नेपाल एकिकरण गर्दा लिम्बुवानको एतिहासिक दस्तावेजहरु नस्ट गरिएको थियो । बाँकी रहेका इतिहासहरु पनि चन्द्र सम्शेरले जम्मा गरेर चैनपुरमा लगि बि स १८७० तिर आगो लगाएर खरानी बनाएका थिए । धन्य मेरो चेप्जु बाजेले यो १२ हाते हस्त लिखित इतिहासलाई कसरी जगाउन सके ? दशैं आउन आँटेको छ । ईतिहासको क्रम सङ्ख्या ५ ले के भन्छ ? इतिहासलाई केलाई हेरौ !
Wednesday, October 27, 2010
दार्जीलिंग
दार्जीलिंग भारतको पश्चिम बंगाल राज्यमा रहेको एउटा नगर हो। यो दार्जीलिंग जिल्लाको सदरमुकाम हो । यो नगर महाभारत पहाडमा भागमा अवस्थित छ। यहाँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ। दार्जीलिङ शब्दको उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (च्याटयाङ) र लिंग (स्थान) बाट भएको हो । यसको अर्थ "च्याटयाङ स्थान हो।" [१] भारतमा बेलायती शासनको बेला अनुकुल मौसमको कारणबाट यस ठाउलाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स यहां ग्रीष्म मौसमको गर्मीबाट छुट्कारा पाउनको लागी यहाँ आउने गर्दथे।
अन्तराष्ट्रिय स्तरमा दार्जीलिंग चियाको लागी प्रसिद्ध छ । दार्जीलिंगको दार्जीलिंग हिमालयन रेल्वे एउटा युनेस्को विश्व सम्पदा स्थल तथा प्रसिद्ध स्थल हो। यहाँको चियाको खेती सन १८०० को मध्यबाट शुरु भएको थियो । यहांको चिया उत्पादकहरुले कालो चिया र फ़र्मेन्टिंग प्रविधिको एक समिश्रण तयार गरेका छन जो विश्वको सर्वोत्कृष्ट मै एक हो। [२] दार्जीलिंग हिमालयन रेल्वे जो दार्जीलिंग नगरलाई समथर स्थलसग जोड्द छ , यसलाई विश्व सम्पदा स्थल १९९९ मै घोषित गरीको थियो । यो वाफबाट संचालन हुने यन्त्र भारत मै एकदमै कम देख्न पाईन्छ ।
दार्जीलिंगमा केहि बेलायती शैलीको सार्बजनिक विद्यालय पनि छन, जसले भारत र नेपालबाट धेरै विद्यार्थीहरुलाई आकर्षित गर्दछ । यो सहर र यसको नजिकको कालिम्पोंग सहर सन १९८० मा गोरखाल्यांड राज्य माग गर्ने वाला प्रमुख स्थान थिए। एउटा अटोनोमस हिल काउन्सिलको स्थापनाबाट अहिले यो राज्यको माग केहि कम भएको छ । ज्यादा पर्यटक र अव्यवस्थित सहरीकरणको कारणले अचेल यहांको वातावरण ज्यादा पर्यटक र अव्यवस्थित सहरीकरणको कारणले केहि बिग्रिरहेको छ ।
[परिवर्तन्] परिचय
यो स्थानको खोज त्यस समय भयो जब आंग्ल-नेपाल युद्धको दौरान एक ब्रिटिश सैनिक टुकड़ी सिक्किम जानको लागि छोटो बाटोको खोजीरहेको थिए । यस बाटोबाट सिक्िकमसम्म सजिलै जान सक्ने कारण यो स्थान बेलायतीको लागि रणनीतिक रुपमा धेरै महत्वपूर्ण थियो । यसको अलावा यो स्थान प्राकृतिक रुपमा पनि धेरै नै संपन्न थियो। यहांको ठण्डा वातावरण तथा हिमपात बेलायतीको आकर्षण थियो। यसको कारण बेलायतीहहरु बिस्तारै बिस्तारै यहां बस्न थाले।
प्रारंभमा दार्जिलिंग सिक्किमको एक भाग थियो। पछि भूटानले यस माथि कब्जा गर्यो। तर केहि समय पछि सिक्किमले यस मथि पुन: कब्जा गर्यो । तर १८ औ शताब्दीमा पुन: यसलाई नेपालको हाथमा गुमायो। तर नेपालले पनि यस माथि ज्यादा समयसम्म अधिकार राख्न सकेन। सन १८१७ मा अंग्रेज-नेपाल युद्दमा हारे पछि नेपालले यो भाग ईस्ट इंडिया कंपनीलाई सुम्पनु पर्यो।
आफ्नो रणनीतिक महत्व तथा तत्कालीन राजनीतिक स्थितिको कारण सन १८४० तथा ५० को दशकमा दार्जिलिंग एउटा युद्ध स्थलको रुपमा परिणत भएको थियो। त्यस समय यो ठाउ विभिन्न देशको शक्ित प्रदर्शन स्थल बनिसकेको थियो। पहिला तिब्बतका मानिस यहां आए। त्यसपछि यूरोपिय मानिसहरु आए। यसपछि रुसका मानिसहरु यहां बसे। यि सबलाई अफगानिस्तान का अमीरले त्यहादेखी भगाएका थिए। यो राजनीतिक अस्थिरता त्यसबेला समाप्त भयो जब अफगानिस्तानका अमीर अंगेजोंसग भएको युद्धमा हारे। यसपछि यसमा अंग्रेजहरुको कब्जा थियो। पछि यो जापानी, कुमितांग तथा सुभाषचंद्र बोसको इंडियन नेशनल आर्मी को पनि कर्मस्थल बन्यो। स्वतंत्रता पछि ल्हासाबाट भागेका बौद्ध भिक्षु यहां आएर बसे।
यस बेला, दार्जिलिंग पश्िचम बंगालको एक भाग हो। यो शहर 3149 वर्ग किलोमीटर क्षेत्रमा फैलिएको छ। यो शहर त्रिभुजाकर छ। यसको उत्तरी भाग नेपाल र सिक्किमसग जोडिएको छ। यहां शरद ऋतु अक्टूबरदेखि मार्चसम्म हुदछ। यस मौसममा यहां धेरै चिसो हुदछ। यहां ग्रीष्म ऋतु अप्रैलदेखि जून सम्म रहदछ। यस समयको मौसम हल्का चिसोपन लागि हुदछ। यहां बर्षा जूनदेखि सितम्बरसम्म हुदछ। ग्रीष्म कालमा नै यहां धेरै पर्यटक आउदछन।
[परिवर्तन्] मुख्य आकर्षण
यो सहर पहाड़को चुचुरोमा स्थित छ। यहां सड़को जाल बिछाईएको छ। यि सड़कहरु एक अर्कोसग जोडिएको छ । यि सड़कहरुमा घुम्दै जादा तपाईलाई औपनिवेशिक कालमा बनेको थुप्रै घरहरु देखा पर्ने छन। यि घरहरु आज पनि धेरै नै आकर्षक देखिन्छ। यि घरहरुमा लगाइएको पुरानो झाल तथा धुवा नेस्कन बनाइएको चिमनीले पुरानो समयको झझल्को दिन्छ । तपाई यहां चिहान, पुरानो स्कूल भवन तथा चर्चें पनि देख्न सक्नुहुन्छ। पुरानो समयको घरहरुको साथ-साथै तपाईलाई यहां वर्तमान कालको कंकरीटले बनेको भवन पनि देख्नुहुने छ । पुरानो र नया भवनहरुको मेल यस सहरलाई एउटा खास सुंदरता प्रदान गर्दछ ।
[परिवर्तन्] शाक्या मठ
यो मठ दार्जिलिंगबाट आठ किलोमीटरको दूरीमा स्थित छ। शाक्या मठ शाक्य सम्प्रदायको धेरै नै ऐतिहासिक र महत्वपूर्ण मठ हो। यस मठको स्थापना सन 1915 मा गरीको थियो। यसमा एउटा प्रार्थना कक्ष पनि छ। यस प्रार्थना कक्षमा एक साथ्ा ६० जना बौद्ध भिक्षु प्रार्थना गर्न सक्दछन।
[परिवर्तन्] द्रुक-थम्बटेन-सांगग-चोलिंग-मठ
११ औ गेलवांग द्रुकचन तेंजिन खेनरब जिलग वांगपो को मृत्यु सन 1960 भएको थियो । यिनैको सम्झनामा यस मठको स्थापना सन 1971 मा गरीको थियो । यस मठको बनावट तिब्बतियन शैलीमा गरीको थियो। पछि यस मठको पुननिर्माण सन 1993 मा गरियो । यसको अनावरण दलाई लामाले गरेका थिए।
[परिवर्तन्] माकडोग मठ
यो मठ चौरास्तादेखि तीन किलोमीटरको दूरीमा आलूबरी गांउमा छ। यो मठ बौद्ध धर्मको योलमोवा संप्रदायसग संबंधित छ। यस मठको स्थापना श्री संगे लामाले गरेका थिए। संगे लामा योलमोवा संप्रदाय के प्रमुख थिए। यो एउटा सनो सम्प्रदाय हो जो पहले नेपालको पूवोत्तर भागमा बस्दथे। तर पछि यस सम्प्रदायका मानिसहरु दार्जिलिंगमा आएर बसे। यो मठको निर्माण कार्य सन १९१४ मा पूरा भएको थियो। यस मठमा योलमोवा सम्प्रदायका मानिसहरुको सामाजिक, सांस्कृतिक, धार्मिक पहचानलाई दर्शाउने पूरा प्रयास गरीको छ।
[परिवर्तन्] जापानी मंदिर (पीस पैगोडा)
