Sunday, May 30, 2010

- Forum for Women, Law and Development (FWLD)

Forum for Women, Law and Development (FWLD) is an autonomous, non-profit, non-governmental organization established on May 29, 1995 to work for the protection, promotion and enjoyment of women's human rights. In order to eliminate all forms of discrimination, the Forum uses law as an instrument and ensures women's, children's and minority's rights.


The organization's origination was a combined effort of seven founder members for the revelation and eradication of the discriminatory laws and to domestically and effectively implement the Convention on Elimination of All Forms of Discrimination Against Women (CEDAW). The seven-member team came together and established FWLD in Kathmandu for the promotion and protection of women's rights, reformation of discriminatory laws and to advocate for the construction of significant laws empowering women. FWLD has been involved in filing noteworthy Public Interest Litigations which is a master tool used for the reformation and effective enforcement of laws; and have been involved in conducting researches on issues related to Child Marriages, HIV & AIDS, Women's Sexuality, Reproductive and Sexual Health and Rights, Trafficking and Sexual Harassment. We have expansively studied and updated the Discriminatory Laws of Nepal and have been incessantly struggling to eradicate atrocities, stigma and discrimination that have been emanated as a result of these prevailing discriminatory laws. We provide Legal Aid and Services to clients who have been the victims of discrimination namely: trafficked victims, HIV & AIDS victims and the sexual minorities.

FWLD has been building up the capacity of the District Resource Groups of 23 districts of Nepal especially on issues of Violence against Women and Children. The members further train their Village Development Committee (VDC) members and broaden awareness all over Nepal.


Relentless contribution of providing voter's education to the public, who are oblivious to the system of voting in the Constituent Assembly (CA) Elections, is being done by FWLD in conjunction with various other civil society groups and NGOs. As the day to the CA elections (April 10, 2008) approaches, so does the intensity of the voter's education. It is a prime moment for the Nepalese people and everybody seems to be sincerely preparing for the big event. We have encompassed 19 districts in providing education to the public. We are the member organization of the National Election Monitoring Alliance (NEMA) and have been keenly involved with 21 districts of Nepal in the monitoring process and making arrangements for quality trainings to the election booth observers. FWLD has been focusing her programs and raising voices of the marginalized groups in the CA process along with the voter's pressure group and the policy makers.


FWLD has commenced a novel campaign to pressurize the Nepalese Government to formulate and enforce Anti-Domestic Violence in Nepal. The campaign commenced on 1 April 2007 and is being consistently conducted on the 1st of every English calendar month and will persistently continue till the government enacts the law.


http://www.fwld.org/

Monday, May 24, 2010

एच.आई.भी. एड्स


- खजुम-प्रेम

हाम्रो आँखामा आकाशगंगामा रहेका ताराहरुभन्दा बढी सपनाहरु हुन्छन् । मानिस आफ्नो ज्यानको जति माया गर्दछ त्यत्ति नै बेशी उ उसका सपनाहरुलाई माया गर्दछ । मुटु र मस्तिष्क झै सधैं सकि्रय रहेर उ आफ्नो सपना साकार तुल्याउन जीबनभर तल्लीन रहन्छ । मलाई लाग्छ - जीबन एउटा सपना हो र उ त्यही सपनाको भरमा बाँच्दछ । यद्यपी हाम्रा सानातिना लापर्बाही वा अज्ञानको कारण हाम्रो सपनारुपी जीबन सिसाको महल झै हावाको एक झोक्कामा निमेष भरमै स्वाहा हुन सक्छ ।बिश्वमा अहिले आतंक हाबी छ आतंक चाहे हावा हुरी देखि होस वा जंगली जनावर देखि आतंक चाहे बम गोला बारुददेखि होस या एड्सदेखि होस आतंकको प्रत्येक हमलामा मृत्युको भय सिर्जना हुन्छ । बनको बाघले खाओस वा नखाओस मनको बाघले अबश्य खान्छ । एड्स अहिले बिश्वमा आतंंकको रुपमा चैत्र - बैशाषको डढेलो झै फैलिएको छ । पृथ्बीमा रहने- छ अर्ब मानिसको मन मस्तिष्कमा मृत्यु भन्दा पहिले एड्सले डेरा जमाएको छ । एड्स ब्यक्ति बिशेषको वा समाज बिशेषको वा एकमात्र राष्ट्रको होइन बर्तमानमा यो एड्स बिश्वकै समस्या भएको छ । एच.आई.भी. भनेको ब्यक्तिलाई संक्रमण गर्ने एक प्रकारको सूक्ष्म जीबाणु हो । यसलाई अंग्रेजीमा-

