हाम्रो घर राजारानी नागी भए पनि बाजे,बुवाले यसै साम्लो लुंगधुंग डांडाको पश्चिम मुनितिरको जंगल फाडेर खेति योग्य बनाउनु भएको थियो l त्यहा हाम्रो सहित अरु बाजे, काका पर्नेहरुको पनि पाखाबारी साथै खरबारी (घर छाउने) पाखा छ अहिले पनि l नागीबाट खम्देबा पुग्नलाई खाली जीउ मात्रै, बिना भारी पनि १ घण्टा जति लाग्छ l म सानो छदा हामी हिउदमा २ महिना जति गाइ गोरु, बाख्रा सबै लिएर त्यो खम्देबामा गोठ बनाएर बस्ने गर्थ्यौ l त्यो बेलाको गोठ बस्नुको मजा नै अर्को संसार जस्तो लाग्छ अहिले सम्झिंदा l हामी त्यो बेला खर काटेर बेच्ने गर्थ्यौ, दुइ सय भारी जति आउने त्यहा हाम्रो खरबारी छ l अहिले २०५० साल पछि हाम्रो परिवारले खेतिबारीमा ध्यान दिन नसकेपछि हामीले खम्देबा जान छोडी दियौ तापनि त्यहाको पाखोबारी अनि खरबारीमा भएका रुख घासहरु बेच्ने काम कहिले कही हुन्छ रे भन्ने सुन्छु मेरो साइला दाजुको मुखबाट l
साम्लो लुंगधुंग डांडाको शिरमा दुईवटा ढुंगा छन् त्यो ढुंगा संगै जोडिएको एउटा किम्बदन्ती छ l परापुर्ब कालमा एकै ठाउका चेली माइती पर्ने (दुइ जना उमेर पुगेका तन्नेरी, तरुनी) त्यो दुइवटा ढुंगामा बसेर गीत पालम गाउदै निकै दिन बसेछन् l यसरी पालम गाउदै बस्ने क्रममा तिनीहरु बीच अनैतिक सम्बन्ध हुन पुगेछ, पछि उनीहरुमा चेली माइती हौ भन्ने ज्ञान भएछ l अनि हामीले गल्ति गरेछौ, अब छुट्टिनु पर्छ, हाम्रो फेरी भेट नहोस भन्दै सेम्मुई बिदाई गीत गाएर छुट्टिएछन् l त्यो चेली माइतीले त्यो दुईवटा ढुंगा माथि गीत पालम गाएर छुट्टिए देखि त्यो डांडालाइ साम्लो लुंगधुंग डांडा भनियो रे भनेर बुढा पाकाहरु भन्छन l
अझ पनि जो कोहि पनि त्यो साम्लो लुंगधुंग डांडामा पुग्यो भने अलि कति भए पनि गीत गाउनै पर्छ होइन भने केहि अफाप या बिमारी भइन्छ भन्ने जन विश्वास छ l
साभार: गाउका बुढा पाकाहरु
No comments:
Post a Comment