विश्वमा शांति ल्याउनको लागि यस स्तूपको स्थापना फूजी गुरु गरेका थिए है। उनि महात्मा गांधीका मित्र थिए। भारतमा जम्मा ६: शांति स्तूप छ। निप्पोजन मायोजी बौद्ध मंदिर जुन दार्जिलिंगमा छ,त्यस मध्ये यो एक हो। यस मंदिरको निर्माण कार्य सन 1972 मा शुरु भएको थियो । यो मंदिर १ नवंबर १९९२ मा सर्बसाधारणको लागि खोलिएको थियो । यस मंदिरबाट पूरै दार्जिलिंग और कंचनजंघा हिमालको अति सुंदर दृश्य देख्न सकिन्छ।
[परिवर्तन्] टाइगर हिल
टाइगर हिलको मुख्य आनंद यसको उक्लाई गर्नमा छ । तपाईलाई प्रत्येक बिहान पर्यटक यसमा चड्दै गरेको पाउनु हुने छ । यसको छेउमा कंचनजंघा चुचुरो छ । सन १८३८ देखि १८४९ सम्म यसलाई नै विश्वको सबै भन्दा अग्लो चुचुरो मानिन्थ्यो। तर सन १८५६ मा गराईएको सर्वेक्षणबाट यो स्पष्ट भयो कि कंचनजंघा होईन बरु नेपालको सागरमाथा जसलाई अंगेजहरुले एवरेस्टको नाम दिएका थिए, विश्वको सबै भन्दा अग्लो चुचुरो हो । यदि तपाई भाग्यशाली हुनु हुन्छ भने तपाई टाइगर हिलबाट कंजनजंघा तथा एवरेस्ट दुबै चुचुरोहरु देख्न सक्नु हुनेछ । यि दुबै चुचुरोहरुको ऊंचाईमा मात्र ८२७ फीटको अंतर छ। अहिले कंचनजंघा विश्वको तेस्रो सबैभन्दा उचो चुचुरो हो। कंचनजंघालाई सबैभन्दा रोमांटिक माउंटेनको उपाधिबाट सम्मानित गरीको छ। यसको सुंदरताको कारण पर्यटहरुले यसलाई यस उपाधिबाट सम्मानित गरीको हो। यस चुचुरोको सुंदरतामाथि थुप्रै कविताहरु लेखि सकिएको छ। यसको साथ-साथै सत्यजीत रायको चलचित्रमा यस चुचुरोलाई थुप्रै पटक देखाईएको छ।
शुल्क हेर्नको लागि मात्र नि: शुल्क, टावरमा चढ़नको लागि शुल्क रु. १०, टावरमा बस्नको लागि शुल्क रु. ३० । यहांसम्म तपाई जीपद्वारा जान सक्नु हुने छ। दार्जिलिंगबाट यहांसम्म जाने र आउने भाडा रु.६५ देखि ७० को बीचमा छ।
[परिवर्तन्] घूम मठ (जेलूग्पा)
टाइगर हिलको नजिक ईगा चोइलिंग तिब्बतियन मठ छ। यो मठ जेलूग्पा संप्रदायसग संबंधित छ्। यो मठलाई नै घूम मठको नामबाट चिनिन्छ। इतिहासकाहरुका अनुसार यस मठको स्थापना धार्मिक कार्यहरुको लागि होईन वरु राजनीतिक बैठकहरुको लागि गरीको थियो ।
यस मठको स्थापना सन १८५० मा एक मंगोलियन भिक्षु लामा शेरपा याल्तसूद्वारा गरीएको थियो । याल्तसू आफ्नो धार्मिक इच्छाहरुको पूर्त्तिको लागि सन १८२० तिर भारतमा आएका थिए। यस मठमा सन १९१८ मा बुद्धको १५ फीट अग्लो मूर्त्ति स्थापित गरीको थियो। त्यस समय यस मूर्त्ति बनाउन रु.२५००० खर्च लागेको थियो । ययो मूर्त्ति एउटा मुल्यवान पत्थरले बनेको छ र यस माथि सुनको लेप लगाइएको छ। यो मठमा बहुमूल्य ग्रंथहरुको संग्रह पनि छ । यि ग्रंथ संस्कृतबाट तिब्बतीयन भाषामा अनुवादित छ। यि ग्रंथहरुमा कालीदासको मेघदूत पनि सामेल छ। हिल कार्ट रोडको नजिक समतेन चोलिंगद्वारा स्थापित एउटा अर्को जेलूग्पा मठ छ। समय: सबै दिन खुला। मठको बाहिर फोटो खिच्न अनुमति छ।
[परिवर्तन्] भूटिया-बस्ती-मठ
यो दार्जिलिंगको सबै भन्दा पुरानो मठ हो। यो मूल रुपबाट ऑब्जरबेटरी हिल मा सन १७६५ मा लामा दोरजे रिंगजेद्वारा बनाईएको थियो। यो मठलाई नेपालीहरुले सन १८१५ मा लुटेका थिए। यसपछि यस मठको पुनर्निमाण संत एंड्रूज चर्चको छेउमा सन १८६१ मा गरेयो। अंतत: यो आफ्नो वर्तमान स्थान चौरासताको नजिक, भूटिया बस्तीमा १८७९ मा स्थापित भयो। यो मठ तिब्बतियन-नेपाली शैलीमा बनेको छ। यो मठमा पनि बहुमूल्य प्राचीन बौद्ध सामग्री राखिएको छ।
यहांको मखाला मंदिर धेरै नै आकर्षक छ। यो मंदिर त्यसै ठाउमा स्थापित छ जहां भूटिया-बस्ती-मठ शुरुमा बनेको थियो । यस मंदिरलाई पनि अवश्य घुम्नु पर्दछ। समय: सबै दिन खुला। केवल मठको बाहिर मात्र फोटो खिच्न अनुमति छ।
[परिवर्तन्] तेंजिंगस लेगेसी
हिमालय माउंटेनिंग संस्थानको स्थापना सन १९५४ मा गरीएको थियो । ज्ञातव्य होस सन १९५३ मा पहिलो पटक सगरमाथा उक्लिएको थियो । तेंजिंग धेरै बर्षसम्म यसको निदेशक पदमा रहे। यहां एउटा पर्बतियसंग्रहालय पनि छ। यस संग्रहालयमा हिमालयमा चडन गरीएको धेरै ऐतिहासिक अभियानसग संबंधित वस्तुहरु राखिएको छ। यस संग्रहालयको एउटा गैलेरीलाई सगरमाथा (एवरेस्ट) संग्रहालयको नामबाट जानिन्छ । यस गैलेरीमा सगरमाथासग संबंधित वस्तुहरु राखिएको छ । यस संस्थानमा पर्वतारोहणको प्रशिक्षण पनि दिइन्छ।
प्रवेश शुल्क: रु. २५ (यसमा जैविक उद्यानको प्रवेश शुल्क पनि शामिल छ) टेली: ०३५४-२२७०१५८ समय: बिहान १० बजेदेखि राती ४:३० सम्म (बीचमा आधा घण्टा बंद)। बिहिवार बंद।
[परिवर्तन्] जैविक उद्यान
पदमाजा-नायडू-हिमालयन जैविक उद्यान माउंटेंनिग संस्थानको दाया पट्टी रहेको छ। यो उद्यान हिमाली चितुवा तथा रातो पान्डाको प्रजनन कार्यक्रमको लागि प्रसिद्ध छ । तपाई यहां साइबेरियन बाघ तथा तिब्बतियन भेडा पनि देख्न सक्नु हुने छ।
मुख्य बस पार्कको तल पुराने बाजारमा लियोर्डस वानस्पतिक उद्यान छ । यस उद्यानलाई यो नाम मिस्टर डब्ल्यू. लियोर्डको नाम मा राखिएको हो। लियोर्ड यहाको एउटा प्रसिद्ध बैंकर थिए जसले सन १८७८ मा यस उद्यानको लागि जमीन दान दिएका थिए । इस उद्यानमा ऑर्किटको ५० प्रजातिहरुको बहुमूल्य संग्रह छ। समय: बिहान ६ बजे देखि राति ५ बजेसम्म ।
यस वानस्पतिक उद्यानको नजिक नै नेचुरल हिस्ट्री म्यूजियम छ। यस म्यूजियमको स्थापना सन १९०३ मा गरीको थियो। यहां चरा, सरीसृप, जंतुहरु तथा कीट-पतंगको विभिन्न किसिमलाई संरक्षति अवस्थामा राखिएको छ।
समय: बिहान १० बजे देखि राति ४:३० बजे सम्म। बिहिवार बंद।
[परिवर्तन्] तिब्बती शरणार्थी क्याम्प
तिब्बती शरणार्थी स्वयं सहायता केंद्र (टेली: ०३५४-२२५२५५२) चौरास्ताबाट ४५ मिनटको पैदल दूरीमा अबस्थित छ । यस क्याम्पको स्थापना सन १९५९ मा गरीएको थियो । यसको एक वर्ष पहिले १९५८ मा दलाई लामाले भारतसग शरण मागेका थिए । यस क्याम्पमा १३औ दलाई लामा (अहिले १४ औ दलाई लामा छन) ले सन १९१० देखि १९१२ सम्म आफ्नो निर्वासनको समय व्यतीत गरेका थिए। १३ औ दलाई लामा जुन भवनमा बस्दथे त्यो भवन आज भग्नाशेष अवस्थामा छ।
आज तिब्बती शरणार्थी क्याम्प ६५० तिब्बती परिवारको आश्रय स्थल हो। यि तिब्बतीहरु यहां विभिन्न प्रकारको सामान बेच्दछन। यि सामानहरुमा कारपेट, ऊनी कपडा, काठको कलाकृतिहरु, धातुले बनेको खेलौना लगायत छन । तर तपाई यो तिब्बती शरणार्थी क्याम्प घूमेर आनन्द लिन चाहानु हुन्छ भने यि सामानहरु बनाउने कार्यशाला अबश्य हेर्नुहोस । यो कार्यशाला पर्यटकहरुको लागि खुल्ला रहदछ।
[परिवर्तन्] खेलौना रेल अर्थात् टोए ट्रेन