H- Human
I- Immune Deficiency
V- Virus
भनिन्छ । यो जीबाणुले मानिसको रोगसंग लड्ने प्रतिरक्षात्मक प्रणालीलाई नष्ट गर्दै जान्छ । हाम्रो शरीरको प्रतिरक्षात्मक प्रणालीलाई एच.आइ.भी.द्धारा निस्क्रिय पारेको अवस्थालाई एड्स भनिन्छ । यसको पूर्ण रुप-

A- Acquied
I- Immune
D- Deficiency
S- Syndrome हो । जसको कारण हाम्रो शरीरमा बिभिन्न प्रकारका रोगहरु लाग्दछन् र हामी अन्त्यमा मृत्युको मुख सम्म पुग्दछौ । एड्सको इतिहास खोतल्ने हो भने येा त्यत्ति पुरानो रोग होइन तरा आज यसले बिश्वमा दिन दुईगुणा र रात चौगुणा जरो गाड्दै छ । सन् १९८१ मा संयुक्त राज्य अमेरिकामा समलिङ्गी पुरुषहरुमा पहिलो पटक देखापरेको एच.आई.भी.एड्स खासगरी सन १९७० को उत्तराद्र्ध देखि नै अपि्रुकी महादेशका केही देशहरुमा भित्र भित्र फैलिरहेको रहेछ भन्ने कुरा बिभिन्न अनुसन्धानकर्ताहरुले स्पष्ट पारिसकेका छन् । जब सन् १९८१ मा मान्छेमा एच.आई.भी.एड्स देखा पर् यो । त्यसपछि यसबारे बिभिन्न अध्ययन र अनुसन्धानहरु हुन थाले यसै सन्दर्भमा कुन ब्यक्तिमा छ वा छैन भन्ने कुरा रगत परिक्षणको माध्यामबाट पत्ता लगाउन सन् १९८४ मा मात्र यस प्रबिधिको बिकास भयो । एशियामा एच.आई.भी.एड्स सर्बप्रथम सन् १९८४ मा थाइल्याण्डमा र त्यसपछि सन् १९८६ मा भारत र पकिस्तानमा देखा परेको थियो ।हाम्रो शरीरमा एच.आई.भी. लाग्ने बित्तिकै एड्स लागेको मानिदैन । रगत परिक्षण बाट मात्र एच.आइ.भी. थाहा पाउन सकिन्छ । एच.आई.भी. मुख्यगरी संक्रमित सुई साटासाटा गर्नाले रगत वा अंग जाँच नगरी लिनाले असुरक्षित यौन सम्पर्क गर्नाले र एच.आई.भी.एड्स प्रभावित आमाबाट जन्मने शिशुमा सर्दछ । एच.आई.भी. जीबाणुले संक्रमण गरेको पाँच देखि पन्ध्र बर्षभित्र एड्सको लक्षण देखा पर्दछ । एच.आइ.भी. को जीबाणु शरीरमा भएको तर एड्स नलागेको ब्यक्ति स्वास्थ र हट्टाकट्टा नै देखिन्छ । जसलाई एच.आई.भी. पोजिटिभ भएको ब्यक्तिका रुपमा लिइन्छ । एच.आई.भी. पोजिटिभ देखिनु त्यस ब्यक्तिका लागि मृत्युको दिन शुरुवात हुनु हो । हो एच.आई.भी.एड्स एउटा महामारी हो र यसको कुनै उपचार छैन । यद्यपी हाम्रो सानो भन्दा सानो निगरानीबाट यसलाई नियन्त्रण गर्न सकिन्छ । बर्तमान बिश्वमा मृत्युको परिचय भनेको एच.आई.भी.एड्सको नियन्त्रण नहुनु हो ।जब पर् यो राति तब बुढी ताती भन्ने उखानलाई चरितार्थ गर्ने हाम्रो पुख्र्यौली आदत छ । यदि यस उखानलाई लातमारी धर्तिको पनि अर्ति सुन्ने बानी बसाल्यौ भने असामयिक मृत्युको बाटोबाट टाढिन सक्छौ । पति-पत्नी बीच मात्र यौन सम्पर्क गर्ने बानी गरेमा धेरै ब्यक्ति संग यौनसम्पर्क राख्नु परेमा सुरक्षाको माध्याम जस्तै कण्डम ढाल प्रयोग गर्ने गरेमा र रगत अंग परिक्षण गराएर मात्र लिने दिने गरेमा एच.आई.भी.एड्सको प्रभावबाट मुक्त हुन सक्छौ । यस्तै गरी संक्रमित सुई वा औजारको प्रयोग नगरी र एच.आई.भी.एड्सको संक्रमित महिला गर्भवती नभएर एच.आई.भी.एड्सबाट आफू र अरुलाई बचाउन सकिन्छ ।आज बिश्वमा करोडौ मानिसहरु एच.आई.भी.एड्स संक्रमित छन् । अझ त्यसमध्ये त धेरै जसो अल्पबिकसित मुलुृकमा युवाहरु प्रत्यक्ष संक्रमित छन् । एच.आई.भी.