Saturday, March 12, 2011

जापानमा महाभूकम्प


टोकियो (एजेन्सीहरू), फाल्गुन २८ - जापानमा शुक्रबार शताब्दीकै शक्तिशाली भूकम्प गएको छ । भूकम्प र त्यसका कारणलगत्तै आएको सुनामीबाट कम्तीमा ३ सयको मृत्यु भएको छ । स्थानीय समयअनुसार दिउँसो पौने ३ बजे राजधानी टोकियोबाट ३ सय ७३ किलोमिटर उत्तरपूर्वी भागमा केन्द्रविन्दु भएको ८ दशमलव ९ रेक्टर स्केलको भुइँचालो गएको हो ।

शक्तिशाली समुद्री छाल जापानको मियागी र फुकुसिमा क्षेत्रमा पसेको छ । त्यस क्षेत्रका दर्जनौं तटवर्ती बस्ती ध्वस्त भएका छन् । जापानी समाचार संस्था क्योदोका अनुसार १० मिटर अग्लो छालले मियागीस्थित सेन्डाई सहर छोपेको थियो । पानीको छालबाट बँच्न मोटरहरू बेसरी कुदिरहेको दृश्य टेलिभिजनले देखाएका थिए । टोकियो प्रहरीका अनुसार एउटा विदेशी यात्रुबाहक रेल हराइरहेको छ । त्यसमा कति यात्रु थिए भन्ने खुलेको छैन । एक सय यात्रु बोकेको अर्को जहाज छालले बगाएको पनि प्रहरीले जनाएको छ ।

फुकुसिमा आणविक ऊर्जा केन्द्रको चिस्यान प्रणाली भूकम्पका कारण बन्द भएपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । मानिसलाई अन्तै सार्न थालिएको छ । भूकम्पको सबै क्षति यकिन हुन सकेको छैन् । सडकहरू पूरै भत्किएका छन् । टोकियोमा एक शैक्षिक समारोह भइरहेको भवनको छत खस्दा २० मानिस घाइते भएका छन् ।

भूकम्पका कारण समुद्री छाल उर्लिएर आउन थालेको छ । छालले धानखेत बगाएको छ भने सहरहरू पूरै डुबाएको छ । उर्लिएको समुद्रले घरैसमेत उप्काएर सडकमा ल्याइदिएको छ । भूकम्पका कारण ८० भन्दा बढी ठाउँमा आगलागी पनि भएको छ । धक्काले मोटर र कारलाई खेलौनाजत्तिकैहुर्‍याइदिएको थियो ।

जापानी प्रधानमन्त्री नाओटो कानका अनुसार प्रभावित क्षेत्रहरूमा आपतकालीन उद्धार सुरु भएको छ । रेडियो विकिरण ऊर्जा केद्रमा कुनै क्षति नपुगेको र ऊर्जा विकिरण नचुहिएको प्रधानमन्त्रीले बताएका

छन् । भूकम्पको केन्द्र नजिकैका ४ आणविक केन्द्र सुरक्षापूर्वक बन्द गरिएका छन् । तर फुकुसिमा आणविक ऊर्जा केन्द्रछेउका २ हजार परिवारलाई अन्यत्र जान भनिएको छ । लगातार जमिन हल्लिन थालेपछि आत्तिएका जापानी सडकमा निस्किएका थिए । कार्यालय र विद्यालयहरू तत्काल बन्द गरिएका थिए । बच्चाहरू बाटोमा रोइरहेका देखिन्थे ।

भुइँचालोले पुलमाथि गुडिरहेका कार हावाले पत्कर उडाएजस्तै उडाएर नदीमा खसालिदिएको थियो । पानीमा कागजको डुंगा तैरिएजस्तो थुप्रै कार र जिपहरू तैरिँदै बगेका थिए ।

भूकम्पमा भत्किएका भग्नावशेष हावामा ज्वालामुखीको लाभाजस्तै उडेका थिए । यसरी हावामा भग्नावशेषले डुंगा, घर र होर्डिङबोर्डलाई धक्का दिएका थिए । टोकियो र आसपासका सहरका ४० लाखभन्दा बढी घर बिजुली, पानी र टेलिफोन अवरुद्ध भएका छन् । टोकियो नजिकको तेल कारखानामा लागेको आगो निभाउन हम्मे परेको थियो । भूकम्प गएको घन्टौंपछिसम्म पनि सानातिना कम्पनहरू भइरहेका थिए । तीन घन्टाको बीचमा कम्तीमा ३० धक्का गए । सबभन्दा ठूलो धक्का ७ दशमलव १ रेक्टर स्केलको थियो ।