सन १९२१ मा दार्जीलिंग हिमालयन् रेल्वेइस अच्चम्मको ट्रेनको निर्माण १९ औ शताब्दीको उतरार्द्धमा भएको थियो। दार्जिलिंग हिमालयन रेलमार्ग, इंजीनियरिंगको एउटा आश्चर्यजनक नमूना हो। यो रेलमार्ग ७० किलोमीटर लामो छ। यो पुरै रेलखण्ड समुद्र सतह देखि ७५४६ फीट ऊंचाईमा अबस्थित छ । यस रेलखण्डको निर्माणमा इंजीनियरहरुले धेरै नै मेहनत गर्नुपरेको थियो । यो रेलखण्ड थुप्रै बाङ्गो-टिङ्गो बाटो तथा वृताकार बाटोहरु भएर जान्छ। तर यस रेलखण्डको सबै भन्द सुंन्दर भाग बताशिया लूप हो। यो ठाउमा रेलखण्ड अंग्रजी आठ अंकको आकारमा हुनजान्छ।
तर तपाई ट्रेनबाट पुरै दार्जिलिंग घुम्न चाहानु हुन्न भने तपाई यो रेलबाट दार्जिलिंग स्टेशनबाट घूम मठ सम्म जान सक्नु हुन्छ । यो रेलबाट यात्रा गर्दै गर्दा तपाई यसको चारै तर्फको प्राकृतिक दृश्यको आन्न्द लिनसक्नु हुनेछ। यो रेलमा यात्रा गर्नको लागि कि त बिहानै जानुहोस वा अलि साझमा। अन्य समय यहां धेरै नै भीड़-भाड़ हुनेगर्दछ।
[परिवर्तन्] चिया बगान
डार्जिलिंग एक समय मसालारुको लागि प्रसिद्ध थियो । चियाको लागि नै दार्जिलिंग विश्व स्तरमा जानिन्थ्यो । डॉ. कैम्पबेल दार्जिलिंगमा ईस्ट इंडिया कंपनीद्वारा नियुक्त पहलो निरीक्षक थिए, उनले पहिलो पल्ट लगभग १८३० र ४० को दशकमा आफ्नो बगैचामा चियाको बिउ रोपेका थिए । ईसाई धर्मप्रचारक बारेनस बंधुहरुले सन १८८० को दशकमा आकारको चियाको बिरुवा रोपेका थिए। बारेन बंधुहरुले यस दिशामा धेरै काम गरेका थिए । बारेन बंधहरुद्वारा लगाएको चिया बगान वर्तमानमा बैनुकवर्ण चिया बगान ( टेली: ०३५४-२२७६७१२) को नामबाट जान्न पाईन्छ ।
चियाको पहिलो बिउ चाइनिज झाड़ीको थियो र यसलाई कुमाऊं हिलबाट ल्याईएको थियो । तर समयको साथ यो दार्जिलिंग चियाको नामबाट प्रसिद्ध भयो। सन १८८६ मा टी. टी. कॉपर ले यो अनुमान लगाए कि तिब्बतमा प्रत्येक बर्षमा ६०,००,००० lb चिनिया चियाको उपभोग हुदथ्यो। यसको उत्पादन मुख्यत: सेजहवान प्रांतमा हुदथ्यो । कॉपरको विचार थियो कि यदि तिब्बतका मानिसले चिनिया चियाको ठाउमा भारतको चियाको उपयोग गरे भने भारतलाई एउटा धेरै मूल्यावान बाजार प्राप्त हुदछ । यस पछिको इतिहास सबैलाई थाहा नै छ ।
स्थानीय माटो तथा हिमालयी हवापानि कारण दार्जिलिंगको चिया गुणवता उत्तम कोटिको कै हुन्छ। अहिले दार्जिलिंग तथा यसको छेउछाउमा लगभग ८७ चिया कमान छन। यि कमानहरुमा लगभग ५०००० मानिसहरुलाई काम प्राप्त भएको छ । प्रत्येक चिया कमानको आ-आफ्नो इतिहास छ। यसै प्रकार प्रत्येक चिया कमानको चियाको किसिम पनि अलग-अलग हुदछ। तर ले यि चिया सामूहिक रुपमा दार्जिलिंग चिया ' को नामबाट चिनिन्छन । यि कमानहरुमा घूम्नको लागि सबैभन्दा राम्रो समय समय ग्रीष्म काल हो जब चिया पत्तिहरुलाई टिपिन्छ । हैपी-वैली-चाय कमान (टेली: 2252405) जो शहरदेखि ३ किलोमीटरको दूरीमा छ , सजिलैसग पुग्न सकिन्छ । यहां तपाई मजदूरहरुले चियाको पत्ति टिप्दै गरेको देख्न सक्नु हुन्छ। तपाई ताजा पत्तिलाई चियामा परिवर्तित हुदै गरेको पनि देख्न सक्नु हुन्छ। तर चिया कमान घूम्नको लागि यि कमानका व्यबस्थापकलाई पहिले नै जानकारी दिनु आबश्यक हुन्छ ।
[परिवर्तन्] चिया
नि:सन्देह यहांबाट खरीदारीको लागि सबैभन्दा राम्रो वस्तु चिया हो । यहां तपाईलाई थुप्रै पाउनु हुन्छ। तर उत्तम प्रकारको चिया प्रायजसो निर्यात गरीने गरीन्छ । तर तपाईलाई उत्तम किसिमको पाउनु भयो भने पनि यसको मुल्य ५०० देखि २००० रु. प्रति किलो सम्म हुदछ । सही मुल्यमा रम्रो किसिमको चिया किन्नको लागि तपाई नाथमुलाज माल जान सक्नुहुन्छ।
चियाको अतिरिक्त दार्जिलिंगमा हस्तकलाको राम्रा सामान पनि पाईन्छ। हस्तकलाको लागि यहांको सबै भन्दा राम्रो पसल 'हबीब मलिक एंड संस' (टेली: २२५४१०९) हो जो चौरास्ता अथवा नेहरु रोडको नजिकै छ । यो पसलको स्थापना सन १८९० मा भएको थियो । यहां तपाईलाई राम्रो किसिमको पेंटिग पनि प्राप्त हुन्छ । यस पसलको अलावा तपाई 'ईस्टर्न आर्ट' (टेली: २२५२९१७) जो चौरास्ताको नै नजिकै छ बाट पनि हस्तशिल्प किन्न सक्नुहुन्छ । नोट: आईतवार पसल बन्द हुने गर्दछ ।
[परिवर्तन्] यातायात
हवाई मार्ग यो ठाउ देशको सबै ठाउसग हवाई मार्गबाट जोडिएको छ। बागदोगरा (सिलीगुड़ी) यहाको सबैभन्दा नजिकको हवाई अड्डा (90 किलोमीटर) हो। यो दार्जिलिंगबाट २ घण्टाको दूरीमा छ। यहांबाट कलकत्ता र दिल्लीको दैनिक उड़ान संचालित गरिन्छ। यसको अलावा गुवाहाटी तथा पटनाबाट पनि यहांको लागि उड़ान संचालित गरेन्छ।
रेलमार्ग यसको सबैभन्दा नजिकको रेल जोन जलपाइगुड़ी हो। कलकत्ताबाट दार्जिलिंग मेल तथा कामरुप एक्सप्रेस जलपाइगुड़ी जादछ। दिल्लीबाट गुवाहाटी राजधानी एक्सप्रेस यहांसम्म आउदछ। यसको साथै ट्वाय ट्रेन चढेर जलपाईगुड़ीबाट दार्जिलिंग ८/९ घण्टा सम्ममा जान सकिन्छ।
सड़क मार्ग यो सहर सिलीगुड़ी देखि सड़क मार्गबाट पनि राम्रोसग जोडिएको छ। दार्जिलिंग सड़क मार्ग मार्फत जादा सिलीगुड़ीबाट 2 घण्टाको दूरीमा छ। कलकत्ताबाट सिलीगुड़ीको लागि धेरै सरकारी और निजी बसहरु चल्दछन।
[परिवर्तन्] इतिहास
- मुख्य पृष्ठ : दार्जीलिंगको इतिहास
दार्जीलिंगको इतिहास नेपाल, भुटान, सिक्किम र बंगालसग जोशिएको छ। दार्जीलिंग शब्द तिब्बती भाषाको दुई शब्द दोर्जे, जसको अर्थ आसीना हुदछ, तथा लिंग जसको अर्थ ठाउ हुदछ, सग मिलेर बनेको छ । यसको अर्थ भयो असिनावृष्टि हुने ठाउ जसले यसको अपेक्षाकृत चिसो वातावरणको चित्र प्रस्तुत गर्दछ। १९औ शताब्दीको पूर्वसम्म यो ठाउ माथि नेपाली और सिक्किमी राज्य राज्य गर्दथे,[३] with settlement consisting of a few villages of Lepcha woodspeople.[४] सन १८२८ मा एक बेलायती इस्ट इन्डिया कम्पनीको अधिकारीहरुको टुकडी सिक्किम जादै गर्दा दार्जीलिंग पुगे र यस ठाउ मै वेलायती सेनाको लागि एउटा अस्पताल (स्यानिटरियम) बनाउने निश्चय। [५][६] The Company negotiated a lease of the area from the Chogyal of Sikkim in 1835.[३] आर्थर क्याम्पबेल, कम्पनीको एउटा शल्य चिकित्सक र लेफ़्टिनेन्ट नेपियर (पछि रोबर्ट नेपियर, मग्दालाको प्रथम बेरोन) लाई यहां हिल स्टेसन बनाउने की जिम्मेवारी दिईयो।
सन १८४१ मा बेलायतीहरुले यहां एक प्रायोगिक चिया कृषि कार्यक्रम की संचालन गरे। यस प्रयोगको सफ़लताको कारण यहां १९ औ शताब्दीको दोस्रो भागमा यस सहरमा चिया बगान लगौन् लागे। [७] दार्जीलिंगलाई बेलायतीहरुले सिक्किमसग सन १८४९ मा मे छिनेर लिएका थिए था[५] यस समयमा प्रवासी विषेश गरेर नेपालीहरुलाई बगान, खेती, निर्माण आदि कार्य संचालनको लागि भर्ती गरीको थियो।[६] स्कटिश मिसिनरीहरुले यहां विद्यालयको स्थापना र बेलायतीहरुको लागि वेल्फ़ेर सेन्टरको स्थापना गरे र यो ठाउलाई विद्याको लागि प्रसिद्ध गरे । दार्जीलिंग हिमालयन रेल्वेको सन १८८१ मा स्थापना पछि यहांको विकास उच्च गतिबाट भयो।[८] सन १८९८ मा दार्जीलिंगमा एउटा ठुलो भूकम्प आयो (जसलाई "दार्जीलिंग डिज्यास्टर" पनि भनिन्छ) जसले सहर र मनिसहरुको ठुलो क्षति गर्यो।[९] [१०]
