Friday, April 30, 2010
आधा आकाश
-खजुम प्रेम
बिश्व आकाशको आधाभाग महिलाहरुले ढाकेका छन् । अझ भन्ने हो भने संख्यात्मक रुपमा संसारमा पुरुषको भन्दा महिलाको संख्या भन्दा बढी पाइएको तथ्याङ्कले बताउँछ । तरपनि आधा आकाश ढाकेका महिलाहरु हाम्रो जस्तो मुलुकको त कुरै छोडौ बिकसित मानिएका मुलुकमा समेत दोस्रो दर्जाको नागरिक भएर बाँच्नु परेको यथार्थ सबैलाई अवगत भएकै कुरा हो । बिश्वका अधिकांश मुलुकहरु पितृसतात्मक समाजमा आधारित छन् त्यसैको परिणाम हो- समाजका हरेक तहमा पुरुषहरुको बाहुल्यता देखिनु । यहाँ सम्म की महिलाहरु पनि पुरुषकै आँखाले समाजलाई हेर्न अभ्यस्त छन् । मानब सभ्यताको बिकास संगसंगै चेतनाको बिस्तार पनि सोही अनुपातमा भइरहेको छ । अर्थात चेतना मानब सभ्यता एक अर्काको पर्याय भएर समाज रुपान्तरणको दिशामा प्रभाबकारी बन्दै गएको अनुभब गर्न सकिन्छ । तथापी अझैपनि संसारका कतिपय देशहरुमा महिला र पुरुषको अबस्थामा धेरै थरिका असमानताहरु बिधमान छन् । र नेपाल पनि यसको अपबाद रहन सकेको छैन ।अमेरिकी नारीबादी प्याटि्रसिया लिन रेलिको पुस्तक-इज न्यम धजय यियपक ष्पिभ ुभ इज धयुभल बाभचुष्लन क्उष्चष्तगबष्तिथ मा उनले लेखेकी छन्-ूधर्मको सबैभन्दा अमूर्त ब्याख्या पनि ब्याख्या गर्नेको अनुभब र परिधिभित्र नीहित हुन्छ ।ू आज सम्म ब्याख्या गर्ने सबै पुरुष भएकाले उनीहरुको ब्याख्या र स्पष्टीकरणले महिलाको जीबनसंग थोरै मात्र तादाम्य राख्छ । कि्रश्चियन धार्मिक मान्यता अनुसार-सृष्टीकी प्रथम महिला-इभले बर्जित स्याउ खाएर मानब जातिको पतन गराएको आरोप खेपेर हिनताबोधमा बाँचिरहेका महिलाका लागि आफ्नो अनुकुल आत्मसम्मान सहित धर्मको शुरुवात गर्न ललकारिएको यो पुृस्तक पुस्तकालयमा फेला परेको थियो । धर्मले थोपरेको पीडा बिरुद्ध खोलिएको मौनताको पर्दा फेरी बन्द गर्न धर्मका एकहुल ठेकेदार उठ्छन् र चिच्याउँछन्- तिम्रो आचरण हाम्रो धर्मशास्त्र बिपरित छ धर्म छोड या बिद्रोह दुबै गर्ने अधिकार महिलालाई छैन । बिद्रोहीहरु धार्मिक होइनन् र धार्मिक बिद्रोही बिद्रोही हुन सक्दैनन् । जस्तै-क्याथोलिक कि्रश्चियन महिलाहरुलाई एकैपटक क्याथोलिक र नारीबादी बन्न बिभिन्न तगारा पार गर्नु परे जस्तै बिद्रोह गर्नुपरे जस्तै ।धर्ममा पारंगत जानकारहरु भन्छन्-पुरुष अनेकपटक बिबाह गर्न स्वतन्त्र मात्र होइन त्यो कार्य शास्त्रीय मर्यादा भित्रै पर्छ । महिलाको हकमा त्यो ठ्याक्कै उल्टो बिधवा बिबाह पनि त्यस्तै । महात्मागान्धीले- ुच्भनभलभचबतष्यलु भनेका छन्- महिला मुक्तिको प्रकृयालाई । च्भनभलभचबतष्यल का लागि उनले सबैभन्दा पहिला शास्त्रहरुले महिलामाथि थोपरेका दोष जसलाई अहिले महिला चरित्रको संज्ञा दिइन्छ ती हटाउनुपर्ने जोड दिएका छन् । गलत चरित्रका केही लालची वा कामाशक्त यस्ता केही नारी चरित्र निर्माण गरी धर्मशास्त्रले समग्रमा सबैमाथि खनिने बहना भेटाएको छ । सा्ेही अनुरुप नीति नियम बनाएको छ । त्यसलाई नभत्काए सम्म बिद्रोह सम्भब छैन भन्ने बुझेर गान्धीले यस्तो भनेको हुनुपर्छ । धर्मशास्त्रले निकै होच्याएर स्थापना गरिदिएको नारी आकृतिलाई उनले च्भनभलभचबतष्यल भनेका छन् । अब आलोचना मात्र होइन शास्त्र स्मृति र पुराणको समालोचना शरुगर्नु पर्छ नारीका दृष्टीकोणबाट नारीबादी समालोचना अब साहित्यमा मात्र होइन धर्ममा र धर्मले उभ्याएका पूर्बाग्रही नारी चित्र र मान्यतामा पनि आबश्यक छ । भारतीय चलचित्र अभिनेता-अमिताभ बच्चनले एउटा सिनेमामा बो्लेको सम्बादमा बिधवा बुहारीको पुनः बिबाहमा तगारो बनेका आवाजलाई चुनौति दिदै उनी प्रश्न गर्दै थिए-परम्परा बाँचिरहोस र परम्पराको नाममा मान्छे मरिरहोस ।