Saturday, August 21, 2010

भतावुङगे राजाको लथालिङगे दरवार (विजयपुर दरवार)

यो शिर्षक गैह्र लिम्वु इतिहासकारहरुले राखेका हुन् । विजयपुर दरवार लिम्वुराजाको दरवार भनेर लेख्न सकेका छैनन् । यसलाई अति पूर्वाग्रहपूर्व कार्य मान्न सकिन्छ । यो दरवारको वारेमा नेपालका कमैलाई मात्र थाहा होला अधिकांश यसको वारेमा अनविज्ञ छन् । तसर्थ यसवारे केही चर्चा गर्न आवश्यक ठानी यो लेख तयार पारिएको हो ।
शिर्षकले पनि केही अर्थ्याउछ कि राजा पनि भतावुङगे दरवार पनि लथालिङगे भनेर । यो स्थिती ल्याईपुर्याउने नेपाल सरकारनै हो । केन्द्रीकृत सरकारनै हो । किनकी यो दरवारको संरक्षणमा सरकारको ध्यान नगएकै हो । कारण राजा लिम्वु भएकोले हो । राजा भन्नाले शाहा मात्र हुन् र अरु राजाको जानकारी गराउनु हुदैन लिम्वुहरुलाई पनि राजा थिए भन्दा उनीहरु पनि राजा हुने हैसियत राख्दछन् ,लिम्वुवानको माग गर्छन भनेर केन्द्रीयवादी शासकहरुले यसलाई सांगुरो दायराभित्र राखे । यो कुराले पनि विजयपुर धेरै हदसम्म विलुप्त भएर रहयो । तर लिम्वुहरुले संकलन गरेको तथा मौखिक इतिहासको आधारमा अहिले विजयपुर दरवार र राजाको वारेमा व्यापक उल्लेख भईरहेको छ ।
यो ठाउ कहा पर्छ भन्ने सवालमा जाऔं । यो प्रख्यात शहर धरानमा पर्दछ । धरान शहर मैदानमा पर्दछ । यो चुरे पहाडको फेदवाट मैदान फैलिएर जान्छ । त्यही ठाउमा सिरानी जस्तो एउटा सानो लमतन्न परेको डांडा छ । त्यो डाडा क्षेत्रलाई विजयपुर भनिन्छ । यो डाडाको शुरुतिर पिण्डेश्वर मन्दिर तथा संस्कृत क्याम्पस पर्दछ । त्यसको छेउवाट सेवती खोला वग्दछ । केही मास्तिर दन्तकाली मन्दिर क्षेत्र पर्दछ । त्यसमास्तिर वुढासुव्वा मन्दिर छ । यहा टुप्पा नभएको वाँस पाईन्छ । त्यसमाथि पन्चकन्या मन्दिर छ । त्यसको छेवैमा विजयपुर दरवारको भग्नावशेस छ । यो नै भतावुङगे राजाको लथालिङगे दरवार हो । त्यसपछि भेडेटारतिरको पहाड आईपुग्छ । तर भेडेटारतिरको अग्लो पहाड र यो दरवारक्षेत्रको थुम्को जोडिदैन त्यहा विचमा घाटी रएको छ । यो दरवार अति सुन्दर ठाउमा अवस्थित छ । यहा सालको रुखहरु छन् । पुराना ठूला आकारका र्इटाहरुको गारो देखिन्छ । पहिले पहिले यो दरवारको कुनै संरक्षण थिएन । लथालिङग थियो । पछिल्लो अवधिमा फलामे तारले वारवेर गरिएको छ । खोई किन हो यो दरवारलाई धरान नगरपालिकाले पनि सौताको व्यवहार गरिरहेकोछ । यतापट्टी ध्यान पुरयाउन सकेको छैन ।
यो दरवार कस्तो थियो कसैले भन्न सकेका छैनन् । यद्धपी यही दरवारमा वि.सं. १८३१ मा लिम्वु मन्त्रीहरु सुन राय, कुम राय, सृजङ राय लिम्वुहरु र गोर्खाहरुसंग नुनपानीको सम्झौता भै गोर्खाले लालमोहर प्रस्तुत गरेको थियो । त्यो वेलाको राजा वुद्धिकर्ण खेवा लिम्वु थिए । उहालाई वुद्धिकर्ण राय पनि भनिन्थ्यो । उनी सहयोग जुटाउन तिव्वत गएका वेलामा सम्झौता गर्न वाध्य भएकोले गरिएको थियो । उनलाई केही वर्षपछि गोर्खाहरुले हत्या गरे । यो विजयपुरमा यीनै वुद्धिकर्णले अन्तिम समयतिर राज्य गरेका थिए । यो विजयपुर राजधानी हो । यो देशको नाम मोरङपनि भनिन्थ्यो । यसको सिमाना उत्तरमा भेडेटार,दक्षिणमा जलालगढ,पूर्वमा टिस्टा र पश्चिम चतरा सप्तकोशी थियो । विजयपुर लिम्वुवानको केन्द्रीय राज्यको रुपमा रहेको थियो । अन्य थुमहरु स्वायत्त राज्यको रुपमा रहेका थिए । वुद्धिकर्णलाई अमानवीय तरिकाले पीटेर गोर्खाहरुले हत्या गरेका थिए । उनको स्वास जान चार पांच दिन लागेको थियो । उनको समाधी उनलाई हत्या गरेको ठाउमा गरिएको थियो । गोर्खाको शत्तिको वावजुद लिम्वुहरुले शुरुमा उनको सम्झना गर्न मात्र थाले । हुदाहुदै उनी भगवानको रुपमा स्थापित भए । उनलाई विजयपुरका वुढा सुव्वा भनिन्छ । उनको नाममा पुजा गर्दा फल प्राप्त हुने आम विश्वास छ । उनी धरानका सवैभन्दा वढी पुजिने भगवान हुन् ।
यो विजयपुर क्षेत्रमा पहिला साङलाईङ वंशी लिम्वुले राज्य गर्दथे । यो वंशले हिन्दूमत लिएकोले एउटा प्रख्यात राजाले विजयनारायण नाम राखेका थिए । उनैको नामवाट त्यो क्षेत्रको राज्यको नाम विजयपुर रहन गएको हो । त्यसपछि त्यहा सेनवंशीहरुले पनि राज्य गरे । वुद्धिकर्णको पूर्खा लगायत वुद्धिकर्णले पनि राज्य गरे । त्यस्तै अथिङहाङ लिम्वु भन्ने मावोहाङ वंशीले पनि राज्य गरे । यद्धपी वि.सं.१८३१ तिर वुद्धिकर्ण राजा थिए । वुद्धिकर्ण छथरका खेवावंशी लिम्वु हुन् ।
यसरी लिम्वु राजा हुनु र उनको दरवार हुनु नै यसको गतिमति लथालिङग हुनु रहेको स्पस्ट छ । पहिले पहिले वुढासुव्वाको महिमा त्यति हुदैनथ्यो । तर समय क्रममा धरानमा लाहुरे वसोवास भयो । लिम्वुहरुको घनत्व वढयो । तव वुढा सुव्वाको महिमा वढेर गएको हो । यसरी मृतक वुढा सुव्वाको महिमा वढोत्तरी भएको अवस्थामा उहाको दरवारमा कसैको आंखा परेको छैन । त्यसैले यतापट्टी पनि सवैको ध्यान जान आवश्यक छ । यो दरवार भनेको धरानको सम्पत्ति हो । लिम्वुवानको सम्पत्ति हो । नेपालको सम्पत्ति हो । त्यसैले यसको सम्रक्षण र संवर्द्धन गरिनु पर्दछ । वुद्धिकर्णको मुर्ति त्यहा वनाईनुपर्छ, दरवार क्षेत्रमा पर्खाल लगाईनुपर्छ, स्मारिका वनाईनुपर्छ त्यसो भएको यसको आफ्नै महत्व रहन्थ्यो । र्सवप्रथम स्थानीय लिम्वुहरु सक्रीय हुनुपरयो, धरान नगरपालिका पनि । अनी सरकारलाई पनि दवाव दिनुपर्यो । धरानवासीहरुले पनि ध्यान केन्द्रीत गर्नुपर्यो । घण्टा घर वनाउन सक्ने हङकङवासी धरानेहरुले पनि त्यो क्षेत्रको विकास गर्न सक्दछन् । त्यस्तै लिम्वुवान स्वायत्त स्थापना गर्न चाहनेहरुले पनि यो दरवारको संरक्षण र संवर्द्धनमा ध्यान दिनुपर्ने देखिन्छ । कामना गरौं यो कार्य चाडै हुनेछ । सेवारो ।

