Wednesday, April 21, 2010

महिला उत्पीडन र मुक्ति

-प्रेम खजुम
संंिबधानले धर्म बर्ण र लिङ्ग जातजातिको वा ती मध्ये कुनै कुराको आधारमा नागरिकप्रति भेदभाब गरिने छैन भनेतापनि राज्यका तर्फबाट कैयौ भेदभाब गरिने ऐन कानूनहरु जीबितै छन् । नेपाली महिलाहरुमाथि शिक्षा सामाजिक कामका सन्दर्भमा मात्र होइन बिबाह यौन सम्बन्ध बिच्छेद र सम्पत्ती सम्बन्धी हक जस्ता बिषयमा नियन्त्रण र भेदभाब गरिन्छ । जन्म मृत्यु र दुर्घटनामा होस वा सामाजिक संस्कार वर ब्याबहारमा ती सबैसंग महिलाहरुलाई जोडेर उनीहरुलाई प्राय दाइजोप्रथा चेलीबेटी बेचबिखन बिधवाप्रतिका दुब्र्यवहार बहुपत्नीप्रथा र बोक्सी लगायतका बहानामा महिलामाथि हुने घरेलु िहंसा यी सबै घटनाहरुमा ती प्रतिबिम्बित भइरहेका छन् । यसरी महिलाहरुमाथि आर्थिक सामाजिक मात्र नभई पारिवारिक प्रकारका शोषण समेत समाजमा बिधमान छ । जनसंख्याको ठूलो हिस्सा खासगरी बिपन्न र कमजोर महिलाहरुकै छ । त्यो तप्कामा चेतना नउठ्दासम्म राज्य ब्यबश्थालाई दबाब पुग्दैन जसले गर्दा शोषण उत्पीडनको अन्त्य हुन सक्दैन । त्यसैले महिला संघ लगायत आज सबै आमूल परिबर्तनकामी राजनीतिक सामाजिक संघ÷संगठनले त्यो दिशातिर डटेर काम गर्नु आबश्यक छ । उत्पादनका साधनहरुमा हुने समानताले ल्याईदिने बिभाजन नै समाजको वास्तविक बिभेद हो । जोसेफ स्टालिन भन्छन्- ुइतिहासले हामीलाई के शिक्षा दिएको छ भने- सामाजिक आर्थिक उत्पादन प्रणालीमा जुन बर्ग या सामाजिक समूहको प्रमुख भूमिका र कि्रयाकलाप रहन्छ पछि गएर अबश्यभेब त्यही बर्गले उत्पादन प्रणालीलाई आफ्नो कब्जामा लिने गर्दछ । मातृसत्तात्मक समाज एउटा त्यस्तो युग थियो कि नारीहरु उत्पादन प्रणालीको नियन्त्रक मानिन्थे । त्यस्तो किन थियो किनकी त्यस समयमा प्रचलित प्राचीन कृषि प्रणालीमा नारीहरुको नै प्रमुख भूमिका र कि्रयाकलाप हुन्थ्यो जबकी पुरुषहरु शिकार खेल्न जंगल पस्दथे । त्यसपछि पितृसत्तात्मक समाजको एक युग आयो अनि उत्पादन प्रणालीमा पुरुषहरुको हुकुम चल्यो । यो परिबर्तनको कारण के थियो किनकी त्यसबेला प्रचलित उत्पादन प्रणाली पशुपालनमा पुरुषहरुको प्रमुख भूमिका थियो । जुन कार्यमा प्रमुख उत्पादनका औजारहरु भाला फसा्र धनु र बाणहरु थिए ।ु ऐतिहासिक भौतिकबादले समाज बिकासक्रमको क्रमबद्ध शिलशिला आदिम साम्यबादी युगमा मानिसको उत्पादन क्षमता न्यून थियो । मानिसहरु प्रकृतिको संरक्षणमा बस्न बाध्य थिए । जीबिकोपार्जनको प्रणाली पनि सामूहिक थियो । उनीहरुसंग जे हुन्थ्यो त्यो महिला पुरुष सबैको सामुहिक हुन्थ्यो । ब्यक्तिगत अस्तित्वको सवाल थिएन बालबच्चाहरु पनि आमाबाट मात्र चिनिन्थे । समूहलाई मातृगोत्रबाट छुट्टयाइन्थ्यो । पछिगएर बर्बर युगको अन्त्य तिर ५ हजार बर्ष अघि जब फलामको आबिस्कार भयो कृषिमा अतिरिक्त उत्पादन हुन थालेपछि केही मानिसहरु श्रम नगरेर पनि बाँच्ने भौतिक स्थिति बन्यो । यसले प्रथम पटक बर्ग बिभाजन ल्यायो । एकातिर शारीरिक श्रम गरेर आफ्नो भौतिक शरीर सुम्पने दासबर्ग र आर्कोतिर मानसिक श्रम गरी तिनै दासबाट सिर्जित श्रमबाट अतिरिक्त सम्पत्ति कमाउने दासको मालिक बर्ग पैदा भए । यिनीहरु दुई मा मालिक बर्ग सम्पत्तिवान बने भने दासहरु सम्पत्ति बिहीन । यो पद्धतिले गर्दा यसलाई संरक्षण दिने पारिवारिक संरचनामा स्त्री पुरुष सम्बन्धमा पनि पुरुषहरु मालिक बन्न पुगे भने स्त्रीहरु तिनीहरुलाई सुरक्षा ब्याबश्थापन गर्ने घर सम्पत्ति र सन्तान हेर्ने महिलाहरु दासी बन्न पुगे । सम्पत्तिको बाँडफाँडले समाजमा पितृसत्तात्म्क प्रणालीको जन्म भयो । सामन्ती पुरातन समाजमा जस्तै आधुनिकताका नाउमा पूँजीबादी समाजमा पनि महिलाहरुमाथि शोषण भैरहेको स्थिति छ । सामन्ती समाजमा महिलाहरुलाई दासी बनाइ घरभित्रै कैद गर्दे उत्पादका गतिबिधिबाट पूर्णरुपले बिाचत गर्ने परिपार्टी उत्कर्षमा पुगेको पाइन्छ । यसप्रकारको समाजमा महिलाहरुलाई बच्चा पाउने मेसिन भन्दा बढी सोचिन्न । तर पँूजीबादी अर्थतन्त्रले असमातना र बेरोजगारी बढाउने क्रममा महिलाहरुलाई पुनः उपभोगको बजार बस्तको रुपमा प्रस्तुत गर्ने गरेको छ । पूँजीबादी समाजमा महिलाहरुलाई नाफा कमाउने माध्यामका रुपमा अश्लील बिज्ञापन नग्नचित्र यौनब्यापार ब्यूटी कन्टेष्ट जस्ता कुराहरुमा बढी भन्दा बढी प्रयोग गर्ने गरिएको छ ।हाम्रो समाजमा परम्परागत हिन्दु दार्शनिक धरातलमा अडेको समाज हो । हिन्दु धर्मशास्त्र मूलतः महिलाहरुका बिरुद्ध र पितृसत्तात्मक समाजको पक्षमा निर्माण भएको छ । हिन्दु धर्मशास्त्र मनुस्मृति समेत का आधारमा अहिले पनि अनेकौ अन्धबिश्वास कुरीति रुढीबादी संस्कृति र संस्कार महिलाहरु माथि थोपर्ने गरिएको छ । यसप्रकारको हिन्दु धर्म शास्त्रमा आधारितअन्धर जड परम्परा र संस्कृतिले महिलाहरु माथि उत्पीडन गर्ने र उनीहरुलाई हेलाहोचो गर्ने काम गरेको प्रष्ट देख्न सकिन्छ । कुनैपनि बिषयबस्तु र समस्याको कारण भौतिक परिस्थिति र त्यसको जगमा नखोजेर आदर्शबादी परलौकिक संसारमा पन्छाईदिनु हिन्दु धर्मशास्त्रका बिशेषता हुन । हिन्दु धर्म आध्यात्मिक तत्वमा आधारित छ । बैज्ञानिक र मानबीय दुबैकोणबाट हिन्दु धर्मका कैयौ प्रस्थापनाहरु आलोच्य र त्याग्नैपर्ने खालका छन् । हिन्दु धर्मले अंगिकार गरेको पुनर्जन्म र कर्मका कुराहरुका प्रचारमा कुनैपनि प्रकारको बैज्ञानिकताको अंश पाइदैन भने बर्णब्याबस्था र छुवाछुत बैज्ञानिक प्रस्थापनाका बिरुद्ध मात्र नभएर मानबताकै बिरुद्धमा छन् । हिन्दु बर्णब्याबस्थामा खास प्रकारका लिङ्ग र जातिलाई तल्लो श्रेणीमा राखिन्छ । दलित र महिलाहरु त्यो कोटीमा पर्दछन् । हिन्दु धर्म र त्यसले प्रभुत्व जमाएको संस्कृति अन्तर्गत महिलाहरुलाई ताडना गर्नुपर्ने जात ठानिन्छ । तुलसी दासले भने जस्तै- ुढोल गवार शुद्ध पशुनारी ये सब ताडनके अधिकारीु जस्ता श्लोकलाई यो धर्म अन्तर्गत स्थापित गरिएको छ । मनुले महिलालाई जड र प्राण नभएको