दास युगमा मान्छेले मान्छेलाई जन्जीरले बाँधेर भेंडा बाख्रालाई झै ब्याबहार गर्थे । समाजभित्रको अन्तरसंघर्ष बिश्लेषण गर्दै छब्बिस सय बर्ष अघि हेराक्लितुले घोषणा गरे-संघर्ष नै सबै घटनाकी आमा हुन संघर्षका बिभिन्न रुप हुन्छन्-कहिले निशस्त्र-कहिले सशस्त्र । संघर्षको घटनाको आवाजले समाज रुपान्तरण हुन्छ रुपान्तरण प्रकृयामा आवाजबिहीन को हुन्छ र बादल गड्किन्छ चट्टयाङ्ग पनि चट्किन्छ । बस्तुमा आवाज हुन्छ भने महिला आवाज बिहीन कसरी हुन्छन् डोरम्याट प्रयोग बिहीन भएपछि मिल्काइन्छ । इतिहासको हरेक कालखण्डमा महिला क्षमतालाई प्रयोग पछि मिल्काइएको छ । मनु संरचनालाई सलामी चढाउँदै पुरुषबादी संरचनाको उर्दी अनुसार चल्न बाध्य भए महिला । जस्तैै-बेश्याबृत्ति गर बन्दुक बोक इन्वीजिसन कि्रश्चियनहरुको धार्मिक अदालत को फैसला स्वीकार बुर्का ओढ आदि तिनै उर्दी हुन । उदारबादी आबरणमा ढाकिएका छन् बिश्वको कानून र संस्कृति । भित्रीरुपमा ती ठेट मनुबादी छन् मनुबादी जालोभित्र महिला क्षमता कहाँ कसरी पुरियो पन्ध्रं्रौ शताब्दीमा राजा चल्स्रले जोन अफ दी अर्कलाई अंगे्रज उपनिबेश बिरुद्ध प्रुान्सलाई मुक्त गर्न युद्धको कमाण्डिङ्ग गर्ने जिम्मा दिए । आर्लियन्सको युद्धमा अंग्रेजहरुको हार भयो चाल्स्र प्रुान्सको गद्धिमा बसे । यिनै चाल्स्रले भारदारहरुसंग मिलेर जोनलाई अंग्रेजको हवला गर्दै बेचे अंग्रेजले इन्वीजिसनको फैसला अनुसार जोनलाई सार्बजानिक ठाँउमा नाङ्गै बनाएर जलाए । जोन जस्ता लडाकु एवं जोनबादी सोच भएका महिला सबैलाई जिउँदै जलाएर पुर्दै महिला शक्तिलाई दुई औलाको बुद्धिमा संस्थागत गरे । सोह्रौ शताब्दीमा स्पेनको निरंकुशताबिरुद्ध भएको युद्धमा निदरल्याण्डका जनताले भोकै लडे । उनीहरुले रुखका सबै पात खाएर युद्ध लड्दै स्पेनीलाई चुनौति दिएका थिए- ुमुसा कुकुर जे खाएर भएपनि हामी बाँच्ने छौ तर हार मान्दैनौ ।ु हामी आफ्नो बाँया हात खाएर दाँया हातले लड्ने छौ र जित्ने छौ । उदाहरणीय यो युद्धमा स्पेनले हार खानुपर् यो । त्यो युद्धमा महिलाले पुरुषसंग सहभागि भएर बीरता देखाए । यो बीरतालाई पुरुषबादी षडयन्त्रले युद्ध बिजय पश्चात चुलोमा लगेर थन्क्यायो । पुरुषसंग सहभागि भएर लडेका महिला बीरताको गाथाले भन्छ-ुमहिला कुनै पनि क्षेत्रमा असक्षम छैनन् ।ु आफ्नै संघर्षको जगमा आम महिलालाई समेट्दै महिला मुक्तिको ऐतिहासिकता आबश्यकता कार्यन्वयन गर्न जरुरी छ । ३३ प्रतिशत दयाकृपाको आरक्षणलाई चिरेर नेपाली-नेपाली महिला स्वयं संघर्षको प्रतिफल ५० प्रतिशत बिशेषाधिकारको एजेण्डालााई लागू गर्न अग्रसर हुनुपर्छ महिला बिशेषाधिकार आवाज संस्थागत गर्नुपर्छ ।दक्षिण एसियामा प्रधानमन्त्री तथा राष्ट्रपति महिला भए भन्ने प्रसंगलाई ठूलो उपालब्धी मानिन्छ । तर त्यसले कुनै तात्विक अर्थ राख्दैन । यहाँ प्रश्न पाकिस्तानकी एक बेनिजरभुट्टो बंगलादेशकी एक बेगम खालिदा जिया वा शेष हसिना वाजेद भारतकी एक इन्दिरा गान्धी तथा श्रीलंकाकी एक चन्द्रिका बन्दरानायके कुमारातुङ्गाको सहभागितको होइन प्र्रश्न हो-जनसंख्याको कति प्रतिशत महिलाले नीजि वा सार्बजानिक जीबनमा भाग लिने मौका पाए भन्ने हो । दक्षिण एसियामा यतिका धेरै महिलाले नेतृत्व गरेपनि आम महिलाको राजनीतिक सहभागिता १० प्रतिशत भन्दा माथि उठ्न नसकेको तथ्य टड्कारो छदैछ ।