दस वर्षपछि

राजन Mukarung
दस वर्ष-अघि

अन्तिम पल्ट ढोगेथेँ यो आँपको रुखलाई ।

मेरो डाइले भन्नुहुन्थ्यो-

यो उम्रेकै साल

म पनि जन्मेको अरे !

यही आँपको रुखमुनि म

केही क्षणसुस्ताउथेँ

शितल ताप्थेँ

र परपरसम्म हेर्थेँ

यो फराकिलो मैदान

यी खेतका गराहरू

सोच्थेँ-

कुनै दिन

मेरो पनि हुनेछ यस्तै मैदान र खेतका गराहरू ।

जोत्त्न थालेको पचास वर्षपछि

मैले अन्तिम पल्ट हेरेथेँ

मेरै पसिनाले हिलाम्य पारेका गराहरू

रोप्नलाई ठिक्क पारेका लहलहाउँदा बिऊहरू

मनभारी भएथ्यो

तप्पतप्प खसेका थिए आँसु

किनभने-

म मुक्त भएको थिएँ त्यसदिन ।

झुम्कीले यहीँनेर एक मजेत्रो पसिना पुछिथी

गुढ्वाले यहीँनेर जोडजोडले नारा लाएथ्यो

मेरीउ सले यहीँनेर उभिएर सोधिथी-

मुक्ति भनेको के हो गुढ्वकबाबा ?

पचास वर्षसम्म जोतेको खेत

खनेको बाँझो

यसैलाई जीवन ठानेको थिएँ मैले

भनेथेँ-

झुम्किकडाइ !

आजदेखि यो खेत हामीले कमाउनुपर्दैन रे !

यही होला मुक्ति ।

मेरी ऊ त्यसबेलै झस्केकी थिई

सोधिथी-

अनि कल्ले दिन्छ जोत्त्ना ?

मलाई सरकारसित विश्वास थियो

उसैले दिन्छ भनेथेँ ।

पाँच वर्षपहिले

रातो परिचय-पत्रको लागि

धर्ना बस्न काठमाण्डू गा'को मेरो गुढ्वा

जन्डिसले थलिएर उतै मर्यो

कम्लरी बस्न उतै ग'की मेरी झुम्की

परार माघीको अघिल्लो रात

'आउन नपाउने भएँ' भन्दै फोनमै खूब रोइथी

त्यसै रात उसले आत्महत्या गरिछे

बालुवा बटुल्थी झुम्किकडाइ

तिनाउ-नदीमा बगी पोहोरको बर्खा ।

दसवर्षपछि

आज २०६७ साल साउन २ गते

सत्तरी वर्ष पुगेको म चुन्नीलाल डगौरा थारू

ममुक्त कमैया

यही आँपको रुखमुनि उभिएको छु

सोचिरहेछु-

यो आँपको रुखसँगै म किन जन्मेँ ?

यहाँप्रयोग गरिएका थारू भाषा का शब्दहरूको अर्थ-

डाइ- आमा

झुम्की- थारू युवतीको नाम

गुढ्वा- थारू युवकको नाम

गुढ्वकबाबा- गुढ्वाको बाबा

झुम्किकडाइ- झुम्कीको आमा

जोत्त्ना- जोत्त्नुको लागि ।



Saturday, August 14, 2010

लोक सेवा आयोग-



कार्यालय भवन

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ - (तदनुसार १५ जुन १९५१ इ.स‌‌.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको अन्तरिम संविधान २०६३ को भाग १३ मा लोक सेवा आयोग सम्बन्धि व्यवस्था गरिएको छ ।



गठन

नेपालको अन्तरिम संविधानको धारा १२५ अनुसार नेपालमा एक लोक सेवा आयोग हुनेछ जसमा अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरु रहनेछन् । अध्यक्ष र सदस्यहरुको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुनेछ । अध्यक्ष र सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले पदबाट हटाउन सकिनेछ ।

काम, कर्तव्य र अधिकार

नेपालको अन्तरिम संविधान २०६३ को धारा १२६ अनुसार लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार निम्नानुसार रहेका छन् :-

( १) निजामती सेवाको पदमा नियुक्तिको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुनेछ ।
स्पष्टीकरणः यस धाराको प्रयोजनको लागि सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनी ऐनद्वारा तोकिएको अन्य सेवा वा पद बाहेक नेपाल सरकारका अरु सबै सेवा वा पदलाई निजामती सेवा वा पद मानिनेछ ।
( २) निजामती सेवाको निवृत्तिभरण पाउने पदमा लोक सेवा आयोगको परामर्श बिना स्थायी नियुक्ति गरिने छैन ।
( ३) देहायका विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछः-

( क ) निजामती सेवाको शर्त सम्बन्धी कानूनको विषयमा,
( ख) निजामती सेवा वा पदमा नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा,
( ग) निजामती पदमा छ महिनाभन्दा बढी समयको लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
( घ) कुनै एक प्रकारको निजामती सेवाको पदबाट अर्को प्रकारको निजामती सेवाको पदमा वा अन्य सरकारी सेवाबाट निजामती सेवामा सरुवा वा बढुवा गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
( ङ) लोक सेवा आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीलाई लोक सेवा आयोगको परामर्श लिनु पर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा, र
( च) कुनै पनि निजामतीकर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।