बस्तु बताएका छन् । तर हिन्दु धर्मशास्त्रका यस्ता कुराहरु अनादिकालदेखि नभएर एउटा काल अवधि देखि शुरु भएको पाइन्छ । हिन्दुहरुको पबित्र धर्मग्रन्थ बेद एवं मानब सभ्यताको बैद्धिक युग खास गरेर ऋग्बेदकालीन युगमा यस किसिमका कुराहरु अस्तित्वमा नरहेको र उपनिषदकालमा जस्तो म्लेच्छ र आर्यबीच बैबाहिक सम्बन्ध खानपान लगायतका बिषयहरु बिलकुलै बेग्लै र एक आपसबाट त्यत्ति टाढा नरहेको मात्र होइन बरु बैद्य÷अबैद्य रक्त सम्बन्ध र बिबाहका आदिका कारणले आर्य र कथित म्लेच्छ बीच ब्यापक रक्तमिश्रण समेत हुने गरेको दाबी समेत बिद्धानहरुको रहेको छ । तर यस प्रकारको दृष्टीकोण उपनिषदकालमा परिबर्तन भएर बर्ण ब्याबश्थाको कठोर अभ्यास र प्रयोग हुन थालेको पाइन्छ ।नेपालको सन्दर्भमा चौधौ शताब्दीको उत्तारार्धको समयमा राजा जयस्थिति मल्लले हिन्दुहरुको मनुस्मृति संस्कृति अनुसार जातपातको बिचार÷आचार लागू गरेर काठमाण्डौ उपत्यकामा धार्मिक प्रचलनलाई बिशुद्ध बानाउने प्रयास गरे । जातपातको ब्याबस्था लाद्ने अर्को प्रयास उन्नाइसौ शताब्दीमा जंगबहादुर राणाबाट भयो । केवल गत डेढसय बर्षमा मात्र जातपात प्रथाले यतिबिघ्न स्वीकृति पाएको छ । त्यो जातपात उचनीच प्रथा बि।सं १९१० सालको मुलुकी ऐन कानूनमा सम्पूर्ण देशकालागि बैधानिक बनाइएको थियो । त्यसरुपबाट त्यो ऐन अहिले पनि संशोधित एकीकृत र बिकासित हुदै हालसम्म पनि प्रचलनमा छ । हिन्दु धर्म र त्यसका अबैज्ञानिक अन्धबिश्वासपूर्ण मान्यताहरुले मानिसको मन मस्तिष्कमा पारिदिएको कतिपय निरर्थक छापले आफ्नो उद्देश्य र आदशृप्रति निराशा र हिनताबोध मात्र बढाउने नभएर िसंगो लिङ्ग जाति बर्गमाथि उत्पीडन गरिरहेको स्थिति समेत प्रष्ट देखा पर्दछ । हिन्दु धर्मशास्त्र र त्यसको प्रतिबिम्बको रुपमा रहेको हाम्रो नेपाली संस्कृतिले समाजको आधा आकाश ढाकेका महिलाहरु प्रति पूर्ण उपेक्षा प्रकट गर्ने मात्र नभइ उनीहरुलाई समाजमा अत्यन्त निम्न कोटीमा राख्ने गरेको कुरा आम रुपमा जानकारी भएको बिषय हो । पितृसत्ताको प्रारम्भ आज भन्दा करिब ५ हजार बर्ष यता र बर्णाश्रम ब्याबस्थाको प्रभुत्व शुरुभए पछि मात्र होइन आज सम्म पनि महिला हरुप्रति त्यही किसिमको ब्याबहार हाम्रो धर्म संस्कृतिले गरिरहेको छ । महिलाहरुलाई पैतृक सम्पत्तिमा समान आधिकार दिएमा सामाजिक संरचना खल्बलिन्छ भन्ने हौवाका पछाडि त्यस्तै पठित मूर्खहरुको हात रहेको प्रतीत हुन्छ । पैतृक सम्पत्तिमा अधिकार दिने होइन शिक्षा दिनुपर्दछ भन्दै सधै कसैको आश्रयमा रहनुपर्ने चरणको दासीका रुपमा राखिराख्ने वकालत गरिरहेको देखिन्छ । यस्तो वकालत हिन्दु धर्म शास्त्रका आधारमा हुर्केको सामन्ती संस्कृतिको परिणाम हो । सामन्ती संस्कृतिको प्रमुख बिशेषता भनेकै पुराण एवं धार्मिक ग्रन्थ रामायण महाभारत मनुस्मृति स्वास्थानी आदि अगाडि तेस्र्याएर आदर्शबादको खोलद्धारा मानब समाजलाई यथास्थितिमा राख्ने चक्र हो । सामन्ती संस्कृतिले महिलालाई घरको चार खिवार भित्र सिमित राख्दछ । यो संस्कृतिको बिशोषता भनेको महिलालाई हेय दृष्टीले हेर्नु हो । किनभने मानब जाति भित्र पर्ने महिलालाई बस्तु सम्पत्ति र सन्तान उत्पादन गर्ने मेसिनका रुपमा मात्र यो संस्कृतिले हेर्दैछ ।