अन्तरिम संबिधान निर्माण गर्ने टोलीको गठन होस या शान्ती बार्ता टोलीका नियुक्ति । ५१ प्रतिशत महिला प्रतिनिधित्वलाई गौण बनाइयो । यद्यपी संसदले ३३ प्रतिशत महिला सहभागिताका लागि नीतिगत सहमति बनाई थपडी बजाएर हल गुाजायमान भने बनायो । त्यस्तै ५१ प्रतिशत जनसंख्या भएका महिलालाई समानुपातिकरुपले सहभागिता गराउने कि ३३ प्रतिशतको रुपमा भन्ने बिषयमा पनि अबधारणागत स्पष्टता आइसकेको थिएन । ३३ प्रतिशत महिला उमेद्धारीका लागि कि सिट सुनिश्चित गर्न भन्ने पनि अझ निक्र्यौल हुन सकेको थिएन । अन्तरिम सरकार निर्माणदेखि संबिधान सभा सम्मको यात्राका साथै राष्ट्र पुनः निर्माण प्रकृयामा ५१ प्रतिशत महिलाका सरोकारलाई कसरी सुनिश्चित गर्ने बिश्व इतिहासमा देशको समग्र परिबर्तनमा सकि्रय भूमिका खेल्ने महिलाको सहभागिता उनीहरुको सरोकारलाई प्राथमिकता दिन भएका मौखिक प्रतिबद्धता सहमति पछि पाखा लागेका उदाहरण प्रशस्त पाइन्छ । हाम्रो सरोकार द्धन्द्ध प्रभावित महिलालाई राष्ट्र पुनः निर्माणको अभिन्न अंगको रुपमा कसरी साथ साथै लैजाने भन्ने पनि हो ।नयाँ नेपालको परिकल्पना संगै सामाजिक पुनः संरचना आबश्यक छ । नयाँ नेपालको सपनासंगै समाजका असमानता हटाउनु आजको आबश्यकता हो । मुलुक समृद्ध बन्न सबै नागरिक हरेक दृष्टीले सबल र सम्पन्न बन्नु आबश्यक हुन्छ । सबल र सम्पन्न बन्नका लागि अबसरको खाँचो पर्दछ । अबसर राज्यले प्रदान गर्नुपर्ने देखिन्छ । यतिबेला नेपाल २३८ बर्षको शाह बंशीय राज्य परम्पराको बिधिवत अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरिसकेको छ । महिला प्रतिनिधिहरु संबिधान सभामा महिलाको त्यो संख्या अति न्यून रहेको छ । अझ पनि यहाँ भुल्नै नहुने के छ भने यस समयमा हामीले खुट्टा कमायौ भने भारतमा गणतन्त्र भएको ६० बर्ष पुगिसक्दा पनि अमेरिका जस्तो बिकसित राष्ट्रमा पनि महिलाको नीति निर्माण प्रकृयामा सहभागिता १० देखि १४ प्रतिशत भन्दा माथि उठ्न नसकेको जस्तै इतिहास-नेपालमा दोहोरिन सक्ने सम्भावना रहन्छ । हाल सबै राजनीतिक दलमा लैंगिक समानताका लागि मौखिक प्रतिबद्धता भएपनि समानताको अबधारणा ब्याबहारमा रुपान्तरण कसरी गराउने भन्नेमा स्पष्ट गृहकार्य आबश्यक छ ।ुमहिलाको अब जिब्रो बोल्नु हुन्न जीबन बोल्नु पर्छ ।ु महिलाको बारेमा किताब बन्ने होइन इतिहास बनाउनुपर्छ । महिलाप्रति लक्षित योजना धेरै बने तर ब्यबहारमा लागू भएनन् । यतिमात्र होइन महिलालाई लक्ष्य गरेर धेरै बोलियो तर यथार्थमा पूरा भएन । अब राजनीतिक चेतनासंगै महिलाले आफ्नो जीबन बोल्नुपर्छ । जबसम्म उनीहरुमा राजनीतिक चेतना हुदैन तबसम्म महिला उत्थान हक अधिकार बारे कुरा गरेर मात्र केहि हुनेवाला छैन । प्रत्येक महिलामा राजनीतिक चेतनासंगै उनीहरुको आत्मसुरक्षको अनुभूति दिनुपर्छ । यहाँ महिला राजनीतिमा प्रबेश गर्नु भनेको-पर्खाल फोरेर बाहिर निस्कनु जत्तिकै छ । धार्मिक सामाजिक सांस्कृतिक आर्थिक पारिवारिक कारणलाई महिला बिकासका लागि तगाराका रुपमा खडा गरिन्छ । समाजलाई यही अबस्थाबाट कति दिन डोर् याउने यो गम्भिर प्रश्न आज हाम्रो सामु छ । महिला माथिको िहंसालाई समाजबाट हटाउन सामाजिक संस्कार बदल्नु आबश्यक छ । किनकी अबको समय इतिहास निर्माण गर्ने समय हो । लामो समय सम्म साङ्लामा बाँधिएृको समाजलाई मुक्त गर्ने अबसर हो यो । जसका निम्ती परिवारका हरेक महिलाहरुको बिकास र यिनीहरुलाई राज्यका बिभिन्न तहमा दक्षता सहित उभ्याउन महिला संगसंगै पुरुष पनि जिम्मेवार भएर लाग्नु आबश्यक छ । सक्षम र शिक्षित महिला उत्पादनमा सफल बनोस । सबै राजनीतिक दलहरुबाट एकताबद्ध भएर कानूनको शासन भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संबिधान लेखियोस- शुभकामना ।