( ४) उपधारा ( ३) मा जुनसुकै कुरा लेखिएको भए तापनि धारा ११४ बमोजिम न्याय सेवा आयोगको अधिकारक्षेत्रभित्र पर्ने विषयमा सोही बमोजिम हुनेछ ।
( ५) सैनिक सेवा, सशस्त्र प्रहरी सेवा वा प्रहरी सेवा वा अन्य सरकारी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ ।
( ६) कुनै र्सार्वजनिक संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्बन्धी प्रचलित कानून र त्यस्तो सेवाका पदको नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगसँग त्यस्तो संस्थाले परामर्श लिन चाहेमा लोक सेवा आयोगले परामर्श दिन सक्नेछ ।
स्पष्टीकरणः यस धाराको प्रयोजनका लागि " र्सार्वजनिक संस्था" भन्नाले पचास प्रतिशत वा सोभन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संगठित संस्थालाई जनाउनेछ ।
( ७) लोक सेवा आयोगले आफ्नो काम, कर्तव्य र अधिकार मध्ये कुनै काम, कर्तव्य र अधिकार आफ्नो कुनै सदस्य वा सदस्यहरूको समिति वा नेपाल सरकारको कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी सुम्पन सक्नेछ ।
( ८) यस संविधानको अधीनमा रही लोक सेवा आयोगको अन्य काम, कर्तव्य र कार्यविधि कानूनद्वारा निर्धारण भए बमोजिम हुनेछ ।
( ९ ) प्रत्येक वर्षलोक सेवा आयोगले आफूले गरेको कामको प्रतिवेदन प्रधानमन्त्रि समक्ष पेश गर्नेछ र प्रधानमन्त्रिले त्यस्तो प्रतिवेदन व्यवस्थापिका-संसद समक्ष पेश गर्ने व्यवस्था गर्ने छ । उक्त प्रतिवेदनमा अन्य कुराको अतिरिक्त लोक सेवा आयोगले वर्ष भरिमा उम्मेदवार छनौट गर्न लिएको परीक्षाको विवरण , सो परीक्षामा उत्तीर्ण परीक्षार्थी सम्बन्धी विवरण, विभिन्न निकायलाई परामर्श दिएको विवरण, निजामती कर्मचारीलाई विभागीय कारबाही र सजाय गर्दा दिएको परामर्शको विवरण र परामर्श बमोजिमको काम भए नभएको विवरण, कुनै सरकारी सेवाको पदको नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको बारेमा परामर्श दिएको भए सोको विवरण र भविष्यमा निजामती सेवाको सुधारको विवरण समेत उल्लेख गर्नु पर्नेछ ।



छनौटको प्रक्रिया

लोक सेवा आयोग कार्यविधि ऐन, २०४८ अनुसार आयोगले देहायको कुनै एक वा एकभन्दा बढी तरीकाद्बारा उपयुक्त उम्मेदवार छनौट गर्नेछ ः
क) खुला प्रतियोगितात्मक लिखित परीक्षा,
ख) खुला प्रतियोगितात्मक प्रयोगात्मक परीक्षा,
ग) छनौट,
घ) अन्तर्वार्ता र
ङ) आयोगले तोकेका अन्य तरीकाहरु ।

उम्मेदवार छनौट प्रक्रियाको लागि आयोगले बार्षिक कार्यतालिका तयार गर्दछ । जसमा विभिन्न चरणमा हुने छनौट प्रकृयाहरुको बिवरण समेत उल्लेख हुन्छ ।

सम्बन्धित निकायवाट रिक्त पद पूर्ति गर्न माग प्राप्त भए पछि लोक सेवा अयोगले सम्वन्धित ऐन नियम अनुसार पद पूर्तिको लागि संख्या निर्धारण गर्ने गरिन्छ । यसरी पदसंख्या निर्धारण भैसकेपछि आयोगको साप्ताहिक रुपमा प्रत्येक बुधवार प्रकाशित हुने बुलेटिन र गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्ने गर्दछ । विज्ञापन गर्दा ३० दिन र दोव्वर दस्तुरी तिरी थप ७ दिनको म्याद दिई दरखास्त आव्हान गरिन्छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन प्रकाशित भैसकेपछि आयोगको केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय र अंचल कार्यालयहरुमा विज्ञापित पदको दरखास्त लिइन्छ । यसरी विज्ञापित पदका लागि प्राप्त भएका दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा समेल हुन पाउने प्रवेश पत्र जारी गरीन्छ ।

छनौट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्नको लागि आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता संचालन तथा लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न पदाधिकारीलाई एक अर्काको काम कारवाहीका बिषय थाहा पाउन नसक्ने प्रणाली अवलम्वन गरी तटस्थ राख्ने नीति अख्तियार गरेको छ ।

उक्त कार्यहरु सम्पादन गर्ने क्रममा सम्वन्धित सेवा समूह र पदको परीक्षा संचालनको लागि आवश्यक पर्ने प्रश्नपत्रहरु निर्माण गर्न सम्वन्धित विषयका दक्षलाई पठाइने र गोप्य शीलवन्दी रुपमा प्रश्नपत्रको सेट प्राप्त हुने, उक्त कच्चा प्रश्नपत्रका सेटहरु मध्ये पुनः सोही बिषयका अर्को दक्षलाई वोलाई कम्तीमा ५ सेट तयारी प्रश्नपत्र निर्माण गरी प्रत्येक सेटलाई छुट्टै संकेत नम्वर दिई राखिने र परीक्षा संचालनको समयमा उक्त सेटहरुमध्ये आयोगका सम्माननीय अध्यक्षवाट संकेत नम्वरका आधारमा छनौट भएको प्रश्नपत्रको सेट प्रयोगमा ल्याइन्छ ।

लिखित परीक्षा संचालन पछि प्राप्त भएका समपूर्ण उत्तरपुस्तिकाहरुमा परीक्षा संचालन शाखाले प्रथम कोड राख्ने र दोश्रो कोड राख्नका लागि अन्य कुनै शाखाका पदाधिकारीलाई जिम्मा दिने प्रचलन रहेबाट परीक्षामा उच्चतम गोप्यता कायम हुने गरेको छ । यसरी दोश्रो कोड पछि प्राप्त उत्तरपुस्तिकाहरु सम्माननीय अध्यक्षले तोकेका सम्वन्धित बिषयका दक्ष/विशेषज्ञहरुलाई परीक्षणको लागि पठाइन्छ । परीक्षण पछि प्राप्त भएका उत्तरपुस्तिकाहरुको प्राप्ताङ्क टेवुलेशन गरी कोडको आधारमा डिकोड गरी नतिजा प्रकाशन गरीन्छ । अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुलाई सम्वन्धित बिषयमा दक्ष समेतको संलग्नतामा अन्तर्वार्ता लिने र एकले दिएको अंक अर्कोले नदेख्ने गरी गोप्य रुपमा राखिने र उम्मेदवारको योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र खोलिन्छ । यसका साथै लिखित परीक्षामा उम्मेदवारले प्राप्त गरेको अंक अन्तर्वार्ता लिने क्रममा थाहा नहुने गरी योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र पठाइने गरिन्छ ।

लोक सेवा आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परिक्षण, अन्तर्वार्ता, मनोबैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका आयोगको कामका लागि सम्वन्धित शाखाले सम्वन्धित बिषयका आवश्यक संख्यामा दक्षहरुको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरुको सूची राख्दै आएको छ । आयोगले उनीहरुलाई गोप्यरुपवाट कुनै खास प्रकारको छनौट कार्यको लागि तोक्ने गर्दछ । आयोगले निश्चित पदहरु, जसमा उम्मेदवार बढी संलग्न हुन्छन् त्यसमा Screening Test को प्रक्रिया प्रारम्भ गरिसकेको छ । यसबाट प्रारम्भिक चरणको परीक्षामा उत्तीर्ण हुनेहरु मात्र मूल परीक्षामा संलग्न हुन पाउने व्यवस्था गरेको छ ।