ले आज बिश्वमा चार करोड ब्यक्तिहरु संक्रमित भइसकेका छन् । जसमध्ये ३१ डिसेम्बर २००१ सम्ममा एड्सले २४८००००० ब्यक्तिहरुलाई मृत्युको सिकार बनाइसकको छ । नेपालमा पनि ३१ जुलाई २००० सम्ममा २४४० ब्यक्ति यो रोगबाट संक्रमित भइसकेको आधिकारिक तथ्याङ्क छ । यी मध्ये १५३ को एड्सबाट मृत्यु भईसकेको छ भने ६०९ जनामा एड्सको पूरा लक्षण देखा परिसकेको छ । यस रोगबाट बिभिन्न समूह जोखिममा परेका छन् । मुख्यतः यौन ब्याबशायीहरु र यीनको सम्पर्कमा रहने ग्राहकहरु नै सबैभन्दा जोखिममा रहेका समूहहरु हुन् ।समाजमा एड्सबारे जनचेतना फैलाउन यस्तो ब्यक्तिको मरण संरक्षण र पुनस्र्थापन कार्यक्रममा सरकारी एवं गैह्रसरकारी संस्थाहरुको संलग्नताले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । परामर्श सेवाकेन्द्रहरु सहयोग र उपचारबाट तिनीहरुमा जीवनप्रतिको आस्था बचाई बाचुाजेल कर्म गर्न प्रेरित गर्न सकिन्छ । यसै तथ्याङ्कलाई दृष्टीगत गरी बि.सं २०५१ सालमा स्थापित राष्ट्रिय एड्स रोग तथा यौनरोग नियन्त्रण केन्द्र सकि्रय रहेको छ । साथै बिभिन्न गैह्रसरकारी संस्थाहरु एड्सको नियन्त्रण गर्ने र जनचेतना फैलाउने कार्यक्रममा सकि्रय रहेका छन् ।अज्ञान वा संकोचका कारण हामी एड्स बारे या त चाहे भन्दा बढी आतंक फैलाउँछौ । शिक्षित बर्गले यस्ता अज्ञानी वा संकोच रहेका ब्यक्तिको माझ चेतनाको सांघु बन्नुपर्दछ । एच.आई.भी.संक्रमण भएको ब्यक्ति वा एड्स भइसकेको ब्यक्तिसंग हात मिलाउँदा अंगालो हाल्दा संगै खानपिन गदा्र एउटै कोठा प्रयोग गर्दा संगै पौडी खेल्दा एउटै धारामा नुहाउँदा संगै काम गर्दा साझा चर्पी प्रयोग गर्दा यो सर्दैन । एच.आई.भी.एड्स मानिसको रगत बीर्य र योनीरसमा मात्र पाइने हुनाले कुनैपनि कीरा फट्याङ्ग्राहरुको टोकाईबाट एच.आई.भी. सर्दैन । गाँउ घरतिर एच.आई.भी.एड्सको गाँईगुई सुनेकाहरुले लामखुट्टे उपियाँ उडुस र जुम्राको टोकाईबाट एच.आई.भी.सर्छ भन्ने ठान्छन् । जुन पूर्णतः अज्ञानताको उपज हो ।रोग लागेर उपचार गराउनु भन्दा कुनैपनि रोग लाग्न नदिनु अति उत्तम हो । एच.आई.भी.एड्सको प्रभाब शारीरिक मानसिक आर्थिक तथा सामाजिक क्षेत्रमा रहेको हुनाले यसको चौतर्फी नियन्त्रणका लागि बौद्धिक समाजका राजनीतिक ब्यक्तिहरुको प्रतिबद्धता एवं अन्तराष्ट्रिय ऐक्यबद्धताको पनि आवश्यकता पर्दछ । बिश्वका गरिब राष्ट्रहरुमा सबल रुपमा एड्सले जरा गाड्नुको पछाडी गरिबीकै मुख्य कारण रहेको छ । तसर्थ एड्सको नियन्त्रण र रोकथामका लागि बिश्वबाट गरिबीको उन्मूलन गर्नु अति आवश्यक छ । रोगलाई जानाजान निम्त्याउने कसैको रहर हुदैन । तथापी गरिबीका कारण बाँच्नका लागि मात्र भएपनि एच.आई.भी.एड्स जस्तो जोखिम पूर्ण रोगसंग सधैं पैंठेजोरी खेल्नु हाम्रो दिनचर्या बनेको छ । कतिपय ठाँउमा अज्ञानता र चेतनाको अभाब घाम झैं छर्लङ्ग देखिएको छ । नेपाल जस्तो बिकासोन्मुख राष्ट्रमा एड्सबारे जनचेतना फैलाउन अझै समस्या परेको टड्कारो छ । अज्ञानता निरक्षरता गरिबी बेरोजगारीचेलीबेटी बेचबिखन देहब्यापारको ब्याबशाय खुल्ला सिमाना लगायतका कारणले गर्दा यस्ता रोगीहरु नेपालमा तिब्रगतिमा बढिरहेका छन् । बिशेष गरी दुर्गम गाँउहरुमा र जिल्लाहरुमा जुन साचार माध्यामबाट पूर्णतय बिाचत रहेका छन् । चॆतनाको अभाव र गरिबीका कारण कैयौं नेपाली चेली बम्बाइका कोठीहरुमा कठपुतली झैं सजिने गर्दछन् । र अन्त्यमा एड्सको सिकार भई स्वदेश फर्कने गर्दछन् । यसरी गरिबी निबारण नै एड्स नियन्त्रणको पहिलो कडी हुनेछ ।