Wednesday, April 21, 2010
महिला उत्पीडन र मुक्ति
-प्रेम खजुम
संंिबधानले धर्म बर्ण र लिङ्ग जातजातिको वा ती मध्ये कुनै कुराको आधारमा नागरिकप्रति भेदभाब गरिने छैन भनेतापनि राज्यका तर्फबाट कैयौ भेदभाब गरिने ऐन कानूनहरु जीबितै छन् । नेपाली महिलाहरुमाथि शिक्षा सामाजिक कामका सन्दर्भमा मात्र होइन बिबाह यौन सम्बन्ध बिच्छेद र सम्पत्ती सम्बन्धी हक जस्ता बिषयमा नियन्त्रण र भेदभाब गरिन्छ । जन्म मृत्यु र दुर्घटनामा होस वा सामाजिक संस्कार वर ब्याबहारमा ती सबैसंग महिलाहरुलाई जोडेर उनीहरुलाई प्राय दाइजोप्रथा चेलीबेटी बेचबिखन बिधवाप्रतिका दुब्र्यवहार बहुपत्नीप्रथा र बोक्सी लगायतका बहानामा महिलामाथि हुने घरेलु िहंसा यी सबै घटनाहरुमा ती प्रतिबिम्बित भइरहेका छन् । यसरी महिलाहरुमाथि आर्थिक सामाजिक मात्र नभई पारिवारिक प्रकारका शोषण समेत समाजमा बिधमान छ । जनसंख्याको ठूलो हिस्सा खासगरी बिपन्न र कमजोर महिलाहरुकै छ । त्यो तप्कामा चेतना नउठ्दासम्म राज्य ब्यबश्थालाई दबाब पुग्दैन जसले गर्दा शोषण उत्पीडनको अन्त्य हुन सक्दैन । त्यसैले महिला संघ लगायत आज सबै आमूल परिबर्तनकामी राजनीतिक सामाजिक संघ÷संगठनले त्यो दिशातिर डटेर काम गर्नु आबश्यक छ । उत्पादनका साधनहरुमा हुने समानताले ल्याईदिने बिभाजन नै समाजको वास्तविक बिभेद हो । जोसेफ स्टालिन भन्छन्- ुइतिहासले हामीलाई के शिक्षा दिएको छ भने- सामाजिक आर्थिक उत्पादन प्रणालीमा जुन बर्ग या सामाजिक समूहको प्रमुख भूमिका र कि्रयाकलाप रहन्छ पछि गएर अबश्यभेब त्यही बर्गले उत्पादन प्रणालीलाई आफ्नो कब्जामा लिने गर्दछ । मातृसत्तात्मक समाज एउटा त्यस्तो युग थियो कि नारीहरु उत्पादन प्रणालीको नियन्त्रक मानिन्थे । त्यस्तो किन थियो किनकी त्यस समयमा प्रचलित प्राचीन कृषि प्रणालीमा नारीहरुको नै प्रमुख भूमिका र कि्रयाकलाप हुन्थ्यो जबकी पुरुषहरु शिकार खेल्न जंगल पस्दथे । त्यसपछि पितृसत्तात्मक समाजको एक युग आयो अनि उत्पादन प्रणालीमा पुरुषहरुको हुकुम चल्यो । यो परिबर्तनको कारण के थियो किनकी त्यसबेला प्रचलित उत्पादन प्रणाली पशुपालनमा पुरुषहरुको प्रमुख भूमिका थियो । जुन कार्यमा प्रमुख उत्पादनका औजारहरु भाला फसा्र धनु र बाणहरु थिए ।ु ऐतिहासिक भौतिकबादले समाज बिकासक्रमको क्रमबद्ध शिलशिला आदिम साम्यबादी युगमा मानिसको उत्पादन क्षमता न्यून थियो । मानिसहरु प्रकृतिको संरक्षणमा बस्न बाध्य थिए । जीबिकोपार्जनको प्रणाली पनि सामूहिक थियो । उनीहरुसंग जे हुन्थ्यो त्यो महिला पुरुष सबैको सामुहिक हुन्थ्यो । ब्यक्तिगत अस्तित्वको सवाल थिएन बालबच्चाहरु पनि आमाबाट मात्र चिनिन्थे । समूहलाई मातृगोत्रबाट छुट्टयाइन्थ्यो । पछिगएर बर्बर युगको अन्त्य तिर ५ हजार बर्ष अघि जब फलामको आबिस्कार भयो कृषिमा अतिरिक्त उत्पादन हुन थालेपछि केही मानिसहरु श्रम नगरेर पनि बाँच्ने भौतिक स्थिति बन्यो । यसले प्रथम पटक बर्ग बिभाजन ल्यायो । एकातिर शारीरिक श्रम गरेर आफ्नो भौतिक शरीर सुम्पने दासबर्ग र आर्कोतिर मानसिक श्रम गरी तिनै दासबाट सिर्जित श्रमबाट अतिरिक्त सम्पत्ति कमाउने दासको मालिक बर्ग पैदा भए । यिनीहरु दुई मा मालिक बर्ग सम्पत्तिवान बने भने दासहरु सम्पत्ति बिहीन । यो पद्धतिले गर्दा यसलाई संरक्षण दिने पारिवारिक संरचनामा स्त्री पुरुष सम्बन्धमा पनि