खुला प्रतियोगितावाट उम्मेदवारको अन्तिम छनौट भएपछि नियुक्तिका लागि राजपत्रांकित पदको हकमा निजामती सेवाको पद भएमा सामान्य प्रशासन मन्त्रालय र छुट्टै ऐन नियम अन्तरगतका पद भएमा त्यस्तो सेवा संचालन गर्ने निकायमा सिफारिश गर्ने व्यवस्था रहेको छ भने राजपत्र अनंकित पदको हकमा र्सवप्रथम उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्नु पर्ने र एक भन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेकोमा माथिलो योग्यताक्रममा रहेकोलाई पहिले सिफारिश गर्नुपर्ने व्यवस्था रहेको छ । नियुक्तिका लागि सम्वन्धित निकायमा सिफारिश पत्र पठाउंदा सम्वन्धित उम्मेदवारको दरखास्त फाराम एक प्रति र सो साथ पेश भएका प्रमाणपत्रका प्रतिलिपिहरु समेत पठाउनु पर्ने व्यवस्था छ ।

संगठनात्मक स्थिती

हाल आयोगमा एक कार्य बाहक अध्यक्ष र तीन सदस्यहरु रहनु भएको छ । जसको नाम, पद र टेलिफोन नम्वर निम्नानुसार रहेको छ ः
१.

डा. कयो देवी यमी
फोन ४७७१५१२० (कार्यालय),
४६०१८४८ (निवास)

माननीय का बा अध्यक्ष
२.

प्रा.‌‌ कृष्णप्रसाद पोखरेल
फोन ४७७१४९५ (कार्यालय),
४७८३९२७ (निवास)

माननीय सदस्य
३.

श्री टीकादत्त निरौला
फोन ४७७१५२० (कार्यालय),
४४९०३८३ (निवास)

माननीय सदस्य
४. श्री राजेन्द्रप्रसाद शाह
फोन ४७७१५२२ (कार्यालय),
९८४२०३००५१ (निवास)
माननीय सदस्य

अध्यक्षद्बारा आयोगका बैठकहरुको अध्यक्षता गर्ने, सदस्यहरुलाई तोकिएका काममा समन्वय गर्ने र नीतिगत निर्देशनको कार्य हुन्छ । आयोगको कार्यकारी प्रमुखको रुपमा एउटा सचिव रहने व्यवस्था छ । जसले निम्न कार्य गर्ने गर्दछ ः

१) आयोगका निर्णयहरुलाई कार्यान्वयन गर्ने ।
२) प्रशासनिक तथा आर्थिक क्रियाकलापहरुलाई कानुन बमोजिम अनुगमन, समन्वय एवं नियन्त्रण गर्ने ।

आयोगको केन्द्रीय कार्यालय अन्तर्गत निम्न पांच महाशाखा रहेका छन् जस मार्फत आयोगका काम कारवाही सम्पादन हुने गर्दछ ः

१) परीक्षा महाशाखा
२) प्रश्नपत्र परिमार्जन एवं सिफारिश महाशाखा
३) प्रशासन तथा निरीक्षण महाशाखा
४) परीक्षण प्रविधि , पाठ्यक्रम तथा प्रकाशन महाशाखा
५) कानून महाशाखा

आयोगको केन्द्रीय कार्यालय काठमाण्डौंमा रहेको छ भने यसका पांच वटा क्षेत्रीय निर्देशनालयहरु र ९ वटा अञ्चल कार्यालयहरु रहेका छन । जुन निम्न बमोजिम रहेका छन् ः

क्षेत्रीय निर्देशनालयहरु ः
१) पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय,
देव्रेवास, धनकुटा । फोन ०२६-५२०१५१
२) मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय,
कमल पोखरी , काठमाडौं । फोन ०१-४७७१२१४
३) पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,
पार्दी, पोखरा, कास्की । फोन ०६१-५२०५०६
४) मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,
वीरेन्द्रनगर, सुर्खेत । फोन ०८३-५२१८०३
५) सूदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,
राजपुर, डोटी । फोन ०९४-४४०१४७

अञ्चल कार्यालयहरु ः
१) मेची अञ्चल कार्यालय, इलाम ।
फोन ०२७-५२००६२
२) सगरमाथा अञ्चल कार्यालय, दिक्तेल, खोटाङ्ग ।
फोन ०३६-४२०१७७
३) जनकपुर अञ्चल कार्यालय, जलेश्वर ।
फोन ०४४-५२०१४७
४) नारायणी अञ्चल कार्यालय, हेटौडा, मकवानपुर ।
फोन ०५७-५२०३०२
५) लुम्विनी अञ्चल कार्यालय, बुटवल, रुपन्देही ।
फोन ०७१-५४०२०७
६) धौलागिरी अञ्चल कार्यालय, वाग्लुङ्ग ।
फोन ०६८-५२०१४७
७) राप्ती अञ्चल कार्यालय, तुल्सीपुर, दाङ्ग ।
फोन ०८२-५२००१३
८) कर्णाली अञ्चल कार्यालय, जुम्ला ।
फोन ०८७- ५२०००८
९) महाकाली अञ्चल कार्यालय, महेन्द्रनगर ।
फोन ०९९- ५२१२०९

सचिव श्री केशव प्रसाद भट्टराई
फोन नं.४७७१५१३ अफिस

कर्मचारीको दरवन्दी
यस आयोग र अर्न्तर्गत हाल ३४७ कर्मचारी कार्यरत रहेका छन् ।
ठेगाना
लोक सेवा आयोग
केन्द्रीय कार्यालय,
अनामनगर , काठमाडौं, नेपाल
फोन न ४७७१४८८, ४७७१४८१, ४७७१४९४, ४७७१५२८ फ्याक्स ः ९७७१४७७१४९०
पोष्ट वक्स ः ८९७९ काठमाण्डौं, नेपाल
E-mail : info@psc.gov.np
website : www.psc.gov.np