बेलायती शासनको अधीनमा दार्जीलिंग पहिला त "नन-रेगुलेसन जिला" थियो [११]) — तर सन १९०५ को बंगाल बिभाजन के पछिदेखि यो राजशाही विभागको अन्तर्गतमा सम्मिलित भएको थियो। [१२]
[परिवर्तन्] भूगोल
कंचनजंघा र दार्जीलिंग टाइगर हिलबाट दार्जीलिंगको औशत उंचाई २,१३४ मिटर अथवा ६,९८२ फ़िट है[१३]। यो ठाउ दार्जीलिंग हिमालयन हिल क्षेत्रमा दार्जीलिंग-जलपहर श्रृंखला मै अवस्थित छ जो दक्षिणमा घुम, पश्चिम बंगालबट उठ्द छ। यह श्रृंखला Y-आकारको छ जसको जग कतपहर और जलपहरमा छ र दुई हातमा उत्तरमा अब्जर्भेटरी हिल के उत्तरबाट जादछ । उत्तर-पूर्वी हात लेबोङमा अन्त्य हुदछ्। उत्तर-पश्चीमी हात नर्थ पोइन्टबाट गएर तक्भेर चिया बगानको नजदीक अन्त्य हुदछ। [३]
[परिवर्तन्] मौसम
दार्जीलिंगको टेम्परेट मौसममा ५ ऋतु हुदछ: बसन्त, गृष्म, शरद, शीत, र मनसून।
[परिवर्तन्] नागरिक प्रशासन
दार्जीलिंग सहरमा दार्जीलिंग नगरपालिका र पत्ताबोंग चाय बगान सम्मिलित छ।[१४] सन १८५० मे स्थापित दार्जीलिंग नगरपालिका यहांको नागरिक प्रशासन हेर्दछ, जिसको प्रशासन क्षेत्र १०.५७ वर्ग किलोमिटर (४.०८ वर्ग मील) छ।[१४] The municipality consists of a board of councillors elected from each of the 32 wards of Darjeeling town as well as a few members nominated by the state government. The board of councillors elects a chairman from among its elected members;[३] the chairman is the executive head of the municipality. The गोर्खा नेसनल लिबरेसन फ़्रन्ट (GNLF) at present holds power in the municipality. The Gorkha-dominated hill areas of the whole Darjeeling district is under the jurisdiction of the Darjeeling Gorkha Autonomous Hill Council since its formation in 1988. The DGHC's elected councillors are authorised to manage certain affairs of the hills, including education, health and tourism. The town is within the Darjeeling Lok Sabha constituency and elects one member to the Lok Sabha (Lower House) of the Indian Parliament. It elects one member in the West Bengal state legislative assembly, the Vidhan Sabha. The Indian National Congress won the parliamentary election in 2004, while the state assembly seat was won by GNLF in the 2006 polls. Darjeeling town comes under the jurisdiction of the district police (which is a part of the state police); a Deputy Superintendent of Police oversees the town's security and law affairs.[१५] Darjeeling municipality area has two police stations at Darjeeling and Jorebungalow.[१६]
[परिवर्तन्] Utility services
[परिवर्तन्] यातायात
दार्जीलिंग सहर ८० कि.मि. (५० मील) लामो दार्जीलिंग हिमालयन रेल्वे (उपनाम: "टोय ट्रेन") को माध्यमबाट सिलिगुडीबाट वा हिल कार्ट रोड भारतीय राष्ट्रिय राजमार्ग (जो रेलमार्गको साथ जादछ) बाट जान सकिन्छ। दार्जीलिंग हिमालयन रेल्वे ६० से.मि. वा २ फ़िटको नैरो गज रेल्वे हो। यसलाई युनेस्कोले विश्व सम्पदा स्थलको सूचीमा सन् १९९९ मा सूचीकृत गरेको छ, यह विश्वको दोस्रो रेल्वे हो जसलाई यो सूचीम राखिएको छ ।[१]
[परिवर्तन्] जनसांख्यिकी
[परिवर्तन्] शिक्षा
दार्जीलिंगका विद्यालय या त राज्य सरकार, निजी, तथा धार्मिक संघ-संस्थाहरुद्वारा संचालित छन। विद्यालयहरुमा पढाउने माध्यम भाषा अंग्रेजी और नेपाली हो, तर राष्ट्रीय हिंदी र राज्य भाषा बांग्लालाई पनि जोड दीइन्छ। विद्यालय या त ICSE, CBSE, वा पश्चिम बंगाल बोर्ड अफ़ सेकेन्डरी एज्युकेसन सग आबद्ध छन। बेलायतीहरुको के समर रिट्रिट हुने कारणले दार्जीलिंग मै इटन कलेज, ह्यारो स्कुल र रग्बी स्कुल को ढांचेको पब्लिक विद्यालय को स्थापनाको ठाउको रुपमा छनिएको हो । यह ठाउमा भारत स्थित बेलायती अधिकारी आफ्नो बाल-बच्चालाई शिक्षा दिनको लागि पठाउदथे। [२] विद्यालय जस्तो की सेन्ट जोसेफ़ कलेज , लोरेटो कन्भेन्ट,सेन्ट पलज् स्कूलर माउन्ट हर्मन स्कूल दक्षिण एसियाको धेरै ठाउहरुबाट विद्यार्थीहरुलाई आकर्षित गर्ने गर्दछन। धेरै विद्यालयले (केहि सय सालभन्दा पनि पुराना) अहिले पनि बेलायती र उपनिबेशिय सम्पदालाई जिबनतता दीइरहेका छ । दार्जीलिंगमा ३ वटा कलेज छ — सेन्ट जोसेफ़ कलेज, लोरेटो कलेज और दार्जीलिंग सरकार कलेज — यो सबै उत्तर बंगाल विश्वविद्यालय, सिलिगुढीसग आबद्ध छ।
सिक्किम
प्रतिष्ठा (स्थापित) | १६ मई १९७५ |
भौगोलिक प्रकार | पहाड |
राजधानी | गान्तोक |
सबैभन्दा ठुलो शहर | गान्तोक |
अन्य प्रमुख शहरहरु | नाम्ची, गेजिंग, मगन, जोरथाङ्ग, सिंगताम,पाक्योंग, रिनाक |
दर्शनीय(पर्यटन) स्थल | आरिटार, युमथांग, छांगु, रुम्तेक |
जनसंख्या | ५४०४९३ |
- घनत्व | ७६.१७ वर्ग की०मी० /किमी² |
लिंगानुपात | महिला:पुरुष=८७५:१००० (२००१को जनगणना) |
जातिहरु | नेपाली, भोटिया, लेप्चा, बिहारी |
धर्म | हिन्दू, बौद्ध, ईसाई |
साक्षरता प्रतिशत | ६९.६९% |
पुरुष साक्षरता प्रतिशत | ७६.७३% |
महिला साक्षरता प्रतिशत | ६१.४६% |
क्षेत्रफल | ७०९६ वर्ग की०मी० किमी² |
- जिलाहरु | ४ |
कृषि उत्पाद | |
उद्योग धन्दा | पर्यटन, दवाई कारखाना |
राजभाषा(हरु) | नेपाली, अंग्रेजी, भुटिया, लेप्चा |
अन्य प्रमुख भाषाहरु | लिम्बू, राई, हिन्दी आदि |
राज्यपाल | बाल्मिकी प्रसाद सिंह |
मुख्यमंत्री | पवन कुमार चाम्लिङ |
विधायिका | एक सदनात्मक विधान सभा (३२ सदस्यीय) |
आइएसओ संक्षेप | [[आइएसओ 3166-2|]] |
http://www.sikkim.gov.in |