पुरुषहरु मालिक बन्न पुगे भने स्त्रीहरु तिनीहरुलाई सुरक्षा ब्याबश्थापन गर्ने घर सम्पत्ति र सन्तान हेर्ने महिलाहरु दासी बन्न पुगे । सम्पत्तिको बाँडफाँडले समाजमा पितृसत्तात्म्क प्रणालीको जन्म भयो । सामन्ती पुरातन समाजमा जस्तै आधुनिकताका नाउमा पूँजीबादी समाजमा पनि महिलाहरुमाथि शोषण भैरहेको स्थिति छ । सामन्ती समाजमा महिलाहरुलाई दासी बनाइ घरभित्रै कैद गर्दे उत्पादका गतिबिधिबाट पूर्णरुपले बिाचत गर्ने परिपार्टी उत्कर्षमा पुगेको पाइन्छ । यसप्रकारको समाजमा महिलाहरुलाई बच्चा पाउने मेसिन भन्दा बढी सोचिन्न । तर पँूजीबादी अर्थतन्त्रले असमातना र बेरोजगारी बढाउने क्रममा महिलाहरुलाई पुनः उपभोगको बजार बस्तको रुपमा प्रस्तुत गर्ने गरेको छ । पूँजीबादी समाजमा महिलाहरुलाई नाफा कमाउने माध्यामका रुपमा अश्लील बिज्ञापन नग्नचित्र यौनब्यापार ब्यूटी कन्टेष्ट जस्ता कुराहरुमा बढी भन्दा बढी प्रयोग गर्ने गरिएको छ ।हाम्रो समाजमा परम्परागत हिन्दु दार्शनिक धरातलमा अडेको समाज हो । हिन्दु धर्मशास्त्र मूलतः महिलाहरुका बिरुद्ध र पितृसत्तात्मक समाजको पक्षमा निर्माण भएको छ । हिन्दु धर्मशास्त्र मनुस्मृति समेत का आधारमा अहिले पनि अनेकौ अन्धबिश्वास कुरीति रुढीबादी संस्कृति र संस्कार महिलाहरु माथि थोपर्ने गरिएको छ । यसप्रकारको हिन्दु धर्म शास्त्रमा आधारितअन्धर जड परम्परा र संस्कृतिले महिलाहरु माथि उत्पीडन गर्ने र उनीहरुलाई हेलाहोचो गर्ने काम गरेको प्रष्ट देख्न सकिन्छ । कुनैपनि बिषयबस्तु र समस्याको कारण भौतिक परिस्थिति र त्यसको जगमा नखोजेर आदर्शबादी परलौकिक संसारमा पन्छाईदिनु हिन्दु धर्मशास्त्रका बिशेषता हुन । हिन्दु धर्म आध्यात्मिक तत्वमा आधारित छ । बैज्ञानिक र मानबीय दुबैकोणबाट हिन्दु धर्मका कैयौ प्रस्थापनाहरु आलोच्य र त्याग्नैपर्ने खालका छन् । हिन्दु धर्मले अंगिकार गरेको पुनर्जन्म र कर्मका कुराहरुका प्रचारमा कुनैपनि प्रकारको बैज्ञानिकताको अंश पाइदैन भने बर्णब्याबस्था र छुवाछुत बैज्ञानिक प्रस्थापनाका बिरुद्ध मात्र नभएर मानबताकै बिरुद्धमा छन् । हिन्दु बर्णब्याबस्थामा खास प्रकारका लिङ्ग र जातिलाई तल्लो श्रेणीमा राखिन्छ । दलित र महिलाहरु त्यो कोटीमा पर्दछन् । हिन्दु धर्म र त्यसले प्रभुत्व जमाएको संस्कृति अन्तर्गत महिलाहरुलाई ताडना गर्नुपर्ने जात ठानिन्छ । तुलसी दासले भने जस्तै- ुढोल गवार शुद्ध पशुनारी ये सब ताडनके अधिकारीु जस्ता श्लोकलाई यो धर्म अन्तर्गत स्थापित गरिएको छ । मनुले महिलालाई जड र प्राण नभएको बस्तु बताएका छन् । तर हिन्दु धर्मशास्त्रका यस्ता कुराहरु अनादिकालदेखि नभएर एउटा काल अवधि देखि शुरु भएको पाइन्छ । हिन्दुहरुको पबित्र धर्मग्रन्थ बेद एवं मानब सभ्यताको बैद्धिक युग खास गरेर ऋग्बेदकालीन युगमा यस किसिमका कुराहरु अस्तित्वमा नरहेको र उपनिषदकालमा जस्तो म्लेच्छ र आर्यबीच बैबाहिक सम्बन्ध खानपान लगायतका बिषयहरु बिलकुलै बेग्लै र एक आपसबाट त्यत्ति टाढा नरहेको मात्र होइन बरु बैद्य÷अबैद्य रक्त सम्बन्ध र बिबाहका आदिका कारणले आर्य र कथित म्लेच्छ बीच ब्यापक रक्तमिश्रण समेत हुने गरेको दाबी समेत बिद्धानहरुको रहेको छ । तर यस प्रकारको दृष्टीकोण उपनिषदकालमा परिबर्तन भएर बर्ण ब्याबश्थाको कठोर अभ्यास र प्रयोग हुन थालेको पाइन्छ ।