I- Immune Deficiency
V- Virus भनिन्छ । यो जीबाणुले मानिसको रोगसंग लड्ने प्रतिरक्षात्मक प्रणालीलाई नष्ट गर्दै जान्छ । हाम्रो शरीरको प्रतिरक्षात्मक प्रणालीलाई एच.आइ.भी.द्धारा निस्क्रिय पारेको अवस्थालाई एड्स भनिन्छ । यसको पूर्ण रुप-
I- Immune
D- Deficiency
S- Syndrome हो । जसको कारण हाम्रो शरीरमा बिभिन्न प्रकारका रोगहरु लाग्दछन् र हामी अन्त्यमा मृत्युको मुख सम्म पुग्दछौ । एड्सको इतिहास खोतल्ने हो भने येा त्यत्ति पुरानो रोग होइन तरा आज यसले बिश्वमा दिन दुईगुणा र रात चौगुणा जरो गाड्दै छ । सन् १९८१ मा संयुक्त राज्य अमेरिकामा समलिङ्गी पुरुषहरुमा पहिलो पटक देखापरेको एच.आई.भी.एड्स खासगरी सन १९७० को उत्तराद्र्ध देखि नै अपि्रुकी महादेशका केही देशहरुमा भित्र भित्र फैलिरहेको रहेछ भन्ने कुरा बिभिन्न अनुसन्धानकर्ताहरुले स्पष्ट पारिसकेका छन् । जब सन् १९८१ मा मान्छेमा एच.आई.भी.एड्स देखा पर् यो । त्यसपछि यसबारे बिभिन्न अध्ययन र अनुसन्धानहरु हुन थाले यसै सन्दर्भमा कुन ब्यक्तिमा छ वा छैन भन्ने कुरा रगत परिक्षणको माध्यामबाट पत्ता लगाउन सन् १९८४ मा मात्र यस प्रबिधिको बिकास भयो । एशियामा एच.आई.भी.एड्स सर्बप्रथम सन् १९८४ मा थाइल्याण्डमा र त्यसपछि सन् १९८६ मा भारत र पकिस्तानमा देखा परेको थियो ।हाम्रो शरीरमा एच.आई.भी. लाग्ने बित्तिकै एड्स लागेको मानिदैन । रगत परिक्षण बाट मात्र एच.आइ.भी. थाहा पाउन सकिन्छ । एच.आई.भी. मुख्यगरी संक्रमित सुई साटासाटा गर्नाले रगत वा अंग जाँच नगरी लिनाले असुरक्षित यौन सम्पर्क गर्नाले र एच.आई.भी.एड्स प्रभावित आमाबाट जन्मने शिशुमा सर्दछ । एच.आई.भी. जीबाणुले संक्रमण गरेको पाँच देखि पन्ध्र बर्षभित्र एड्सको लक्षण देखा पर्दछ । एच.आइ.भी. को जीबाणु शरीरमा भएको तर एड्स नलागेको ब्यक्ति स्वास्थ र हट्टाकट्टा नै देखिन्छ । जसलाई एच.आई.भी. पोजिटिभ भएको ब्यक्तिका रुपमा लिइन्छ । एच.आई.भी. पोजिटिभ देखिनु त्यस ब्यक्तिका लागि मृत्युको दिन शुरुवात हुनु हो । हो एच.आई.भी.एड्स एउटा महामारी हो र यसको कुनै उपचार छैन । यद्यपी हाम्रो सानो भन्दा सानो निगरानीबाट यसलाई नियन्त्रण गर्न सकिन्छ । बर्तमान बिश्वमा मृत्युको परिचय भनेको एच.आई.भी.एड्सको नियन्त्रण नहुनु हो ।जब पर् यो राति तब बुढी ताती भन्ने उखानलाई चरितार्थ गर्ने हाम्रो पुख्र्यौली आदत छ । यदि यस उखानलाई लातमारी धर्तिको पनि अर्ति सुन्ने बानी बसाल्यौ भने असामयिक मृत्युको बाटोबाट टाढिन सक्छौ । पति-पत्नी बीच मात्र यौन सम्पर्क गर्ने बानी गरेमा धेरै ब्यक्ति संग यौनसम्पर्क राख्नु परेमा सुरक्षाको माध्याम जस्तै कण्डम ढाल प्रयोग गर्ने गरेमा र रगत अंग परिक्षण गराएर मात्र लिने दिने गरेमा एच.आई.भी.एड्सको प्रभावबाट मुक्त हुन सक्छौ । यस्तै गरी संक्रमित सुई वा औजारको प्रयोग नगरी र एच.आई.भी.एड्सको संक्रमित महिला गर्भवती नभएर एच.आई.भी.एड्सबाट आफू र अरुलाई बचाउन सकिन्छ ।आज बिश्वमा करोडौ मानिसहरु एच.आई.भी.एड्स संक्रमित छन् । अझ त्यसमध्ये त धेरै जसो अल्पबिकसित मुलुृकमा युवाहरु प्रत्यक्ष संक्रमित छन् । एच.आई.भी.