Wednesday, August 11, 2010

आदिवासी जनजाति र विश्व आदिवासी जनजाति दिवशको सवाल

-इन्दिरा चोङबाङ

आफ्नै भाषा सस्कृति संस्कार र मौलिक पहिचान भएका जातिहरु नै आदिवासी जनजातिहरु हुन् । हुनत यिनिहरुको आर्थिक स्थिति सामाजिक परिवेश रहनसहन राजनितिक स्थिति आदिको सवालमा विभिन्न परिभाषाहरु भएता पनि अहिलेसम्म साझारुपमा बुँझिँदै आएको आदिवासी सम्बन्धी धाराणालाई यसरी नै परिभाषा गरिएको छ । प्रकृति पुजक आदिवासी जनजातिहरु अहिले विश्वमा नै सबैभन्दा उपेक्षित (Disadvanced) रहेको तथ्य आदिवासी सम्बन्धी मुद्दा हेर्ने निकाय UNPFII ले जनाएको छ । विश्वमा नै फरक संस्कार संस्कृति भाषा धर्म आदिका कारण विश्व सम्पदामै महत्वपूर्ण भुमिका खेलेको आदिवासीको ज्ञान र सीप अहिले केवल इतिहास मात्र बन्ने अवस्थामा छ ।
indira
आफ्नै मौलिक ज्ञान कला र सीपका धनी यिनीहरुको प्रमुख सम्पत्ति भनेकै यिनीहरुमा भएको ज्ञान सीप र कला हो तर मौखिकरुपमा मात्र सिमित हुनाले यिनीहरुको परम्परागत ज्ञान र सीप लोप हुने अवस्थामा पुगेको हो । विश्वमा आदिवासीहरुको संख्या ३७० मिलियन भन्दा बढी रहेको छ । विविधतामा आफ्नो छुटै पहिचान बोकेकॊ यिनीहरुले बोल्ने भाषामा पनि सोही समस्या देखिएको छ । संयुक्त राष्ट संघको आर्थिक सामाजिक र सास्कृतिक मामला हेर्ने विभाग (ECOSOC) का अनुसार अघिल्लो शताब्दिमा मात्र विश्वका आदिवासीले बोल्ने भाषाहरु मध्ये ६०० भाषा लोप भएको छ । यो लोप हुने दर प्रत्येक दुइ हप्तामा एक रहेको छ । त्यसैगरि विश्वभरिका आदिवासीले बोल्ने आदि भाषामध्ये ९० प्रतिशत भाषा यो शताब्दिको अन्त्य हुन अघि नै लोप हुने अवस्थामा छ । आदिवासी जनजातिहरुको भाषाको अस्तित्व लोपहुनमा पनि यिनीहरुको भाषा मौखिक रुपमा मात्र प्रयोग हुनुले नै प्रमुख भुमिका खेलेको छ । त्यसैगरी विकासोन्मख देशहरुमा विश्व व्यापकीकरण र उदारीकरणले पनि भाषा लोप हुनमा भुमिका खेलेको छ । त्यसैका कारण परम्परागत रुपमा बोलिने भाषा नयाँ सन्ततिहरुमा सर्ने क्रम अत्यन्त न्युन हुँदै आएको छ । यो क्रम विकसित मुलुकमा मात्र नभएर विकासोन्मुख देशहरुमा पनि उत्तिकै देखिएको छ । संयुक्त अधिराज्यको सवालमा केवल ११ प्रतिशत नयाँ सन्ततिहरुले मात्र परम्परागत रुपमा आफ्नो भाषा सिक्दै आएको तथ्याँकमा देखाउँछ तर व्यवहारिकरुपमा हेर्दा यो तथ्य पनि वास्तविकता भन्दा बढी नै देखिन्छ ।

संयुक्त राष्ट्र संघको आदिवासी जनजातिको अधिकार सम्बन्धी घोषणापत्र अनुसार आदिवासी जनजातिहरुलाई आफ्नो भाषा संस्कार र संस्कृतिको संरक्षण गर्ने जगेर्ना गर्ने नयाँ सन्ततिमा प्रशारण गर्ने तथा पुर्नजागरण गर्ने पूर्ण अधिकार छ । त्यसका साथसाथै आदिववासीहरुलाई आफ्नो परम्परागत जल जमिन तथा स्रोत र साधनमाथिको पूर्ण अधिकारको व्यवस्था छ । तर यो घोषणा पत्रमा उल्लेख भएका व्यवस्थाहरु राष्ट्रले आजसम्म कार्यान्वयन गर्न सकेका छैनन् । विश्वमा नै आदिवासीहरु आफ्नो भाषा संस्कृति र संस्कारको पूर्ण जगेर्ना गर्न र आफ्नो प्राकृतिक स्रोत साधन माथिको अधिकारबाट बिाचत भएका छन् । यसरी यिनीहरुको भाषा संस्कृति र परम्परागत ज्ञानको लोप हुनमा विभिन्न समयमा विभिन्न तत्वहरुले विशेष भुमिका खेलेको देखिन्छ ।

इतिहासको कालखण्डमा युरोपियनहरुले साम्राज्य विस्तार गर्ने क्रममा आदिवासीहरुलाई जबरजस्ती उनीहरुको जमिनबाट हटाउने उनीहरुमा भएको शक्ति हरण गर्ने कृतिम सिमानाहरु ब्ानाएर उनीहरुको समुहलाई अलग्याउने तथा उनीहरुको समुहलाई विभाजन गरेर अल्पसंख्यक बनाउने तथा उनीहरुले बोल्ने भाषा बोल्नबाट बिाचत बनाउने आदिजस्ता कृयाकलापबाट संसारकै आदिवासी जनजातिहरु प्रताडित हुन पुगेका छन् । विशेषगरि एसिया र अपि्रुकामा यसको प्रभाब बढी देखिएको छ । त्यसैगरि देश विकाशको नाममा यिनीहरुको प्राकृतिक स्रोत र साधनमाथि अतिक्रमण भएको छ । उदाहरणको लागि विकासको नाममा भएका बन जंगल फडानी पुल निर्माण सडक निर्माण हाइड्रो पावर निर्माण आदिजस्ता विभिन्न कि्रयाकलापमा यिनीहरुको प्राकृतिक स्रोत र साधन माथिको अधिकारलाई राज्यले बेवास्ता गरेको छ । भाषा र संस्कारको सन्दर्भमा शक्ति र शासनमा रहेका शासकहरुले यिनीहरुको आफ्नै भाषा अनिवार्य गर्ने तथा आदिवासीहरुलाई उनीहरुको भाषा बोल्नबाट बिाचत गराउनाले यिनीहरुको भाषा र संस्कार लोप हुने अवस्थामा पुगेको छ । नेपालको सन्दर्भमा जब १८३१ मा पृथ्बी नारायण शाहले नेपालको एकिकरण गरे त्यसपछि नै एक भाषा एक जाति एक देश आदिको नाराले त्यहाँका आदिबासीहरुको आफ्नो भाषा बोल्न पाउने सम्पूर्ण अधिकार हरण भएको थियो । त्यसैगरि कथित भुमि सुधारको नाममा यिनीहरुले आफुले भोगचलन गर्दै आएका प्राकृतिक स्रोत र साधन तथा जमिन माथिको यिनीहरुको अधिकार हरण भएको थियो ।

संसारभरिनै आदिवासीहरुलाई अहिलेका शासकहरुले शक्तिबाट हटाएर शासन आफ्नो हातमा लिएको हो । त्यसपश्चात नै यिनीहरु आफ्नो जमिन भाषा संस्कार संस्कृति र आफ्नो मानब अधिकारको लागि संघर्ष गर्दै आएका छन् । संयुक्त राष्ट्र संघमा समेत सन् १९७० सम्म आदिवासी जनजाति भनेर कुनैपनि निकाय थिएन अर्थात आदिवासीहरुलाई कुनैपनि सम्बोधन भएको थिएन । सन् १९८२ मा मात्र आदिवासी सम्बन्धी कार्य गर्ने ग्रुप वोर्किङ ग्रुप अफ इन्डिजिनस (WGIP) को स्थापना भयो सोही ग्रुप सन् २००० मा परमानेन्ट फोरम अफ इन्डिजिनियस (Permanenf Forum of Indigenous People Issues PFII ) को रुपमा रुपान्तरण भएको छ ।