सिक्किम भारत को एक पहाडी राज्य हो। सिक्किम सबैभन्दा कम जनसंख्या भएको भारतको राज्य हो[१] तथा क्षेत्रफल गोआ पछि न्यूनतम छ। सिक्किम नामग्याल राजतन्त्रद्वारा शासित एक स्वतन्त्र राज्य थियो, तर प्रशासनिक समस्याहरुको कारण तथा भारतमा विलयको जनमतको कारण सन १९७५ मा एक जनमत-संग्रहको आधारमा भारतमा विलीन भयो ।[२] यसै जनमत संग्रह पछि राजतन्त्रको समाप्ति तथा भारतीय संवैधानी ब्यवस्था अन्तर्गत सिक्किमको सम्प्रभुता समाप्त भयो।[३] बुढी औंलाको आकारको यो राज्य पश्चिममा नेपाल, उत्तर तथा पूर्वमा चीन तिब्बत स्वायत्त क्षेत्र तथा दक्षिण-पूर्वमा भूटानसग जोडिएको छ। भारतको पश्चिम बंगाल राज्य यसको दक्षिणमा छ ।[४] अंग्रेजी, नेपाली, लेप्चा, भूटिया, लिम्बु तथा हिन्दी आधिकारिक भाषा हुन् तर सरकारी कामकाजमा अंग्रेजीको नै अधिक प्रयोग हुँदैछ। बोलाचालको निम्ति नेपाली भाषाको प्रयोग हुँदछ र यहाँका सबै नागरिकहरुले नेपाली बोल्छन्, यहाँको बोलचालको प्रमुख माध्यम नै नेपाली भाषा हो । हिन्दू तथा बज्रयान बौद्ध धर्म सिक्किम का प्रमुख धर्महरु हुन्। गान्तोक राजधानी तथा सबभन्दा ठुलो सहर हो।[५] सानो आकार भएता पनि सिक्किम भौगोलिक दृष्टिबाट धेरै नै विभिन्न छ। कंचनजंगा जो विश्वको तेस्रो सबभन्दा उच्च शृङ्खला हो, सिक्किमको उत्तरी पश्चिमी भागमा नेपाल को सीमामा छ र यस पर्वत शृङ्खलालाई प्रदेशको थुप्रै भागबाट सजिलै देख्न सकिन्छ। सिक्किमको विशेषताहरुमा यसको सर सफाई हुनु, प्राकृतिक सुंदरता एवं राजनीतिक स्थिरता शामिल छन्, यसबाट भारतमा पर्यटनको प्रमुख केन्द्र बन्दछ।
विषयसूची[लुकाउनुहोस्] |
[परिवर्तन्] नामको मूल
सिक्किम शब्दको सर्वमान्य स्त्रोत लिम्बू भाषाको शब्दहरु सु(अर्थात "नवीन") तथा खीम (अर्थात "महल" अथवा "घर" - जसले प्रदेशको पहिलो राजा फुन्त्सोक नामग्याल द्वारा बनाईएको महलको संकेतक हो) लाई जोडेर बनेको हो। तिब्बती भाषामा सिक्किमलाई डेन्जोंग भनिन्छ जसको अर्थ हुन्छ - "चामलको घाटी" । ।[६]
[परिवर्तन्] इतिहास
- मुख्य पृष्ठ : सिक्किमको इतिहास
आठौ शताब्दिमा बौद्ध भिक्षु गुरु रिन्पोचे (पद्मसंभव)को सिक्किम भ्रमण सिक्किमसग सम्बन्धित सबभन्दा प्राचीन विवरण हो। ईतिहास मा उल्लेखित छ कि उनले बौद्ध धर्म को प्रचार गरे, सिक्किमलाई आशीष दिए तथा केहि शताव्दीहरु पश्चात् आउने वाला राज्यको भविष्यवाणी गरे। मान्यताको अनुसार १४ औ शताब्दिमा ख्ये बुम्सा, पूर्वी तिब्बत मा खामको मिन्यक महलको एक राजकुमारलाई एक रात दैवीय दृष्टिको अनुसार दक्षिणतर्फ जाने आदेश भयो। यसैको वंशहरुले सिक्किमको राजतन्त्रको स्थापना गरे । सन १६४२ मा ख्येका पाँच औ वंशज फुन्त्सोंग नामग्याल लाई तीन बौद्ध भिक्षु- जो उत्तर, पूर्व तथा दक्षिणबाट आएका थिए , द्वारा सिक्किमको प्रथम छोग्याल(राजा) घोषित गरेयो । इस प्रकार सिक्किममा राजतन्त्रको आरम्भ भयो। फुन्त्सोंग नामग्यालको छोरा, तेन्सुंग नामग्याल ले उनिपछि सन १६७० में कार्य-भार संभाले। तेन्सुंगले युक्सोमबाट राजधानीराबदेन्त्से मा स्थानान्तरित गरे । सन १७०० मा सिक्किम माथि भूटान को आक्रमण भयो जसमा छोग्यालको अर्ध-बहन थियो, जसलाई राज-गद्दीबाट वंचित गरिदीइयो । तिब्बतिहरुको सहयताबाट छोग्याललाई राज-गद्दी पुनः सौँपियो। सन १७१७ देखि १७३३ को बीचमा सिक्किमले नेपाल तथा भूटानको अनेकौ आक्रमणहरुको सामना गर्नु परयो, नेपाली सेना द्वारा राजधानी रबदेन्त्सेको ध्वस्त भयो।[७]सन १७९१ मा चीनले सिक्किमको मददको लागि र तिब्बतलाई गोरखाबाट बचाउनको लागी आफ्नो सेना पठायो। नेपालको पराजय पछि, सिक्किम किंग वंश को भाग बन्यो।
छिमेकी देश भारत मा बेलायती शासन आएपछि सिक्किमले आफ्नो प्रमुख दुश्मन नेपालको विरुद्ध उनिहरुसग हाथ मिलायो। नेपालले सिक्किम माथि आक्रमण गर्यो र तराई समेत बहुत धेरै क्षेत्रमा कब्जा गर्यो । यसको कारणबाट ईस्ट इंडिया कम्पनी ले नेपाल माथि चढ़ाई गर्यो जसको परिणाम सन १८१४ का गोरखा युद्धभयो। सिक्किम र नेपालको बीच भएको संधि तथा सिक्किम र बेलायती भारतको बीच भएको तितालिया संधिद्वारा नेपाल द्वारा अधिकृत सिक्किमी क्षेत्र सिक्किमलाई सन १८१७ में फिर्ता गरीयो। यद्यपि, अंग्रेजोंद्वारा मोरांग प्रदेशमा कर लागू गरेको कारण सिक्किम र अंग्रेजी शासनको बीचको संबंधमा कटुता आयो । सन १८४९ मा दुई अंग्रेज़ अधिकारी, सर जोसेफ डाल्टन र डाक्टर अर्चिबाल्ड कैम्पबेल, जसमा एक डाक्टर अर्चिबाल्ड सिक्किम र बेलायती सरकारको बीचको संबंधको लागि जिम्मेदार थिए, सिक्किमको पहाडमा अनुमति अथवा सूचना नदिगए । यी दुबै अधिकारिलाई सिक्किम सरकार द्वारा बंधी बनाइयो । रिसाएका बेलायती शासनले यस हिमाली राज्यमा चढाई गर्यो र यसबाट सन १८३५ मा भारतको भूमिमा गाभिदिए। यस चढाईको परिणाम स्वरुप छोग्याल ब्रिटिश गवर्नरको आधीन एक कठपुतली राजा भएर रहन पुगे। [८]
सन १९४७ मा एक लोकप्रिय मतद्वारा सिक्किमको भारतसगको विलय अस्वीकार गरियो र तत्कालीन भारतीय प्रधानमंत्री जवाहर लाल नेहरुले सिक्किमलाई संरक्षित राज्यको दर्जा प्रदान गरे । यसको अधिन भारत सिक्किमको संरक्षक भयो र सिक्किमको परराष्ट्र मामिला संबन्धी विषयको ज़िम्मेदारी भारतले लियो । सन १९५५ मा एउटा राज्यिक परिषद् स्थापित गरियो जसको आधीन छोग्याललाई एउटा संविधानिक सरकार बनाउने अनुमति दिइयो। यस दौरान सिक्किम नेशनल कॉंग्रेसद्वारा पुनः मतदान र नेपालीहरुलाई अरु धेरै प्रतिनिधित्व हुनुपर्ने माग उठायो। सन १९७३ मा, राज दरबारको अगाडि भएको दंगाले सुरक्षा प्रदान गर्न भारतलाई औपचारिक अनुरोध गर्न वाध्य पार्यो। छोग्याल राजवंश सिक्किममा धेरै नै अलोकप्रिय साबित भैइरहेका थिए। सन १९७५, काजी (तत्कालीन प्रधानमन्त्री) ले सिक्किमको दर्जा परिवर्तन गरियोस जसले गर्दा यो भरतको राज्य बन्न सक्छ भनि भारतीय संसदलाई यो अनुरोध गरे । अप्रैलमा भारतीय सेना सिक्किमको भुमिमा प्रबेश गर्यो र राज दरबारको पहरा गर्नेहरुलाई निःशस्त्र गरे पछि गान्तोकलाई आफ्नो कब्जामा लिए । दुई दिनभित्र सम्पूर्ण सिक्किम राज्य भारतको नियंत्रणमा थियो । यसपछि त्यहाँ एउटा जनमत संग्रह गरियो जसमा ९७.५ प्रतिशत जनताले सिक्किमलाई भारतीय गणराज्यमा समाबेश गर्ने कुराको समर्थन गरे। केहि हप्ता पछि १६ मई १९७५ मा सिक्किम औपचारिक रूपबाट भारतीय गणराज्यको २२औ प्रदेश बन्न गयो र राजतन्त्रको उन्मुलन भयो ।