नेपालको सन्दर्भमा चौधौ शताब्दीको उत्तारार्धको समयमा राजा जयस्थिति मल्लले हिन्दुहरुको मनुस्मृति संस्कृति अनुसार जातपातको बिचार÷आचार लागू गरेर काठमाण्डौ उपत्यकामा धार्मिक प्रचलनलाई बिशुद्ध बानाउने प्रयास गरे । जातपातको ब्याबस्था लाद्ने अर्को प्रयास उन्नाइसौ शताब्दीमा जंगबहादुर राणाबाट भयो । केवल गत डेढसय बर्षमा मात्र जातपात प्रथाले यतिबिघ्न स्वीकृति पाएको छ । त्यो जातपात उचनीच प्रथा बि।सं १९१० सालको मुलुकी ऐन कानूनमा सम्पूर्ण देशकालागि बैधानिक बनाइएको थियो । त्यसरुपबाट त्यो ऐन अहिले पनि संशोधित एकीकृत र बिकासित हुदै हालसम्म पनि प्रचलनमा छ । हिन्दु धर्म र त्यसका अबैज्ञानिक अन्धबिश्वासपूर्ण मान्यताहरुले मानिसको मन मस्तिष्कमा पारिदिएको कतिपय निरर्थक छापले आफ्नो उद्देश्य र आदशृप्रति निराशा र हिनताबोध मात्र बढाउने नभएर िसंगो लिङ्ग जाति बर्गमाथि उत्पीडन गरिरहेको स्थिति समेत प्रष्ट देखा पर्दछ । हिन्दु धर्मशास्त्र र त्यसको प्रतिबिम्बको रुपमा रहेको हाम्रो नेपाली संस्कृतिले समाजको आधा आकाश ढाकेका महिलाहरु प्रति पूर्ण उपेक्षा प्रकट गर्ने मात्र नभइ उनीहरुलाई समाजमा अत्यन्त निम्न कोटीमा राख्ने गरेको कुरा आम रुपमा जानकारी भएको बिषय हो । पितृसत्ताको प्रारम्भ आज भन्दा करिब ५ हजार बर्ष यता र बर्णाश्रम ब्याबस्थाको प्रभुत्व शुरुभए पछि मात्र होइन आज सम्म पनि महिला हरुप्रति त्यही किसिमको ब्याबहार हाम्रो धर्म संस्कृतिले गरिरहेको छ । महिलाहरुलाई पैतृक सम्पत्तिमा समान आधिकार दिएमा सामाजिक संरचना खल्बलिन्छ भन्ने हौवाका पछाडि त्यस्तै पठित मूर्खहरुको हात रहेको प्रतीत हुन्छ । पैतृक सम्पत्तिमा अधिकार दिने होइन शिक्षा दिनुपर्दछ भन्दै सधै कसैको आश्रयमा रहनुपर्ने चरणको दासीका रुपमा राखिराख्ने वकालत गरिरहेको देखिन्छ । यस्तो वकालत हिन्दु धर्म शास्त्रका आधारमा हुर्केको सामन्ती संस्कृतिको परिणाम हो । सामन्ती संस्कृतिको प्रमुख बिशेषता भनेकै पुराण एवं धार्मिक ग्रन्थ रामायण महाभारत मनुस्मृति स्वास्थानी आदि अगाडि तेस्र्याएर आदर्शबादको खोलद्धारा मानब समाजलाई यथास्थितिमा राख्ने चक्र हो । सामन्ती संस्कृतिले महिलालाई घरको चार खिवार भित्र सिमित राख्दछ । यो संस्कृतिको बिशोषता भनेको महिलालाई हेय दृष्टीले हेर्नु हो । किनभने मानब जाति भित्र पर्ने महिलालाई बस्तु सम्पत्ति र सन्तान उत्पादन गर्ने मेसिनका रुपमा मात्र यो संस्कृतिले हेर्दैछ ।उनीहरुलाई जीब जन्तु सरह केबल संरक्षण दिने भावनाले समाजमा हेरिन्छ साथै स्वामीप्रति सेवा धर्म कर्तब्य परायणता बफादारी र त्यागको भावना जगाउने कहानी प्रस्तुत गरिन्छ । महिलाको जात थर अथवा अन्य इच्छा केही आफ्नो अधिनमा नहोस भन्ने ठानिन्छ । त्यत्तिमात्र नभई महिलाले आफ्ना लागि आफै निर्णय लिने क्षमता पनि राख्दैनन् भन्ने मान्यता हिन्दु धर्म शास्त्रको रहेको छ । मनुस्मृतिका नीति वाक्यहरुले त्यही कुरालाई पुष्टी गर्दछन् । जस्तै-ुपीता रक्षति कौमारे भर्ता रक्षती यौवने पुत्रो रक्षती बर्धक्ये स्त्री स्वतन्त्र महर्तिु जसको अर्थ हुन्छ- कुमारी हुँदा सम्म पीता जवानीमा पति बुढी भएपछि आफ्ना छोराहरु स्त्रीहरुका रक्षक हुन्छन् स्त्रीहरुलाई स्वतन्त्रता चाहिदैन । यसरी बैज्ञानिक प्रगति र भौतिक परिस्थितिमा आएको परिबर्तनलाई पनि हिन्दु संस्कृतिले आत्मसात गर्न सकेको देखिन्न । परिस्कृत र आधुनिक बन्ने नाँउमा गरिएको अश्लिल साहित्यको बिक्री बितरण त्यसले बढाएको बेश्याबृत्ति मान्छेहरुको खुलेआम किनबेच सुन्दरी प्रतियोगिता फेशन शो झुट्टा बिज्ञापन आदि जस्ता कुराहरुमा खासगरी महिलाहरु नै पर्दछन् । र महिलाहरुलाई अगाडि राखेर त्यस्ता तमाम बिकृतिहरुलाई