संयुक्त राष्ट्रसंघको आदिवासी सम्बन्धी यिनीहरुको जल जमिन भाषा संस्कार र मानब अधिकारको संरक्षण गर्ने प्रतिबद्मालाई अझ बढी बृहत्तररुपमा बढाउने वा फैलाउने र आदिवासीले भोग्दै आएका समस्याहरु समाधानका लागि अन्तरराष्ट्रिय स्तरमा सम्पर्क र सम्बन्धको विस्तारको लागि संयुक्त राष्ट्र संघको महासभाले डिसेम्बर २३ १९९४ मा सन् १९९५ देखि सन् २००४ सम्मलाई पहिलो आदिवासी दशकको रुपमा मनाउने निर्णय गर् यो र हरेक वर्षको अगस्ट ९ तारिखका दिन The World Indigenouds day को रुपमा यसको उदेश्य राष्ट्रिय स्तरमा अनुगमन गर्न हरेक राज्यलाई उत्साहित गर्ने वा जिम्मेवार बनाउनॆ निर्णय गर्यो । जसको मुल उदेश्य भनेकै आदिवासी जनजातिले विश्वभर भोग्दै आएको भाषिक सास्कृतिक शिक्षा स्वास्थ्य वातावरण तथा मानब अधिकार जस्ता समस्य्राहरुको समाधानको लागि अन्तराष्ट्रिय स्तरमा सम्पर्क र सम्बन्धको विस्तारलाई सशक्त बनाउने रहेको थियो । उक्त अवधीमा संयुक्त राष्ट्र संघ द्वारा विश्वका हरेक देशका सरकारी तथा गैरसरकारी संघ संगठनहरुलाई आदिवासीहरुको मानव अधिकार सुनिश्चताका लागि उनीहरुको शिक्षा स्वास्थ्य रोजगारी तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा विभिन्न अवसरहरु प्रदान गर्नका लागि उत्प्रेरित गरेको थियो । त्यसका साथै राज्यकॊ निर्णायक तहमा पुरयाउनको लागि आदिवासीहरुलाई विभिन्न अवसरहरु प्रदान गर्ने व्यवस्था राज्यको विभिन्न निकायहरुले गर्नुपर्ने उनीहरुले भोग्दै आएका विभेदहरुको अन्त्य गर्नुपर्ने जस्ता सवालहरुमा राज्यको ध्यान केन्द्रित गरेको थियो । पहिलो दशकमा केही महत्वपूर्ण उपलब्धीहरु हुँदाहुँदै पनि आदिवासी जनजातिहरुको हक र अधिकारको लागि यिनीहरुको भाषा संस्कृतिको संरक्षण र सम्बर्दनलाई अझ पनि बढी शसक्त पार्नको लागि संयुक्त राष्ट्र संघको महासभाले सन् २००४ मा फेरी सन् २००५ देखि सन् २०१५ लाई दोस्रो आदिवासी दशककोरुपमा घोणणा गरेको छ ।

यसको उदेश्यहरुमा जुनसुकै राष्ट्रमा पनि विभेदरहित न्याय प्रणालीको निर्माण गर्ने सामाजिक संरचना कानुनी स्रोत र साधनमा आदिवासीहरुलाई समान तरिकाको न्यायसंगत व्यवहारको व्यबस्था राज्यको निर्णायक तहमा आदिवासीहरुको अर्थप्रर्ण सहभागिता जसको कारण उनीहरुको जीवनशैली परम्परागत जमिन संस्कार र संस्कृतिको जगेर्नाको लागि (Principle of Free, Prior and Informed Consent) को व्यवस्था विकासका नितिहरुलाई परिमार्जित गर्ने जसका कारण आदिवासी जनजातिको हक अधिकार र प्राकृतिक स्रोत साधनमाथिको अतिक्रमण हटाउने उनीहरुको भाषा संस्कार र संस्कृतिलाई राज्यको हरेक निकायले सम्मान गर्ने व्यवस्था । त्यसका साथै समय सापेक्ष र समाज र परिस्थिति अनुकल हुने हरेक राज्यमा विशेष नितीहरु बनाउन प्रेरित गरेर आदिवासी जनजातिका बाल बच्चा र युबाहरुको विकास गर्ने त्यसका साथै हरेक राज्य स्तरमा क्षेत्रीय स्तरमा मा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा वा अन्य निकायहरु उक्त नितीहरु कार्यान्वयन गर्नका लागि कति जिम्मेवार पुर्बक लागेका छन् उसको निरक्षण गर्नका लागि एउटा शक्तिशाली संयत्रको निर्माण गरेर अघि बढ्ने उदेश्यहरु राखिएको छ ।

सोही उदेश्यहरु ह्रेक राष्ट्रमा हरेक वर्ष कतिको कार्यान्वयन गरियो भन्ने क्रराको अवलोकन तथा मुल्यांकन हरेक वर्षको अगस्ट ९ तारिखका गर्न् गरिन्छ । जे होस आदिवासी दशकका कारण नै अहिले संसारमा आदिवासी जनजातिको पहिचान भएको छ भने यसको उपलब्धी कै रुपमा संयुक्त राष्ट्र संघमा आदिवासी जनजाति हेर्ने छुट्टै निकाय बनेको छ । त्यसैगरी संयुक्त राष्ट्रसंघको आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी घोषणापत्रलाई पनि आदिवासी दशकको उपलब्धीको रुपमा लिन सकिन्छ । सोही घोषणापत्र अनुसार आदिवासी जनाजतिहरुको प्राकृतिक स्रोत र साधन माथिको पूर्ण अधिकारलाई हरेक राष्ट्रले कार्यान्वयन गर्ने हो भने यिनीहरुको जमिनमा विकास निर्माणका या जुनसुकै गतिविधिहरुमा पनि पहिले यिनीहरुलाई जानकारी गराउनु पर्ने हुन्छ । जसलाई (Freee Prier and Informed Concent) भनिन्छ । विगतका दिनहरुमा आदिवासीको जमिनमा राज्यले विभिन्न किसिमका कि्रयाकलापहरु गर्ने तर यिनीहरुसँग कुनै पनि सरोकार नराख्नाले यिनीहरुमाथि अन्याय भएको छ । यही विभेदकारी नियमलाई निर्मुल गरि आदिवासीहरुलाई न्यायप्रर्ण तरिकाले यिनीहरुको मानब अधिकारको पूर्ण संरक्षण र सम्बर्दन गर्नु पनि यो दशकको सबैभन्दा महत्वपूर्ण उदेश्य रहेको छ । त्यसै् गरी कतिपय राष्ट्रमा आदिवासीहरुलाई अधिकारबाट बिाचत गरेकोमा त्यहाँका शासकहरुले क्षमासमेत मागेका उदाहरण पनि छन् ।

नारी

पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिवन अभिषाप हैन न त हो श्राप नै!!
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै!!

हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ
नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं!!
खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर
नारी त्यो डुबीरहन्छे सधैं-सधैं आँशुको ताल मै!!

जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ
कानमा तेल हाली आँखामा कालो पट्टि लाउँछ दुनियाँ!!
त्यसैले त यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन
जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्यतामा ।।

नारी तिमी एउटा रथको पाङ्ग्रा हौ भन्दै कुर्लिन्छ दुनियाँ
तर बोल्न सक्छौ हामी पनि चलाएर ज्वारभाटा यहाँ !!
कति पर्खिन्छौ, हामी सधै पिर अनि दुःखको भण्डार
छातीभरि पिर बोकी, आफ्नै जिबन पारी अंधकार!!

