको इश्वरको गि्रक मिथोलोजी छ । मिथोलोजी अनुसार उनीहरु श्रापका कारण छुट्टिनुपर् यो । उनीहरुले युगौ युग सम्म आफ्ना छुट्टिएका शरीरालाई खोजे तर फेला पार्न सकेनन् । त्यसैले पुरुष संधै दिब्य महिलाको खोजीमा हुन्छ भने महिला चाँहि आकर्षक पुरुषको खोजीमा । हिन्दु मिथोलोजीले पनि महिला अर्धनारिश्वर शिबको कुरा गरेको छ । प्रेम गुरुत्वकर्षण जस्तै हो-पृथ्बीले पृथ्बीबासीलाई तानेको हुन्छ सूर्यले पृथ्बीलाई तानेको हुन्छ यो तनाइ प्रेम हो । प्रेम दुई बिपरित कुरालाई जोड्ने रसायन हो । मानिस बीचको हार्दिकताको सम्बन्ध हो प्रेम अनि प्रकृतिको पालना पनि । जगतका सबै प्राणी माथिको स्नेह कर्तब्य र समर्पणको भाव हो प्रेम । प्रणय दिवसको त्यो बिहानीले राष्ट्रिय प्रेम मानव प्रेम शान्ती प्रेम जातीय प्रेम भाइचारा सहिष्णूता सदभाव अस्तिन्व प्रेमको सन्देश लिएर आवस प्रेम दिवस । किनकी प्रेम दिवसको पुराण के हो अभिप्राय के हो प्रतिक के हो अज्ञानमै प्रेम उत्सव मान्नेहरुको जमात बढदो छ ।पश्चिमा संस्कृति हो प्रेम दिवस । नेपालीहरु यसमा जानकार हुन थालेको तीन चार दशक मात्र हुँदैछ । हजारौ रानी र पटरानी राख्ने सम्राट क्लाउडियसले आधा सेना र अरु सुरक्षाकर्मीलाई कट्टर ब्रम्हाचार्यमा बसिरहन आदेश दिएका थिए । सेन्ट भ्यालेन्टाइनको तर्क थियो-सम्राटले यति धेरै रानी र पटरानी राख्छन् भने सैनिकहरुले किन एउटी स्वास्नी राख्न नपाउने सेन्टलाई यही कारण नृसंश हत्या गरियो-सन् २७० को १४ फेब्रुअरीमा । कथामा सेन्टले जेलरकी दृष्टिहीन छोरीलाई दृष्टिपूर्ण बनाए- परभौतिक शक्ति प्रयोग गरेर । बस्तुतः प्राचीन रोममा मनाइने भ्यालेन्टाइन डे रोमन लुपरकल फेस्टिभलको अनुसँग हो । लुपरकल- चराचुरुङ्गीको मिटिङ सिजन अर्थात सम्भोग ऋतु । उपहार आदान प्रदान खुब चल्थ्यो युवा युवतीमा लुपरकलका दिन ।
चुरेरो ।

No comments:

Post a Comment