अघिल्लो बिहीबार पनि जापानकै होंसु टापुमा ६ दशमलव ३ रेक्टर स्केलको भुइँचालो गएको थियो । बिहीबार त्यही क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भुइँचालो गएको थियो । अहिलेसम्मको अभिलेखअनुसार चिलीमा सन् १९६० को मे २२ मा गएको भुइँचालो हालसम्मकै सबैभन्दा ठूलो हो । त्यो ९ दशमलव ५ रेक्टर स्केलको थियो । जापानमा शुक्रबार गएको भुइँचालो सन् १९०० पछिको सबभन्दा शक्तिशाली हो ।

जापानमा पटक-पटक भूकम्प जाने गरेपछि शुक्रबारको भूकम्पले सबैलाई स्तब्ध पारेको छ ।

'यो भुइँचालो अनुमानै गर्न नसकिने गरी आयो र धेरैबेर धेरै पटक दोहोरियो,' टोकियोका एक बासिन्दाले भने, 'मेरी पत्नी भुइँचालो जाँदा अहिलेसम्म डराएकी थिइनँ, तर आज आत्तिँदै झ्याल ढोका खोलिन् र घरै भत्किन लाग्यो भने भाग्नुपर्छ पनि भनिन् ।'

भुइँचालोपछि घरबाहिर निस्केका टोकियोवासी अझै भित्र पसेका छैनन् ।

'सुरुमा त मलाई डर लागेन तर पछि भुइँचालो गएकोगयै गर्न थाल्यो,' मध्य टोकियोका अमेरिकी नागरिक मिचेल रोबर्टसले भने, 'पछि त साँच्चै डर लाग्यो, म बस्ने तेस्रो तलामा भएका सबै सरसामान छरिबरि भयो, धन्न हामीलाई केही भएन ।' अमेरिकी राष्ट्रिय मौसम केन्द्रले भूकम्पका कारण कम्तीमा ५० देशमा सुनामी आउन सक्ने जनाएको छ । सुनामीले प्रशान्त सागरमा चाहिँ भीषण छाल उर्लिन थालेको छ ।

फिलिपिन्समा शनिबार बिहानै सुनामी पुग्ने अनुमान छ । त्यहाँको सरकारले तटवर्ती क्षेत्रका बासिन्दालाई अन्तै सर्न भनिसकेको छ । फिलिपिन्सजस्तै ५० देश र आसपासका क्षेत्रमा सुनामीको खतरा छ । रुसदेखि इन्डोनेसियासम्मै सुनामीको असर पर्ने मौसमविद्हरूले बताएका छन् । मध्य अमेरिकी मुलुक ग्वाटेमाला, एल सालभाडोर र कोस्टारिका साथै अमेरिकाको हवाई राज्यमा आपतकालीन साइरन बजाइएको छ ।

अमेरिका र क्यानडाको तटवर्ती इलाकामा पनि यस्तै साइरन बजाइँदैछ ।

केही मौसमविद्ले त प्रशान्त क्षेत्रका टापुका टापु नै सुनामीले उडाइदिन सक्ने चिन्तासमेत व्यक्त गरेका छन् । जापानमा प्रभावित क्षेत्रका मानिससमक्ष पुग्न मानवीय सहयोग निकायहरू उद्धारकर्तासँग सहकार्य गरिरहेका छन् ।

'यस्तो भुइँचालोले जापानजस्तो देशमा त यतिका क्षति पुर्‍याउन सक्छ भने फिलिपिन्स र इन्डोनेसियाजस्तो देशमा गयो भने के होला भन्ने हाम्रो चिन्ता छ,' राहत कार्यमा लागेको अन्तर्राष्ट्रिय संस्था वल्र्ड भिजनका प्रवक्ता राचेल वल्फले भनिन् । उनका अनुसार वल्र्ड भिजनले जापानका भूकम्प पीडितलाई सहयोग गरिरहेको छ भने सुनामी आउने ठानिएका देशहरूमा पनि उद्धार टोली जुटाउन थालेको छ ।

सुनामी भनेको शृंखलाबद्ध सामुदि्रक आँधी हो, जो कम्तीमा ५ देखि १५ मिनेटसम्म रहन्छ । यसले तटवर्ती इलाकामा ठूलो बाढी ल्याउँछ ।