बिभिन्न आबरणहरुले ढाकेर उनीहरुलाई बजारको सामानमा परिणत गरी पेसा आर्जमाको माध्याम बनाउदा समेत समाजमा त्यसलाई स्वाभाविक रुपमा लिन थाल्नु हिन्दु धर्म र संस्कृतिको महिलाहरु प्रतिको कुदृष्टीको परिणाम हो भन्न सकिन्छ । मूलतः हिन्दुधर्मबाट प्रभावित बिधमान नकरात्मक संस्कृतिलाई पुरै बदल्न सवैं धर्मले बिकृत पारेका पक्ष र कोणहरुलाई केलाएर अन्याय शोषण र भेदभावमूलक हिन्दु धर्मशास्त्र त्यसमा आधारित बर्ण ब्याबस्थाका कारणले संस्कृतिमा परेका छापहरुलाई समेत निर्मूल गरेर एउटा जनबादी राज्यप्रणाली प्रतिस्थापना गर्ने तिर आम महिलाहरु ठोस योजनासहित अन्य बर्ग संग एकाकार भएर संघर्ष गर्न अग्रसर हुनुपर्दछ ।स्पष्ट शब्दमा भन्ने हो भने नेपाली महिलाहरुमाथि भइरहेका एकातिरको पितृसत्तात्मक शोषण र आर्कोतिरको आधुनिकी पूजीबाँदी शोषणबिरुद्धको मुक्तिका लागि बर्तमान बर्गिय राज्यसत्ता उन्मूलन गरेर सम्पूर्ण शोषित उत्पीडित बर्गहरुको संयुक्त अधिनायकत्व हुने नयाँ जनबादी ब्याबस्थाको स्थापना अनिबार्य हुनेछ । त्यसका लागि क्रान्तिकारी नीति र जनबादी समाजबादी आन्दोलनको दिशामा हरेक महिलाले आफूलाई ब्याबहारिक रुपले ढाल्नुपर्ने हुन्छ । उनीहरुले क्रान्तिकारी आन्दोलनमा उत्रेर अन्य उत्पीडित तप्कासंगै पुरानो समाजको सम्पूर्ण जग फेर्न तत्पर नभए सम्म उनीहरुको मुक्ति संभव हुने छैन ।
प्रेम दिबसः बुझाई गलत
- खजुम-प्रेम
१४ फेब्रुअरी सन् २६९ का दिन रोमका तत्कालिन सम्राट क्लाउडियसले फाँसी हालेका सेन्ट भ्यान्टाइनले आफ्नो प्रेमिकालाई अन्तिम शब्द लेखेका थिए-'उही तिम्रो भ्यालेन्टाइनका तर्फबाट प्यार…।' तर आज प्रेमको महत्वमाथि नै आँच आउने गरी गलत अर्थ लगाउन थालिएको छ । प्रेम जीबनको उर्जा हो प्रेममा पत्थर पगाल्न सक्ने शक्ति हुन्छ । भनिन्छ- कठोरहरुलाई पनि प्रेमले सहज रुपमा बाँच्न सिकाएको हुन्छ । तर युवा-युवती बीचको बासनात्मक आकर्षकलाई आजकाल प्रेम भन्न थालिएको छ ।हुन त यसमा पनि पबित्र प्रेमको अनुभूति नहुने होइन । तर स्वच्छ आत्माले गरिएको प्रेम नै पबित्र हुन्छ । प्रेमको क्षेत्र ब्यापक छ-परिवार साथी देश वा जातिप्रति या अन्य कुनैप्रतिको प्रेम । प्रेममा त जीबन हुन्छ प्रेमले बाँच्न र बचाउन सिकाएको हुन्छ । अनि प्रेम यस्तो भावनात्मक सम्बन्धको नाम हो-जुन दुई मुटु बीच जन्मन्छ । यसले प्रेमी प्रेमिकालाई एउटा यस्तो छुट्टै संसारमा पुर् याउँछ- जहाँ उच-नीच धनी-गरीब वा अरु कुराका लागि कुनै स्थान हुदैनत्यहाँ मात्र प्रेम हुन्छ । तर आजभोलि प्रेमको मखुण्डो भिरेर धोका दिनेको होड छ । स्वच्छ र पबित्र प्रेम दुर्लभ हुँदैछ । तडकभडक र सम्पत्तिमा युवा पुस्ता प्रेमको अभिनय गर्न थालेका छन् । त्यो साँचो प्रेम हुन सक्दैन ।प्रेम तपश्वी सेन्ट भ्यालेन्टाइनले उतिबेलै भनेका थिए- प्रेममा त्याग हुनुपर्छ बलिदान हुनुपर्छ निस्वार्थता हुनुपर्छ र दुनियाको प्रेम सफल बनाउन सहयोग गर्नुपर्छ । आजको पुस्ता आधुनिक बन्ने होड र भ्यालेन्टाइन डे मनाउने नाममा प्रेममा हुने नैतिकता र कर्तब्य बिसर्िरहेका छन् । प्रेम दुई आत्माको मिलन भनिए पनि फुस्रदको क्षण बिताउने अल्पकालिन भेटघाट मात्रै भएको देखिन्छ । प्रेममा प्राप्ती मात्र हुदैन- त्याग समर्पण एवं बलिदान पनि हुने गर्छ तर यी कुरा अहिले आदर्शमात्र भएका छन् । भ्यालेन्टाइन डे फेसन बनेको छ अनि खोजी हुन थालेको छ-ब्वाइप्रुेण्ड र गर्लप्रुेण्डको । भ्यालेन्टाइन डे मनाउनका लागि मात्र भएपनि ब्वाइप्रुेण्ड र गर्लप्रुेण्ड बनाउनैपर्ने सोच पलाएको छ आजका आधुनिकताको युवा पुस्तामा । भ्यालेन्टाइन डे नेपालीमा प्रेम दिबस प्रेमको सेलब्रेसन हो । प्रेम प्रस्ताव राख्ने अबसर होइन र बासनाको तृप्ती पनि होइन । अनि टाइमपास र फेसनको बिषय होइन प्रेम । तर आधुनिकताको बहानामा उनीहरु बार र डिस्को छिरिरहेका छन् । रिसोर्टमा रात बिताउनु सामान्य भइसकेको छ । दिवसका लगि बनावटी प्रेम गर्न थालिएको छ । त्यही बनावटी प्रेमको बिनाशकारी कामबिकारको दिवस बनाउन थालिएको छ प्रेम दिवस ।