त्यसैले,,,,,,,

नारी कुनै सजाएर राखेको गुडिया होइन
नारी कुनै सिरानी र तन्ना होइन !!
नारी कुनै खुट्टाको जुत्ता होइन
नारी कुनै पाऊबन्दीको कठपुतली होइन!!

नारी मात्र बच्चा जन्माउने मेसिन होइन
चुलो र चौको मात्र उसको स्थान हैन!!
नारी डाडु र पुनिउ समाउने मात्र होइन
नारी त्यही हातले कलम र बन्दुक पनि चलाउनु सक्छिन!!

Tuesday, August 10, 2010

याःचोत्लुङ ओशाङलुङ



ताप्लेजुङ फाकुम्बा गा.बि.स वार्ड नं. ६ साम्तोङ (जलजले पहाड दक्षिण) अवस्थित याःचोत्लुङ ओशाङलुङको उचाई समुन्द्र सतहबाट करिव पाँच हजार मिटरको उचाइमा रहेकोछ। जमीन सतह देखि माथिल्लो उचाई ५० मिटर र ओशाङलुङको परिक्रमा गर्न करिव एक घण्टा लाग्छ। ओशाङलुङको आसपास साथै टुप्पोमा स–साना बुट्टयान र ढुङ्गाहरु रहेकाछन्। भाले पोथी भनिएका ढुङ्गा सबै भन्दा तल रहे पनि माथिल्लो ढुङ्गाहरुमा धुपी,काउलो,घुङ्रिङ (किर्कौला जस्ता गेडा फल्ने,उखुको जस्तो एक जातको बोट,धामीलाई चाहिने वस्तु)तितेपाती,माङ्याम्बुङ (फच्चेङ,अदुवाको झैं पात हुने एक प्रकारको बोट,जङ्गली अदुवा) सिदिङ्बा (अडेरी काँढो) युक्मिबा (हर्कटो),माङ्लोःक् (फलेदो) पिप्पिजो येयेन्जोले भरिएकोछ। वीचमा ६ फिट गहिरो साथै पहेलो रङको सानो पोखरीछ। त्यस पोखरीलाई वादुमपक्वा भनिन्छ। लिम्बूहरुको कुनै कुनै संस्कारकार्यमा जोडी बटुकामा चोखो पानी राखेर येबा,फेदाङमाहरुले फलाक्ने गर्दछन्। जसलाई लिम्बू भाषामा वदुमबक्वा च्वात (पवित्र पानी) भन्ने गरिन्छ। यो अग्लो ढुङ्गाको थुम्कीलाई किन याःचोत्लुङ ओशाङलुङ भनियो?मुन्धुम् अनुसार तेत्लारा (वेत्लारा) लाहादोङना र सुहाम्फेवा दाजु बहिनि वीच का?इ(हाडनाता बिग्रने काम) भई पेलीफाङहाङ र सावा येत्हाङहरुको जन्म भयो। एक दिन सुहाम्फे र लाहादोङना हाडनाता भएको खवर तागेरा निङवाफुमाङ कहाँ पुगी अब यसो नगर्न र उनीहरुबाट जन्मेका स)न्तानहरुलाई भाग बण्डा गरी छुट्टयाउने आदेश भए बमोजिम सुन चाँदीको चाल्नीमा राखेर चाल्दा तल झरेका जति लाहादोङनाको भागमा आठ जना सावा येत्हाङ (मिक्नासो लुम्बाहाङ,सगिम्सो सङमिहाङ,नियारा चोक्चङहाङ,लालासो पाङबोनहाङ,खेच्चुवेत उप्पानहाङ,साउन्दु उन्दुहाङ,साङगेनहाङ पाङगेनहाङ र सेच्छेरे सेनीहाङ) भए माथि रहने (सुदुक्यु खेदुकयु फेदाङमा,फुङजिरि फुङगापपो फेदाङमा,थिरि वसो?फुङ फेदाङमा, सिङसारा थेयाप्पि फेदाङमा,मुगप्लुङ खागप्पलुङ साम्बा,नेन्जिरी नेम्पत्थाङ साम्बा,साजुवेत मुदाङवेत साम्बा,सिङदुमइङ फेत्लाइङ साम्बा र मुसोइङ खेरेङमि साम्बा फेगी फाङहाङ जति सुहाम्फेको भाग लाग्यो। एक जना अड्केको संन्तान नियारा लिङपङहाङमालाई आमा बाबुले ताना तान गर्दा उनको मृत्यु भएपछि येबाहरुको कमाउँने गुरु सामेधुङमा येप्मेधुङ बनिन्। संन्तानहरुको भाग वन्डा लागे पछि उनीहरु कहिले भेट नहुने वाचा गर्दै छुट्टिए। अव उसो चेली माइतीवीच यौन सम्पर्क भए तिमी पातालका (माटो मुनी) बाट खाम्लुङ लराङ (विभत्स ज्वाला) भई आगो भएर तताउनु म माथी आकाशबाट मेघ बज्रेर (सेरी लराङ) बज्र भई आउँछु भन्दै सुछुरु सुहाम्फे आफ्नो फाङहाङहरुलाई लिएर मुरिङला थेरिङला डाँडामा गई सदुङहाङ लेप्मुहाङ नामकरण भई बसे। लाहादोङना साँङगोपिरक तेम्बेमा मुजिरि मुवक्वामा नामकरण भई बसिन। तर अज्ञानता र विवेकहिन भएर उनीहरुले धेरै दुःख पाए। तितेपाती र पातपतिङ्गरको घर बनाएर बस्न लागे। रुखको बोक्राले आफ्नो लाज ढाक्थे,लहराले कम्मरमा पटुक्का बाँधेर जीवन गुजारा गर्थे। अन्न पानी र आगोको उत्पति नभएको हुनाले बनको तरुल भ्याकुर र अन्य कन्दमुल खान्थे। धारिलो ढुङ्गाको हतियार बनाएर जंगली जनवारको सिकार गर्थे। सावा येत्हाङका संन्तानहरु सिकार गर्दै एक दिन तमोर खोलाको पित्पुथाप भन्ने जग्गामा पुगे। जहाँ दुइटा साँडेहरु जुध्न थाल्दा उनीहरुको सिंग ठोक्किएर आगोको झल्को निस्क्यो। आगोको झल्का सुकेको गोवरमा परी मध्यान्हको हावाले बनमा ढडेलो लाग्यो। ढडेलोले पोली मारेको जनवारका मासु खान पाए। त्यस घटनाले आगोको महात्व थाहा पाई गोवरमा आगो बोकेर घर फर्के। तर आगोको शक्ति काबुमा नराखिएको हुँदा धेरै पल्ट आगोबाट आफ्नो झुप्रो र वासस्थान जलेकोले हैरान भए। सावायेत्हाङका पिता सदुङहाङ लेप्मुहाङ कहाँ गएर विभिन्न सिंफेदाङ,साम्बा फेदाङमा,फेजिकुम फेदाङमा ल्याएर आगोको शक्तिमारे पनि काबुमा राख्न नसके पछि सबै भन्दा कान्छा सेच्छेरे सेनिहाङ याःफेदाङमा (येबा) लिन बाबु कहाँ पुगे। लेप्मुहाङले पनि छोराहरु आगोको शक्तिबाट हैरान भएको देखि शक्तिशाली याःफेदाङमालाई आगोको शक्ति मार्न पठाई दिए। उनी लेप्मुहाङको वासस्थानबाट देवशक्ति द्धारा उडेर ओशाङलुङको शिरमा आई पुगे। आफुसंगै ल्याएका सामाग्रीहरुमा साम्सिङ,मुक्तो,सिदिङबा,युक्मिबा,माङयुम्बा,धुपी र सेल्लोसिङ बोट विरुवाहरु आफ्नो विधि विधानले ओशाङलुङको शिरमा याःफेदाङमाले मिलाई राखे। तिनै सामा सार्दामहरु उम्रेको हो भन्ने मुन्धुम् तथा जनश्रृति सुनिन्दै आएकोछ। सावायेत्हाङका संन्तानहरुले विजुवाको (लाङदाक पोङमा) खुट्टा तान्ने दस्तुर नलगेसंम्म ति देव शक्ति भएका याःफेदाङमा ओशाङलुङको टुप्पोमा नाची रहे। जव सावायेत्हाङका संन्तानहरुले (तेङगो ताङपङमा) फाकसारा येत्तिम्बे पुजारी ल्याउन अघि दस्तुर सहित आठचना अदुवा,थिःसाङदाङ,निःसाङदाङ,देख्ने गरी दस्तुर ओशाङलुङ पयङलुङको फेदमा लगेर स्वागत गरे तव सावायेत्हाङ तुम्याहाङ पाङफेमा नाच्दै आई पुगे। यसरी सावायेत्हाङहरुले देव शक्ति भएको येबालाई याःचोत्लुङ ओशाङलुङबाट ओरालेर आगोको शक्ति मारी त्यो हैरानीबाट मुक्त भए। ओशाङलुङ पयङलुङबाट उड्न सक्ने शक्ति भएका र आगोको शक्ति मार्न सक्ने येबाको उत्पति स्थल ओशाङलुङको टुप्पोमा भएको हुनाले ओशाङलुङलाई येबाहरुको उत्पति स्थल मानिन्छ। मुन्धुम्मा आन्छोन्(उहिल्यै) सावायेत्हाङहरुको गाउँमा मुक्साम येबा(शक्ति भएको येबा)देखा परेका थिए भनिएकोछ। उनै उड्न सक्ने येबा ओशाङलुङ पयङलुङको टुप्पोमा आई सावायेत्हाङहरुलाई आगोको संङकट र दुःख भोग्नु पर्ने घटनाबाट उद्धार गरेका थिए। मुन्धुम्मा ओशाङलुङ र याःफेदाङ येबालाई मानव सभ्यताको माइल स्टोनको रुपमा लिईन्छ।