सन २००२ मा चीनलाई एउटा लज्जाको सामना गर्नु पर्यो जब सत्र औ कर्मापा उर्ग्यें त्रिन्ले दोरजी, जसलाई चीन सरकारले एउटा लामा घोषित गरेसकिको थियो, एउटा नाटकीय तरिकाबाट तिब्बतबाट भागेर सिक्किमको रुम्तेक गुम्बामा आईपुगे। चीनका अधिकारी यस कुराको विरोध भारत सरकारसग कसरी गर्ने भनी धर्म संकटमा फँसे किनकि भारतसग विरोध जनाउनु प्रत्यक्ष रूप मै सिक्किमलाई भारतको अभिन्न भागको रूपमा चीन सरकारले स्वीकार गर्यो भन्ने अर्थ निस्कन सक्थो। सिक्किम एक स्वतंत्र राज्य हो जसलाई भारतले अधिक्रमण गरिरहेको छ भन्ने चीन सरकार को अहिलेसम्म सिक्किम माथि र औपचारिक दृष्टिकोण थियो । [७][९] चीनले अंततः सिक्किमलाई सन २००३ आएर भारतको एक राज्यको रूपमा स्वीकार गर्यो| जसबाट भारत-चीन संम्बधमा रहेको कटुतामा केहि कमी भयो । यसको बदलामा भारतले तिब्बत लाई चीनको अभिन्न अंग हो भनि स्वीकार गर्यो । भारत र चीनको बीच भएको एक महत्वपूर्ण समझौताको आधारमा चीनले एक गर्न औपचारिक मानचित्र जारी गर्यो जसमा सिक्किमलाई स्पष्ट रूपमा भारतको सीमा रेखा भित्र देखाईएको छ। यस समझौतामा चीनका प्रधान मंत्री वेन जियाबाओ र भारतका प्रधान मंत्री मनमोहन सिंह ले हस्ताक्षर गरेका छन। जुलाई ६, २००६ मा हिमालय को नाथुला भन्ज्याङलाई सीमा व्यापारको लागि खोलि दियो, जसले यो यो संकेत दिदछ कि यो क्षेत्रलाई लिएर दुबै देश बीच सौहार्दको भाबना उत्पन्न भएको छ। [१०]
[परिवर्तन्] भूगोल
बुढी औंलाको आकारको सिक्किम पूरै पहाडि क्षेत्र हो। विभिन्न स्थानहरुको ऊँचाई समुद्री सतह देखि २८० मीटर (९२० फीट) बाट ८,५८५ मीटर (२८,००० फीट) सम्म छ। कंचनजंगा यहाँको सबभन्दा उच्च चुचुरो हो। प्रदेशको अधिक्तम भाग खेती।कृषि को लागि अनुपयुक्त छ। यसको बावजूद केहि ढलानलाई खेतमा परिबर्तन गरिएको छ र पहाड़ी तरीकाबाट खेती गरिन्छ। हिमालको हिउँबाट निकलिएका ससाना नदिधाराहरुको कारण सिक्किमको दक्षिण र पश्चिममा नदिहरुको भन्ज्याङ बनेका छन। यी नदिहरु मिलेर टिष्टा र रंगीत बन्दछ। टिष्टालाई सिक्किम को जीवन रेखा पनि भनिन्छ र यो सिक्किमको उत्तरबाट दक्षिण तिर बग्दछ । राज्यको एक तिहाई भू-भागमा बाक्लो जंगल छ।
हिमालयको ऊँच्चा पर्वत श्रंखलाहरुले सिक्किमलाई उत्तरी, पूर्वी र पश्चिमी दिशा अर्धचन्द्राकार।अर्धचन्द्र मा घरेर रखेको छ । राज्यको अत्यधिक जनसंख्या भएको क्षेत्र धेरै जसो राज्यको दक्षिणी भागमा, हिमालयको कम ऊँचाई भएको श्रंखलाहरुमा स्थित छ। राज्यमा अट्ठाइस हिमाली चुचुरो, एक्काईस हिमानी, दुई सय सत्ताईस ताल (जसमा छाँगु पोखरी, गुरुडोंग्मार पोखरी र खेचिपेरी पोखरी शामिल छन्, पाँच तातो पानीको झहारा र सय भन्दा धेरै नदीहरु र खोलाहरु छन। आठ पहाड़ी भञ्ज्याङहरुले सिक्किमलाई तिब्बत, भूटान र नेपालसँग जोड़द छ।[४]
[परिवर्तन्] भू-तत्त्व
सिक्किमको पहाडहरु मुख्यतः नेस्ती(gneissose) र अर्द्ध-स्कीस्तीय(half-schistose) पत्थरहरुले बनेको छ, जसको कारण त्यसको माटो फुस्रो , तथा मुख्यतः फुरफुराउंदो र कमज़ोर छ। यहाँको माटो खुरदरी तथा लौह जारेय बाट केहि अम्लीय छ । यसमा खनिज र कार्बनिक पोषणकों अभाव छ । यस प्रकारको माटो सदाबहार र बर्णपाती जंगलको लागि योग्य छ । सिक्किमको भूमिको धेरैजसो भाग केम्ब्रिया-पूर्व(Precambrian) चट्टानसग जस्तो छ जसको आयु पहाडसग धेरै कम छ। पत्थर फ़िलीत(phyllite) र स्कीस्तबाट बनेको हुँदा यहाँका पाखाहरु धेरै कमलो र बगुवा भएकोले भूमिको कटाउ भइरहन्छ जसको परिणाम स्वरूप प्राय जसो पहिरो गईरहन्छ , अनि भूमिको उर्वराशक्ति दिने पोषकतत्त्व पनि घटिरहेछ।[४]
[परिवर्तन्] तातो पानीको झरना
सिक्किममा तातो पानीको अनेक झरना छन, जो रोग निको पर्ने क्षमताको लागि विख्यात छ। सबै भन्दा महत्वपूर्ण तातो पानी को झरना फुरचाचु, युमथांग, बोराँग, रालांग, तरमचु र युमी साम्दोंग हो। यी सबै झरनामा ठुलो मात्रामा सल्फर पाईन्छ र यिनिहरु नदी के छेउमा स्थित छन। यी तातो पानीको झरनाको तापमान 50 °C (सेल्सियस) सम्म हुदछ।
[परिवर्तन्] मौसम
यहाँको मौसम जहाँ दक्षिणमा शीतोष्ण कटिबंधी छ त्यहीं टुंड्रा प्रदेशको मौसमको जस्तो छ। यद्यपि सिक्किमको अधिकांश बसोबास क्षेत्रमा, मौसम समशीतोष्ण (टैंपरेट) रहन्छ र तापमान कममा 28 °से (82 °फ) देखि माथि अथवा 0 °से (32 °फ) देखी तल रहन्छ । सिक्किममा पांच ऋतु आउदछ: सर्दी, गर्मी, बसंत, और पतझड़, र वर्षा, जो जून र सितंबरको बीच आउदछ। धेरैजसो सिक्किममा औसत तापमान लगभग 18 °से (64 °फ)हुन्छ । सिक्किम भारतको ती केहि राज्यहरुमा एक हो जसमा नीरन्तर वर्षा हुँदछ । हिम रेखा लगभग ६००० मीटर (१९६०० फीट)छ। मानसूनको महीनामा राज्यमा ठुलो वर्षा हुदछ जसबाट ठुलो मात्रामा पहिरो जान्छ। राज्यमा लगातार पानि परेको किर्तिमान ११ दिनको छ। राज्यको उत्तरी क्षेत्रमा शीत ऋतुमा तापमान -४० °C भन्दा कम हुन जान्छ । शीत ऋतु र वर्षा ऋतुमा कुहिरो ले पनि जन जीवनलाई प्रभावित गर्दछ जसले यातायात धेरै नै कठिन हुन जान्छ। [४]
[परिवर्तन्] प्रशासनिक विभाजन
सिक्किममा चार जिल्लाहरु छन्। जिल्लाका प्रमुख प्रशासक जिलाधिकारी हुन्। चीनको सीमामा सटिएकोको कारण धेरै क्षेत्रमा भारतीय सेना को बाहुल्यता देखिन्छ। धेरैजसो क्षेत्रमा प्रवेश निषेध छ र त्यहाँ घुम्न जानको लागि अनुमति लिनु पर्दछ। सिक्किममा जम्मा आठ नगर र नौ महकुमा छन्।
यी चार जिलाहरुमा पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तरी सिक्किम र दक्षिणी सिक्किम हुन् जसका सदरमुकाम क्रमस: गान्तोक, गेजिंग, मंगन एवं नाम्ची हुन्। [५]यी चार जिल्लाई पुन: विभिन्न महकुमाहरुमा बाडिएको छ। पूर्व जिल्लालाई गान्तोक, पाक्योंग र रंगेली महकुमा, पश्चिम जिल्लालाई "सोरेंग" र गेजिंग महकुमा, उत्तरी जिल्लालाई मंगन र "चुंगथांग" महकुमा र दक्षिणी जिल्लालाई नाम्ची र "राभांगला" महकुमाहरुमा विभाजित गरिएकोछ। [११]
[परिवर्तन्] वनस्पति
सिक्किम हिमालयको तल्लो भूभागमा पारिस्थितिक गर्मस्थान मा भारतको तीन पारिस्थितिक क्षेत्रहरु मध्ये एक बसेको छ। यहाँको जंगलमा विभिन्न प्रकारको जीव जंतु र वनस्पतियाँ पाईन्छ। अलग अलग ऊँचाई भएको कारण यहाँ ट्रोपिकल, टेम्पेरेट, एल्पाइन र टुन्ड्रा प्रकारको बोट बिरुवा पनि पाईन्छ। यस्तो सानो इलाके क्षेत्रमा यस्तो भिन्नता कमै ठाउमा पाउन सकिन्छ। सिक्किममा पाइने वनस्पतिहरुमा गुँरास (rhododendron) प्रमुख हो जसलाई राज्य-वृक्ष (the state tree) को अधिकारिक मान्यता दिएकोछ अन्य वनस्पतिहरु हुन् - सुनाखरी (Orchids), नेभारो, केरा, साल (सखुवा), बाँस, आँक, बर, पीपल, बडहर, धुपी, सल्लो, काब्रो, बकाइनो, खनिउ, चिलाउने आदि प्रमुख छन्, सिक्किममा ५००० फूलका प्रजातिहरु, दुर्लभ सुनाखरीका ५१५ प्रजातिहरु, प्रिमुला ६० प्रजातिहरु, गुँरासका ३६ प्रजातिहरु, आँकका ११ प्रजातिहरु, २३ प्रकारक बाँसहरु,शंकुधर (conifer) वृक्षका १६ प्रजातिहरु. ३६२ वटा उनिउ प्रजातिका पौधाहरु र ४२४ प्रकारका औषधिमूलक बोटहरु सिक्किम पाइन्छन्. सुनाखरी (Dendrobium nobile) राज्यको अधिकारिक राज्य फूल(State Flower) हो.