दुबईको बुर्ज खलिफाको तस्बिर तथ्यहरु...यसले विश्वमा मानब निर्मित संरचनाका धेरै रेकर्ड राख्न सफल भएको छ | बुर्ज खलिफाका केहि विश्व रेकर्ड निम्नअनुसार छन



दुबईको बुर्ज खलिफा र यसका रेकर्ड

दुबईको बुर्ज खलिफाका ढोकाहरु आधिकारिक रुपमा सन् २०१० जनवरी ४ मा खोलिएका थिए | प्रारम्भमा बुर्ज दुबईको नाम दिएपनि पछि दुबईका वर्तमान शासक सेख खलिफाको सम्मानमा यसको नाम बुर्ज खलिफा राखियो | निर्माणकार्यको ६ वर्षपछी यो संचालनमा आएको हो | यसको निर्माणकार्यको समाप्ति र संचालनसंगै यसले विश्वमा मानब निर्मित संरचनाका धेरै रेकर्ड राख्न सफल भएको छ | बुर्ज खलिफाका केहि विश्व रेकर्ड निम्नअनुसार छन् |
- यसको निर्माणमा 4.1 अरब डलर लगानी गरिएको थियो |
- हालसम्मकै अग्लो गगनचुम्बी टावर ८२८ मि (२७१७ फुट) यसअघिको रेकोर्ड १०१ तल्लाको ताइपेई ५०९.२ मि (१६७१ फुट) थियो |
- हालसम्मकै अग्लो संरचना ८२८ मि यस अघि वारसा रेडियोको टावर ६४६.३८ मि |
- हालसम्मकै अग्लो मुक्तरुपमा खडा गरिएको संरचना (एक्लै उविएको)
- हालसम्मकै सबैभन्दा बढी १६० तल्ला भएको भवन यसघि वोर्ल्ड ट्रेड सेन्टरका १ र २ भवन जसका ११० तल्लाहरु थिए |
- विश्व कै सबैभन्दा अग्लो लिफ्टको स्थापना गरिएको |
- विश्वको सबैभन्दा द्रुत गतिको ६४ कि.मि. प्रतिघन्टाको स्पीड भएको लिफ्ट जडान गरिएको |
- हालसम्म विश्वको सबैभन्दा अग्लो कंक्रेट पम्पको ( एउटा भवनको लागि ६०६ मि, १९८८ फुट ) प्रयोग गरिएको |
-हालसम्म विश्वको सबैभन्दा अग्लो मानब निर्मित आवाससुबिधा सहितको इमारत |
- हालसम्म विश्वको सबैभन्दा धेरै बाहिरी दृश्य हेर्ने आउटडोर् डेक भएको इमारत |
- हालसम्म विश्वको सबैभन्दा अग्लो स्थानमा मानब निर्मित मस्जिद १५८ औं तल्लामा |
- हालसम्म विश्वको सबैभन्दा लामो दुरीको लिफ्ट जडान गरिएको टावर |
- हालसम्म विश्वको सबैभन्दा अग्लो स्थानमा लिफ्ट सेवा भएको टावर |
- हालसम्म विश्वको सबैभन्दा उचाईमा अलुमुनियम र शिसाको प्रयोग गरिएको टावर (५१२ मि. १६०८ फुट सम्म ) |


निर्माणकार्यका केहि विवरणहरु :-
खुदाई जनवरी २००४ मा शुरू, माटो जम्मा गर्ने कार्य फरवरी २००४ मा शुरू
superstructur मार्च २००५ मा शुरू गरिएको थियो |
५० तल्ला सम्मको संरचना २००६
१०० तल्ला सम्मको संरचना जनवरी २००७
११० तल्लासम्मको संरचना मार्च २००७
१२० तल्लासम्मको संरचना अप्रैल २००७
१३० तल्लासम्मको संरचना मई २००७
१४१ तल्लाको लेवल (दुनियाको सबैभन्दा अग्लो भवन ) जुलाई २००७
१५० तल्लाको लेवल (दुनियाको सबैभन्दा अग्लो मुक्तरुपमा खडा संरचना) सितम्बर २००७
१६० तल्लाको लेवल (दुनियाको सबैभन्दा ठुलो र अग्लो मानब निर्मित संरचना ) अप्रैल, २००८
टावरको संरचनाको निर्माण तथा बाहिरी काम समाप्त २००९ जनवरी
बाहरी cladding २००९ सितम्बरमा पूरा
टॉवरको उद्दघाटन ४ जनवरी २०१० मा भएको थियो |