Ya chotlung (Maiwa khola -Taplejung)
- टंक वनेम

National Cooperative Federation of Nepal Ltd.

Introduction
The National Cooperative Federation of Nepal (NCF/N) established in June 20, 1993 under the Co-operative Act, 1992 is an apex body of the cooperative movement of all types and levels of cooperatives organized on the basis of universally accepted cooperative values and principles. As the national apex body of cooperatives of all types and levels, it on behalf of them represents in government, national and international forum.
NCF/N represents around 18,000 cooperatives operating throughout the country. Approximately 6 million individual members are involved in the different types of co-operatives for their economic, social and cultural development various activities.
NCF/N is a member of International Cooperative Alliance (ICA), Geneva. It is also affiliated with the International Federation of Agriculture Producers (IFAP), France and Network for the Development of Agricultural Cooperatives (NEDAC),Thailand.
Vision
Vision of NCF/N is to promote and establish such Nepalese civil society where the Democracy, Equality, Solidarity, Social justice, Caring for other and Gender-Balanced sustainable development will be followed by the cooperatives.
Mission
Mission of NCF/N is to unite, lead, represent and serve members for their economic, social and cultural empowerment through their cooperatives at all levels.
Objectives
The general objective of NCF/N is to promote, strengthen and empower the cooperatives for the benefit to their members on the basis of mutual cooperation through the participatory development process in the country. To attain the general objectives, some specific objectives of NCF/N are set as follows:
v To raise the sense of mutual help and cooperation among the people for fulfilling their needs and aspirations through cooperatives.
v To organise seminars, workshops, awareness raising programs on the emerging issues and lead the movement for safeguarding and implementing the cooperative norms, values and principles.
v To promote, strengthen and develop the cooperatives through cooperative training, education and specific projects activities for making cooperative efficient and viable.
v To develop marketing network to the cooperative products in order to promote the business for the economic benefits of the members.
v To extend and explore support to the economic, social, professional and sustainable development of cooperatives in order to strengthen and promote cooperative business.
v To provide leadership to the cooperative movement and to represent on behalf of cooperatives in the Government and other national and international forums.


Coop Identity
Co-operative is a form of business enterprises, or community organization, incorporated in service to its members and users, in order to meet their common economic, social and cultural needs and aspirations. Co-operative is jointly-owened and democratically controlled by its members and users on the basis of one member, one vote.Co-operatives follow democratic, participatory and transparent decision-making processes and organizational structures so that their members and users (i.e. owners, workers and consumers) may be directly responsible for benefiting themselves and the society in general. Co-operatives are based on the value of self-help, mutual help, self-responsibility, democracy, equality, equity and solidarity. Co-operative members believe in the ethical values of honesty, owners, social responsibility and caring for others. Cooperative principles by which co-operatives put their values into practice are:
Voluntary and Open Membership
Democratic Member Control
Member Economic Participation
Autonomy and independence
Education, Training and Information
Co-operation among Co-operatives
Concern for Community

www.ncfnepal.com.np

Monday, August 9, 2010

कबिता

-आचार्य प्रभा
"जिन्दगी पनि त भूगोल हो "
हो ठक्कर लाग्छ
लडिन्छ
त र अवश्य उठ्नु पर्छ
कसैले पनि /
लड्नु अन्त्य होइन
ठक्कर लाग्नु अभिश्राप पनि
होइन ,
यो त जीवनको पहाड
चढ्नु र उत्रिनुको खेल हो
किन कि जिन्दगी पनि त
भुगोल हो ,
यहाँ असंख्य पहाडहरु छन
समतल मैदानहरु पनि छन्
लेक,बेंसी पनि छन्
जुन मान्छेको दु:ख,सुखको
पर्याय बनेर उभिएको छ ।
असंख्य नदिनालाहरु पनि छन्
जो खुशी र सुखको अश्रुधारा बनेर
बगिरहेकोछ
दु:ख र ब्यथामा
उर्लिएर बहुलाई रहेछ /
हो यो हुनु पनि
जिन्दगीको भूगोलको
नमुना हो
त्यसैले ........,
हार्नु हुन्न कसैले पनि
थाक्नु हुन्न कसैले पनि
बस,सम्झनु पर्छ जीवनलाई
हरियाली र सौन्दर्यताको
संयोजनको प्रतीक
जिन्दगी भूगोलको
एक हिस्सा ,
जहाँ उतार चडावको खेती हुन्छ
दु:ख,सुखको बाली पाक्छ
आसुँको असारे झरिले
सिंचित गरिन्छ ,
ब्यथा र पीडाको घनले
समस्याको पहाड फोडिन्छ ।
हो त्यसैले त जिन्दगी
भूगोल हो .......