Monday, May 10, 2010

संघीय शासन प्रणालीबारे केही भ्रमहरु-

-खजुम प्रेम
संघीयताको अर्थ देश चिरा चिरा पार्नु होइन राष्ट्रियताको भावना जगाउन संघीयता आबश्यक छ । संघीयताले सबै जातजति र भाषा भाषी बीच राष्ट्रियताको भावना जगाउने भएकाले संघीयता आवश्यक भएको हो बिबिभ जात जाति भाषा भाषी क्षेत्र समुदाय र बर्गका जनता राष्ट्रिय एकता र सार्बभौमिकताका प्रतिक हुन । उनीहरुलाइ पाखा पारिएको भावनाबाट मुक्त गराउन आवश्यक छ ।
संघीयता बिकासको दृष्टीकोणले हुनुपर्छ जातिको दृष्टीकोणले हुनुहुदैन । संघीयतामा जाँदा बिखण्डन हुन्छ भन्ने होइन देशलाई एकताबद्ध गरेर अघि बढ्न नचाहानेहरुले नै बिखण्डनबादी र बिभाजनकारीको आरोप लगाँउछन् । हामी संघीयतामा जाँदै छौ तर यसको अर्थ मुल कमजोर बनाउनु होइन चिरा चिरामा बिभाजित गर्नु होइन । बिभिन्न जातजाति बीच सदियौं देखि रहिआएको सदभाव भड्काउन पनि होइन । बरु यहाँ बसोबास गर्ने सबै जातजाति भाषा भाषी समुदाय क्षेत्र र बर्गका जनतामा स्वामित्व बोधको भावना जगाउनु हो । किनकी संघीयता नेपालको हृदयको झंकार हो । तर यसको आधार जातीयतालाइ बनाउने तयारी भइरहँदा अपमान र अत्महिनतामा थिचिएको मेरो बाल्यकालको चिसो स्याँठले बारम्बार मलाई हिर्काउँछ ।
हिन्दू समाज कानून भन्दा बढी धर्मशास्त्रले चलेको छ जसका कारण अघोषित रुपमा बाहुन क्षेत्रीको उच्चता छ । लाग्दछ अब त्यही उच्चताको अभ्यास आदिबासी जनजाति घोषित रुपमा गर्न खोज्दैछन् । यो एकखाले जातीय सर्बोच्चता अन्त्य गरेर अर्को खाले जातीय सर्बोच्चता लाद्ने अभ्यास हो । त्यसो हो भने जातिबाद जस्ता तस्तै रहने भयो । हिजोको जातीय श्रेष्ठताको बर्बर युगले नयाँ नेपालको पनि गाला चड्काइरहने भयो । हो चरम हिन्दू बादी आदर्शले निर्मित समाजमा सत्ता र ज्ञानमा ब्राम्हण क्षेत्रीको महुँच धेरै बढी रहयो । हिन्दू समाजमा जात कति अथृम जातमात्र नभउर बर्गपनि हो । जस्तो दलित नयाँ नेपालको रुपरेखा कोरिनलाग्दचा महिला दलित उत्पीडित थिचिएका मिचिएकाहरुले आफ्नो हात्मा गौरबपूर्ण अस्तित्वको आवाज उठाए । फलस्वारुप भाषा संस्कृति संरक्षण र आरक्षण्का प्राबधान शुरु भए । यो समतामूलक समाज निर्माणका पक्षमा भएको सुन्दर पहल हो । यसलाई निश्चित अवधिका लागि अझै ब्यबश्थित गर्नु जरुरी छ । त्यसमा दलितले पहिलो प्राथमिकता पाउनुपर्छ बिडम्बना दलितको पक्षमा त्यस्तो कुनै अभ्यास हुने छाँट देखिएन