आधुनिकताको नाममा ठाँटिनु आजको बिशेषता हो । हामी कतिसम्म आधुनिक बन्छौ र हल्लामा कुद्छौ भने टाउको बेचेर टोपी किन्छौ । समाज र संस्कृतिप्रति युवाको भूमिका महत्वपूर्ण हुन्छ । भ्यालेन्टाइनलाई नेपाली संस्कृति सुहाउँदो बिकास गर्ने काम युवाको हो । सामाजिक मूल्य र संस्कृति बिसर्िएर इमेल र फेसबुकमा रातो फूल थमाएर मात्र प्रेम प्रदर्शन अभिब्यक्त हुदैन । त्यो प्रेम त क्षणिकमात्र हुन्छ । प्रेमको नाममा बासनाको प्यास मेट्ने मार्ग बनाएका छन् धेरैले अनि बिकास भएको भोगबादी चिन्तन । माया न खोजी हो न प्राप्ती न मेडल सफलताको । माया मनमा उत्पन्न हुने आनन्दको अनुभूति हाे अर्कोलाई खुशी देख्ने भावना खुशी बनाउ भन्ने भावना । पूर्ब होस वा पश्चिम प्रेमले न दर्शन भन्छ न भूगोल । त्यसैले होला- प्रेम गर्नेको भावना पनि मिल्छ सात समुद्र पारी र वारिको । मायाले फिजिक्स चिन्दैन मायाको केमेस्ट्री मनमा जम्छ अनि ब्याबहारमा देखिन्छ । भनिन्छ त्यही मायालाई ब्याबहारमा देखाउने परम्परा हो भ्यालेन्टाइन डे । पुरुष र नारीको संयुक्त शरीरको इश्वरको गि्रक मिथोलोजी छ । मिथोलोजी अनुसार उनीहरु श्रापका कारण छुट्टिनुपर् यो । उनीहरुले युगौ युग सम्म आफ्ना छुट्टिएका शरीरालाई खोजे तर फेला पार्न सकेनन् । त्यसैले पुरुष संधै दिब्य महिलाको खोजीमा हुन्छ भने महिला चाँहि आकर्षक पुरुषको खोजीमा । हिन्दु मिथोलोजीले पनि महिला अर्धनारिश्वर शिबको कुरा गरेको छ । प्रेम गुरुत्वकर्षण जस्तै हो-पृथ्बीले पृथ्बीबासीलाई तानेको हुन्छ सूर्यले पृथ्बीलाई तानेको हुन्छ यो तनाइ प्रेम हो । प्रेम दुई बिपरित कुरालाई जोड्ने रसायन हो । मानिस बीचको हार्दिकताको सम्बन्ध हो प्रेम अनि प्रकृतिको पालना पनि । जगतका सबै प्राणी माथिको स्नेह कर्तब्य र समर्पणको भाव हो प्रेम । प्रणय दिवसको त्यो बिहानीले राष्ट्रिय प्रेम मानव प्रेम शान्ती प्रेम जातीय प्रेम भाइचारा सहिष्णूता सदभाव अस्तिन्व प्रेमको सन्देश लिएर आवस प्रेम दिवस । किनकी प्रेम दिवसको पुराण के हो अभिप्राय के हो प्रतिक के हो अज्ञानमै प्रेम उत्सव मान्नेहरुको जमात बढदो छ ।पश्चिमा संस्कृति हो प्रेम दिवस । नेपालीहरु यसमा जानकार हुन थालेको तीन चार दशक मात्र हुँदैछ । हजारौ रानी र पटरानी राख्ने सम्राट क्लाउडियसले आधा सेना र अरु सुरक्षाकर्मीलाई कट्टर ब्रम्हाचार्यमा बसिरहन आदेश दिएका थिए । सेन्ट भ्यालेन्टाइनको तर्क थियो-सम्राटले यति धेरै रानी र पटरानी राख्छन् भने सैनिकहरुले किन एउटी स्वास्नी राख्न नपाउने सेन्टलाई यही कारण नृसंश हत्या गरियो-सन् २७० को १४ फेब्रुअरीमा । कथामा सेन्टले जेलरकी दृष्टिहीन छोरीलाई दृष्टिपूर्ण बनाए- परभौतिक शक्ति प्रयोग गरेर । बस्तुतः प्राचीन रोममा मनाइने भ्यालेन्टाइन डे रोमन लुपरकल फेस्टिभलको अनुसँग हो । लुपरकल- चराचुरुङ्गीको मिटिङ सिजन अर्थात सम्भोग ऋतु । उपहार आदान प्रदान खुब चल्थ्यो युवा युवतीमा लुपरकलका दिन ।
चुरेरो ।
Subscribe to:
Posts (Atom)