[परिवर्तन्] जीव-जन्तु
सिक्किममा पाइने जीवजन्तुमा हिमाली चितुवा (snow leopard), कस्तुरी मृग, भोरल, थार, रातो पांडा (red panda), हिमालयमा पाइने भालु, भुक्ने जरायो, हनुमाने बाँदर, लंगूर, जंगली कुकुर, ब्वाँसो, चितुवा, तिब्बती ब्वाँसो, खरायो, स्याल आदि प्रमुख छन् धेरै उँचाईमा पाइने र पालिने पशु चौंरी हो जसलाई दुध आदि उत्पादन र मासुका निम्ति पालिने गरिन्छ सिक्किमको चरा जगतमा प्रमुख छन - मुनाल, रातो सिंग भएको डाँफे, कालिज, ढुकुरा, कोइली, मैना, रुपी, कल्चुँडूआदि, सिक्किममा चराको जम्मा ५५० प्रजाति रेकर्ड गरिएको छ, जसमा केहि लोप भएको बताइन्छ।[४]
[परिवर्तन्] अर्थ-व्यवस्था
[परिवर्तन्] वृहत् अर्थव्यवस्थासंबंधी प्रवाह
यो सांख्यिकी एवं कार्यक्रम कार्यान्वयन मंत्रालयद्वारा जारी सिक्किमको सकल घरेलू उत्पादको प्रवाहको एक झलक हो(करोड़ रुपियाँमा)[१२]
साल | सकल घरेलू उत्पाद |
---|---|
१९८० | ५२ |
१९८५ | १२२ |
१९९० | २३४ |
१९९५ | ५२० |
२००० | ९७१ |
२००३ | २३७८.६ [१] |
सन २००४ को आँकडाको अनुसार सिक्किमको सकल घरेलू उत्पाद $४७८ मिलियन हुने अनुमान लगाइएको थियो।
सिक्किम एउटा कृषि प्रधान।कृषि राज्य हो र यहाँका पाखाका खेतहरुमा पारम्परिक पद्धतिबाट कृषि गरिन्छ। यहाँका कृषकहरु अलैंची, अदुवा, सुन्तला, स्याउ, चिया र पीनशिफ आदिको खेती गर्दछन्। [५]धान राज्यका अधिकांश भागहरुमा फलाइन्छ। भारतमा अलैचीको सबै भन्दा धेरै उपज सिक्किममा हुन्छ । पहाड़ी क्षेत्र भएको कारण र यातायातको आधारभूत सुविधाको अभावले सन् २००० सम्म यहाँ कुनै ठुलो उद्योग थिएन तर सन् २००० देखि २०१० सम्ममा धेरै उद्योगहरु स्थापना भैसकेकाछन् जसमा दवाईका ठूलाठूला कारखानाहरु समेल छन्। अन्य उद्योगहरुमा मदिरा कारखाना , मद्यनिष्कर्षशाला, छाला-उद्योग तथा घड़ी-उद्योग हुन्। राज्यमा विकास दर ८.३ प्रतिशत छ, जुन दिल्ली पछिको राष्ट्र भरमा सबैभन्दा बडी हो। [१३]
हालका केहि वर्षहरुमा सिक्किमको सरकारले राज्यमा पर्यटनलाई बढ़ावा दिन प्रारम्भ गरेको छ । सिक्किममा पर्यटनको धेरै संभाबना छ र यसको लाभ उठाएर सिक्किमको आयमा अप्रत्याशित वृद्धि भएको छ। आधारभूत संरचनामा सुधारको बेला, यो उपेक्षा गरीरहेको छ कि पर्यटन राज्यमा अर्थव्यवस्थाको एक मुख्य आधारको रूपमा अगाडि आउने छ।
ऑनलाइन(?) सट्टेबाजी राज्यमा एक नया उद्योगको रूपमा अगाडि आएकोछ। "प्लेविन" जुआ, जसलाई विशेष रूपबाट तैयार गरीको अंतहरुमा खेलिन्छ्, लाई राष्ट्र भरिमा खूब वाणिज्यिक सफलता हासिल भएको छ । [१४][१४] राज्यमा प्रमुख रूपबाट तामा, डोलोमाइट, चूना ढुङ्गा, ग्रेफ़ाइट, अभ्रक, फलाम र [कोईला]] आदि खनिजहरुको उत्खनन गरिन्छ। [१५]
जुलाई ६, २००६ को नाथूला भञ्ज्याङ, जसले सिक्किमलाई ल्हासा, तिब्बत सँग जोड़द छ, यसबाट सिक्किमको अर्थव्यवस्थालाई बढ़ावा मिलने छ भन्ने आशा जागेकोछ । यो भञ्ज्याङ, जुन सन १९६२ मा १९६२ भारत-चीन युद्ध।भारत-चीन युद्ध पछि बंद गरीएको थियो, प्राचीन रेशम मार्ग को मार्ग थियो र ऊन, सुपारी र मसालाको व्यापारमा सहायक थियो।[१०]
[परिवर्तन्] यातायात
टिष्टा नदी लाई सिक्किमको जीवन रेखा भनिन्छ ]] सिक्किममा कठिन भूक्षेत्रको कारण कुनै विमान स्थल अथवा रेल स्टेशन छैन। सिक्किमबाट सबै भन्दा नजीकको विमानस्थल बागडोगरा विमानस्थल हो। यो विमान स्थल गान्तोकदेखि १२४ कि०मी० को दुरीमा छ । गान्तोकबाट बागडोगराको लागि सिक्किम हेलीकॉप्टर सर्विस द्वारा एक हेलीकॉप्टर सेवा उपलब्ध छ जसको उड़ान ३० मिनट लामो छ, दिनमा केवल एक पल्ट चल्दछ र केवल ४ जना मात्रलाई लान सक्दछ ।[१६] गान्तोक हैलीपैड राज्यको एकमात्र गैरसैनिक हैलीपैड हो।
निकटतम रेल स्टेशन नयाँ जलपाईगुड़ी मा छ जो सिलगुढीबाट १६ किलोमीटर।कि०मी० को दूरीमा छ ।[५]
राष्ट्रीय राजमार्ग ३१A ले सिलीगुड़ीलाई गान्तोकसँग जोड़दछ। यो एक सर्व-ऋतु मार्ग हो तथा सिक्किममा रम्फु मा प्रवेश गरेपछि टिष्टा नदी के समानान्तर चल्दछ। अनेक सार्वजनिक अथवा निजी सबारी साधनले हवाई-अड्डा, रेल-स्टेशन सिलिगुड़ीलाई को गान्तोकसँग जोड़दछन। मल्ली बाट आउने राजमार्गको एक शाखा पश्चिमी सिक्किमलाई को जोड़दछ। सिक्किमको दक्षिणी र पश्चिमी भागका सहरहरुले सिक्किमलाई पश्चिम बङ्गालको उत्तरी भागका पर्वतीय सहर कालिम्पोङ र दार्जीलिङ सँग जोड़दछ। राज्यको भित्र चारपाङ्ग्रे सवारी साधन लोकप्रिय छ किन कि यो राज्यको चट्टानी उकालोलाई सजिलैसँग पार गर्नमा सफल हुन्छ । साना साना बसहरुले राज्यको ससाना सहरहरुलाई राज्यको राजधानी र जिल्ला सदरमुकामलाई राज्यसँग जोडदछ ।[५]
[परिवर्तन्] जनसंख्या स्थिति
मानवजातीय रूपबाट हेर्दा यहाँ नेपाली मुलका मानिसहरुको बहुमत छ, जो यहाँ सोह्रौं शताब्दिदेखि प्रवेश गरेका थिए । लेप्चा सिक्किमको मूल निवासिहरु हुन् भुटियाहरु तिब्बतको खाम जिल्लाबाट चौधौं शताब्दिमा पलायन गरे, र लेप्चाट, जो स्थानीय मान्यता अनुसार सुदूर पूर्वबाट आएको मानिन्छ । राज्यको उत्तरी जिल्लामा लेप्चा र भुटिया को बाहुल्य छ र यहाँ तिब्बतीहरु पनि छन् । अरु राज्यबाट आएर सिक्किममा बस्ने हरुमा प्रमुख हुन मारवाड़ी, जो दक्षिण सिक्किम तथा गान्तोकमा बन्द-ब्यापार गर्दछन;बिहारी जो धेरैजसो श्रमिक छ्न; तथा बंगाली ।
हिन्दू धर्म राज्यको प्रमुख धर्म हो जसको अनुयायीहरुको संख्या राज्यमा ६०.९ प्रतिशतमा छ ।[१७] बौद्ध धर्म का अनुयायीहरु २८.१ प्रतिशत छन् [१८]जसमा भुटिया, लेप्चा, शेर्पा, तामंग र सन् १९९० पछि धेरै संख्यामा गुरुंगहरु पनि हिन्दू धर्म छोडी बौद्धधर्मावलम्बी बन्नपुगेका छन् । सिक्किममा ईसाईको ६.७ प्रतिशत जनसंख्या छ जसमा मूलतः धेरैजसो ती लेप्चा छन् जसले उन्नाईसौ शतब्दिको उत्तरकालमा अंग्रेज़ी धर्म-प्रचारकहरुको प्रचार पछि ईसाई मत अपनाएका थिए । राज्यमा कहिले पनि साम्प्रदायिक तनाव रहेको छैन। मुसलमानहरु १.४ प्रतिशत छन्।[१९]
नेपाली सिक्किमको प्रमुख भाषा हो । सिक्किममा प्रायः नेपाली बोलिन्छ र केही मात्रामा अंग्रेजी र हिन्दी बोल्ने अनि बुझ्ने मानिसहरु छन्। यहाँका अन्य भाषाहरुमा भुटिया, गुरुङ, लेप्चा, लिम्बु, मगर, , मझवार, नेवारी, दनुवार, शेर्पा, सुनवार, तामाङ, थुलुंग, तिब्बती, र याक्खा शामिल छन।[५][२०]
५,४०,४९३ को जनसंख्या भएको सिक्किम भारतको न्यूनतम जनसंख्या भएको राज्य हो,[२१] जसमा पुरुषको संख्या २,८८,२१७ छ र महिलाको संख्या २,५२,२७६ छ । सिक्किमको जनसंख्याको घनत्व ७६ मनुष्य प्रतिवर्ग किलोमीटर छ तर भारतमा न्यूनतम हो । विकास दर ३२.९८% छ(१९९१-२००१)। लिंगानुपात ८७५ स्त्री प्रति १००० पुरुष छ । ५०,००० को जनसंख्याको साथ गान्तोक सिक्किमको एकमात्र महत्वपूर्ण शहर हो। राज्यमा शहरी आबादी लगभग ११.०६% छ ।[११] प्रति व्यक्ति आय ११,३५६ रु० छ, जो देशको सबै भन्दा धेरैमा एक हो।[२०]
[परिवर्तन्] संस्कृति
सिक्किमका नागरिक भारतको सबै मुख्य हिन्दू चाहाड पर्ब जस्तो दसैं र तिहार,मनाउदछन । बौद्ध धर्मको ल्होसार, लूसोंग, सागा दावा, ल्हाबाब ड्युचेन, ड्रुपका टेशी र भूमचूती चाहाड पर्ब हुन हैं जसलाई मनाईन्छ । लोसर - तिब्बती नव वर्ष लोसर, जो मध्य दिसंबरमा आउदछ, यस बेला धेरै जसो सरकारी कार्यालय एवं पर्यटक केन्द्र हफ़्ते भरिको लागि बंद रहदछन। गैर-मौसमी पर्यटकलाई आकर्षित गर्नको लागि हालै ठुला दिन । ठुलो दिन लाई गान्तोकमा प्रसारित भैरहेको छ।[२२]