दुई दशक अघि भारतमा तत्कालीन प्रधानमन्त्री बि।मी। िसंहले हरिजनका लागि आरक्षणको ब्याबश्था नगरेका भए आज भारतको सत्ता र राजनीतिमा उनीहरुको स्थान सपनामाम पनि सम्भब थिएन । ढिलै भए पनि नेापालमा यो अभियान शुरु भएको छ समतामूलक समाज बनाएर जातिबादको अन्त्य गर्ने यो राम्रो उपाय हो । जातिबाद अन्त्य अर्थ जातीयता र पहिचानको अन्त् होइन यो भनेको जातीय उचनीचको अन्त्य हो । जातीय राज्य बिरेाधका नाममा क्षेत्री ब्राम्ह्णले फेरी अर्को जातिबादको आँधी ल्याउँदैछन् । आदिबासी जनजाति आफ्नो अधिकारका लागि उठ्नु जायज कुरा हो । त्यसको अर्थ राजनीतिलाई अर्को जातिबादले निर्देशित गर्नुपछ भन्ने होइन । हामीलाई चाहिएको जातिबादको अन्त्य हो ।
पुराण युगमा शद्र भएकै कारण एकलब्यलाई ध्वस्त पार्न दोर्णचार्यले गुरुदक्षिणा बापत उनको बुढीऔंला लिए । दोर्णचार्यलाई थाहा थियो बुढीऔंला बिना बाण हान्नै सकिन्न । धर्मशास्त्र खारेर तपश्या गरेबापत महाराज रामले शम्बुक नामका शुद्रको टाउको काटी दिए । त्यसको प्रतिशोध स्वारुप द्रोणको बुढीऔंला र रामको टाउको काट्नु पर्छ भन्नु उही बर्बरयुग फर्काउनु हो । महिला दलित उत्पीडित आदिबासीले भन्नुपर्ने अर्कै छ । पहिले हामी माथि हुन सम्म अत्यचार भयो अब त्यही अत्यचार तिमीहरुमाथि गरेर हामी अर्को बर्बर युगलाई निरन्तरता दिन चाहदैनौ । बरु अत्याचारी युगको अन्त्य गरी आत्मसम्मानपूर्ण सह-अस्तित्वमूलक न्यायमूलक समाज निर्माण गर्न चाहान्छौ । नयाँ नेपालको एउटा महत्वपूर्ण सर्त जातिबादको अन्त्य हो कहिले आउला त्यो दिन
तर नेपाल जस्तो सानो देशको लागि उपयोगि नहुने जबकी नेपाल भन्दा सानो ७ वटा देशमा संघीय ब्यावश्था छ जस्तै- अष्ट्रिया स्वीट्जरल्याण्ड बेल्जियम आदि । संघीय ब्यावश्था भयो भने देश बिखण्डन हुने भन्ने एकात्मकबादी सोच र यो ब्यावश्था खर्चिलो नभइ साधन स्रोतको राम्रो उपयोग हुनेछ । संघीय केन्द्रीय तह जस्तै प्रदेशको तहमा पनि र्कापालिका न्यायपालिका र व्यावश्थापिकाको व्यावश्था हुनेछ । केन्द्र र प्रदेश वा प्रदेश र प्रदेश बीच बिबाद भयो भने सर्बोच्च न्यायलयद्वारा त्यसको निराकारण हुनुपर्छ । भारतमा ५५० भाषा र करिब एक हजार जाति छन् । हामीले यस्तो भाषा वा जातिलाइ आधार बनाउनुपर्छ जसबाट ती क्षेधको बढि भन्दा बढीलाई समेट्न सकिन्छ ।