ले आज बिश्वमा चार करोड ब्यक्तिहरु संक्रमित भइसकेका छन् । जसमध्ये ३१ डिसेम्बर २००१ सम्ममा एड्सले २४८००००० ब्यक्तिहरुलाई मृत्युको सिकार बनाइसकको छ । नेपालमा पनि ३१ जुलाई २००० सम्ममा २४४० ब्यक्ति यो रोगबाट संक्रमित भइसकेको आधिकारिक तथ्याङ्क छ । यी मध्ये १५३ को एड्सबाट मृत्यु भईसकेको छ भने ६०९ जनामा एड्सको पूरा लक्षण देखा परिसकेको छ । यस रोगबाट बिभिन्न समूह जोखिममा परेका छन् । मुख्यतः यौन ब्याबशायीहरु र यीनको सम्पर्कमा रहने ग्राहकहरु नै सबैभन्दा जोखिममा रहेका समूहहरु हुन् ।समाजमा एड्सबारे जनचेतना फैलाउन यस्तो ब्यक्तिको मरण संरक्षण र पुनस्र्थापन कार्यक्रममा सरकारी एवं गैह्रसरकारी संस्थाहरुको संलग्नताले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । परामर्श सेवाकेन्द्रहरु सहयोग र उपचारबाट तिनीहरुमा जीवनप्रतिको आस्था बचाई बाचुाजेल कर्म गर्न प्रेरित गर्न सकिन्छ । यसै तथ्याङ्कलाई दृष्टीगत गरी बि.सं २०५१ सालमा स्थापित राष्ट्रिय एड्स रोग तथा यौनरोग नियन्त्रण केन्द्र सकि्रय रहेको छ । साथै बिभिन्न गैह्रसरकारी संस्थाहरु एड्सको नियन्त्रण गर्ने र जनचेतना फैलाउने कार्यक्रममा सकि्रय रहेका छन् ।अज्ञान वा संकोचका कारण हामी एड्स बारे या त चाहे भन्दा बढी आतंक फैलाउँछौ । शिक्षित बर्गले यस्ता अज्ञानी वा संकोच रहेका ब्यक्तिको माझ चेतनाको सांघु बन्नुपर्दछ । एच.आई.भी.संक्रमण भएको ब्यक्ति वा एड्स भइसकेको ब्यक्तिसंग हात मिलाउँदा अंगालो हाल्दा संगै खानपिन गदा्र एउटै कोठा प्रयोग गर्दा संगै पौडी खेल्दा एउटै धारामा नुहाउँदा संगै काम गर्दा साझा चर्पी प्रयोग गर्दा यो सर्दैन । एच.आई.भी.एड्स मानिसको रगत बीर्य र योनीरसमा मात्र पाइने हुनाले कुनैपनि कीरा फट्याङ्ग्राहरुको टोकाईबाट एच.आई.भी. सर्दैन । गाँउ घरतिर एच.आई.भी.एड्सको गाँईगुई सुनेकाहरुले लामखुट्टे उपियाँ उडुस र जुम्राको टोकाईबाट एच.आई.भी.सर्छ भन्ने ठान्छन् । जुन पूर्णतः अज्ञानताको उपज हो ।रोग लागेर उपचार गराउनु भन्दा कुनैपनि रोग लाग्न नदिनु अति उत्तम हो । एच.आई.भी.एड्सको प्रभाब शारीरिक मानसिक आर्थिक तथा सामाजिक क्षेत्रमा रहेको हुनाले यसको चौतर्फी नियन्त्रणका लागि बौद्धिक समाजका राजनीतिक ब्यक्तिहरुको प्रतिबद्धता एवं अन्तराष्ट्रिय ऐक्यबद्धताको पनि आवश्यकता पर्दछ । बिश्वका गरिब राष्ट्रहरुमा सबल रुपमा एड्सले जरा गाड्नुको पछाडी गरिबीकै मुख्य कारण रहेको छ । तसर्थ एड्सको नियन्त्रण र रोकथामका लागि बिश्वबाट गरिबीको उन्मूलन गर्नु अति आवश्यक छ । रोगलाई जानाजान निम्त्याउने कसैको रहर हुदैन । तथापी गरिबीका कारण बाँच्नका लागि मात्र भएपनि एच.आई.भी.एड्स जस्तो जोखिम पूर्ण रोगसंग सधैं पैंठेजोरी खेल्नु हाम्रो दिनचर्या बनेको छ । कतिपय ठाँउमा अज्ञानता र चेतनाको अभाब घाम झैं छर्लङ्ग देखिएको छ । नेपाल जस्तो बिकासोन्मुख राष्ट्रमा एड्सबारे जनचेतना फैलाउन अझै समस्या परेको टड्कारो छ । अज्ञानता निरक्षरता गरिबी बेरोजगारीचेलीबेटी बेचबिखन देहब्यापारको ब्याबशाय खुल्ला सिमाना लगायतका कारणले गर्दा यस्ता रोगीहरु नेपालमा तिब्रगतिमा बढिरहेका छन् । बिशेष गरी दुर्गम गाँउहरुमा र जिल्लाहरुमा जुन साचार माध्यामबाट पूर्णतय बिाचत रहेका छन् । चॆतनाको अभाव र गरिबीका कारण कैयौं नेपाली चेली बम्बाइका कोठीहरुमा कठपुतली झैं सजिने गर्दछन् । र अन्त्यमा एड्सको सिकार भई स्वदेश फर्कने गर्दछन् । यसरी गरिबी निबारण नै एड्स नियन्त्रणको पहिलो कडी हुनेछ ।
No comments:
Post a Comment