उनीहरुलाई जीब जन्तु सरह केबल संरक्षण दिने भावनाले समाजमा हेरिन्छ साथै स्वामीप्रति सेवा धर्म कर्तब्य परायणता बफादारी र त्यागको भावना जगाउने कहानी प्रस्तुत गरिन्छ । महिलाको जात थर अथवा अन्य इच्छा केही आफ्नो अधिनमा नहोस भन्ने ठानिन्छ । त्यत्तिमात्र नभई महिलाले आफ्ना लागि आफै निर्णय लिने क्षमता पनि राख्दैनन् भन्ने मान्यता हिन्दु धर्म शास्त्रको रहेको छ । मनुस्मृतिका नीति वाक्यहरुले त्यही कुरालाई पुष्टी गर्दछन् । जस्तै-ुपीता रक्षति कौमारे भर्ता रक्षती यौवने पुत्रो रक्षती बर्धक्ये स्त्री स्वतन्त्र महर्तिु जसको अर्थ हुन्छ- कुमारी हुँदा सम्म पीता जवानीमा पति बुढी भएपछि आफ्ना छोराहरु स्त्रीहरुका रक्षक हुन्छन् स्त्रीहरुलाई स्वतन्त्रता चाहिदैन । यसरी बैज्ञानिक प्रगति र भौतिक परिस्थितिमा आएको परिबर्तनलाई पनि हिन्दु संस्कृतिले आत्मसात गर्न सकेको देखिन्न । परिस्कृत र आधुनिक बन्ने नाँउमा गरिएको अश्लिल साहित्यको बिक्री बितरण त्यसले बढाएको बेश्याबृत्ति मान्छेहरुको खुलेआम किनबेच सुन्दरी प्रतियोगिता फेशन शो झुट्टा बिज्ञापन आदि जस्ता कुराहरुमा खासगरी महिलाहरु नै पर्दछन् । र महिलाहरुलाई अगाडि राखेर त्यस्ता तमाम बिकृतिहरुलाई बिभिन्न आबरणहरुले ढाकेर उनीहरुलाई बजारको सामानमा परिणत गरी पेसा आर्जमाको माध्याम बनाउदा समेत समाजमा त्यसलाई स्वाभाविक रुपमा लिन थाल्नु हिन्दु धर्म र संस्कृतिको महिलाहरु प्रतिको कुदृष्टीको परिणाम हो भन्न सकिन्छ । मूलतः हिन्दुधर्मबाट प्रभावित बिधमान नकरात्मक संस्कृतिलाई पुरै बदल्न सवैं धर्मले बिकृत पारेका पक्ष र कोणहरुलाई केलाएर अन्याय शोषण र भेदभावमूलक हिन्दु धर्मशास्त्र त्यसमा आधारित बर्ण ब्याबस्थाका कारणले संस्कृतिमा परेका छापहरुलाई समेत निर्मूल गरेर एउटा जनबादी राज्यप्रणाली प्रतिस्थापना गर्ने तिर आम महिलाहरु ठोस योजनासहित अन्य बर्ग संग एकाकार भएर संघर्ष गर्न अग्रसर हुनुपर्दछ ।स्पष्ट शब्दमा भन्ने हो भने नेपाली महिलाहरुमाथि भइरहेका एकातिरको पितृसत्तात्मक शोषण र आर्कोतिरको आधुनिकी पूजीबाँदी शोषणबिरुद्धको मुक्तिका लागि बर्तमान बर्गिय राज्यसत्ता उन्मूलन गरेर सम्पूर्ण शोषित उत्पीडित बर्गहरुको संयुक्त अधिनायकत्व हुने नयाँ जनबादी ब्याबस्थाको स्थापना अनिबार्य हुनेछ । त्यसका लागि क्रान्तिकारी नीति र जनबादी समाजबादी आन्दोलनको दिशामा हरेक महिलाले आफूलाई ब्याबहारिक रुपले ढाल्नुपर्ने हुन्छ । उनीहरुले क्रान्तिकारी आन्दोलनमा उत्रेर अन्य उत्पीडित तप्कासंगै पुरानो समाजको सम्पूर्ण जग फेर्न तत्पर नभए सम्म उनीहरुको मुक्ति संभव हुने छैन ।

No comments:

Post a Comment