पाश्चात्य रक संगीत र हिन्दी संगीतले यहाको भूमिमा ले ब्यापक समर्थन प्राप्त गरेको छ । विशुद्ध नेपाली रक संगीत, तथा पाश्चात्य संगीतमा नेपाली काव्य पनि धेरै नै प्रचलित छ । फुटबॉल एवं क्रिकेट यहाँको सबैभन्दा लोकप्रिय खेल हो । पर्यटन प्रबर्धन गर्न हयान गल्याडिङ र रयाफ्टीङ पनि शुरू गरिएको छ ।
नूडल मा आधारित व्यंजन जस्तो थुक्पा, चाउमीन, थान्तुक?, फाख्तु?, ग्याथुक? और वॉनटन? सर्वसामान्य छ। मःम, बाफबाट पाकेको र साग-सब्जिहरुबाट भरिएको पकौडि़, सूपको सगै पस्किएको भैसीको माँसु । भैसी अथवा सूगुरको माँसु । सूगुर को माँसु लोकप्रिय खाजा हो। पहाड़ी मानिसको खानामा भैसी, सूगुर, इत्यादिको माँसुको मात्रा धेरै मात्रामा हुदछ। मदिरामा राज्यको अन्तशुल्क कम भएको कारण राज्यमा बीयर?, विस्की?, रम? र ब्रांडी इत्यादिको धेरै खपत गरिन्छ।
सिक्किममा लगभग बसोबास ग्रामिण छ, जहा घर बनाउदा मुख्यत: कडा बाँस को ढाँचामा लचीलो बाँसको आवरण हलेर बनाउने गरिन्छ। धरमा चिसोबाट जोगिनको लागि यसमा गाईको के गोबरको लेप पनि गरिन्छ । राज्यको धेरै अधिक ऊँचाई भएको क्षेत्रहरुमा धेरै जसो काठको घर बनाईन्छ। अरु पनि हेर्नुहोस:सिक्किमी संगीत
[परिवर्तन्] राजनीति र सरकार
भारतको अन्य राज्यहरु को समान, केन्द्रिय सरकार द्वारा मनोनित राज्यपाल राज्य शासनको प्रमुख हुन। उनको मनोनयन मुख्यतः औपचारिक मात्र हुदछ, तथा उनको मुख्य काम मुख्यमंत्री को शपथ-ग्रहणको अध्यक्षता गर्ने मात्र हुदछ। मुख्यमंत्री, जसको साथ वास्तविक प्रशासनिक अधिकार हुदछ, धेरै जसो राज्य चुनावमा बहुमत पाउने दल अथवा गठबंधन का प्रमुख हुदछन । राज्यपालले मुख्यमंत्रीको परामर्शमा मंत्रीमण्डल? बनाउने बा परिबर्तन गर्दछन। धेरै जसो अन्य राज्यहरुको समान सिक्किममा पनि एक सदनात्मक (unicameral) सदन भएको विधान सभा नै छ। सिक्किमलाई भारतको की दुई सदनात्म संसदको दुबै सदनहरु, राज्यसभा तथा लोक सभा मा एक-एक स्थान प्राप्त छ । राज्यमा जम्मा ३२ विधानसभा सीट छ जसमा एक बौद्ध संघ को लागिए आरक्षित छ । सिक्किम उच्च अदालत भारतको सबै भन्दा सानो उच्च अदालत हो।[२३] {| class="toccolours" align="right" style="margin:1em" padding="0.5em" |+ State symbols[५] |- | राज्य पशु | रातो पाण्डा |- | राज्य पक्षी | रक्त महूका? |- | राज्य वृक्ष | बरुंश? |- | राज्य फूल | पीनशिफ? |}
सन १९७५ मा, राजतंत्रको समाप्ति भएपछि, काँग्रेस लाई १९७७ को आम चुनावमा बहुमत प्राप्त भएको थियो। अस्थिरता को एक अबधि पछि, सन १९७९ मा, सिक्किम संग्राम परिषदका नेता नरबहादुर भण्डारी को नेतृत्वमा एउटा लोकप्रिय मंत्री परिषदको गठन भयो। यस पछि, सन १९८४ र १९८९ को आम चुनावमा पनि भण्डारी नै विजयी बने । सन १९९४ मा सिक्किम डेमोक्रेटिक फ्रन्टका पवन कुमार चाम्लिङ राज्यको मुख्यमंत्री भए। सन १९९९ र सन २००४ को चुनावमा पनि विजय प्राप्त गरेर यो पार्टी अहिलेसम्म सिक्किममा शासन गरिरहेको छ ।[८][१६]
[परिवर्तन्] आधारभूत संरचना
सिक्किमको सड़कहरु प्रायजसो पहिरो तथा छेउको धारद्वारा बाढिबाट क्षतिग्रस्त हुन जान्छ, तर पनि सिक्किमको सड़क अन्य राज्यको सड़कहरुको तुलनामा धेरै रम्रो छ। सीमा सड़क संगठन(BRO), भारतीय सेना को एउटा अंग यि सड़कहरुको रखबाली गर्दछ। दक्षिणी सिक्किम तथा रा०रा०-३१अ को सड़क राम्रो स्थिति में छ किनकि यहाँ पहिरोको घटनाहरु कम हुन्छ । राज्य सरकार १८५७.३५ कि०मी० को त्यो राजमार्ग जुन सी०स०सं० के अन्तर्गत आउदैन, को रखवाली गर्दछ ।[११]
सिक्किममा अनेकौ जल विद्युत बिजली स्टेशन (केन्द्र) छन, जो नियमित बिजली उपलब्ध गरौदछ, तर संचालन शक्ति अस्थिर छ तथा स्टेबलाईजर (stabilisers) को आवश्यकता पर्दछ। सिक्किममा प्रतिव्यक्ति बिजली प्रयोग १८२ kWh छ । ७३.२% घरहरुमा स्वच्छ पानीको सुविधा उपलब्ध छ,[११] तथा अनेकौ धाराहरुको परिणाम स्वरूप राज्यमा कहिले पनि अकाल वा पानीको कमीको परिस्थिति उत्पन्न भएको छैन।
टिष्टा नदीमा धेरै जलविद्युत केन्द्र निर्माणाधीन् छ तथा त्यसको बाताबरणमा परेको असर एक चिन्ताको विषय हो ।
[परिवर्तन्] सूचना तथा संचार
सिक्किममा अंग्रेजी र नेपाली भाषामा धेरै दैनिक समाचार पत्रहरु छापिन्छन् जसमा प्रमुख नेपाली समचार पत्र १.हाम्रो प्रजाशक्ति २. समय दैनिक ३. हिमाली बेला आदि र अंग्रेजीमा Now र Sikkim Express। यसका अतिरिक्त धेरै साप्ताहिक र पाक्षिक पत्र-पत्रिका प्रकाशित हुनेगर्छन् । सिक्किम हेराल्ड सरकारको आधिकारिक साप्ताहिक प्रकाशन हो । हाल-खबर सिक्किमको एकमात्र अंतर्राष्ट्रिय समाचारको मानकीकृत प्रवेशद्वार हो । सिक्किमबाट सन २००७ मा नेपाली साहित्यको ऑनलाइन पत्रिका टिस्टारंगीतशुरु भएको छ जसको संचालन साहित्य सिर्जना सहकारी समिति लिमिटेड] गर्दछ।
इन्टरनेट को सुविधा प्रायः सबै बजारहरु, सदरमुकाम र महकुमाहरुमा उपलब्ध छ र हालमा धेरै बजार र सडक छेउका गाउँहरु ब्रॉडबैंड (Broad Band) सम्पर्क उपलब्ध भइरहेकोछ तथा ग्रामीण क्षेत्रहरुमा पनि इन्टरनेट सुविधा उपलब्ध छ। डिस ऐन्टिना (Dish antennae) द्वारा धेरै जसो घरहरुमा सेटलाईट टेलिभिजन सेवा (satellite television channels) उपलब्ध छ । भारतबाट प्रसारित च्यानलको अतिरिक्त नेपाली भाषाको च्यानल पनि प्रसारित गरिन्छ। सिक्किम केबल, डिश टी० वी०, दूरदर्शन तथा नयुमा (Nayuma) ले टेलिभिजन प्रसारणमा सहयोग ।
स्थानीय मोबाईल टेलीफोन सेवा प्रदायक(cellular phone service provider) को राम्रो सुविधा उपलब्ध छ, जसमा भा०सं०नि०लि०, रिलायन्स, इन्फ़ोकॉम तथा एयरटेल राज्य-ब्यापी छ । राष्ट्रिय अखिल भारतीय आकाशवाणी राज्यको सरकारी रेडियो सेवा हो।[२४] यसका अतिरिक्त २००९ देखि दुइवटा एफ्. एम् रेडियो सेवा पनि सुरु भएका छन्।
[परिवर्तन्] शिक्षा
साक्षरता प्रतिशत दर ६९.६८% छ, यसमा लिङ्गीय दृटिकोणबाट हेर्दा पुरुषमा ७६.७३ प्रतिशरत तथा महिलामा ६१.४६ प्रतिशत छन। सरकारी विद्यालयहरुको संख्या १५४५ छ तथा १८ निजी विद्यालयहरु पनि छन्, जो मुख्य नगरहरुमा छन् ।[११] उच्च शिक्षाको लागि सिक्किममा लगभग १२ कलेज तथा अन्य विद्यालय छन। राज्यमा सन् २००७मा केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयको स्थापना भएको छ जो भारतका प्रमुख विश्वविद्यालयको रुपमा स्थापित छ। यसका अतिरिक्त सिक्किम मणिपाल विश्वविद्यालय नामको निजी विश्वविद्यालय पनि छ, यसले ईन्जिनियरिङ, चिकित्सा तथा व्यबस्थापनको क्षेत्रमामा उच्च शिक्षा प्रदान गर्दछ। राज्यद्वारा-संचालित बहुशिल्प, उच्च प्राबिधिक प्रशिक्षण केन्द्र (Advanced Technical Training Centre) तथा कम्प्यूटर तथा संचार प्राविधिक केन्द्र (Centre for Computers and Communication Technology) आदि ईन्जिनियरिङको शाखाहरुमा पाठ्यक्रम चलाउँदछ । ATTC बोरदांग, सिंगताम तथा CCCT चिसोपानि(chisopani?), नाम्ची मा छ । पहिला धेरै जसो विद्यार्थी उच्च शिक्षाको लागि सिलगुढी अथवा कोलकाता जाने गर्थे भने अब सिक्किममा नैं उच्च शिक्षाको उचित व्यवस्था छ।